Tuesday, July 30, 2013

टर्किस एयरलाई उडान अनुमति

काठमाडौ, २७असार - पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टर्किस एयरलाइन्सलाई उडान सञ्चालन अनुमति दिएको छ । अनुमतिका आधारमा विमान कम्पनीले सेप्टेम्बर १ देखि काठमाडौं-स्तानबुलको सीधा उडान गर्ने छ ।
सचिवस्तरीय निर्णयद्वारा मंगलबार विमान कम्पनीलाई उडान अनुमति दिइएको हो । गन्तव्यका आधारमा विश्वको चौथो ठूलो विमान कम्पनी मानिने टर्किसले नेपालका लागि साताको चार उडान गर्ने भएको छ । नेपाल र टर्कीबीच सन् २०१० मा भएको हवाई सेवा सम्झौताका आधारमा भने दुवै देशका विमान कम्पनीले काठमाडौं-स्तानबुलका लागि साताको १४ उडान गर्न पाउने व्यवस्था छ । वाइड बडी एयरबस ३३०-२०० बाट उडान गर्ने यो विमान कम्पनी नेपालबाट सबैभन्दा लामो व्यापारिक उडान गर्ने पहिलो भएको छ । जसको उडान अवधि साढे ७ घन्टा हुने मन्त्रालयले जनाएको छ ।
हाल काठमाडौंबाट युरोपका लागि सेड्युल उडान छैन । सन् २००७ को मेदेखि अस्टि्रयन एयरलाइन्सले सेवा बन्द गरेपछि युरोप-नेपाल हवाई मार्गमा सीधा उडान नभएको हो । अहिले डच एयरलाइन्स आर्के फ्लाईले काठमाडौं-आम्स्टर्डमका लागि चार्टर सेवा दिन्छ

एक वर्षमा ५ अन्तर्राष्ट्रिय विमान कम्पनीको सेवा बन्द

गत वर्ष किङफिसर, गल्फ, जेटलाइट, बीबी एयरवेज र जीएमजीले नेपाल उडान बन्द गरेका हुन् । सरकारले यस आर्थिक वर्ष आक्रामक कार्यक्रम ल्याउँदै नेपाल उडाउने
 काठमाडौ, १५ श्रावण - नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीमध्ये एक वर्षमा मात्रै ५ कम्पनीले आफ्नो सेवा बन्द गरेका छन् । गत वर्षसम्म नेपालमा उडान गर्ने ३२ विमान थिए । यसपालि २७ मा झरेको छ । सेवा बन्द गर्नेमा किङफिसर, गल्फ, जेटलाइट, बीबी एयरवेज र जीएमजी छन् । किङफिसर टाट पल्टेर बन्द भएको हो । गल्फले सेवा नेपालमा मात्रै उडान बन्द गरेको छ । नेपाली निजी विमान कम्पनी बीबी एयरवेजले पनि मलेसिया उडान थालेको केही समयमै बन्द गर्‍यो । उसको उडान अनुमति नागरिक उड्डयन प्राधिकरणले खारेज गरिसकेको छ । त्यस्तै भारतीय कम्पनी किङफिसर पनि खारेज भएको छ । जेट लाइट र जेट एयरवेजले मर्ज भएपछि कम्पनीको संख्या घट्न पुग्यो । बंगलादेशको जीएमजीले पनि नेपाल उडान बन्द गरेको छ । खाडी मुलुकबाहेकका विमान कम्पनीले सेवा बन्द गरेका हुन् भने ती मुलुकमा विमान कम्पनी थपिएका छन् ।
सन् २०११/१२ मा मात्र र्‍याक एयरवेज, मलेसिया एयरलाइन्स र एयर एसियाले नेपाल उडान थालेका थिए । यो आर्थिक वर्ष टर्किस एयरलाइन्सले मात्र उडान स्वीकृति लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
रोजगार गन्तव्य मुलुकमा उडान गर्ने भएकाले केही विमान कम्पनी थपिएका हुन् । तर पर्यटकीय गन्तव्यमा सेवा दिने विमान कम्पनी थलिएको ट्राभल एन्ड टुर्स व्यवसायी पवित्र लामिछाने बताउँछन् । 'पर्यटकीयक क्षेत्रको सेवा मौसमी हुने भएकाले ती क्षेत्रमा उडान गर्ने विमान कम्पनी लामो समय टिक्न नसकेका हुन्,' उनले भने । पर्यटन वर्षको होहल्लासँगै उत्साहजनक रूपमा बढेका पर्यटक आगमनको वृद्धिदर घटिरहँदा पनि यसको प्रभाव विमान कम्पनीको उडानमा परेको हो । यसले होटलको अकुपेन्सीमा समेत खराब असर परेको व्यवसायीको दुःखेसो छ ।
केही विमान कम्पनीले मौसमअनुसार सेवा दिएर आफ्नो अन्तर्राष्ट्रिय उडानलाई कायम राखेका छन् । मौसमी उडान गर्नेमा बुद्ध एयर र आरके फ्लाई हुन् । पर्यटकीय मौसम सुरुवातसँगै तिनले उडान तालिका लिन थालेको प्राधिकरणका राजबहादुर महर्जनले बताए । 'दुवैले पर्यटकीय मौसम सुरु भएपछि उडान थाल्न तालिका लिने क्रममा छन्,' उनले भने । यता सरकारले यो आर्थिक वर्षमा पर्यटकको संख्या १२ लाख पुर्‍याउने लक्ष्यसहित वाषिर्क विकास योजना सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष ८ लाख ३ हजार पर्यटक नेपाल आएका थिए । त्यस्तै नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्न यो आर्थिक वर्षमा थप विमान कम्पनीलाई उडान अनुमति दिएर ३५ पुर्‍याउने लक्ष्य लिएको छ । पर्यटकको बसाइ अवधि पनि १२ दशमलव ८७ दिनबाट बढाएर १३ पुर्‍याउने योजनामा छ । विकास योजनाले पर्यटन क्षेत्रको विभिन्न पक्षमा सुधार गरी कुल गार्हस्थ उत्पादनमा रहेको योगदानलाई समेत २ बाट बढाएर ३ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।त्यस्तै वाषिर्क विकास योजनाले पर्यटन क्षेत्रबाट प्रत्यक्ष रोजगारीलाई १ लाख ६० हजारबाट बढाएर १ लाख ७५ हजार पुर्‍याउने लक्ष्य लिएको छ

'हजयात्री उडाउने टेन्डरमा घोटाला'

