Wednesday, October 23, 2013

काठमाडौ महँगिएछ

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, ५ कात्तिक
लामो समय बिदेसिएर विभिन्न मुलुकबाट स्वदेश फर्किएका गैरआवासी नेपालीहरूले अहिले युरोप, अमेरिका र एसियाली मुलुकहरूको भन्दा नेपालमा झन् बढी महँगी रहेको दाबी गरेका छन् ।
उनीहरूले काठमाडौंको ट्याक्सी भाडा एवं यहाँको सामान्य दैनिक खर्च युरोप र अमेरिका जस्तो विकसित मुलुकहरूमा भन्दा अहिले निकै बढिसकेको पाइएको बताए । अमेरिकाबाट चार वर्षपछि नेपाल फर्किएका एनआरएन हिमग्याप लामा (टासी) ले यहाँको ट्याक्सी चढाइ र सामान्य दैनिक खर्च विदेशको भन्दा धेरै महँगो भइसकेको पाइएको बताए । उनले विदेशको भन्दा काठमाडौंमा सञ्चालित ट्याक्सी भाडा निकै बढिरहेको बताए । यसैगरी, सामान्य होटलमा पसेर खाजा खाएको र घरको दैनिक उपभोग्य वस्तुहरू खरिद गर्दा पनि विगत पाँच वर्षको तुलनामा अत्यधिक बढी पैसा तिर्नुपरेको उनले बताए ।
यसैगरी, बेलायतबाट एक साताअघि स्वदेश फर्किएकी अर्का एनआरएन सुष्मा लामाले पनि अहिले नेपाल युरोप, अमेरिका र एसियाली मुलुकहरूभन्दा धेरै महँगिसकेको बताइन् । उनले आफू पाँच वर्षअघि बेलायत जाँदा खरिद गरेको कुर्ता, साडी र दैनिक उपभोग्य वस्तुहरूको मुख्य अहिले ६० प्रतिशतभन्दा बढीले महँगिएको पाइएको बताइन् । पहिले पाँच रूपैयाँमा पाइने रायोको सागलाई नै अहिले ४० रूपैयाँ तिर्नुपर्दो रहेछ भन्दै लामाले अहिले नेपालको सामान्य दैनिकी बेलायतको भन्दा निकै चर्को रहेको दाबी गरिन् ।
यसैगरी, दक्षिण कोरियाबाट पाँच वर्षपछि नेपाल फर्किएका खेम कार्कीले कोरियामा भन्दा यहाँको बसाइ अत्यधिक खर्चिलो भइसकेको पाइएको बताए । पाँच वर्षमा नै यहाँको महँगी एकदमै अस्वाभाविक रूपमा वृद्धि भएको रहेछ भन्दै कार्कीले भने, ‘यहाँभन्दा त कोरियाको सामान्य दैनिकी निकै सस्तो छ ।’ कार्की नेपाल पत्रकार महासंघ कोरिया शाखाका पूर्वअध्यक्ष हुन् । उनले पनि विगत एक सातादेखि राजधानीका विभिन्न ठाउँमा ट्याक्सी चढेर हिँड्दा र अन्य खर्च गर्दा यहाँको महँगी अत्यधिक बढेको पाइएको बताए ।
विगत लामो समयदेखि बेलायतमा बसेर स्वदेश फर्किएका अर्का एनआरएन होमनाथ शर्माले पनि अहिले युरोपियन देशको भन्दा यहाँको महँगी निकै बढिसकेको पाइएको बताए । शर्माले बेलायतमा पशुपतिनाथको मन्दिर स्थापना गरेर नेपालको झल्को दिलाएका छन् । उनी बेलायतस्थित पशुपतिनाथ मन्दिरका अध्यक्ष पनि हुन् ।  धेरै समय विभिन्न मुलुकमा बस्दै आएका लामा, कार्की र शर्मालगायत मंगलबार राजधानीमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएन ) को छैटौं विश्व सम्मेलनमा सहभागी अधिकांश गैरआवासीय नेपालीहरूले युरोपियन मुलुकहरू, अमेरिका र एसियाली देशहरूको भन्दा अहिले नेपालको महँगी धेरै नै अकासिएको बताए ।

खाडी मुलुक जाने हवाई टिकट पाउन कठिन

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, ४ कात्तिक
अहिले साउदी अरब, कतार, मलेसिया र बहराइनलगायत खाडी मुलुकमा जानेहरूलाई हवाई टिकट पाउनै मुस्किल हुन थालेको छ । गत महिनादेखि नै खाडी मुलुक हुँदै अन्तर्राष्ट्रिय उडान सेवा सञ्चालन गर्दै आएका विमान कम्पनीहरूले भनेको बेलामा हवाई टिकट उपलब्ध गराउन नसकेकाले वैदेशिक रोजगारीका लागि खाडी क्षेत्र जाने तयारीमा रहेकाहरू मारमा परेका छन् । अहिले विभिन्न जिल्लाबाट वैदेशिक रोजगारीका लागि कतार, मलेसिया, साउदी अरबलगायतका मुलुकमा जाने तयारीमा रहेका सर्वसाधारण राजधानीमै अलपत्र परेका छन् । भनेको बेलामा टिकट नपाएकै कारण तिहार र छठ मनाउन मलेसियाबाट घर फर्कने नेपाली यात्रुहरू पनि क्लालालम्पुर विमानस्थलमा रोकिनुपरेको छ । पाए पनि धेरै रकम खर्च गर्नुपर्ने हुन्छ । वर्षकै सबैभन्दा राम्रो पर्यटकीय मौसम सेप्टेम्बर, अक्टोबर र नोवेम्बरमा नेपाल भ्रमणमा आउने पर्यटकको चहलपहल, उच्च शिक्षा अध्ययनका लागि बिदेसिनेहरूको चाप र विभिन्न मुलुकबाट दसैं मनाउन घर बिदाबाट फर्कनेहरूको चाप अत्यधिक बढेकाले अहिले खाडी मुलुकका लागि नयाँ टिकट पाउन मुस्किल भएको सम्बन्धित व्यवसायीहरूको भनाइ छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) का प्रथम उपाध्यक्ष मधुसूदन आचार्यले अहिले विदेशमा बस्नेहरूले उतैबाट टिकट बनाएर फर्कने दिन यकिन नगरी आउने गरेको र पर्यटकीय मौसम भएकाले यहाँबाट खाडी मुलुकसम्म मात्र जाने हवाई टिकट पाउनै मुस्किल भएको बताए ।
यो समस्या धेरै वर्ष अघिदेखिको भएको बताउँदै आचार्यले भने, ‘यो सबै मुलुकको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको उडान कमजोर भएकाले नै हो ।’ हरेक वर्ष विदेशी विमानलाई अर्बौं रुपैयाँ बुझाउन सक्ने सरकारले निगमलाई आवश्यक नयाँ जहाज ल्याउने कार्यलाई लिंग¥याउँदै आएका कारण अहिले वैदेशिक रोजगारीमा जानेहरूले अन्तर्राष्ट्रिय हवाई टिकट पाउन नसकेको उनको दाबी छ । उनले अहिलेसम्म सरकारले बढी भाडा लिने कार्य नियन्त्रणका लागि अनुगमनसमेत नगरेकाले गत १५ सेप्टेम्बरदेखि नै हवाई टिकट पाउन मुस्किल भएको जानकारी दिए । अहिले बजेट विमानहरूले समेत अन्य बेलाको भन्दा बढी भाडा लिइरहेको बताउँदै आचार्यले भने, ‘अहिले जेट एयरवेजबाट काठमाडौंदेखि दिल्ली जान एकतर्फी २४ हजारसम्म तिर्नुपर्छ,’ नाट्टाका पूर्वअध्यक्ष रामकाजी कोनेले गत महिनादेखि नै खाडी मुलुकमा टिकट पाउन मुस्किल भएको बताए । उनले नेपाल वायुसेवा निगमले लामो समयदेखि नियमित उडान कटौती गरेकाले अहिले कतार र मलेसियाका लागि हवाई टिकट पाउन कठिन भएको बताए । काठमाडौंबाट सीधा मलेसिया उडान भर्दै आएको मुलुकको राष्ट्रिय ध्वजाबाहक निगमले आपूmसँग भएको एउटा मात्र पुरानो जहाजबाट नियमित उडान गर्न नसकेकाले विशेषगरी नेपाली यात्रुले टिकट अभावको समस्या भोग्नुपरेको जानकारी गराउँदै उनले अहिलेको बढ्दो पर्यटकको चाप र यहाँबाट बिदेशिनेहरूको भीडले हाल सञ्चालित २८ ओटा जहाजको उडान मात्र अपर्याप्त भएको बताए । उनले अहिले युरोपियन मुलुकहरूदेखि सबै मुलुकबाट नेपाल आएर फर्कनेहरूको भीड बढेकाले खाडी मुलुकका लागि नयाँ टिकट उपलब्ध गराउन कठिन भइरहेको बताए ।
उनले यसपालि विगतका वर्षहरूको भन्दा अत्यधिक चाप बढेको बताए । उनले अहिले खाडी मुलुकहरू मात्र नभएर काठमाडौंदेखि दिल्लीसम्मको टिकट पाउन पनि गाह्रो भएको बताए । खाडी मुलुकमा ट्रान्जिट भएर जाने प्रायः सबै अन्तर्राष्ट्रिय उडानमा सञ्चालित विमान कम्पनीहरूले पाएसम्म धेरै रकम तिर्ने यात्रु पाएसम्म छोटो दूरीका लागि कम पैसा तिर्नेहरूलाई टिकट नदिएको उनको कथन छ । कोनेका अनुसार अहिलेको वर्ष हवाई टिकट खरिद गर्नेहरूको चाप आगामी डिसेम्बरको अन्तसम्म रहनेछ । उनले हरेक वर्ष सेप्टेम्बरदेखि डिसेम्बरसम्म सो चाप बढ्ने बताए । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलगायत विभिन्न २८ ओटा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले खाडी मुलुकसहित विभिन्न मुलुकमा नियमित उडान भरिरहेका छन् । सम्बन्धित व्यवसायीका अनुसार अहिले सबै विमान कम्पनीहरूका सिट भरिएका छन् । हेरिटेज कनेक्सन टुर एन्ड ट्राभलका प्रबन्ध निर्देशक श्याममदन केसीले कतार एयरबाट दोहा जानेले हाल न्यूनतम २४ हजार देखि ३५ हजार रुपैयाँसम्म तिर्नुपर्ने बताए । उनले यो सबैभन्दा सस्तो फेयर भएको जानकारी दिए । उनले एयर अरेबिया एयरबाट सारजा हुँदै दोहा जानेले सबैभन्दा सस्तो प्रतियात्रु १६ हजार ५ सयदेखि २२ हजार रुपैयाँसम्म तिर्नुपर्ने बताए ।

