मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १३ फागुन
बजारमा पेट्रोलियम पदार्थ सहज नहुँदै सरकारले फेरि मूल्यबृद्धि गरेको छ । सरकारको निर्देशन अनुरुप नेपाल आयाल निगमले शनिवार पेट्रोल र मट्टितेलमा प्रतिलिटर ४ रुपैया बृद्धि गरेको हो ।
महंगी नियन्त्रण गरी सर्वसाधारणलाई राहत दिने प्रतिवद्धताका साथ सत्तामा पुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले नै डेढ महिनाभित्र पेट्रोलियम पदार्थमा दोस्रो पटक मूल्यवृद्धि गरेको हो । गत ४ माघमा भारी मुल्यबृद्धि गरे पनि हालसम्म उपभोक्तालाई चरम अभावको सामना गराई निगमले सर्वसाधारणको ढाड भाँच्ने गरी पुनः मूल्यवृद्धि गरेको हो ।
निगमले शनिबारबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टटितेल र हवाई ईन्धनमा प्रति लिटर ४ रुपैया“का दरले मुल्यबृद्धि गरेको हो । खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको छ ।
निगमले घाटा न्युनिकरणका लागि बाध्यतावस पेट्रोलियम मुल्यबृद्धि गर्नुपरेको बताएको छ । निगमले शुक्रवार रातीबाटै मूल्यबृद्धि गरेपछि शनिबार विहानैबाट उपभोक्ता प्रतिलिटर पेट्रोलको खुद्रा मूल्य १ सय १६, डिजेल र मट्टटितेलको ८५ र हवाई इन्धनको १ सय ९ रुपैया“ तिर्न बाध्य भएका थिए । निगमले बढ्दो घाटा कम गरी सहज आपूतिको बन्दोबस्त मिलाउन बाध्यतावस पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्नुपरेको दावी गरेको छ ।
निगमले यसअघि गत ४ माघमा खाना पकाउने एलपी ग्याँसमा प्रति सिसिलण्डर १ सय ७५ रुपैया“, पेट्रोलमा प्रतिलिटर १० रुपैया“ तथा डिजेल र मट्टिटतेलमा प्रतिलिटर ९ रुपैया“का दरले मूल्य बृद्धि गरेको थियो । सो मुल्य बृद्धिको बिरोधमा विद्यार्थी संगठनले सडक अवरुद्ध गरि चौतर्फी दवाव परेपछि गत १२ माघमा प्रतिलिटर पेट्रोलमा ३, डिजेल र मट्टटितेलमा ४ रुपैयाँ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ८५ रुपैया“ले घटाएको थियो ।
शुक्रबार राति नै निगम बोर्डले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्ने निणर्य गरेपनि कसैलाई जानकारी दिएको थिएन ।
आयल निगमका कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले बढ्दो घाटा न्युनिकरण गरि आपुर्ति व्यवस्था सहज बनाउन बाध्य भएर मुल्यबृद्धि गर्नुपरेको बताए । मूल्यबृद्धिपछि निगमको घाटा मासिक ८५ करोडमा झर्ने दावी गर्दै अग्रवालले राजधानीसँग भने, ‘अहिले निगमको घाटा प्रतिमहिना १ अर्ब १८ करोड रुपैयाँ छ ।’ उनले मुल्यबृद्धि पछि अब भारतीय आयल निगम ( आइओसी) लाई तिर्नुपर्ने बक्यौता रकम घटाउँदै लैजान केही सहज हुने बताए । योसँगै एक वर्षको अवधिमा पेट्रोल र हवाई इन्धनमा ६ तथा डिजेल र मट्टीतेलमा ४ पटक मूल्यवृद्धि भएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने दुई वर्षपछि गत महिना मात्र बढाईएको हो । अहिलेको मूल्यवृद्धिसँगै पेट्रोलियम पदार्थको मूल्यले नयाँ इतिहास रचेको छ ।
पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा वृद्धि गर्दा पनि मासिक ८६ करोड रुपैयाँ अझै घाटा व्यहोर्नुपर्ने निगमले जनाएको छ । निगमको सञ्चित घाटा २१ अर्ब रुपैयाँ नाघिसकेको छ । शनिबार विहान निगमले डिलर्स एवं व्यापारिलाई एक्कासी मुल्य बढाएको जानकारी गराएपछि इन्धन भर्न पम्प पुगेका उपभोक्ता बढेको मुल्य तिर्न बाध्य भएका थिए । अधिकाँश उपभोक्ताले निगमले जनतालाई झुक्याएर एक्कासी मुल्य बढाएकाले आफुहरु गम्भिर मारमा परेको बताए । निगम प्रवक्ता मुकुन्द ढुंगेलले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकाले नेपालमा पनि मूल्य बढाइएको बताए ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय २५ डलर ५५ सेन्ट पुगेको छ । यो मुल्य विगत १० महिनाकै उच्च हो । यसले इन्धनको मूल्य पुनः बढ्ने देखिन्छ । भट्टराई सरकारबाट राहतको आशा गरिरहेका सर्वसाधारण यो मूल्यवृद्धिपछि थप निराश बनेका छन् । मूल्यवृद्धिका कारण अब जनताले थप कष्ट झेल्नुपर्नेछ । शनिबार विहान निगमले डिलर्स एवं व्यापारिलाई एक्कासी मुल्य बढाएको जानकारी गराएपछि इन्धन भर्न पम्प पुगेका उपभोक्ता बढेको मुल्य तिर्न बाध्य भएका थिए । अधिकाँश उपभोक्ताले निगमले जनतालाई झुक्याएर एक्कासी मुल्य बढाएकाले आफुहरु गम्भिर मारमा परेको बताए । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै अब सार्वजनिक यातायात र खाद्यान्नमा पनि स्वत मूल्यवृद्धि हुनेछ । यो मूल्यवृद्धिले सर्वसाधरणलाई बिहान÷बेलुकाको छाक टार्न समेत मुस्कल पर्ने उपभोक्ता बताउँछन । निगमको मूल्यवृद्धिलाई उपभोक्तावादी संघ÷संस्थाले निन्दा र भत्र्सना गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव ज्योति बानियाँले मुल्यबृद्धि सरकारको अनैतिक कामको चरम परकाष्ठा भएको बताए । मञ्चले मूल्यवृद्धि फिर्ता लिन माग गरेको जानकारी गराउँदै बानियाँले भने, ‘अब सर्वसाधारण जनताले भट्टराई सरकारको भद्ध अवज्ञा गर्नेछन’ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निगमले उपभोक्ताको ढाड सेक्ने गरी मूल्य बढाएको भन्दै आपत्ति प्रकट गरे । ‘एक्कासि उपभोक्ताले खेप्न नसक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको छ,’ महर्जनले भने, ‘आम उपभोक्तालाई मार पर्ने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्छ ।’