काठमाडौं,१५ श्रावण - साउदी अरबको मक्कामा हज गर्न जाने नेपाली मुसलमान तीर्थयात्री ओसार्न आह्वान गरिएको टेन्डरमा 'अनियमितता' भएको आरोप सम्बद्ध वायुसेवा कम्पनीले लगाएको छ। गृह मन्त्रालयअन्तर्गतको हज कमिटीले हज गर्न जाने तीर्थयात्री (हाजी) लान–ल्याउन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि आह्वान गरिएको टेन्डर बढी भाउ तोक्ने कतार एयरवेजलाई दिइएपछि प्रतिस्पर्धी एयर अरेबियाले अनियमितता भएको दाबी गरेको हो। हज कमिटीले एक महिनाअघि आह्वान गरेको टेन्डरमा खाडी मुलुक कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेज र युनाइटेड अरब इमिरेट्स (युएई) को सरकारी वायुसेवा कम्पनी एयर अरेबिया प्रतिस्पर्धामा उत्रिएका थिए। हज कमिटीले सस्तो भाडामा तीर्थयात्री लान–ल्याउन प्रस्ताव गर्ने एयर अरेबियाको सट्टा बढी भाडा प्रस्ताव गर्ने कतार एयरवेजलाई टेन्डर दिएको थियो।
२२ दिन अवधि दिएर मागिएको टेन्डरमा कतार र एयर अरेबियामात्र प्रतिस्पर्धामा थिए। कमिटीका अनुसार कतारले प्रतियात्रु दुईतर्फी १ हजार ३४ अमेरिकी डलर (९७ हजार ९ सय ७१ रुपैयाँ) प्रस्ताव गरेको थियो भने एयर अरेबियाले ८ सय ४३ डलर (७९ हजार ८ सय ७४ रुपैयाँ) प्रस्ताव गरेको थियो।
एयर अरेबियाको भन्दा कतारको बढी भाडा देखिएपछि हज कमिटीका पदाधिकारी र अन्य केही व्यक्तिको 'मिलेमतो' मा ८ सय ८३ डलर (८३ हजार ६ सय ६४ रुपैयाँ) मा कतारलाई यात्रु लान सहमत गराई उसैलाई टेन्डर पारिएको स्रोतले बतायो। दोस्रोपटक तय गरिएको यो दर पनि एयर अरेबियाभन्दा ४० डलर (३ हजार ७ सय ९० रुपैयाँ) बढी छ।
दुवै कम्पनीको भाडा प्रस्ताव खोलेपछि हज कमिटीले नेपालस्थित कतारका राजदूत तथा कतार एयरवेजका अधिकारीसँग छलफल गरी भाउ केही कम गराउन सहमत गराएको स्रोतले जानकारी दियो। 'टेन्डर खोलेपछि फेरि वित्तीय प्रस्ताव चलाउन नपाइने सामान्य नियम पनि यहाँ लागू गरिएको छैन,' स्रोतले भन्यो, 'भाडादर घटाउने यो चलखेलमा नै आर्थिक अनियमितता भएको छ।' टेन्डरमा विवाद देखिए पनि कमिटीले कूल रकमको २५ प्रतिशत (२ करोड १९ लाख ६१ हजार ८ सय ६५ रुपैयाँ ) कतारलाई हतार–हतारमै भुक्तानी गरिसकेकाले पनि अनियमितताको संकेत गरेको छ।
एयर अरेबियाको नेपालस्थित राष्ट्रिय बिक्री प्रबन्धक संगीता रौनियारले सस्तोमा यात्रु लाने वायुसेवाले पाउनुपर्ने ठेक्का बढी भाउ तोक्नेलाई दिएर हज कमिटीले टेन्डरको सामान्य नियम पनि पालना नगरेको बताइन्। 'कतारलाई नै छनोट गर्नु थियो भने टेन्डर आह्वान किन गरियो, हज कमिटीले जवाफ दिनुपर्छ,' उनले  भनिन्। यसविरुद्ध एयर अरेबियाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत हालेको उनले बतान्।
हज कमिटीले यो वर्ष मुलुकका विभिन्न ठाउँमा रहेका १ हजार ५० जना हाजीलाई मक्का लाँदैछ।
कमिटीले कतार एयरवेजलाई ९ लाख २७ हजार १ सय ५० डलर (८ करोड ७८ लाख ४७ हजार ४ सय ६२ रुपैयाँ) भुक्तानी गर्नुपर्नेछ। 'कतार एयरवेजको सेवा राम्रो भएका कारण यस वर्ष उसैलाई ठेक्का दिएका हौं,' हज कमिटीका अध्यक्ष अकबर अलि मिकरानीले नागरिकसँग भने, 'एयर अरेबियाको सेवा राम्रो नभएकाले कतारलाई दिएका हौं। सस्तो भाडा प्रस्ताव गर्दैमा टेन्डर जित्ने होइन, टेन्डर स्वीकार गर्ने/नगर्ने कमिटीको अधिकार हो।'
धेरै पैसा तिरेपछि उत्कृष्ट सेवा पाइने भएकाले कतार छानेको उनको तर्क छ। यसअघि लगातार तीन वर्ष एयर अरेबियाले नै हाजी लगेको भए पनि सेवा सुधार नगरेको आरोप उनले लगाए। 'बारम्बारभन्दा पनि एयर अरेबियाले हाजीलाई दिने सेवामा कुनै सुधार गरेन,' उनले भने, 'त्यही भएर बढी भाडा प्रस्ताव गरेको भए पनि कतारलाई दिएका हौं।'
एयर अरेबियाकी रौनियारले टेन्डर प्रस्तावबारे कतारलाई मात्र बोलाएर जानकारी दिएपछि उसले भाडामा थप कटौती गरेको बताइन्। कतारले १ हजार ३४ डलरबाट १ सय ५१ डलर कम गरे पनि एयर अरेबियाभन्दा ४० डलर बढी भएको उनले जानकारी दिइन्। 'कतारको चलखेल थाहा पाएपछि हामीले हज कमिटीमा गएर ६ सय डलर (५६ हजार ८ सय ५० रुपैयाँ) मा हाजी लाने प्रस्ताव गरेका थियौं,' उनले भनिन्, 'तर, हाम्रो प्रस्तावलाई कमिटीले वास्तै गरेन।'
उता, हज कमिटीका अध्यक्ष मिकरानीले भने कतारको भाडादर हालसम्मकै सस्तो भएको दाबी गरे। उनका अनुसार एयर अरेबियाले हाजीलाई गत वर्ष युएईको सारजहाँमा १८ घन्टा ट्रान्जिटमा राखेको, खाना, पानी राम्रो नदिएको र समयमा सामान पनि दिएको थिएन। 'अब कतारको पाँचतारे स्तरको सुविधामा हामी मक्का जान्छौं,' उनले भने।
एयर अरेबियाले भने मिकरानीको आरोप ठाडै अस्वीकार गरेको छ। 'गत वर्ष प्राविधिक कारण १८ घन्टा नभई ६ घन्टा कुर्नुपरेको थियो, तर त्यसको क्षतिपूर्ति हामीले सबै हाजीलाई दियौं,' रौनियारले भनिन्, 'त्यसबेला खाना–पानी राम्रै दिएकाले उनीहरूले गुनासो गरेनन्, अनि अहिले आएर आरोप लगाउनुको अर्थ छैन। हामीलाई यत्तिमात्र थाहा छ, सस्तो भाडादर प्रस्ताव गरेका कारण टेन्डर हामीले नै पाउनुपर्छ।'
हज कमिटीले एयर अरेबियालाई कहिल्यै हाजी बोक्न नपाउने गरी कालोसूचीमा राखे पनि आपत्ति नहुने भन्दै उनले धरौटीसहित टेन्डर प्रस्ताव गर्न लगाएकोमा आपत्ति जनाइन्।
गृह मन्त्रालयका सहसचिव चुडामणि शर्माले टेन्डर आह्वान गरिसकेेपछि प्रचलित कानुनबमोजिम यसको 'अनर' हुनुपर्ने बताए। 'प्रतिस्पर्धी कम्पनीलाई समान अवसर नदिइनु र टेन्डर अनर नर्गनु हुँदैनथ्यो,' शर्माले नागरिकसँग भने, 'हज कमिटीले 'सबै हाजीले बरु बढी पैसा तिर्नुपर्ने भए पनि कतारमै जाने' भनेपछि कतारलाई छनोट गरेको जानकारी दिएको छ। पारदर्शिता र अन्य प्रक्रियामा कमिटीले नै निर्णय गर्छ।'
उता, टेन्डर जितेको कतार एयरवेज स्रोतले भने आफ्नो सेवा पाँचतारे स्तरको भएका कारण हज कमिटीले छनोट गरेको दाबी गरेको छ। 'हाम्रो सेवाको स्तर एयर अरेबियाभन्दा धेरै उत्कृष्ट छ,' स्रोतले भन्यो, 'हज कमिटीले पहिलेको प्रस्तावमा केही कम गर्न आग्रह गरेपछि हामीले १ सय ५१ डलर घटाएका हौं।' जहाज र कम्पनीको सेवा सबैको स्तरीय हुने भएकाले हज कमिटीले टेन्डर प्रक्रियामा लिनुपर्ने प्राविधिक पक्षको टेन्डर आह्वान नै गरेको थिएन।
हज कमिटीका अनुसार यो वर्ष १ हजार २ सय हाजीलाई मक्का लान–ल्याउन कोटा छुट्ट्याइएको छ। यसमा हालसम्म १ हजार ५० जनाले टिकट बुकिङ गरेका छन्। साउदी सरकारले भने नेपालबाट यो वर्ष ८ सय हाजीलाई मात्र ल्याउन आग्रह गरेको छ। नेपाली हाजीहरू आगामी असोज ९ गते मक्कातर्फ उड्नेछन्। त्यसको ४० दिनपछि नेपाल फर्कने कार्यक्रम छ