Monday, October 21, 2013

यातायात व्यवस्थामा राजस्व बुझाउनै मुस्किल

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, ३ कात्तिक
‘ए, पछाडिबाट बस आइसक्यो तपाईंहरू पर हट्नुहोस् न ।’ लाइनमा बसेका सेवाग्राहीलाई धकेल्दै थिए यातायात व्यवस्था सेवा केन्द्रका कर्मचारी । लाइनमा बसेकाहरू साँघुरो ठाउँबाट लाइन छोडेर पटक–पटक बाहिर निस्किएको बेला अर्कैले पालो मिच्छ कि भन्दै ठेलमठेल गर्दै थिए । सोही समय कर्मचारीले लाइनमा बसेकाहरूलाई पाखा लगाउन नपाउँदै एउटा स्कुलको बस प्रदूषण जाँच गराउन पैसा बुझाउने काउन्टरमै पस्लाझैं गरी ब्याक गर्दै थियो । त्यसपछि सवारी साधनको बिल बुक नवीकरण गर्न लाइनमा बसेकाहरू पुनः लामबद्ध हुन निकै कसरत गर्दै थिए ।
सवारी प्रदूषण गर्न आउने गाडी पार्किङको अभाव र लाइन बस्न नमिल्ने अत्यधिक साँगुरो ठाउँका कारण दैनिक करिब ४ सयभन्दा बढी सेवाग्राहीलाई यस्तै समस्या आइपर्ने गर्दछ ।
सवारी पार्किङ र सेवाग्राही उभिनै नमिल्ने साँगुरो ठाउँ त त्यहाँ पुग्नेबित्तिकै देखिने समस्या हो । दैनिक न्यूनतम २० लाखभन्दा बढी राजस्व संकलन हुने सेवा केन्द्रका प्रमुखको कार्यकक्षमा कम्प्युटर टेबल मात्र छ । कम्प्युटर आवश्यक भए पनि अझै उपलब्ध छैन । गत वर्षदेखि भोग्दै आएको सर्भर (नेटवर्क) को समस्या जस्ताको तस्तै छ । अहिलेसम्म कुनै सुधार आएको छैन । कर्मचारीको अभाव छ । समयमै बजेट निकासा नभएका कारण तीन महिनाको तलब नपाएका कर्मचारीसमेत त्यहाँ रहेका छन् ।
दैनिक ४ सयभन्दा बढी सेवाग्राही आउने सो केन्द्रमा अहिले प्रमुखसहित स्थायी र करार गरी जम्मा १० जना कर्मचारीले मात्र काम गरिरहेका छन् । कर्मचारी अभाव र नेटवर्कमा भइरहेको पुरानै समस्याका कारण सेवाग्राहीको काम गर्न ढिलाइ भइरहेको केन्द्रले जनाएको छ ।
सेवा केन्द्रका प्रमुख मुक्तिराम अर्यालले प्रदूषण जाँच गराउन आउने सवारी पार्किङ र सेवाग्राही उभिनै नमिल्ने साँघुरो ठाउँ, कर्मचारी र कम्प्युटर अभाव मात्र नभएर अहिले यहाँ बजेट निकासा नभएकाले थप समस्या उत्पन्न भएको बताए ।
उनले पहिले यातायात व्यवस्था विभागको मातहतमा रहेको यस सेवा केन्द्रलाई अहिले बाग्मती अञ्चल कार्यालयअन्तर्गत राख्ने निर्णय गरिएकाले आवश्यक बजेट र कर्मचारीको समस्या थप अन्योलमा परेको बताए । यहाँबाट हुँदै आएका नियमित कार्यसम्पादनका लागि करारमा तीनजना कार्यालय सहायक स्तरका कर्मचारी राख्ने विभागीय निर्णयअनुसार अहिले कार्यरत कर्मचारीलाई तीन महिनालाई पुग्ने तलब पनि नदिएकाले कर्मचारीको मनोबल गिरेको उनको भनाइ छ । उनले यस वर्ष पनि यातायात व्यवस्था विभाग, बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनास्थित केन्द्रको मुख्य कम्प्युटरबाट ल्याएको सर्भरको तारमा बेलाबखत हुने गडबढीका कारण अझै यस्तो समस्या आइरहेको बताए ।
उनले गत वर्षको तुलनामा अहिले सर्भरको समस्यामा भने केही कमी आएको बताए । उनले लामो दूरीमा पनि एउटै सर्भरको तारबाटै सवारीसाधनको बिल बुक नवीकरण गर्न कम्प्युटर प्रणालीबाट राजस्व बुझ्ने गरिएकाले यसअघि पनि धेरै पटक तारको गडबढीका कारण सेवाग्राहीले यस्तै सास्ती खेप्नुपरेको बताए ।
सेवा केन्द्रका प्रमुख अर्यालले हाल यहा“ पार्किङ र सुरÔाको अभाव थप जटिल बन्दै गएको बताए । उनले दैनिक ४ सयभन्दा बढी सेवाग्राही लाइन लाग्ने यस केन्द्रमा हाल एउटा कम्प्युटरबाट मात्र ई–बिलिङको काम भइरहेको बताए । उनले धेरै पटक केन्द्रलाई आवश्यक गाडी माग्दा विभागले नदिएकाले दैनिक संकलन हुने करिब २० लाख रुपैया“ बैंकमा जम्मा गर्न जा“दासमेत ट्याक्सी प्रयोग गर्नुपरेकाले निकै असुरÔित भइरहेको जानकारी दिए ।
विगत पाँच वर्षदेखि निजी कम्पनी ‘फोकस वान’मार्फत सेवा केन्द्रमा कार्यरत कम्प्युटर अपरेटर अविनाश कैनीले समयमा बजेट निकासा नभएका कारण दसैंमा पनि आपूmहरूले पाकेको दुई महिनाको तलब नपाएको बताए ।
सर्भर बिग्रिएकै कारण आइतबार डेढ घन्टा लाइनमा बस्दा पनि आङ्खनो बिल बुक नवीकरण गर्न नपाएर घर फर्किन बाध्य राधेश्याम खतिवडाले भने, ‘मैले यही ठाउ“मा अहिलेसम्म तीन पटक यो समस्या भोगेको छु ।’ खतिवडाजस्तै आङ्खना सवारीसाधनको बिल बुक नवीकरण गर्न राजस्व बुझाउन नपाएका सेवाग्राही आइतबार धेरैबेरसम्म सर्भर नबनेपछि अर्कै दिन आउनुपर्ला भन्दै निरास हु“दै फर्केका थिए ।
इन्टरनेट सुविधाका लागि नेपालमा विभिन्न प्रविधि भित्रिसकेको भए पनि दैनिक करिब २० लाखभन्दा बढी राजस्व संकलन हुने सो सेवा केन्द्र भने अहिले पनि परम्परागत शैलीमा नै सात किलोमिटर टाढाबाट तार टा“गेर कार्य गरिरहेको छ । बिहान १० देखि २ बजेसम्म मात्र बिल बुक नवीकरणका लागि राजस्व बुझाउने यस सेवा केन्द्रमा कार्यालय खोल्नेबित्तिकै ५०÷६० जनाको काम सिध्याउन नपाउ“दै नेटवर्कको तार बिग्रिएको थियो । दुई र चारपांग्रे गरी मुलुकभरका १३ लाखभन्दा बढी सवारीसाधनको विस्तृत विवरण राख्ने विभागअन्तर्गतका सेवा केन्द्रको यो हविगतले धेरै सेवाग्राही मारमा परेको उनको भनाइ छ । हालसम्म ढड्डा प्रणालीपछि अपनाउँदै आएको विभागको ई–बिलिङ सेवाअन्तर्गत सबै सवारी साधनको कर तिरेको विवरण एसएमएस र वेबसाइटमा हेर्न मिल्ने व्यवस्था २०६६ देखि थालिएको थियो । २०६६ सालको १६ माघमा विभागले बाग्मती अञ्चलमा बढ्दो सेवाग्राहीको चापलाई मध्यनजर गर्दै विभागको हल्चोकस्थित सानो भ¥याङमा सो सेवा केन्द्र भाडामा लिएको थियो । केन्द्रबाट हाल भाडाबाहेकका सबै सवारीसाधनको प्रदूÈण जा“च, सवारी कर नवीकरण, रुट पर्मिट नवीकरण र अस्थायी (पटके) रुट पर्मिटको कार्य हु“दै आएको छ ।

एनआरएन अध्यक्षमा शेष घले निर्वाचित

काठमाडौ, ४ कात्तिक– गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्षमा शेष घले निर्वाचित भएका छन् । संघमा पहिलोे पटक भएको अध्यक्षको निर्वाचनमा घले निर्वाचित भएका हुन् । घलेले ५ सय १० मत प्राप्त गरेर विजयी भए । अध्यक्षका प्रतिस्पर्धी तेन्जी शेर्पाले २ सय ८० मत प्राप्त गरे । संघको उपाध्यक्षमा भवन भट् र टिवी कार्की निर्वाचित भएका छन् । महासचिवमा कुमार पन्त, सचिवमा रञ्जु थापा र कोषाध्यक्षमा डा. बद्री केसी निर्वाचित भए । अध्यक्षमा निर्वाचित भएपछि घलेले एनआरएनएमा नयाँ एजेन्डा लैजान बाटो खुलेको प्रतिक्रिया दिए ।
एनआरएनमा पहिलोपटक चुनाव भएको हो । यसअघिका पाँच कार्यकालमा एनआरएनमा अध्यक्ष सर्वसम्मत हुँदै आएको थियो । पहिलो तीन कार्यकाल उपेन्द्र महत्तो, चौथो कार्यकाल देवमान हिराचन र पाँचौं कार्यकाल जीवा लामिछाने अध्यक्ष भएका थिए ।
छैठौं कार्यकालका लागि अध्यक्षमा पाँच दावेदारी परेका थिए । रामेश्वर शाहा, रामप्रताप थापा र हितमान गुरुङ्गले उम्मेदवारी फिर्ता लिएर घलेका लागि समर्थन गरेका थिए । यो साधरणसभामा पनि एनआरएनमा सर्वसहमतिको प्रयास भएको थियो ।
मेलवर्न । एक वर्षमा एक करोड अष्ट्रेलियन डलरले सम्पत्ती बढे पनि नेपाली मुलका शेष घले अष्ट्रलियाका दुई सय धनीको सूचीमा चार कदम पछि धकेलिएका छन् । गतवर्ष उनी २५ करोड ५० लाख अष्ट्रेलियन डलर सम्पत्तीसहित सूचीको १७६ औं नम्वरमा थिए । अष्ट्रेलियाको बिजनेश रिभ्यु विक्लीअनुसार यो वर्ष उनीसँग २६ करोड ५० लाख अष्ट्रेलियन डलर (२२ अर्ब ८० करोड नेपाली रुपैयाँ) बराबरको सम्पत्ती छ । उनी यसपटक श्रीमती जमुना गुरुङ्गसहित सूचीको १८० औं र १८१ औं नम्वरमा परेका छन् । श्रीमती जमुनासँग शेष घले, तस्वीर: जोस रोवेनस्टोन बिजनेश रिभ्यु विक्ली
५५ वर्षका शेष घले ५१ वर्षकी श्रीमती जमुना गुरुङले अष्टे«लियाको शिक्षा क्षेत्रबाट यो सम्पत्ती तयार पारेका हुन् । गुरुङ्ग दम्पत्तीको एक बच्चा छ । बिजनेश विक्ली रिभ्यु अनुसार नेपालमा जन्मिएकी जमुना अष्टे«लियाका १४ धनी महिलामध्ये एक हुन् । उनी मेलवर्न इन्ष्ट्च्यिुट अफ टेक्नोलोजीको प्रवन्ध निर्देशक हुन् भने यो कम्पनीमा उनको श्रीमानसँग संयुक्त लगानी समेत छ ।
लम्जुङ्गबाट अष्ट्रेलिया पुगेका शेष र जमुनाले यो सम्पत्ती मेलवर्नमा उच्च शिक्षा दिएर सिर्जना गरेका हुन्, घलेले पछिल्लो पटक सात अर्ब रुपैयाँ खर्च गरेर नेपालमै शेराटनसँगको साझेदारीमा पाँचताले काठमाडौं शेराटन होटल खोल्ने तयारी गरिरहेका छन् । शिक्षाको व्यापार गर्ने घले र गुरुङ्ग दुई सय धनीमध्ये बसाईसराई गरेर अष्टे«लिया पुग्ने सबैभन्दा कम उमेरका व्याक्ति समेत हुन् । नेपालमा सम्भावना नभेटेपछि अष्ट्रेलिया पुगेका घले दम्पत्तीले त्यहींको पिआर समेत लिएका छन् ।
शिक्षाको व्यापार गरिरहेका घले पछिल्ला केही वर्षदेखि रियलस्टेट व्यापारमा पनि संलग्न छन् भने मेलवर्न इन्ष्ट्च्यिुट अफ टेक्नोलोजी (एमआईटी)को व्यवस्थापन श्रीमती जमुनाले सम्हाल्दै आएकी छन् । उनी पनि मेलवर्नमा भएका कयौं सम्पत्तीकी श्रीमानसँग सहमालिक समेत हुन् । दम्पत्तीसँग संयुक्त रुपमा २६ करोड ५० लाख डलरको सम्पत्ती छ, यो सम्पत्ती ठूला व्यवसायिक घरजग्गा, निजी कलेज र काठमाडौंमा बन्न लागेको होटलको मूल्यांकनबाट तयार गरिएको हो, बिआरडब्लुले आफ्नो अनलाइन संस्करणमा लेखेको छ ।
पछिल्लो वर्षमा घले दम्पत्तीको शिक्षाको व्यापार बढेको छ, कलेज भर्ना हुनेको संख्या आठदेखि १० प्रतिशतसम्म बढेको छ । त्यसैगरी घले दम्पत्तीले मेलवर्नमा रहेको अर्गस भवनलाई चार करोड अष्ट्रेलियन डलर खर्च गरेर एमआईटीको कलेज बनाउँदै छन् । हामीलाई मेलवर्न मनपर्छ, हामी मेलवर्नप्रति क्रेजी पनि छौं, म मेलवर्नमा रहिन भने मलाई ‘होमसिक’ हुन्छ बिआरडब्लु पत्रिकासँग जमुना घलेले ल्यान्सदले स्ट्रिटमा रहेको एमआईटी क्याम्पसमा भनिन् ।
सप्ताहन्तमा हामी यो शहरमा घुम्न मन पराउँछौं, र पुरानो अर्गस भवनलाई माया गर्छौं, यो भवन एमआईटीका लागि खरिद गर्ने योजना हाम्रो थियो, तर ला ट्रोव विश्वविद्यालयले खरिद गरेपछि हामी रनभुल्लमा थियौं, जब यो भवन फेरी बजारमा आयो, हामीले सोच्यौं, हामीले किन नकिन्ने ? शिक्षाको व्यापारमा नाम चम्किए पनि घले र गुरुङसँग मलेवर्नका महत्वपूर्ण व्यवसायिक भवनको स्वामित्व छ, त्यसैगरी सिड्नीको ससेक्समा पनि छ ।
३५ वर्ष अघि विवाह बन्धनमा बाँधिएका घले र गुरुङ नेपालमा हुर्किएइका हुन्, उनीहरुले स्कुल तहको शिक्षा नेपालमै लिए । घलेले सोभियत युनियनमा सडक इन्जिनियरिङ्ग पढ्न छात्रावृत्ती पाएका थिए, उनले त्यहाँ पढेपछि नेपालमा आएर काम गरे, उच्च शिक्षाका लागि उनी फेरी अष्ट्रेलिया पुगे ।
सम्पत्ती सिर्जना गर्नु, व्यापारमा सफल हुनु त्यति सजिलो छैन्, तपाई एउटा पाइलामा गतल हुनु भयो, सबै गयो, घले भन्छन्, सबै कुरा भाग्य र कडा मिहिनेतमा भर पर्छ, सुरुमा कडा मेहनत त्यसपछि भाग्य । घले सन् १९९० मा अष्टे«लिया पुगेको थिए भने श्रीमती जमुना छ महिनापछि दश वर्षे छोरालाई नेपालमै छाडेर सन् १९९१ मा त्यहाँ पुगेका थिइन् ।
यो जोडी त्यहाँ उच्च शिक्षाका लागि पुगेका थिए, स्थायी बसोबास, निजी कलेजको कल्पना उनीहरुसँग थिएन । गुरुङ्ग भन्छिन्, हामी यहाँ बस्नका लागि आएका होइनौं । हामीसँग कुनै उद्देश्य थिएन, घले थप्छन्, हामी यहाँ आयौं उच्च व्यवसायिक उच्च शिक्षा प्राप्त गर्यौं, हामीले व्यापार पढेर मात्र थाहा पाएका हौं ।
सन् १९९५ मा उनीहरुले स्थायी बसोबासका लागि अवसर प्राप्त गरे, कानूनी सल्लाह विना नै उनीहरुले अष्ट्रेलियामा स्थायी बसोबासका लागि आवेदन दिए, दुई महिनामा स्थायी बसोबासको अनुमति प्राप्त भयो, त्यसपछि हामीलाई काम गर्न हक प्राप्त गर्यौं, त्यसपछि सबै परिवर्तन हुन थाल्यो, घलेले भने । घलेले निजी कलेजमा पढाउने जागिर पाए, श्रीमती जमुनाले भने स्वीनबर्नमा मार्केटिङ्ग विषयमा उनले डिग्रि लिइन् ।
सन् १९९० मा अष्टे«लियाका विश्वविद्यालयमा विदेशी विद्यार्थीको ठूलो बजार बन्यो, विश्वविद्यालयले एशियाली मुलुकबाट विद्यार्थी तान्न आफ्ना स्टाफहरु ती देशमा पठाउन थाले, त्यही बेला अष्ट्रेलियाको पहिलो निजी विश्वविद्यालय गोल्ड कोष्ट ठूलो बन्न थाल्यो । अन्तराष्ट्रिय विद्यार्थीको बजार सन् १९९० मा ७० करोड अष्ट्रेलियन डलरबाट अहिले साढे १६ अर्ब डलर पुग्यो ।
भिक्टोरिया विश्वविद्यालयबाट सम्वन्ध लिएको अष्ट्रेलियन एकेडेमीमा घलेले काम सुरु गरे, म साँच्चिकै रोमाञ्चक बनेको थिएँ, मलाई लागेको थियो, दुई÷तीन वर्षमा मैले प्रशस्त अनुभव प्राप्त गर्नेछु र शिक्षासम्वन्धी यस्तै व्यापार गर्नेछु, घलेले भने । तर सन् १९९५ को अन्तिममा कलेज बन्द भयो, घलेले जागिर गुमाए, यसले हामीलाई ठूलो समस्यामा पार्यो, त्यसपछि मैले नयाँ कुरा सिक्न थालें, उनले भने ।
आर्थिक मन्दी अन्तिममा आइसकेको थियो, घले जोडीले आफ्नो योजना तुरुन्तै बदल्यो, हामीले सोच्यौं, हामी किन यो नगर्ने, घलेले भने, मैले व्यापार सुरु गर्न सरकारसँग अनुमति लिने प्रक्रिया सुरु गरें । हामीसँग पैसा थिएन्, तर व्यापार गर्न पुँजीको अभाव कहिल्यै हुँदैन्, तपाईंसँग त्यस विषयमा जानकारी हुनुपर्दछ, र अवसर खोज्नुपर्दछ । तपाईसँग साहस पनि चाहिन्छ, घलेले भने ।