Wednesday, July 24, 2013

क्यासिनोले चार महिनाभित्र ३५ करोड जोहो गर्नुपर्ने

काठमाडौं - लामो समयदेखि विवादित क्यासिनो व्यवसायलाई व्यवस्थित गर्न सरकारले ल्याएको नयाँ नियमले यो व्यवसाय झनै अप्ठेरोमा परेको छ। सरकारले जारी गरेको नियमावलीअनुसार अब क्यासिनो सञ्चालकहरूले चालु आर्थिक वर्ष २०७०/७१ को पहिलो चार महिनाभित्र ३५ करोड रुपैयाँ जोहो गर्नुपर्ने भएको छ। वार्षिक रोयल्टी ४ करोड, बैंक ग्यारेन्टी ४ करोड, इजाजत दस्तुर २ करोड, निवेदन दस्तुर ५ लाख र चुक्ता पुँजी २५ करोड व्यवस्था गर्नुपर्ने नियमसहित मन्त्रिपरिषदको स्वीकृतिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले 'क्यासिनो नियमावली २०७०' जारी गरेको हो। वार्षिक रोयल्टी यसअघि २ करोडमात्र थियो। अन्य दस्तुरसम्बन्धी नियम सबै नयाँ हुन्। 'यसरी उच्च दरमा रकम तोकिएको व्यवस्थासहितको नियमावली आएपछि सबै क्यासिनो बन्द हुने निश्चित छ,' राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा रहेको क्यासिनो सांग्रिलाका निर्देशक बोधविक्रम पाण्डेले  भने, 'सरकारको नियत नै सबै क्यासिनो बन्द गराउने नै भएकाले नियमावली जारी गरिएको हो।'क्यासिनो नियमावलीका अनुसार क्यासिनोका कर्मचारी, सुरक्षा निकाय, राजस्व अनुसन्धान, पर्यटन मन्त्रालय र कर कार्यालयका कर्मचारीबाहेक नेपाली क्यासिनोभित्र भेटिए (खेल्नु पर्दैन) बैंक ग्यारेन्टी ४ करोड जफत हुनेछ।  त्यसै गरी सबै क्यासिनोमा स्विमिङ पुल, सौना सुविधा, हेल्थ क्लब, रेस्टुरेन्ट, विविध खेलकुदको व्यवस्था हुनुपर्ने नियमावलीमा उल्लेख छ। 'क्यासिनोमा जुवा खेल्न आउने हो कि पौडी खेल्न?,' पाण्डेले प्रश्न गरे। हाल काठमाडौंमा आठ र पोखरामा दुई गरी १० क्यासिनो छन्। सम्बद्ध स्रोतका अनुसार आगामी चार महिनाभित्र सबै क्यासिनोले बक्यौता चुक्ता गरेर नयाँ नियममा बाँधिनुपर्छ। क्यासिनो सांग्रिला र पोखरा ग्रान्डको भने बक्यौता छैन। बाँकी आठ क्यासिनोले रोयल्टी, करलगायत गरी झन्डै ८० करोड रुपैयाँ सरकारलाई तिर्न बाँकी छ। पाँचतारे होटल सोल्टीस्थत क्यासिनो नेपाल (हाल नाम परिवर्तन भएर क्यासिनो माजोङ) ले मात्र १७ करोड रुपैयाँभन्दा बढी सरकारलाई चुक्ता गर्न बाँकी छ।  हाल राजधानीमा क्यासिनो माजोङ (होटल सोल्टी), सांग्रिला (होटल सांग्रिला), रोयल (होटल याक एन्ड यती), तारा (होटल हायात), अन्ना (होटल डेल अन्नपूर्ण), एभरेस्ट (होटल एभेरस्ट), भेनस (होटल मल्ल) र र्याजड (होटल र्याोडिसन) सञ्चालनमा छन्। पोखरामा फूलबारी (होटल फूलबारी) र पोखरा ग्रान्ड (होटल पोखरा ग्रान्ड) छन्।  'क्यासिनो र राजस्व आउने प्रक्रियालाई अझै व्यवस्थित गर्न नियमावली जारी गरेका हौं,' पर्यटन मन्त्रालयका प्रवक्ता तथा सहसचिव मोहनकृष्ण सापकोटाले मंगलबार नागरिकसँग भने, 'क्यासिनो व्यवस्थित भए त्यहाँ काम गर्ने मजदुरलाई पनि फाइदा हुन्छ भने समाजमा पनि सकारात्मक प्रभाव पर्छ।' नियमावली जारी भएपछि क्यासिनोसम्बन्धी रोयल्टी, अनुमतिपत्र, नवीकरणलगायत सबै काम पर्यटन मन्त्रालयको जिम्मेवारीमा आएको उनले जानकारी दिए। अब भने व्यवस्थित हिसाबमा क्यासिनो चल्ने उनको भनाइ छ। तीन वर्ष लामो प्रयासपछि नियमावली जारी गरिएको उनले बताए। 'क्यासिनो विदेशी पर्यटकलाई मात्र हो, नेपाली जुवा खेल्न होइन,' उनले भने। नियमावलीअनुसार अबदेखि क्यासिनो सञ्चालन गर्न पाँचतारे होटल हुनैपर्ने भन्ने नियम खारेज भएको छ। कुनै डाँडाकाँडा वा नयाँ पर्यटन गन्तव्य वा जुनसकै ठाउँमा पनि पूर्वाधार तयार गरी क्यासिनो सञ्चालन गर्न पाइन्छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले तोकेबमोजिम क्यासिनोमा विदेशी लगानी गर्न पाइन्छ। त्यसै गरी क्यासिनोमा जुवा खेल्ने प्रत्येक खेलाडीको ६ महिनासम्मको 'क्लोज सर्किट टेलिभिजन' (सिसिटिभी) दृश्य राख्नुपर्ने, कुनै पनि खेलाडीले जित्ने कुल रकमको २५ प्रतिशत आकस्मिक लाभ कर बुझाउनुपर्ने (यसका लागि क्यासिनोले नै रकम कट्टा गरी खेलाडीलाई प्रमाणपत्र दिनुपर्ने), २५ लाख रुपैयाँसम्मको हारजित हुने खेलाडीको सम्पूर्ण विवरण सम्बन्धित निकायलाई बुझाउनुपर्नेलगायत व्यवस्था नियमावलीले समेटेको छ।  'सबै १० क्यासिनो बन्द भयो भने प्रत्यक्ष रोजगारी पाइरहेका ८ हजार मजदुर र तिनका आश्रित तथा अप्रत्यक्ष गरी ५० हजारभन्दा बढीको रोजीरोटी खोसिन्छ,' क्यासिनो सांग्रिलाका निर्देशक पाण्डेले भने, 'केही अवधिभित्रै अधिकांश क्यासिनोले सेवा बन्द गरिएको सूचना जारी गरे अचम्म नमाने हुन्छ।' नयाँ नियमावलीमा चित्त नबुझेपछि क्यासिनो सञ्चालकहरूले मंगलबारै चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटेर ध्यानाकर्षण पत्र दिएका थिए। सरकारले सहयोग नगरे सबै क्यासिनोमा ताल्चा मारी साँचो बुझाउने जानकारी गराएको एक सञ्चालकले बताए।  सम्बद्ध एक क्यासिनोका सञ्चालकका अनुसार चार दिनअघि पर्यटन मन्त्री रामकुमार श्रेष्ठलाई भेटेर गुनासो गरिएको थियो। मन्त्री श्रेष्ठले 'क्यासिनोले रोयल्टी पनि तिरेनन्, हामीले उठाउन पनि सकेनौं, बरु राजस्व ह्वात्तै बढाइदिएपछि आफैं बन्द हुन्छन्' भन्ने जवाफ दिएको उनले जानकारी दिए। यता होटल डेल अन्नपूर्णले क्यासिनो अन्ना बन्द गराइदिन पर्यटन मन्त्रालयलाई लिखित निवेदन दिएको र याक एन्ड यतीले पनि क्यासिनो रोयल बन्द गराइदिन मौखिक कुराकानी गरेको सम्बद्ध स्रोतले जानकारी दियो। याक एन्ड यतीले क्यासिनोमा बिजुली र पानी आपूर्ति कट्टा गरे पनि क्यासिनो व्यवस्थापनले आफैं व्यवस्था गरिरहेको छ। त्यसै गरी मिनी क्यासिनो भनेर चिनिने इलेक्ट्रोनिक गेमिङका लागि पनि नियमावलीले छुट्टै व्यवस्था गरेको छ। अब मिनी क्यासिनोले वार्षिक ३ करोड रुपैयाँ रोयल्टी तिर्नुपर्छ भने चुक्ता पुँजी १५ करोड रुपैयाँ व्यवस्था गर्नुपर्छ। ठूला क्यासिनोमा जस्तै मिनीमा पनि नेपालीलाई प्रवेश निषेध गरिएको छ।

क्यासिनो सांग्रिला बन्द हुने
राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांगिला परिसरमा रहेको क्यासिनो सांग्रिला पनि बन्द हुने भएको छ। तर, सरकारले जारी गरेको नयाँ नियमावलीका कारण नभई मजदुर युनियनका कारण क्यासिनो सांग्रिला बन्द हुने भएको हो। क्यासिनो व्यवस्थापन स्रोतका अनुसार मजदुर युनियनको ज्यादती र दुःखबाट वाक्क भएका मलेसियाली लगानीकर्ता क्यासिनो नै बन्द गर्ने मनस्थितिमा पुगेको छ। जति पटक छलफल गर्दा पनि निष्कर्ष ननिक्लिएपछि बन्द गर्नुको विकल्प छैन। 'क्यासिनो बन्द गर्ने विषयमा विदेशी लगानीकर्ताहरू मलेसियामा गहन छलफलमा छन,' स्रोतले भन्यो, 'केही दिनभित्रै व्यवस्थापनले क्यासिनो बन्दको औपचारिक घोषणा गर्छ