एमआईटीसँग अहिले दुई हजार चार सय विद्यार्थी छन्, अंग्रेजी भाषासहित व्यापार र सूचना प्रविधिमा स्नातक र स्नातोकत्तोर तहका कक्षा सञ्चालन हुन्छन् । कलेजेले बालआर्ट विश्वविद्यालयबाट सम्वन्ध प्राप्त गरेको छ । एमआईटीको प्रमुख कार्यकारी अधिकृतका रुपमा घलेले क्याम्पसको वित्तीय व्यवस्था हेर्छन् भने प्रवन्ध निर्देशकका हैसियतमा गुरुङ्गले एआईटीको मलेवर्न र सिड्नीको क्याम्पसको व्यवस्थापन हेर्छिन् । उनी यो संस्थाको बजार निर्देशक समेत हुन् ।
सँगै बस्दा र सँगै काम गर्दा जोखिमहरुलाई ग्रहण गर्न सकिन्छ, कुनै कुनै समय म यति व्यस्त हुन्छ दिनभरी म श्रीमानसँग कुराकानी नगरिकनै पनि बिताइदिन्छु, गुरुङले भनिन् । उनी कहिल्यै पनि हिम्मत हार्दिनन्, घलेले श्रीमतीको प्रशंसा गर्दै भने, उनी मलाई सहास दिन्छिन्, धेरैजो म हुँदैन् भन्छु, उनी हुन्छ भन्छिन् । हामी १५÷१६ वर्षदेखि व्यापारमा छौं, ३० वर्षदेखि विवाहमा, हामीले एक अर्कालाई बुझेका छौं ।
नेपालमा होटल
अष्ट्रेलियामा व्यापार, उद्योग गर्न जुन अवस्था छ, त्यो सौहार्दता नेपालमा छैन् । नेपालमा राजनीतिक अवस्था ठीक छैन्, त्यो हामीलाई थाहा छ, घलेले भने, तर हामीले आफ्नो पुरानो घर भुलेका छैनौं । उनीहरु २००७ र २००८ मा नेपाल फर्किए, नेपाल गणतन्त्रात्मक मुलुक भएको छ, उनीहरुले नेपालमा पनि अवसर देखेका छन् । घलेले नेपालमा छ हजार स्क्वायर मिटरको जग्गा किनेका छन्, राजपरिवारको नातेदारबाट किनेको यो जग्गा दरवारको ठीक सामुन्नेमा छ ।
लामो छलफल र सम्झौतापछि शेराटन होलटसँगको साझेदारीमा पाँच तारे होटल खोल्ने तयारी भैरहेको छ । व्यवसायिक भवन बनाउनुभन्दा होटल खोल्दा स्थानीय रोजगारीको सिर्जना हुन्छ भने, विदेशी मुद्राको आर्जन पनि हुन्छ घलेले भने । यो होटलको अन्तिम मूल्य ११ करोड डलर बराबर हुनेछ, यसले विदेशी लगानी आर्कषित पनि गर्नेछ । तपाई एउटा निश्चित स्थानमा पुगेपछि, तपाई आफ्ना घरका लागि केही गर्न चाहनुहुन्छ, हरेक दिन हजारौं नेपालीले नेपाल छाडेका छौं, हामी त्यही घरमा केही सिर्जनात्मक काम गर्न चाहन्छौं, गुरुङ्गले भनिन् ।

शेष घले को हुन् ?
श्रीमती जमुनासहित शेष घले अष्ट्रेलियाको दुई सय धनीको सूचीमा, (अष्ट्रेलियाली

मेलवर्न । एक वर्षमा एक करोड अष्ट्रेलियन डलरले सम्पत्ती बढे पनि नेपाली मुलका शेष घले अष्ट्रलियाका दुई सय धनीको सूचीमा चार कदम पछि धकेलिएका छन् । गतवर्ष उनी २५ करोड ५० लाख अष्ट्रेलियन डलर सम्पत्तीसहित सूचीको १७६ औं नम्वरमा थिए । अष्ट्रेलियाको बिजनेश रिभ्यु विक्लीअनुसार यो वर्ष उनीसँग २६ करोड ५० लाख अष्ट्रेलियन डलर (२२ अर्ब ८० करोड नेपाली रुपैयाँ) बराबरको सम्पत्ती छ । उनी यसपटक श्रीमती जमुना गुरुङ्गसहित सूचीको १८० औं र १८१ औं नम्वरमा परेका छन् ।

श्रीमती जमुनासँग शेष घले, तस्वीर: जोस रोवेनस्टोन बिजनेश रिभ्यु विक्ली

यस्तो छ शेष घलेको संघर्षको कथा

धनाढ्य अष्ट्रेलियनको सूचीमा शेष घले यो वर्ष १८० औं स्थानमा छन् । अष्ट्रेलिया सरकारले प्रत्येक वर्ष मार्च–अप्रिलमा ५० मिलियन अष्ट्रेलियन डलरभन्दा बढी सम्पत्ति हुनेको खोजी गरेर सूची सार्वजनिक गर्छ । सरकारी अभिलेखमा लमजुङको नाङी गाउँमा जन्मिएर संघर्ष गर्दै त्यहाँ पुगेका घलेसँग २६५ मिलियन अष्ट्रेलियन डलर (झण्डै २४ अर्ब नेपाली रुपैयाँ) बरावरको सम्पत्ति छ । गत साता मेलवर्नबाट काठमाडौं उत्रिएको बेला उनले आफ्नो संघर्षको कथा सुनाए ।