सात वायुसेवाको सञ्चालन अनुमति खारेज

काठमाडौं - उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सात वायुसेवा कम्पनीको 'वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र' (एओसी) खारेज गरेको छ। प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित एवं सञ्चालन तयारीमा रहेका दुई अन्तर्राष्ट्रिय तथा पाँच आन्तरिक वायुसेवा कम्पनीको अनुमतिपत्र गत आइतबार (असार ३०) खारेज गरेेको हो। लाइसेन्स खारेज गरिएकामा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेज र अल्पाइन एयर तथा आन्तरिक वायुसेवा कम्पनीहरू अग्नि एयर, नमस्ते एयर, स्विफ्ट एयर, ब्लु एयर र मुक्तिनाथ एयरलाइन्स छन्।
'जहाज ल्याएर उडान सञ्चालन गरे पनि ६ महिनासम्म निरन्तरता दिन नसक्ने र कहिल्यै जहाज नल्याउने, तर अनुमति प्रमाणपत्र लिइरहने वायुसेवाहरूको सञ्चालन अनुमति खारेज गरेका हौं,' प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले  भने, 'सञ्चालन अनुमति खारेज गरिएको बेहोराको पत्र सबै वायुसेवा कम्पनीलाई पठाइसकेका छौं।'
प्राधिकरणले अनुमति खारेजीमा परेका सातै वायुसेवालाई नवीकरणका लागि एकपटकलाई 'मौका' पनि दिएको छ। सञ्चालन अनुमतिपत्र नवीकरण गर्न अन्तर्राष्ट्रिय वायुसेवालाई तीन महिना र आन्तरिकलाई ६ महिना म्याद दिइएको सुमनले जानकारी दिए। 'सबै प्रक्रिया पूरा गरेर आए नवीकरण हुन्छ,' उनले भने।
केही दिनदेखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को एक टोलीले नेपाली उड्डयन क्षेत्रको 'अडिट' गरेको थियो। पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार बुधबार सरकारलाई प्रतिवेदन बुझाएको आइकाओ टोलीले 'जहाज नहुने वायुसेवा कम्पनीको सञ्चालन अनुमति प्रमाणपत्र नवीकरण नगरी खारेजै गर्नुपर्ने' सुझाव दिएको छ। 'आइकाओ टोलीले सात चरण पार गरेमात्र पुनः अनुमति दिन सकिने सुझाव पनि दिएको छ,' स्रोतले भन्यो।
सञ्चालन अनुमति खारेज भएको बिबी एयरवेजले तामझामका साथ उडान सञ्चालन गरे पनि हवाइबजारमा करिब तीन महिनामात्र टिक्न सक्यो। बिबीले २०६९ भदौ २८ बाट 'चार्टर' उडान भरी सेवा थालेको थियो। कम्पनीले पहिलो चरणमा काठमाडौंबाट 'चार्टर' उडान गरेको थियो। उसले कम्बोडियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी टोन्ले साप एयरलाइन्ससँग 'वेट लिज' मा एउटा बोइङ ७५७–२०० सिरिजको जहाजबाट उडान भरेको थियो। बिबीले पहिलो यात्रुबाहक उडान भने असोज २५ बाट मलेसियाका लागि सुरु गरेको थियो।
उडानमा रहेको एकमात्र जहाज 'नियमित मर्मत' का लागि भन्दै सम्बन्धित कम्पनीले लगेपछि बिबी जहाजविहीन भएको थियो। कम्पनीले मलेसियाको क्वालालम्पुरका लागि साताको चार दिन उडान भर्थ्यो। बिबी एयरवेजमा गैरआवासीय नेपाली संघ (एनआरएन) का कोषाध्यक्ष भवन भट्टको इन्भेस्टमेन्ट कम्पनी टिबिआई ग्रुपको लगानी थियो। यसमा जापानी व्यवसायीको समेत गरी ४ अर्ब रुपैयाँ लगानी थियो।
उडान सञ्चालन गरेको एक महिनाभित्र यस्तै सिरिजको अर्को जहाज र त्यसपछि निकट भविष्यमा बोइङ ७६७–३०० सिरिजका थप दुइटा जहाज ल्याउने कम्पनीको योजना थियो। पाँच वर्षभित्र अस्ट्रेलिया, युरोप हुँदै अमेरिकासम्म उडान गर्ने महत्वाकांक्षी लक्ष्य कम्पनीले सार्वजनिक गरेको थियो। बिबीले काठमाडौंबाट नयाँदिल्ली, बैंकक, क्वालालम्पुर, हङकङ, टोकियो, दोहा र सिंगापुर उडान गर्ने अनुमति पाएको थियो।
सञ्चालन अनुमति खारेज भएको अर्को अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी अल्पाइन एयरले सन् १९९८ मै उडान अनुमति पाएको थियो।
काठमाडौंबाट नयाँदिल्ली, बैंकक, ढाका, बहराइन, सिंगापुर र ग्वाङझाउ उडान गर्ने यसको योजना थियो।
अल्पाइनले त्यसका लागि बहराइन एयरको एयरबस ए३१९–१०० जहाज नौ महिनाका लागि 'वेट लिज' मा लिएको थियो। तर, त्यो जहाज पनि आएन र उडान पनि गर्न सकेन। अल्पाइनमा सुरेन्द्र मल्लको लगानी थियो।
एकताका आन्तरिक उडानमा तेस्रो ठूलो वायुसेवामा दरिन सफल अग्नि एयर 'अक्षम व्यवस्थापन' का कारण करिब एक वर्षअघि बन्द भएको थियो। वार्षिक २८ करोड रुपैयाँ नाफा कमाइरहेको र सात प्रतिशत बजार हिस्सा ओगटेको अग्नि ६५ करोड रुपैयाँ बैंक ऋण तिर्न नसकेपछि बन्द भएको थियो।
२९ सिट क्षमतायुक्त तीनवटा जेटस्ट्रिम–४१ र १९ सिटे दुइटा डोर्नियर–२२८ मोडेलका जहाज रहेको अग्निले सात वर्ष उडान गरेको थियो। सातमध्ये पाँच जहाज हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' छन्। अग्नि सुधीर बस्नेतको कम्पनी हो।
अर्को आन्तरिक वायुुसेवा कम्पनी नमस्ते एयरले गत वैशाख तेस्रो साता अग्नि एयरको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिएपछि पुनः उडान गर्ने घोषणा गरेको थियो। अग्निले विभिन्न बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने ६५ करोड रुपैयाँ सकार्न नमस्ते तयार भएपछि व्यवस्थापन हेरफेर सम्झौता भएको थियो।
नमस्तेले गत असार पहिलो साताबाट अग्निका दुई डोर्नियर जहाज तथा साउन दोस्रो साताभित्र दुइटा जेटस्ट्रिमबाट उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो। नमस्तेका कार्यकारी अध्यक्ष राजु केसीले दुईवटा डोर्नियर अग्नि एयरकै नाम र लोगोमा तथा बाँकी तीन जेटस्ट्रिम नमस्तेको लोगोमा उड्ने बताएका थिए।
कम्पनीले ७२ सिट क्षमताका दुइटा एटिआर७२–५०० सिरिजका जहाज भाडामा ल्याएर सञ्चालन गर्ने योजना पनि बनाएको छ। नमस्तेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०६९ साउन २२ मा उडान अनुमति दिएको थियो। त्यसको चार महिनापछि मंसिर १२ मा प्राधिकरणबाट सञ्चालन अनुमति पाएको थियो। प्राधिकरणले भैरहवा विमानस्थललाई आधार गर्ने गरी उडान गर्न नमस्तेलाई अनुमति दिएको थियो।
अर्को आन्तरिक वायुसेवा ब्लु एयरले चार जहाजबाट मुलुकका प्रमुख सहरमा उडान भर्ने गरी अनुमति पाएको थियो। उसले काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज, भैरहवा, भद्रपुर, धनगढी र सिमरा सेक्टरमा उडान गर्न पाउने अनुमति पाएकेा थियो। देवकाजी डंगोलको कम्पनी ब्लुको व्यापारिक योजनामा १९ सिट क्षमताका दुईवटा बिचक्राफ्ट र ४८ सिट क्षमताका दुइटै एटिआर–४२ जहाज ल्याएर उडान गर्ने उल्लेख थियो।
त्यसैगरी, कृष्णबहादुर खड्गीको कम्पनी स्विफ्ट एयरले एउटा एटिआर–४२ र दुईवटा डोर्नियर जहाजबाट उडान गर्ने गरी अनुमति पाए पनि जहाज ल्याउन सकेन। एटिआरलाई सहरी क्षेत्रमा र डोर्नियर जहाजलाई दुर्गम भेगमा उडान गर्ने उसको योजना थियो। उता, मुक्तिनाथ एयरलाइन्स भने केही अवधि हेलिकोप्टर उडान गरेपछि बन्द भएको थियो।
प्राधिकरणका अनुसार हवाइकम्पनीले जहाजको तौलका आधारमा नयाँ सञ्चालन अनुमतिपत्र लिएर वर्षैपिच्छे नवीकरण गर्नुपर्छ। अनुमतिपत्र शुल्क जहाजको तौल र संख्यामा निर्भर गर्छ। अन्तर्राष्ट्रिय उडानका लागि नयाँ अनुमति लिन ५ हजार ७ सय किलो तौलसम्मका जहाजलाई १२ हजार ५ सय अमेरिकी डलर र त्यसपछि प्रत्येक १० हजार किलोका लागि १ हजार डलर थप लाग्छ। आन्तरिक उडानका लागि ७ हजार ५ सय किलो तौलसम्म ५ हजार डलर र त्यसपछि प्रत्येक १० हजार किलोका लागि थप ५ सय डलर तिर्नुपर्छ।
आन्तरिक कम्पनीले ७ हजार ५ सय किलो र अन्तर्राष्ट्रियले ५ हजार ७ सय किलोसम्मलाई २ हजार ५ सय डलर नवीकरण शुल्क तिर्नुपर्छ। त्यसभन्दा माथि प्रत्येक १० हजार किलोका लागि आन्तरिकले २ सय ५० र अन्तर्राष्ट्रियले ५ सय डलर तिर्नुपर्छ।
म्याद सकिएको ३५ दिनभित्र सञ्चालन अनुमतिपत्र नवीकरण नगरे २५ प्रतिशत, ९० दिनभित्र ५० र १ सय ८० दिनभित्र ७५ प्रतिशत जरिवाना लाग्छ।
हाल नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, सिमि्रक एयरलाइन्स, सीता एयर, तारा एयर, एयर काष्ठमण्डप, गोमा एयर, मकालु एयरलगायत करिब एक दर्जन वायुसेवा कम्पनीले आन्तरिक उडान गरिरहेका छन्।

Saturday, July 20, 2013

हिरक महोत्सवले विश्वको ध्यान नेपालमा केन्द्रित, बढ्यो सगरमाथाको आकर्षण

मधुजंग पाण्डे

सन् १९५३ को २९ मे का दिन आरोही दोय सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाईला टेकेको दिनलाई थप स्मरणीय र लोकप्रीय बनाउने उदेस्यका साथ सरकारले मनाईरहेको सगरमाथा हिरक महोत्सवका अवसरमा भइरहेका विविध कार्यक्रम एवं गतिविधीको प्रभावका करण अहिले विश्वको ध्यान नेपालमा केन्द्रित भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धीत विविभन्न संघ– संस्थाको सहकार्यमा सगरमाथामा पहिलो मानव पाईला परेको ६० वर्ष पुगेको दिन ‘२९ मे’लाई धुमधामकासाथ मनाउने क्रममा गत १२ देखि १५ जेठसम्म राजधानी लगायत मुलुकभरका विभिन्न भागमा सम्पन्न गरेको पर्यटन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम एवं गतिविधीले हाल संसारको ध्यान नेपालमा केन्द्रित हुनुकोसाथै सगरमाथाको आकर्षण पनि निकै बढाएको छ ।
अहिले अमेरिका, क्यानडा, बेलायत, युरोप, अष्टेलिया, खाडी राष्ट्र र एशियाली मुलुकमा नेपालको पर्यटकीय गतिविधी र सगरमाथा लगायत अन्य हिमाल आरोहणको व्यापक चर्चा छ । ति मुलुकका नागरिकबीच अहिले नेपाल भ्रमण र सगरमाथा आरोहण गर्ने तिब्र इच्छा जागेको छ ।
यहाँ नेपालले सगरमाथाको गरिमालाई संसारभर थप उचाइमा उ¥याउने लक्ष्यकासाथ  हिरक महोत्सव मनाइरहदा बेलायती महारानी एलिजावेथ द्धितियाले पनि प्रथम आरोहीका सन्तानलाई अतिथी बनाएर आफुले गद्दी सम्हालेको ६० औं वर्षगाँठ मनाइन । उनले बेलायतका एक्सपीडिसन दलको नेतृत्वमा सगरमाथामा पहिलो मानव पाइला राख्ने आरोही दोय एडमण्ड हिलारी र तेन्जिङनोर्गेलाई सफलतापूर्व शिखरमा पु¥याउने काम भएको पुरानो इतिहासलाई सदाकालागि जिवन्त राख्न आफुले पनि गद्दी सम्हालेको ६० औं वर्षगाँठ सगरमाथा हिरक महोत्सवकै अवसरसँग जोडेर मनाएको बताएकी छिन । 
प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पाका छोरा जाम्लिङ र सर एडमण्ड हिलारीका छोरा पिटर हिलारी सहभागी भएको रानी एलिजावेथको सो कार्यक्रमलाई पनि यतीबेला नेपाल र सगरमाथाको चर्चासँगै गाँसेर हेर्न थालिएको छ ।  
हिरक महोत्सवका अवसरमा भएका विविध गतिविधीले हाल अमेरिकाको केबल टेलिभिजन सिएनएन र बिबिसि लगायत विभिन्न संचारमाध्यमबाट सगरमाथा आरोहण लगायत यहाँ भएका पर्यटकीय गतिविधीका बारेमा राम्रो समाचार सम्प्रेषण भईरहेका छन । हिरक महोत्सवकै अवसरमा गत १२ जेठमा विभिन्न मुलुकका सञ्चारमाध्याबाट समाचार सम्प्रेसण गर्न आएका विदेशी संचारकर्मी सगरमाथा क्षेत्रमा पुगेर त्यहाँको गतिविधीबारे राम्रो जानकारी लिएका थिए ।
जसका कारण पनि अहिले  विश्वको ध्यान नेपालमा केन्द्रित भईरहेको पर्यटन क्षेत्रसँग सम्बन्धी व्यवसायी एवं सरोकारवालाहरुले बताउँदै आएका छन । उनीहरुले सगरमाथा हिरक महोत्सवका गतिविधीले अहिले संसारभर नेपालको चर्चा भईरहेको जानकारी दिएका छन । ‘सगरमाथा हिरक महोत्सव’का अवसरमा स्वदेश र विदेशका विभिन्न भागमा भइरहेका पर्यटकीय गतिविधीले हाल संसारभरका आरोही र संचारकर्मीको ध्यान नेपालतर्फ केन्द्रित भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । 
बोर्डका अनुसार सन् १९५३ को २९ मे का दिन सगरमाथामा पहिलो मानव पाइला परेको दिनलाई थप स्मरणीय र लोकप्रीय बनाउने उदेस्यका साथ सरकारले मनाईरहेको हिरक महोत्सवका अवसरमा भइरहेका विविध कार्यक्रम एवं गतिविधीहरुको समाचार सम्प्रेषण गर्न गत १२ जेठमा विभिन्न मुलुकबाट नेपाल आएका विदेशी संचारकर्मी सगरमाथा क्षेत्रमा पुगेका थिए । 
सो समय युरोप, अमेरिका, अष्टेलिया र एशियाली मुलुकका विभिन्न संचारमाध्यमका विदेशी र स्वदेशी गरि करिब ६० जना भन्दा बढी सञ्चारकर्मी एवं सरोकारवालाहरु सगरमाथा आधार शिविर, नाम्चे, खुम्जुङ लगायत मुलुकभरका विभिन्न भागमा भईरहेका महोत्सवका गतिविधीबारे समाचार संकलनमा केन्दित भएका थिए ।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलाले सगरमाथा हिरक महोत्सवका गतिविधीले संसारभरको ध्यान सगरमाथामा  र नेपाल भ्रमणमा केन्द्रित हुनु मुलुकको पर्यटन प्रवद्र्धनकालागि निकै फाइदाजनक भएको बताए । उनले अझै विभिन्न मुलुकका नागरिकबीच सगरमाथा र नेपाल भ्रमणप्रतिको आकर्षण बढ्नेक्रम जारी रहेको बताए । यि सबै सरकारले वर्षभर मनाइरहेको सगरमाथा हीरक महोत्सवको विशेष उपलब्धि भएको बताउँदै उनले हिरक महोत्सवकै अवसरमा वर्षभर भइरहने यस्ता पर्यटन प्रवद्र्धनसम्बन्धी प्रचारात्मक गतिविधीले पर्यटक आगमन संख्यामा पनि निकै सुधार आउने अपेक्षा गरिएको धारणा राखे ।
सगरमाथा हीरक महोत्सव एवं अन्य उत्सव र मेला सबै मुलुकलाई चिनाउने प्रचारात्मक गतिविधिको माध्यम हुन् । मुलुकलाई चिनाउने इतिहासको कालखण्डमा यो विशेष अवसर हो । सोही अवसरको रूपमा अहिले सगरमाथा हीरक जयन्ती आएको हो भन्दै निरौलाले भने, ‘यसलाई स्वर्णिम अवसरको रूपमा लिनुपर्छ ’। सगरमाथा विश्व सम्पदा सूचीमा सूचीकृत संसारको छानो हो । यसको प्रतिफल तत्काल होइन, पछि आउँछ । यस्तो महोत्सवको लाभ निजी क्षेत्रले लिने हो । त्यसैले वर्षभर मनाइँदै गरेको सगरमाथा हीरक महोत्सव मुलुकको पर्यटन प्रवद्र्धनका लागि निकै उपलब्धिमूलक छ भन्दै उनले यसको फाइदा लिन निजी क्षेत्रका छाता संस्थाहरू अघि आउनुपर्छ । महोत्सवको सबै फाइदा निजी व्यवसायीले नै लिनुपर्छ भन्ने मान्यता पर्यटन बोर्डले राखेको बताए । बोर्डको सोही मान्यता अनुसार निजी क्षेत्रले सगरमाथा र मुलुकको पर्यटन प्रवद्र्धनकालागि सक्दो प्रयास गरेको उनको भनाई छ ।

सोही आकर्षणका कारण आरोही दोय हिलारी र शेर्पाले पहिलो मानव पाईला टेकेको दिन सन् २९ मे १९५३ देखि अहिलेसम्म धेरैले सर्वोच्च शिखर सगरमाथा चढ्न भ्याईसकेका छन ।  त्यसवेलाबाट अहिलेसम्म विभिन्न मुलुकका अनेकथरी मान्छेहरुले सगरमाथाको शिखर चुमेका छन । यस वर्ष मात्र ८० वर्षिय जापानी बृद्ध युचिरो मिउरा देखि दुबै हात  नभएका क्यानडाका गैर आवासीय नेपाली सुदर्शन गौगम, खुट्टा नभएकी भारतीय महिला आरोही सम्मले सगरमाथा चढेर छुट्टाछुट्टै कीर्तिमान कायम गर्न सफल भएका छन । अहिले सगरमाथा क्षेत्र संसारभरको उत्कृष्ट मनोरञ्जन स्थल झैं भइसकेको छ । हरेक वर्ष आरोहणको मौसममा सगरमाथा क्षेत्रमा भब्य मेला झैं आरोहीको भीड लाग्ने गर्दछ । त्यसबेला स्थानीयवासीलाई त्यहाँ पुग्ने पाहुनालाई सेवा गर्न भ्याई नभ्याई हुन्छ भने सगरमाथा चढ्न जानेहरु आधार शिविर लगायतका क्षेत्रमा मस्तसँग आनन्द लिने गर्दछन । हिरक महोत्सवकै अवसरमा सरकारले यसैवर्षदेखि सगरमाथा आरोहीलाई सगरमाथा आरोही परिचयपत्र प्रदान गर्ने काम थालेको छ । यसअघि आरोहीलाई प्रमाणपत्र मात्रै वितरण गरिएकोमा गत १५ जेठबाट स्मार्टकार्ड सानो साइजको परिचयपत्र वितरण गरेकाले आरोहीलाई सो परिचयपत्र निकै उपयोगी र बोक्न समेत सहज हुने बताईएको छ । सो परिचय पत्र २९ मे कै दिन पर्यटन बोर्डमा आयोजित विशेष कार्यक्रममा करिब एक दर्जन आरोहीलाई प्रदान गरिएको थियो । मन्त्रालयले सरकारको अनुमती लिएर सगरमाथाको सफल आरोहण गर्ने आरोहीहरुलाई मात्र सो परिचयपत्र प्रदान गरिने बताएको छ ।
यसैगरि सगरमाथा हिरक महोत्सवकै अवसरमा मन्त्रालय र पर्यटन बोर्डद्धारा विभिन्न पर्यटनसँग सम्बन्धीत संघ–संस्थाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्वदेशी र विदेशी ख्यातिप्राप्त आरोहीहरूलाई आमन्त्रण गरी रथारोहण सहित राजधानीका विभिन्न भागमा घुमाएर नागरिक अभिनन्दन गरिएको थियो । अन्तर्राष्ट्रिय सगरमाथा तथा तेन्जिङ–हिलारी पुरस्कार प्रदान गरिएको थियो । सोही अवसरमा सगरमाथाको महत्व झल्काउने संस्मरणात्मक पोस्टर प्रकाशन गरि टाँचा लगाउने काम भएको थियो । त्यसैबेला सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय एभरेस्ट म्याराथन प्रतियोगिता, विश्वको सबभन्दा होचो स्थान इजरायलको मृतसागरमा सगरमाथाको पत्थरबाट निर्मित स्तम्भ स्थापना लगायतका नेपालप्रति विदेशी आकर्षण हुने कार्यक्रम भएका थिए ।
सगरमाथामा पहिलो मानव पाइला परेको  ६० वर्षको आरोहण अवधिमा अहिलेसम्म करिब ५ हजार आरोहीले सर्वोच्च शिखरको साहसिक बिजय यात्रा पूरा गरिसकेका छन् । जसका कारण अहिले सगरमाथाको आकर्षण झन बढ्दो छ भने शिखर चुम्ने होडबाजीमा आरोहीहरूबीच थप अनौठा कीर्तिमान थप्ने चाहना बढिरहेको छ । हाल सगरमाथा लगायत साना ठुला गरि मुलुकभर भएका कुल १९ सय १० ओटा हिमाल
मध्ये ३ सय २६ ओटा हिमालमा मात्र आरोहण खुला गरिएको छ । जसका कारण हाल विभिन्न मुलुकका लगानीकर्ता र ट्राभल अप्रेटरहरु नेपाल आउन आकर्षित भईरहेका छन । सन १९६० बाट सुरु भएको नेपालको पर्यटन उद्योगको गतिमा केही सुधार आएको छ ।
आगामी कार्यक्रम विदेश केन्द्रित हुने छ 
काशीराज भण्डारी
निर्देशक, पर्यटन बोर्ड तथा सदस्य सचिव, हिरक महोत्सव आयोजक समिति