मेलबर्नको चौकाचौधमा पनि उनले रमाइलो घले वस्ती नाङी बिर्सेका छैनन् । बर्सेनि धनाढ्य अष्ट्रेलियनमा सूचीकृत हुँदा पनि गाउँबेसी, रोपाई, भेंडीगोठका कुरा ताजै छन् । लमजुङको रमाइलो घले वस्तीमा २०१४ सालमा सामान्य किसान परिवारमा उनी जन्मिए ।
दुई छोरामा जेठो उनी, एक दिदी दुई बहिनी । ‘बुवा पात्रोसम्म हेर्न सक्ने साक्षर तर शिक्षामा एकदम सचेत,’ उनी भन्छन्, ‘छोराछोरीलाई पढ्न प्रेरित गर्ने ।’ ४० घर धूरीको सानो गाउँमा रहेको प्राइमरी स्कुलमा ७ वर्षको उमेरमा भर्ना भएका थिए । बज्यै (हजुरआमा) उनलाई डो¥याउदै स्कुल लिएर जान्थिन । बज्यै फर्केपछि उनी फर्किन्थे । ‘बज्यै लट्ठी टेक्दै घरतिर फर्किदा म उहाँले नदेख्ने गरी पछिपछि फर्किरहेको हुन्थें,’ उनी सम्झिन्छन् । एकदिन घरमा यो कुरा थाहा भयो । अब बज्यै, नातिको कक्षा नसिद्धिउन्जेल स्कुलमै धर्ना कस्न थाल्नु भयो । अनि उनको पढ्ने बानी बस्यो । बानी पर्न मात्र गाह्रो भएको थियो, परेपछि उनी पढाईमा रत्तिए । कक्षामा फस्र्ट, सेकेण्ड हुन थाले ।  
गाउँको प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरेपछि मिडिल स्कुल पढ्न टाढा जानुपथ्र्यो । तर सानै भएकाले आमा उनलाई टाढा पठाउन तयार हुनु भएन । तर एक वर्ष घरमै शिक्षक राखेर पढाईलाई निरन्तरता दिइयो । त्यसपछि सात कक्षा पढ्न टाढाको दूराडाँडा जाने भए । दूराडाँडा जान घर छाडेको दिन उनी अहिलेपनि घरीघरी सम्झिन्छन् । ‘कतै नगएको म घर छाडेर टाढा जान पर्दा ग्वाँ–ग्वाँ रोएको थिएँ,’ उनी सम्झिन्छन्, ‘घर देखुन्जेल फर्कि फर्कि हेर्दै दूराडाँडातिर लागियो ।’ घले नै घलेले बनेको उनको गाउँ । आफ्नै भाषा र संस्कृति । बाहुनबहुल मिश्रीत वस्तीको दूराडाँडामा  सुरुमा ‘एडजस्ट’ हुन गाह्रो प¥यो उनलाई । दूराडाँडामा उनी भर्ना भएको स्कुल २००९ सालमै हाइस्कुल भइसकेको थियो । गाउँमा एमए पास गरेका एक से एक थिए । उनी नेपाली पनि प्रष्ट बोल्न नजान्ने । ‘विदेश नगएको नेपाली एकैचोटी विकसित देशमा पुगे जस्तो भएको थियो,’ उनी भन्छन् । क्रमशः घुलमिल हुदै गएँ, नेपाली भाषमा पकड दह्रो हुदै गयो । संस्कृति बुझ्दै गएँ । पढाईमा उनी सुरुदेखि नै राम्रा थिए । तर उनीभन्दा अव्वल साथीहरु पनि थिए । तर ति गाउँतिरै हराए÷बरालिए ।
‘तिनको बुवाआमा मेरा जस्तै पढाईमा सचेत भइदिएका भए धेरै उन्नती गर्ने थिए भन्ने उनलाई लाग्छ । दूराडाँडामा शेषसहित ४÷५ जना डेरा लिएर बस्थे । खानको लागि चामल, दाल, नून, तेल घरबाटै आउथ्यो । आफै पकाएर खानुपथ्र्यो । वर्षा, जाडोको छुट्टीमा एकदिन पुरै हिंडेर घर आउँथे । वर्षे छुट्टीमा रोपाईमा सघाउँथे । रोपाई पहाडको गाउँको जीवन शैली अन्यत्रभन्दा फरक खालको हुन्छ । डाँडामा घर हुन्छ, बेसीमा खेती । वर्षा लागेपछि रोपाई गर्न सबैजना खेतमा जान्छन् । गोठमै बसोवास हुन्छ । भदौ लागेपछि गाउँ फर्किने तिहारपछि फेरी बेसी जाडोमा न्यानो हुने भएकाले बेसीमा बास । गर्मी सुरु भएपछि गाउँ अनि वर्षायाममा फेरी बेसी । वर्षायाममा छुट्टी हुने भएकाले दुई महिनाजति रोपाईमा व्यस्त हुन्थे । अरु बेलामा घाँस दाउरा गर्न स्वेच्छिक थियो । मन लागे गयो, नलागे कर हुन्नथ्यो । बाल्यकालमा गाउँमा यस्तै ढुंगा हानेर खेल्थे । ‘गुच्चा पनि बजार नजिकका भुराभुरीले मात्र खेल्न पाउँथे,’ उनी भन्दै थिए, ‘हाम्रो गाउँतिर गुच्चा किन्न पाइन्थेन ।’  तर अलि ठूलो भएपछि भलिबल खेलेको उनलाई याद छ ।
२०३० सालमा दूराडाँडाबाट एसएलसी दिनेमा उनी पनि थिए । स्कुल राम्रो भएपनि फस्र्ट डिभिजन कसैले ल्याउन सकेको थिएन । तर त्यही वर्ष उनीसहित तीनजनाले फस्र्ट डिभिजनमा पास गर्दा जिल्लामै हल्लीखल्ली भएको थियो । तर एसएलसी पास भएकै वर्ष कलेज जान पाएनन्, छिमेकी गाउँमा पढाउन थाले । सानैमा घर छाडेर पढ्न गएकाले आफ्नो संस्कृतिका कुरा धेरै थाहा थिएन । ‘मैंले एक वर्ष गाउमा पढाउँदा रोदीघर लगायतका आफना संस्कृति बुझने मौका पाएँ,’ अहिले सम्झिदा उनलाई त्यो  एक वर्ष खेर गएन, बरु उपलब्धीमुलक भयो भन्ने लाग्छ । स्कुलमा नाटक गर्ने, कविता गीत रचना गर्ने जस्ता सिर्जनात्मक काममा पनि उत्तिकै सक्रिय थिए । तर उनीसँगै फस्र्ट डिभिजनमा पास भएका दुई साथी कलेज पढ्न सहर गइसकेका थिए । यसैले उनी पनि अर्को वर्ष पढ्न काठमाडौं हान्निए ।
एसएलसी पास भएपछि पहिलोचोटी काठमाडौ आएका उनलाई यो सहर कत्रो भव्य लागेको थियो तर संसारभरिका ठूला सहर घुमेपछि उनलाई अहिले लाग्छ काठमाडौं त सानै पो छ । पढ्नमा अव्वल उनले पुल्चोक इन्जिनियरिङमा नाम निकाले । कलेजमा पनि छात्रवृत्ति भेटाएपछि होस्टेलमा बस्न पाए । त्यतिबेला तत्कालिन सोभियत संघमा इन्जिनियरिङ पढ्ने मौका पाइन्थ्यो । सोभियत संघमा इन्जिनियरिङलाई अर्जुन दृष्टि बनाएर उनी मेहनत गर्न थाले । प्रमाणपत्र पास गरेपछि लामोसाँघु–जिरी सडक निर्माण परियोजनामा एक वर्ष जागिर खाएका थिए, उनले । २० वर्षकै उमेरमा छिमेकी गाउँकी जमुनासँग विहे भयो
विदेश बसे पनि, सम्पत्ती आर्जन गरे पनि फेरी माया त जन्म दिने देशकै लाग्छ । त्यसैले त उनले यसै वर्ष विश्वव्यापी चेन सेराटनसँग काठमाडौंमा पाँच तारे होटल खोल्न सम्झौता गरे, उनको सात अर्ब लगानी हुने यो परियोजना आगामी केही महिनामा सुरु हुनेछ एसएलसी पास भएपछि पहिलोचोटी काठमाडौ आएका उनलाई यो सहर कत्रो भव्य लागेको थियो तर संसारभरिका ठूला सहर घुमेपछि उनलाई अहिले लाग्छ काठमाडौं त सानै पो छ
जागिर निरन्तर गरेको भए उनी सडकको महानिर्देशक÷सचिव पनि हुनसक्थे, तर जागिरको तीन वर्षपछि काठमाडौं आउँदाको एउटा कार्यक्रमले उनको बाटो अन्यत्रै मोडियो, उनले भएको जायजेथा वेचे, एमबिए पढ्न मेलवर्नका लागि उडे
छात्रवृत्ति पाएपछि १९७९ मा उनी तत्कालिन सोभियत संघ पुगेका थिए । पढ्दा पढ्दै दूर्घटनामा खुट्टा भाँच्चिएर १८ महिना अस्पतालमा गुजार्न परेपछि उनलाई इन्जिनियरिङ सिध्याउन ७ वर्षभन्दा बढी लाग्यो । ‘खुट्टा ठिक नभएको देख्दा खुट्टा काटिन्छ कि जस्तो लाग्थ्यो,’ उनी भन्छन्, ‘डिप्रेसनपनि भएको थियो ।’ हाइवे इन्जिनियर बनेर १९८७ मा स्वदेश फिरेका उनले दार्चुला–बैतडी सडक परियोजनामा जागिर पाइहाले । सबै कुरा ठिकठाक चलिरहेको थियो । जागिर निरन्तर गरेको भए उनी सडकको महानिर्देशक÷सचिव पनि हुनसक्थे । तर जागिरको तीन वर्षपछि काठमाडौं आउँदाको एउटा कार्यक्रमले उनको बाटो अन्यत्रै मोडियो । एभरेष्ट होटलमा एजुकेशन फेयर हेर्न उनी गएका थिए । अष्ट्रेलियामा पढ्न आकर्षित गर्न फेयर गरिएको थियो । मेलबर्नको ठूलो तस्वीर टाँगिएको थियो । जोडेको जग्गा जमिन बेचेर उनले मेलवर्न जान आवेदन गरे ।
मेलबर्नमा उनी साताको सातै दिन काम गर्थे,  कलेजमा पनि नियमित विद्यार्थी  थिए । एमबिए गरेपछि अलि राम्रै काम पाए । तैपनि उनी थप कमाईका लागि फलफूल टिप्न टाढासम्म पुग्थे । सन १९९५ मा अष्ट्रेलिया सरकारले त्यहाँ पढेका विद्यार्थीहरुलाई परमानेन्ट रेसिडेन्ट दिने योजना ल्यायो । उनी सजिलै पिआर भइहाले । दिनरात मेहनत गरिरहेका उनले सन २००२ मा बन्द भएको कलेज किनेपछि सफल व्यवसायीको सिंढी उक्लिन थालेको उनी बताउँछन ।
जुन कलेजमा अहिले साढे दुई हजार विद्यार्थी पढ्छन । शिक्षाको व्यवसायबाट आर्जित सम्पत्ति रियलस्टेटमा लगानी गर्न थालेपछि उनले कमाईमा अहिलेको उचाई भेट्टाएका हुन् । विदेश बसे पनि, सम्पत्ती आर्जन गरे पनि फेरी माया त जन्म दिने देशकै लाग्छ । त्यसैले त उनले यसै वर्ष विश्वव्यापी चेन सेराटनसँग काठमाडौंमा पाँच तारे होटल खोल्न सम्झौता गरे, उनको सात अर्ब लगानी हुने यो परियोजना आगामी केही महिनामा सुरु हुनेछ । त्यसबाहेक उनी समाजसेवामा पनि छन्, जहाँबाट उनले देशलाई सम्झिरहेका छन् ।