अहिले हामीले सगरमाथा नेपालको मात्र नभएर विश्वको अदितीय सम्पदा हो भनेर सगरमाथाको प्रवद्र्धन र गरिमालाई थप उचाइमा पु¥याउन प्रेरित गर्ने काम गरिरहेका छौं । हामीले अब सगरमाथासँग जोडेर कुनैपनि भ्रामक र नकारात्मक कुरा कहीं कतैबाट नआओस भन्ने अपेक्षा गरेका छौं । वर्षभर विभिन्न कार्यक्रम गर्ने लक्ष्यकासाथ मनाइँदै गरेको सगरमाथा हिरक महोत्सव थालनी भएको गत २९ मे को अवसरमा मुलुकका विभिन्न भागमा सम्पन्न भएका पाँच दिने कार्यक्रम स्वदेश भित्रको प्रवद्र्धन मात्र थियो । सगरमाथा हिरक महोत्सव आयोजक समिति मार्फत पर्यटनसँग सम्बन्धीत विभिन्न संघ– संस्थाहरुसँगको सहकार्यमा सञ्चालित अबका कार्यक्रम अन्तर्राष्ट्रिय क्षेत्रमा सगरमाथा र नेपालको पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने छ । आगामी ३१ डिसेम्बरसम्म हुने कार्यक्रम विदेशका विभिन्न स्थानमा सगरमाथा प्रवद्र्धन गर्ने, सगरमाथासम्बन्धी हालसम्मका नकारात्मक सन्देश हटाउने प्रयास हुने र विदेशस्थित कुटनीतिक नियोग एवं राजदुतावासबाट सगरमाथा हिरक महोत्सव पदक वितरण गर्ने कार्यक्रम नै हुने छ । यसैगरि हिमालयन रोज फाउन्डेशन हिलारीको नातिनी एमेलिया रोज हिलारीसँग मिलेर न्युजिल्याण्ड र अस्ट्रेलियामा सगरमाथा प्रवद्र्धन सम्बन्धी धेरै काम गर्ने तयारी भईरहेको छ ।  त्यहाँ हिलारीले पहिलोपटक सगरमाथा आरोहण गर्दाको तस्बीर प्रदर्शनी, त्यसबेलाको आरोहणमा प्रयोग भएका विभिन्न औजारहरु र सगरमाथा क्षेत्रका अन्य गतिविधीबारे जानकारी दिने प्रदर्शनी गर्ने कार्यक्रम बनाउँदै छौं । अहिले सगरमाथा सम्बन्धी आधिकारीक सरकारी धारणा समेटिएको डकुमेन्ट्री बनाउने तयारी भईरहेको छ । सगरमाथामा हालसम्म भइरहेका विश्व रेकर्ड राख्ने कार्यलाई थप व्यवस्थित बनाउने कार्यलाई सो डकुमेन्ट्रीमा पनि समेट्ने सोच भइरहेको छ । पर्यटन भनेको सबैको सरोकारको विषय भएकाले अन्य सरोकारवाला संस्थाले सगरमाथा प्रवद्र्धन सम्बन्धी कार्यक्रम गर्न चाहे सँधै पर्यटन बोर्डको ढोका खुला छ । बोर्डले ती संस्थाले ल्याएका कार्यक्रमलाई थप उत्साहित हुनेगरि सहकार्य गर्ने छ ।
हामीले हिरक महोत्सवको अवसरमा सगरमाथामा पहिलो मानव पाइला पर्ने अवस्था देखि एडमण्ड हिलारी र तेन्जिङसम्म सम्बन्धीत विभिन्न अभिलेख एवं हिलारीले त्यसबेला प्रयोग गरेका आरोहण औजारहरु आगामी २९ मे मा नेपाल ल्याएर  प्रदर्शन गर्ने सोच बनाएका छौं । यसैगरि हामीले हिलारीले प्रयोग गरेका औजारहरु हरेक वर्षको २९ मे का दिन यहाँको कुनै ठाउँमा करिब ३ महिनासम्म प्रदर्शनी गर्ने सोच बनाएका छौं । सगरमाथाको प्रवद्र्धन गर्ने काम गौरबको विषय हो । प्रवद्र्धनका काम सन् २०१३ भरी हुने छ । 
 
पर्यटन प्रवद्र्धनमा हिरक महोत्सवको योगदान
पूर्णचन्द्र भट्टराई, 
सह सचिव, पर्यटन मन्त्रालय तथा संयोजक , हिरक महोत्सव आयोजक समिति

   
पर्यटन विश्वमा बढ्दो मानवीय परिभ्रमण र आर्थिक गतिविधिको एक मुख्य माध्याम हो ।  सन् २०१२ मा मात्र १ अर्ब पर्यटक भ्रमणमा निस्केका थिए भने पर्यटनको आर्थिक आकार बढेर एक खर्ब ३ अर्ब डलर पुगेको थियो । त्यो भ्रमणलाई नेपालमा आकर्षित बनाउन हामीले सन् २०१३ मा एकवर्षभरी विविध कार्यक्रम गरि सगरमाथा हिरक महोत्सव मनाउने निणर्य गरेका हौं । सगरमाथामा सफल आरोहणको ६० बर्ष पुगेको अवसरमा नेपालले गत मे २६ देखि २९ मे ( १२ देखि १५ जेठसम्म ‘सगरमाथा हिरक महोत्सव’ थालनीका विविध कार्यक्रम आयोजना ग¥यो । एडमण्ड हिलारी र तोन्जिङ नोर्गे शेर्पाले २९ मे १९५३ मा विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरेका थिए । त्यसबेलादेखिको ६ दशकको अवधीमा सगरमाथा आरोहीको संख्या हालसम्म करिव ४ हजार ३ सय ५४ जना पुगीसकेका छन् । सन् २०१३ को बसन्त ऋतुमा  सगरमाथा आरोहणका निमित्त विभिन्न ३१ दलका ५ सय २२ जनाले सफल आरोहण गरे ।
वर्षभर मनाइदै गरेको  हिरक महोत्सवको थालनी  मे २६ मा सगरमाथाको फेदीमा अवस्थित खुम्जुड गाँउमा स्वदेशी, स्थानीय र विदेशी विज्ञहरुको सहभागितामा अन्तराष्ट्रिय सगरमाथा सम्मेलनको आयोजनाबाट भएको थियो । चारदिने महोत्सवको अन्तिम दिन २९ मे का दिन काठमाण्डौ स्थित बेलायती राजदुतावासले विशेष कार्यक्रम आयोजना ग¥योे । सोही दिन बेलायतकी महारानी एलिजावेथ द्धितियले गद्धिआरोहणको हिरक महोत्सवमा सगरमाथा आरोहीका परिवारजनहरुको उपस्थितिका साथ आयोजित विशेष कार्यक्रममा सहभागी हुनु भयो । यसैगरि सगरमाथा हिरक महोत्सवकै क्रममा सगरमाथाको द्धार नाम्चेमा संशारकै होचो भू–सतह मृत सागरको स्मारक स्थापनाकासाथै ३० मे का दिन इजरायली पर्यटन मन्त्री र इजरायलकालागि नेपाली राजदुतले मृत सागरमा स्थापित संसारको उच्च शिखर ‘सगरमाथाको स्मारक’ उद्घाटन गर्नु भयो । सोही अवसरमा स्वीट्जरल्याण्ड, फ्रान्स तथा अन्य मुलुकमा रहेका नेपाली राजदुतावासले समेत विविध कार्यक्रम आयोजना गरी नेपालको पर्यटन प्रवद्र्धनको कार्य गरेका थिए ।  हिरक महोत्सवकै अवसरमा नेपाल सरकारले नेपालको पर्यटन विकास र व्यवस्थापन सम्बन्धी विभिन्न नीतिगत निर्णयहरु गरेको छ । सगरमाथा आरोहीहरुलाई परिचयपत्र जारी भएको छ, हिमाल आरोहणका क्रममा उचाइमा जाने र सहयोगी कामदार सहितकोे दुर्घटना बीमा र स्वास्थ्य बीमामा शत् प्रतिशत बृद्धि गरिएको छ भने उद्धार बीमामा डेढ गुना बृद्धि गरिएको छ । यसले कामदारको सामाजिक सुरक्षा, आपत्कालिन उद्धार र हिमालमा दुर्घटनामा परेका आरोही तथा अन्यको शव व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल सरकारले सुदुर पश्चिम र मध्य पश्चिमका हिमाल आरोहणको सलामी आगामी ५ बर्षकको लागि मिनाहा दिने भएको छ, हिमाल आरोहणको सलामी पुनरावलोकन तथा आरोहणकालागि  नयाँ हिमाल खोल्न कार्यदल गठन भएको छ, । त्यसैले सगरमाथा हिरक महोत्सवलाई कुनै खास विशेष अवसरका रुपमा मात्र नभई नेपालको पर्यटन विकासको अभियानको एक महत्वपूर्ण अवसरको रुपमा लिनुपर्छ । यो इतिहाँसकै सुनौलो अवसर हो जसलाई अघि बढाउन सन् २०१३ लाई हामीले ‘हिरक महोत्सव बर्ष’को रुपमा विशेष पर्यटन अभियान कासाथ मनाउने निर्णय गरेका छौं । वर्षभर स्वदेश तथा विदेशमा सगरमाथा र नेपालको पर्यटन प्रवद्र्धनका विविध गतिविधिहरु आयोजना हुने छन् । यस महोत्सवबाट मुलुकको पर्यटनमा धेरै योगदान हुने अपेक्षा हामीले गरेका छौं ।  यसले अन्तराष्ट्रिय सञ्चारलाई नेपालको अनुपम पर्यटकीय संभावनाहरु विश्व सामु उजागर गर्ने अवसर समेत दिलाएको छ । हाल नेपालको सुरक्षा अवस्थामा धेरै सुधार आइसकेको सन्देश विश्व पर्यटन बजारसम्म पु¥याउन समेत यस महोत्सवले सहयोग गरेको छ ।