Sunday, October 20, 2013

२ वर्ष विदेश वस्ने नेपाली मात्र एनआरएन बन्ने , आज नयाँ नेतृत्वको लागि चुनावी प्रतिस्पर्धा

काठमाडौं, २ कात्तिक 
दश बर्षदेखि दर्ता हुन नसकेको गैरआवासिय नेपाली संघलाई अब  दर्ता हुने बाटो खुलेको छ । 
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विधान संशोधन गरेर दुई वर्षभन्दा बढी विदेश बस्नेलाई एनआरएनको रुपमा राख्ने प्राबधान राखिए पछि गैर आवासिय नेपाली संघको  दर्ता हुने भएको हो ।
नेपाल सरकारले कम्तीमा दुई बर्षसम्म बिदेशमा बसेकालाई मात्र गैर आवासिय नेपालीको रुपमा लिन सकिने गरी गैर आवासिय नेपाली ऐन २०६४ बनाए पछि विधान बाँझिन पुगेको थियो । 
यस अघि गैर आवासीय नेपाली एनआरएनले ६ महिना बिदेशमा बसेका नेपाली जो सुकै पनि एनआरएनको सदस्य हुन सक्ने प्रावधान राख्दै आएको थियो ।
विधान संशोधनपछि संघ दर्ताको बाटो पनि खुलेको छ । एनआरएनए र सरकारी ऐनमा गैरआवासीय नेपाली सम्वन्धि परिभाषामा फरक हुँदा संघको दर्ता हुन सकेको थिएन । विदेशमा ६ महिना बसेकालाई एनआरएनको सदस्य बन्न पाउने प्रावधान संघको थियो । विधान संशोधनको प्रस्ताव पारित भएपछि संघ दर्ताको बाटो खुलेको संघका अध्यक्ष जीवा लामिछानेले वताए । ‘संघ दर्ताको औपचारिक बाटो खुलेको छ, हामी जतिसक्दो चाँडो दर्ताको प्रक्रिया अघि बढाउनेछौ,’ उनले भने । सरकारको ऐन र संघले एउटै प्रावधान राखेको कारण लामो समयदेखि दर्ता हुन नसकेको संघलाई दर्ताको बाटो खुलेको लामिछानेको भनाइ छ ।
काठमाडौमा भएको यस पटकको छैटौ महाधिवेशनले सर्वसम्मत रुपमा विधान संशोधनको प्रस्ताव पारित गर्दै दुई बर्षसम्म बिदेशमा बसेकालाई मात्र गैर आवासिय नेपालीको रुपमा राख्न सक्ने भन्दै बिधान पाश गरेको छ । सरकार र गैर आवासिय नेपाली (एनआरएन) बीच एनआरएनको परिभाषाको बिषयमा नै बिवाद रहदै आएको थियो । एनआरएनको महाधिबेशनले यस पटक नेपाल सरकारले राखेको प्रावधानमा सहमती जनाएको छ । अव गैर आवासीय नेपाली संघ दर्ता हुने बाटो खुलेको गैर आवासिय नेपाली एनआरएनका कार्यकारी निर्देशक राजेश रानाले राजधानी दैनिकलाई बताए ।
यस पटकको बिधान संसोधनले गैर आवासिय नेपालीहरुलाई सहजता बढाउने कार्यकारी निर्देशक रानाले बताए ।  नेपालमा लगानी र  सार्क मुलुक बाहेक बिश्वका बिभिन्न भागमा करीव ३० लाख भन्दा बढी नेपाली बसोवास गदै आएका छन । दश बर्ष देखि बिश्वका बिभिन्न भागमा बसोवास गदै आएका गैर आवासिय नेपालीहरुले नेपालमा लगानीको वातावरणको माग गदै दोहोरो नागरिकताको माग गदै आएका छन । नेपालको कुल गार्हस्थ उत्पादनमा गैर आवासिय नेपालीहरुको करीव २० प्रतिशत भन्दा बढी हिस्सा रहदै आएको छ । गैर आवासिय नेपालीले नेपालको शिक्षा, स्वास्थ्य, जलस्रोत, विकास निर्माण र धार्मिक कार्यमा लगानी गदै आएका छन । बिश्वभर छरिएर रहेको करीव एक हजार भन्दा बढी गैर आवासीय नेपालीहरुको जमघट भएको सम्मेलनले सामुहिक लगानी,सुरक्षित लगानीको वातावरण र एनआरएनको पहिचान जस्ता बिषयमा छलफल हुने भएको छ । 
अध्यक्षको प्रतिस्पर्धामा पाँचजनायसैबीच गैरआवासिय नेपालीहरुको नयाँ नेतृत्वको लागि आइतवार निर्बाचन हुने भएको छ । एनआरएनको नयाँ नेतृत्वको लागि शनिवार बेलुकीसम्म अध्यक्ष पदको लागि पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन । संघको नयाँ नेतृत्वको लागि चुनावी प्रतिस्पर्धामा तेन्जी शेर्पा, शेष घले, रामप्रताप थापा, रामेश्वर शाह, क्याप्टेन हितमान गुरुङले उम्मेदवारी दिएका छन । संघका महासचिव तथा अध्यक्ष पदका प्रत्यासी शेर्पाले एनआरएनको स्थापनादेखि नै आफुले संघका विकासमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा महत्वपुर्ण भुमिका निर्बाह गदै आएकोले आफनो उम्मेदवारी बिदेशमा रहेको श्रमिक र सवै खालको गैर आवायिय नेपालीको पक्षमा रहेको राजधानीलाई बताए । उनले सवैका भावनालाई समेटेर आफनो नेतृत्व अघि बढने बताए ।