पर्यटनमा बजेट , विमानस्थल निर्माण र विस्तारकालागि १ अर्ब ८१ करोड बजेट

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ३१ आसर
सरकारले आर्थिक वर्È २०७०÷०७१ का लागि सार्वजनिक गरेको बजेटमा नयाँ विमानस्थलहरुको सम्भाव्यता अध्ययन, निर्माण, स्तरोन्नती र जग्गा अधिग्रहण लगायतका लागि १ अर्ब ८१ करोड रुपैयाँ  बजेट विनियोजन गरेको छ । सो रकम विगतका वर्षहरुमा भन्दा केही बढी हो । आन्तरिक तथा वाह्य पर्यटन विकासमा विशेÈ जोड दिने उदेस्यले ल्याईएको बजेटमा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले पर्यटकलाई आकर्षण गर्ने मुख्य आधार पूर्वाधार नै भएकाले विमानस्थल निर्माण र विस्तारका कार्यक्रमलाई विशेष जोड दिएको बताएका छन ।  उनले यस बजेटमा पर्यटन Ôेत्रको विकास गर्न सरकारले सबैभन्दा बढी जोड विमानस्थल निर्माण र स्तरोन्नतीमा जोड दिने लक्ष्य लिएको दावी गरेका छन ।   मुलुकलाई आकर्Èक र सुरÔित पर्यटकीय गन्तव्यस्थलको रुपमा विस्तार गर्ने प्रतिबद्धता सरकारले लिएको बताउँदै उनले टीकापुर, डोल्पा, रुकुम, इलाम, लामीडा“डा र भोजपुर विमानस्थलको निर्माण र स्तरोन्नती गर्ने र रारा सिमीकोट र लुक्ला विमानस्थललाई साधन सम्पन्न बनाउने लक्ष्य बजेटमा उल्लेख गरिएको बताए । विमानस्थल सुधार र विस्तारकालागि विशेष जोड दिने लक्ष्यकासाथ सार्वजनिक भएको बजेटमा जनकपुर विमानस्थलको टर्मिनल भवन तथा टावर निर्माण कार्यलाई निरन्तरता दिने, पाल्पा तानसेनमा पर्यटकीय विमानस्थल र उदयपुरमा त्रियुगा विमानस्थलको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ । यसैगरि त्रिभुवन अन्तराृष्ट्रिय विमानस्थलको हवाई उडान सुरÔा अभिवृद्धि गर्न नया“ राडार मेसिन जडान गर्ने लगायतका अत्याधुनिक प्रर्णाली जडान गरिने छ । यसैगरि विराटनगर, जनकपुर, नेपालगञ्ज र सुर्खेत विमानस्थललाई पर्यटकीय हव विमानस्थलको रुपमा स्तरोन्नती गरिने लक्ष्य लिएको छ । 
पर्यटक पदमार्ग र हरियाली क्षेत्र विकास लगायतका पूर्वाधार निर्माण गरी हरित र वातावरणमैत्री पर्यटन प्रवद्र्धन गरिने कार्यलाई पनि प्राथमिक्तामा राखेको देखिन्छ । जसका लागि  ६३ करोड रुपैयाँको बजेट व्यवस्था गरिएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न प्रथम चरणमा नाफामा सञ्चालित सबै सार्वजनिक संस्थानहरु र ‘क’ तथा ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीलाई हरेक वर्ष एक पटकमा सात दिनमा लागि मुलुकभित्रका पर्यटकीयस्थलमा अनिवार्य भ्रमर्ण गर्ने व्यवस्था गरिएको छ । विगतका वर्षहरुमा झैं यसवर्षपनि बिदा पर्यटनको अवधारणालाई निरन्तरता दिन यसअघि होटल एसोसियसन अफ नेपाल ( हान) ले माग गरे अनुरुप यो बजेटमा व्यवसायीको सो मागलाई सम्वोधन गर्ने प्रयास भएको अर्थमन्त्री कोइरालाको भनाई छ । जसले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिने अपेक्षा गरिएको उनले स्पष्ट पारे ।  सो भ्रमणकालागि नाफामा सञ्चालित संस्थान र बैंक तथा वित्तीय संस्थाकै खर्चमा अनिवार्य भ्रमण गर्ने व्ययवस्था मिलाएको छ । यसैगरि पा“चवटै विकास Ôेत्रलाई समेट्ने गरि श्रीअन्तु, टिस्टुङ, ढोरपाटन, रानीमहल, रारा, खप्तड, रामारोशन, चिसापानी, Ôेत्रमा पर्यटन पूर्वाधार विकास गर्न बजेट विनियोजन गरिएको छ ।  पुरातात्वीक दृष्टीले महत्वपर्ण धार्मिक तथा सा“स्कृतिक स्थलहरुको जिणर््ँोद्धार, संरÔण र सम्वद्र्धनका लागि १३ करोड रुपैया“ बजेट विनियोजन गरिएको छ । मुस्ताङ जिल्लाको लोमान्थाङलाई विश्व सम्पता सूचीमा सूचिकृत गर्न पूर्वाधार निर्माण गरिने छ । यसैगरि सांस्कृति प्रतिष्ठान र संग्रहालयहरुको सुदृढिकरणका लागि ४३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । जसले पर्यटन क्षेत्रमा केही उत्साह थपेको सम्बद्ध व्यवसायीहरुको भनाई छ ।  
पर्यटन तथा संस्कृति सम्बद्र्धन्
नेपाललाई आकर्षक र सुरक्षित पर्यटन गन्तव्यस्थलको रुपमा विस्तार गरिनेछ । देशका पाँच वटै विकास क्षेत्रलाई समेट्ने गरी श्रीअन्तु, टिष्टुङ, ढोरपाटन, रानीमहल, रारा, खप्तड, रामारोशन र् चिसापानी क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्न बजेट व्यवस्था गरेको छु । विमानस्थलहरुको सम्भाव्यता अध्ययन, निर्माण, स्तरोन्नति र जग्गा अधिग्रहणका लागि रु. १ अर्ब ८१ करोड विनियोजन गरेको छु । टीकापुर, डोल्पा, रुकुम, इलाम, लामीडाँडा र भोजपुर विमानस्थलहरुको निर्माण र स्तरोन्नति गरिनेछ । रारा, सिमीकोट र लुक्ला विमानस्थललार्य साधन सम्पनन बनाइनेछ । नकपुर विमानस्थलको टर्मिनल भवन तथा टावर निर्माण कार्यलाई निरनतरता दिइनेछ । पाल्पा तानसेनमा पर्यटकीय विमानस्थल र त्रियुगा विमानस्थल, उदयपुरको सम्भाव्यता अध्ययन गरिनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान सुरक्षा अभिवृद्धि गर्न नयाँ राडार लगायतका अन्य अत्याधुनिक प्रणाली जडान गरिनुका साथै यसको क्षमता विस्तारमा जोड दिइनेछ । विराटनगर, जनकपरु , नपे ालगन्जर सखु र्ते विमानस्थलहरुलाई हब विमानस्थलको रुपमा स्तरोन्नति गर्न बजेट व्यवस्थ गरेको छु । पर्यटक पदमार्ग र हरियाली क्षेत्र विकास लगायतका पूर्वाधार निर्माण गरी हरित र वातावरणमैत्री पर्यटन प्रवद्धृन गरिनेछ । यसका लागि रु. ६३ करोड बजेटको व्यवस्था गरेको छु । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न प्रथम चरणमा नाफामा सञ्चालित सबै सार्वजनिक संस्थानहरु र ‘क’ तथा ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई प्रत्येक वर्ष एक पटकमा सात दिनमा लागि नेपालभित्रका पर्यटकीयस्थलहरुमा तयस्ता संस्थाहरुकै खर्चमा अनिवायणर्् भ्रमण गर्ने व्ययवस्था मिलाएको छु । पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक स्थलहरु प्यूठानको स्वगद्र्व ारी, गारे खाका ेमनकामना, सखु र्ते का े काँक्रेबिहार, पाल्लाको भैरहवस्थान तथा अषिकेश, सुनसरीको बराहक्षेत्र, गुल्मीको रेसङ्गा, धनुषाधाम, देवघाट र खोटाङको हलसे ी महादवे का े जिणाद्र्वे ार, सरं क्षण र संवद्र्धनका लागि रु. १३ करोड  विनियोजन गरेको छु । मुस्ताङ जिल्लाको लोमान्थाङ्गलाई विशव सम्पदा सूचीमा सूचीकृत गर्न पूर्वाधार निर्माण कार्यलाई अगाडि बढाइनेछ । ऐतिहासिक, धार्मिक र पूरातात्विक सम्पदाहरु एवम् विभिन्न जातजाति र भाषाभाषीहरुको पहिचान झल्किने कला, संस्कृति, सीप र सामग्रीहरुको खोज, संरक्षण एवम् प्रवद्धृन गरिनेछ । सांस्कृतिक प्रतिष्ठान र संग्रहालयहरुको सुदृढीकरणका लागि रु. ४३ करोड बजेट छुट्याएको छु । आगामी आर्थिक वर्ष अमूर्त सांस्कृतिक सम्पदाहरुको जिल्लागत प्रोफाइल तयारीको कार्य सुरु गरिनेछ । सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गरिनेछ । भाषा, साहित्य, कला संस्कृतिको संरक्षण, संवद्र्धन एवम् प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षमा थप लगानी गर्ने नीति लिएको छु । आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी र वीपी कोइरालाके शतवार्षिकी समारोह मनाउनका लागि रु. १÷१ करोड छुट्याएको छु ।