घट्यो होटल बुकिङ, अक्टोबर र नोभेम्बरमा ८५ प्रतिशत मात्र भरिने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, २ कात्तिक -विगतका वर्षको तुलनामा यस वर्ष राजधानीलगायत मुलुकभरका होटलमा पर्यटकको बुकिङ निकै घटेको छ । सन् २०११ को यस मौसममा शतप्रतिशत बुकिङ भएको होटलमा अहिले सरदर ८५ प्रतिशत मात्र बुकिङ भएको होटल एसोसियसन अफ नेपाल (हान) ले जनाएको छ । हानका प्रमुख कार्यकारी अधिकृत माधवओम श्रेष्ठले यसपालि अक्टोबर र नाभेम्बर महिनामा होटल बुकिङ निकै घटेको बताए ।
अन्तर्राष्ट्रिय क्षेत्रमा आक्रामक ढंगले बजारीकरण गर्न नसक्नु, लामो समयदेखि नेपाल पर्यटन बोर्ड नेतृत्वविहीन हुनु, निजी क्षेत्रसँगको सहकार्य न्यून हुनुलगायतका कमी कमजोरीका कारण विगतका वर्षको भन्दा यसपालि होटल बुकिङ घटेको उनले जानकारी दिए । आगामी ४ मंसिरमा हुने निर्वाचनको राजनीतिक गतिविधि एवं होहल्लाले होटल बुकिङ घटाउन सहयोग पु¥याएको बताउँदै श्रेष्ठले भने, ‘अहिलेसम्म देखिएको यही अनुपातमा सन् २०१३ मा ११ प्रतिशतले बुकिङ घट्ने अनुमान हानको छ ।
’ सन् २०११ मा ९९ प्रतिशत भन्दाबढी र २०१२ मा ९५ प्रतिशत बुकिङ भएको जानकारी दिँदै उनले यसवर्ष ८५ प्रतिशत मात्र बुकिङ भएको बताए । उनले यहाँ आगामी ४ मंसिरमा हुँदै गरेको चुनावी चहलपहलले पनि विभिन्न मुलुकबाट नेपाल आउने पर्यटकले असुरक्षा महसुस गरेका कारण अहिले बुकिङ घटेको बताए । पर्यटन वर्ष २०११ र गत वर्ष मनाएकोे लुम्बिनी भ्रमण वर्ष–२०१२ को प्रचार– प्रसारमा पर्यटक आगमन संख्या वृद्धिसँगै होटल बुकिङ बढी भएको बताउँदै अहिले त्यसबेला भन्दा निकै घटेको जानकारी दिए ।  अहिले राजधानीका होटल एवं गेस्ट हाउसमा बुकिङ निकै घटेको हानले जनाएको छ । विभिन्न मुलुकबाट आउने विदेशी पर्यटकको संख्यासँगै अहिले राजधानीका ठूला तारे होटलको बुकिङ घटेको व्यवसायीले बताएका छन् । हानका अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले अहिले काठमाडौंलगायत सबै गन्तव्यस्थलका पर्यटकीय होटल र गेस्टहाउसको कोठा बुकिङ विगतका वर्षको तुलनामा केही घटेको बताए ।  सो बुकिङ आगामी नोभेम्बरसम्मको भएको जानकारी दिँदै कक्षपतिले भने, ‘लगानी थपिएसँगै बुकिङ घटे पनि अझै व्यवसायी निरास छैनन् ।
’ उनले हाल बढ्दो पर्यटकको चापलाई मध्यनजर गर्दै निजी लगानीमा राजधानीलगायत मोफसलमा पनि ठूला तारे होटल थपिने क्रम बढेको पनि बताए । उनले हाल सञ्चालित पुराना होटलहरूले पनि कसरी आफ्ना पाहुनालाई बढी सुविधा दिने भनेर भौतिक पूर्वाधार विस्तारमा लगानी बढाइरहेको बताए । राजधानीका पाँचतारे होटलहरू सोल्टी, ¥याडिसन, अन्नपूर्ण, याक एन्ड यति, मल्ल र हायात रिजेन्सीले पनि गत वर्षदेखि नै पर्यटक आकर्षण बढाउन लगानी विस्तार गरेका छन् । ती होटलका व्यवसायीले पनि  पर्यटकीय सिजन सुरु नहुँदै होटलकोे बुकिङ बढ्न थालेको बताए ।
वर्षकै सबैभन्दा राम्रो पर्यटकीय मौसम सेप्टेम्बर,अक्टोबर र नोभेम्बरका लागि आवश्यक भौतिक पूर्वाधार विस्तार गरेको अधिकांश व्यवसायीहरूले बताएका छन् । यसैगरी पर्यटकीय गन्तव्यस्थल ठमेल, पोखरा र धुलिखेल एवं नगरकोट क्षेत्रका पनि आगामी नोभेम्बरसम्मका लागि कोठा बुकिङ भइसकेको व्यवसायीले बताएका छन् । अहिलेको सिजनमा  काठमाडांै उपत्यकाभित्रका ठमेल, नगरकोट, धुलिखेल, चितवन, पोखरा, लुम्बिनी, पाल्पा र मुक्तिनाथसम्म  विदेशी पर्यटकको भिड लाग्ने अनुमान अधिकांश व्यवसायीहरूको छ ।
अहिले राजधानीलगायत मुलुकभरका विभिन्न गन्तव्यस्थलमा पर्यटक भिœयाउने छिमेकी मुलुक भारतको कोलकत्ता र थाइल्यान्डमा बसेर नेपाललाई प्याकेज बेच्ने करिब तीन दर्जन ट्राभल  एजेन्सी छन् । उनीहरूको यो व्यावसायिक कार्यले यस सिजनको दुई महिनामा मात्र करिब २५ हजार भन्दाबढी बंगाली र बौद्धमार्गी नेपाल भित्रिने गर्छन् । हानको तथ्यांकअनुसार यहाँका होटल उद्योगमा अहिलेसम्म १ खर्ब ६० अर्ब रुपैयाँको लगानी छ । जसमा १ खर्ब भन्दाबढी निजी क्षेत्रको र ५० अर्ब बैंक ऋण भएको पनि हानले जनाएको छ । पाँचतारे होटलमा आउने पर्यटकलाई लबीबाट कोठाभित्र पवेश गर्दासम्मको आन्तरिक सजावटमा नयाँपन दिन होटलले लगानी वृद्धि गरेका हुन् ।आन्तरिक सजावटले नै पर्यटकले आनन्द पाउने अधिकांश व्यवसायीको कथन छ ।
यस वर्ष सिजन सुरु भएपछि राजधानीका आठओटा पाँचतारे र अन्य पर्यटकीय होटल गरी करिब २ सय ८३ ओटा होटलका करिब २३ हजार बेडमध्ये ८५ प्रतिशत बुकिङ फुल भएको हानले जनाएको छ । हानका पूर्वअध्यक्ष प्रसिद्धबहादुर पाण्डेले अहिलेसम्म बिग्रिएको असुरक्षाको स्थितिलाई सुधार्न निजी व्यवसायीले गरेको योगदानले नै यसपालिको सिजनमा होटल बुकिङको चाप राम्रै देखिएको बताए ।