Sunday, July 7, 2013

एयर एशियाले काठमाडौ उडान थालेको एक वर्Èमा एक लाख यात्रु उडे , अब साताको पा“च दिन उडान भर्ने


काठमाडौ, १८ असार  –मलेसियाको ‘एयर एशिया एक्स’ले नेपालमा उडान थालेको एक बर्È पुरा भएको छ । सो एयरलाइन्सले काठमाडौको उडान थालेको एक वर्Èमा एक लाख यात्रुलाई सेवा दिएको जनाएको छ । उसले अब साताको पा“च दिन नियमित उडानको तयारी गरेको बताएको छ । एयर एशियाले २०६९ साल ३ असारदेखि  क्लालम्पुर–काठमाडौ उडान थालेको थियो । नेपालका लागि सो एयरलाइन्सका जनरल सेल्स एजेण्ट इन्सेन्टिभ टुर्स एण्ड ट्राभले मंगलबार विज्ञप्ति जारी गरि सो जानकारी गराएको हो । एयर एशिया एक्सका प्रमुख कार्यकारी अधिकृत अजरन ओसमान–रनीले एयर एसियाले नेपालमा उडान थालेको एक बर्Èको अबधिमा एक लाख बढी यात्रुलाई सेवा दिएको जानकारी दिए । आङ्खनो एक बर्Èे नेपाल उडानका अबसरमा एक सन्देश दिँदै एयर एसिया एक्सका प्रमुख कार्यकारी अधिकृत अजरनले भने, ‘एक लाख यात्रुलाई सेवा दि“दै पहिलो बार्Èिकोत्सव मनाउन पाएकोमा निकै हर्Èित छौं ।’
बार्Èिक उत्सवका अबसरमा एयर एसिया एक्सले काठमाण्डौं हु“दै जापान, कोरिया, अष्ट्रेलिया लगायतका मुलुकमा जाने कनेक्टिङ ङ्खलाइटमा बिशेÈ छुट अफर ल्याएको छ ।  नेपालका लागि सो एयरलाइन्सका जनरल सेल्स एजेण्ट इन्सेन्टिभ टुर्स एण्ड ट्राभलका कार्यकारी अध्यÔ हरिमान लामाले आगामी दिनमा अझै सस्तो र उत्कृष्ट सेवाका लागि कम्पनीले थप प्रयास गर्ने बताए । कम्पनीले हाल सातामा चारओटा उडान गरिरहेको र आगामी १७ जुलाईदेखि पा“चौं उडान सुरु हुने जानकारी पनि अध्यÔ लामाले दिए । सातामा दुईओटा उडानबाट आङ्खनो नेपाल यात्रा सुरु गरेको एयर एसियाले अब साताको हरेक सोमबार, मंगलबार, बुधबार, बिहीवार र शनिवार काठमाडौबाट क्वालालम्पुर उडान भर्ने बताएको छ। लगातार पाँचौं बर्ष बिश्वको उत्कृष्ट बजेट एयरलाइन्स बन्न सफल मलेसियाको ‘एयर एशिया एक्स’ले हाल एशियाली क्षेत्रका ८५ गन्तब्यमा उडान गरिरहेको छ । स्थापनाको ११ बर्षमा एयर एशियाले १ अर्ब ८० करोड यात्रुलाई सेवा दिइसकेको छ । २ ओटा जहाजबाट उडान थालेको एयर एशियासँग अहिले १ सय ३० ओटा जहाज छन । मलेसियाको क्वालालम्पुरलाई मुख्य आधार बनाएर संचालित एयर एशियाले थाइल्याण्ड, इण्डोनेसिया र  फिलिपिन्समा आफ्नै कम्पनी स्थापना गरेको छ ।

अवैध रुपमा सञ्चालित ट्राभल एजेन्सि कारबाहीमा


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २१ असार 
राजधानीमा सञ्चालित १९ ओटा ट्राभल एजेन्सिले अनधिकृत रुपमा मेनपावर कम्पनीको काम गरिरहेको तथ्य फेला परेको छ । गोग्य सूचनाका आधारमा पर्यटन उद्योग महाशाखाले गरेको आकस्मिक अनुगमनका क्रममा ट्राभल ऐजेन्सिले दर्ता समेत नगरि अवैध रुपमा मेनपावरको काम गरिरहेको तथ्य फेला परेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव एवं महाशाखाका प्रमुख पूर्णचन्द्र भट्टराइले राजधानीमा रहेका केही टुर एण्ड ट्राभल दर्ता नै नगरि व्यवसाय सञ्चालन गर्दै आएको र ट्राभल सञ्चालनको इजाजत लिएर मेनपावरको काम गरिरहेको भन्ने जनगुनासोका आधारमा महाशाखाले पहिलोपटक अनुगमन गर्दा १९ ओटाले दर्ता नै नगरि व्यवसाय सञ्चालन गरिरहेको पाईएको बताए ।  उनले कुल ६२ ओटा ट्राभल एजेन्सिमा लगातार तीन दिनसम्म गरेको अनुगमनका क्रममा १९ ओटाले इजाजत नै नलिई कारोबार सञ्चालन गरेको भेटिएको बताए ।
उनले पहिलो चरणमा अनुगमन गर्दा अवैध रुपमा कारोबारमा संलग्न भेटिएका ट्राभल एजेन्सिमाथी कनुनी कारबाहीको प्रक्रिया अघि बढाएको बताए । उनले छापा मार्ने क्रममा अवैद्य भेटिएका मध्ये १२ ओटालाई तत्काल सम्पर्क राख्न पत्राचार गरेको र तीन ओटालाई स्पष्ट्रिकरण सोधिएको जानकारी दिए । उनले अन्यले भने अझैसम्म अटेर गरि पत्र बुझन नआएको र केहीलाई स्पष्ट्रीकरण सोध्न बाँकी रहेको बताए ।  अवैध ढंगले ट्राभल एजेन्सी चलाउनेको शंकास्पद सूचीको आधारमा निरीक्षण गरिएको बताउँदै भट्टराईले भने, ‘कुनै पनि अवैद्यानिक ढंगले काम गर्ने ट्राभल एजेन्सी हाम्रो नजरबाट बच्न सक्दैन ।’
उनले यस्ता कार्यमा संलग्नलाई २० हजार जरिवाना, कारोवार नै खारेज गर्ने र अन्य किसिमका अधिकतम कारवाही गरिने बताए । दर्ता नै नगरी हवाइ टिकट बिक्री र अन्य कारोवार गरिरहेको पाइएकाले ति कम्पनीहरु कडा कारवाहीमा पर्ने भएको उनको भनाई छ ।

महाशाखाले पहिलोपट थालेको अनुगमनको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सिनामंगल र ठमेल क्षेत्रमा अवैध रुपमा सञ्चालिन विभिन्न १७ ओटा ट्राभल एजेन्सि कारबाहीको फन्दामा परेका हुन ।
महाशाखाले गत सोमबारदेखि बिहीबारसम्म लगातार तीन दिन गरेको अनुगमनको क्रममा सिनामंगल स्थित विविसी वल्र्ड ट्राभल एण्ड टुर्स प्राली , सम्बीसन ट्राभल एण्ड टुर्स, भिषा ट्राभल एण्ड टुर्स, सर्लाही ट्राभल एण्ड टुर्स, हिसी ट्राभल एण्ड टुर्स, रुमरु टुर्स एण्ड ट्राभल, घुमफिर इन्टरनेस्नल ट्राभल एण्ड टुर्स, होलिडे प्लानर्स टुर एण्ड ट्राभल, एपेक्स टुर्स एण्ड ट्राभल, लायन टुर्स एण्ड ट्राभल, सुपर प्यासन टुर्स एण्ड ट्राभल र डिवि ट्राभल एण्ड टुर्स प्रालि दर्ता नै नगरि सञ्चालन भएको भेटिएको छ ।
यसैगरि ठमेल र ज्याँठा क्षेत्रको अनुगमनको क्रममा हिमालयन यति ट्राभल एण्ड टुर्स प्रालि, फ्रेन्स हिमालयन ट्राभल एण्ड टुर्स, वेष्ट ट्रीप ट्राभल एण्ड टुर्स, गुडविल ट्राभल्स एण्ड टुर्स र माउन्टेन ट्वाचे ट्राभल्स एण्ड टुर्स प्रालि अवैद्य रुपमा सञ्चालित भईरहेको फेला परेको छ ।  अनुगमनको क्रममा भेटिएका अवैद्य कारोबारमा समलग्न ट्राभल एजेन्सिहरुलाई कडा कारबाही हुने महाशाखाले जनाएको छ ।   
महाशाखाका अनुसार अहिलेसम्म मुलुकभर  करिब २ हजार २सय ९ ओटा ट्राभल एजेन्सी दर्ता भएका छन् । सो तथ्याङक बाहेक अझै अधिकाँश ट्राभल एजेन्सीले दर्ता नै नगरी व्यवसाय सञ्चालन गरिरहेका छन् । यसैगरि  दर्ता भएका पनि मेनपावरको काम लगायत अन्य अवैधानिक कार्यमा संलग्न भएको व्यापक जनगुनासो  आएपछि आकस्मिक रुपमा छापा मार्न थलेको महाशाखाले जनाएको छ ।   
नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) महासचिव अच्युत गुरागाइँले पनि आफुहरुले गरेको अनुगमनमा पनि केही ट्राभल एजेन्सिले दर्ता नै नगरि अवैध काम गरेको पाईएको बताए । उनले अनधिकृत रुपमा सञ्चालित एजेन्सिलाई व्यवस्थित बनाई कानुनी कारबाहीको दायरामा ल्याउन यस्तो अनुगमनमा सरकारले  नाट्टालाई पनि सहभागी गराए थप प्रभावकारी हुने बताए । दर्ता नै नगरी अनधिकृत रुपमा व्यवसाय सञ्चालन गर्ने ट्राभल एजेन्सीलाई कडा कारवाही गर्न सरकार चुक्न नहुने बताए ।