सवारी चालकका दसैं, आफ्नो दसैं छाडेर अरुको खुसी ओसार्दै

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २४ असोज
सारा दुनियाँ दशैंको रमझममा व्यस्त रहँदा विराटनगर–काठमाडौं चल्ने मकालु यातायातका बसका चालक दिनेश लामा भने गाडीको स्टेरिङ्ग चलाउनमा व्यस्त छ ।  दशैंको मुखमा नुवाकोटको मदानपुर, केउरेनीका दिनेशको अनुहार अरु केहीले नभएर आफ्नै पेसाले मलिन बनाएको हो । उनले विगत एक दशकदेखि राजधानीबाट पुर्वि क्षेत्रको बस चलाउन थालेका हुन ।
गाडी चलाउने पेसाकै कारण दशैंमा घर जान नपाउँदा रमेश र उनी जस्ता हजारौं नेपालीका लागि हरेक दशैं कागलाई बेल पाके जस्तै हुने गर्छ । आफू घर जान नपाएपछि उनले दशैंको लागि किनेको सामान आफ्ना माइला काका हर्के लामाको हातमा घर पठाए ।
एउटा हालतले आफुले घर परिवार खुसी बनाउन दसैंकालागि किनेका नयाँ लुगा, तेल मसला लगायत सबै सामानको ठुलो पोको माइलाकाका हर्केलाई थमाउँदै अर्को हातमा भएको मोबाइलबाट श्रीमतीसँग कुरा गर्दै थिए । ‘ए सुन्तली मैले दसैंको किनमेल सबै माइलाकाकालाई पठाएको छु । मेरो चिन्ता नगर्नु ,  भ्याएँ भने म टिकाको दिन विहानै आइपुग्छु है सुन्तली ।
गला अबरुद्ध पार्दे दिनेशले भने, ‘ धेरै वर्ष वितिसक्यो चाहेर पनि दसैंमा घर परिवारसँग बस्नै पाइँदैन ’ । दसैं सुरु भएदेखि दैनिक काठमाडौबाट हजारौंको संख्यामा गाउँ फर्किरहेका यात्रुहरुको भीड देख्दा यो मन त्यसै भक्कानिएर आउँछ । कहिल्ये त गाडी चलाउने काम नै छाडिदेऊ जस्तो लाग्छ । तर, यो बेला साहुका लागि मात्र होइन आफुले पनि राम्रै कमाउने बताउँछन उनी ।
गोगँबु स्थित नयाँ बसपार्कमा भेट्टिएका अर्का सवारी चालक देबराज थापा पनि यसपालीको दसैं घर परिवारसँग बसेर मनाउन नपाएकोमा निकै दुःख लागेको बताउँछन ।
थापा काठमाडौ– काँकडभित्ता सञ्चालन हुने बसका चालक हुन । यसपाली नवमीका दिन गाडी साहुको घरमा पुगेर दसैं मान्नुपर्ने रुटिङ परेकाले उनलाई दसैंमा घर परिवार भेट्न नपाउँने भएकाले चिन्ता लागेको हो ।
बसपार्कमै भेटिएका अर्का रात्रीबस चालक नरेन्द्र तण्डुकार पनि दसैंमा घर जान नपाएकाले नरमाइलो लागेको बताउँछन । भण्डारा– २ चितवनका बस चालक तण्डुकार बस चलाउने पेसाकै कारण बिबाह भएको पहिलो वर्षको दसैंमा पनि सशुराली जान नपाएकोमा निकै दुःख लागेको बताउँछन । ‘नयाँ दुलहीलाई अघि लगाएर श्रीमतीसँगै पहिलोपटक सशुराली जाने सपना बुनेको थिँए , के गर्नु ? साहुले घर बिदामा जानै दिएनन ।’ के गर्नु ड्राइभरको जिन्दगी  । अरु बेलामा भन्दा दसैं तिहारको बेला सबैभन्दा बढी काम गर्नुपर्छ । घटस्थापनादेखि पुर्णिमाको दिनसम्म त राम्रोसित खाना खान समेत भ्याइ नभ्याई हुन्छ । दसैंको बेला अन्य बेलामा भन्दा धेरै यात्रुले खचाखच भरिएको बस कुदाउँदा समय वित्तेको पत्तै हुँदैन । घर परिवारको सम्झनामै बाटो काटेको पत्तै पाइँदैन ’ तण्डुकारले भने । दसैंका बेला अरु यात्रुलाई खुसी दिएर पनि आफुले घर परिवारसँगै बसेर दसैं मनाउन नपाएकोमा दुःिखत हुने सवारी चालकहरु लामा, थापा र तण्डुकार  त प्रतिनीधी पात्र मात्र हुन । 
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको तथ्यांकलाई आधार मान्ने हो भने चाहेर पनि दसैं मनाउन नपाउनेको संख्या करिब ६ हजार ५ सय भन्दा बढी छ । यिनै चालकहरुले हरेक वर्ष दसैंका बेला राजधानीबाट बाहिरिने करिब ६० लाख यात्रुलाई विभिन्न गन्तब्यमा सुरक्षित पु¥याउने गरेका छन ।  महासंघका अनुसार अहिले साना ठुलागरि  दैनिक साढे ४ हजार बसले काठमाडौबाट विभिन्न गन्तब्यमा पुग्ने यात्रुहरुलाई ओसारी रहेका छन ।
महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले हरेक वर्ष दसैंमा घर जान नपाउँने करिब साढे ६ हजार बढी चालकले आफ्नो दशैं बलिदानी गरेर अरुको घरमा खुसी लगिदिईरहेको बताए । उनले दसैंका बेला सकेसम्म चालकलाई घर जाने व्यवस्था मिलाए पनि केहीले चाहेर पनि उनीहरुले भनेको बेलामा घर जान नपाएको बताए । आफुले दसैं मनाउन नपाएपनि अरुको घरमा खुःसी पु¥याउँदा  बढी जिम्ेवारी बोध हुने बताउँछन् उनीहरु ।
काठमाडौ– धनगढी रात्री बसका चालक उपेन्द्र चौधरी दसैंको बेला घरमा बसेर आनन्दसँग खान नपाएपनि अरुलाई सुरक्षित यात्रा गराएकोमा दंग छन । किनभने खुसी मनाउन हिँडेकाको परिवारमा रुवावासी नहोस भन्ने चाहना स्वाभाविक रुपमा हुन्छ । चौधरीले भने ।  दसैंमा बिदा लिएर परिवारसँगै बसेर दसैं मनाउने रहर कस्लाई पो हुँदैन र ? के गर्नु चालकको पेसामा लागेपछि वर्षकै सबैभन्दा बढी काम गर्नुपर्ने बेलामा त्यसै हिँड्नै मिल्दैन । उनले भने । आम्दानी हुने बेला पनि यही भएकोले छाडेर हिँड्न पनि मिल्दैन । यो बेला साहूको लागि मात्रै होइन आफूले पनि राम्रै कमाउने बताउँछन् चालक चौधरी । उनी दसैंका बेला आफुहरुले खाना पनि राजमार्गका होटलमा खाएर काम गरिरहेको बताउँछन । उनले अन्य बेला
कोठामा पुगेर परिवारसँग सुत्दै आएका अधिकाँश सवारी चालकले दसैंका बेला सुत्न पनि लजकै भर पर्ने गरेको बताए । होटल तथा लजमा पनि दसैंभर खान र सुत्न समेत निकै मुस्कील हुने उनीहरुको भनाई छ ।

आजसम्म १३ लाख यात्रुले राजधानी छोडे, स्थल र हर्वामार्गवाट करिब ३० लाख बाहिरीने अनुमान

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २३ असोज
अहिलेसम्म करिब १३ लाख सवारी यात्रुले दसैं मनाउन राजधानी छोडिसेका छन । यसैगरि दसैंकालागि हवाइजहाजबाट घर फर्कनेहरुको संख्या पनि उस्तै छ । नजिकि“दै गरेको दसैंमा राजधानीवाट वाहिरीने बसको अग्रिम टिकट वुकिङ गर्ने र घर फर्कने यात्रुको अत्यधिक चाप बढेका कारण बुधबारसम्म करिब १३ लाख यात्रुले राजधानी छोडेका हुन ।  बिहीबारको दिन फुलपाती भित्राउन घर फर्कनेहरु अहिले राजधानीको गंगवुस्थित नया“वसपार्क, पुरानो वसपार्क, सुन्धारा, कोटेश्वर, कलंकी लगायतका स्थानमा बस चढन र टिकट लिन ओइरिएका छन ।  अहिले बसटको टिकट काउन्टरदेखि राजधानीबाट बाहिरिने मुख्य नाकाहरु कलंकी–थान्कोट, सितापाइला–भिमढुंगा, बालाजु, गोंगबु, गौशाला–चाबहिल,  कोटेश्वर, बल्खु–कीर्तिपुर लगायतका स्थानमा यात्रुहरुको निकै भिडभाड छ।   विभिन्न काम विशेषले राजधानी बस्दै आएकाहरु हरेक वर्ष यसरी नै दसैं मनाउन आ–आफ्ना गाउँघर सम्झीएर घर फर्कने गर्दछन । विगतको भन्दा यसवर्ष दसैं मनाउन राजधानीवाट बाहिरिनेको संख्या अत्यधिक बढी हुने भएकाले अहिले यहाँबाट निस्कने मुख्य नाकाहरु र टिकट लिएर बस चढ्ने  स्थानहरुमा यात्रुको किै भिडभाड देखिन्छ । वैदेशिक रोजगारीमा रहेकाहरु समेत दसैंमा घर घरविदामा आउने र सवै राजधानीबाटै वाहिरीने भएकाले  अन्य समय भन्दा दसैंमा यात्रुको चाप अध्यधिक हुने गरेको यातायात व्यवसायीहरुले बताएका छन ।
 पहिले विशेषगरि, घटस्थापनाको दिनबाट मात्र बाहिरिने यात्रुको चाप हुने भएपनि यसवर्ष एक साता अघिबाटै वसको टिकट लिनेको संख्या अत्यधिक बढेको उनीहरुको भनाई छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले  विगतको वर्षहरुको  यसपाली दसैंमा राजधानीबाट वाहिरीनेहरुको संख्या अत्यधिक बढी रहेको बताए । उनले यसवर्ष यात्रुको चापलाई मध्यनजर गरेर पूर्व पश्चिम जाने साना ठूला सवैखाले गाडीको संख्या समेत वढाइएको वताए । दशैंका लागि मात्र यसपटक स्थल र हर्वामार्गवाट करिब ३० लाख मान्छे बाहिरीने अनुमान गरिएको उनले वताए ।  ‘यसवर्ष विगतको भन्दा एक साता अघिबाटै राजधानीवाट बाहिरीने यात्रुको चाप वढेकाले यात्रुको चापलाई मध्यनजर गरेर सवारी संख्या समेत थप भैरहेको  सिटौलाले जानकारी दिए ।  ‘घटस्थापना देखि टिकाका दिन सम्म ३ हजारको हाराहारीमा गाडी राजधानीवाट बाहिरीने छन् ।’ उनले यसवर्ष दसैंको पूर्व सन्ध्यामा कोरियन भाषा परीक्षा संचालन भएको र संविधानसभा निर्वाचनको चहलपहल समेत भईसकेकाले अग्रिम टिकट भाग पु¥याउनै मुस्कील भएको बताए । उनले यसवर्ष दशैंमा विगतको भन्दा राम्रा र अध्याधुनिक गाडी गुडाईको दाबी गरे ।  अधिकाशं सवारी सञ्चालक कम्पनीले यसवर्ष अत्याधुनिक सुविधायुक्त गाडी सञ्चालन गरिरहेको पनि उनले जानकारी दिए ।  अधिकाँश बस एसी र डिलक्स भएकाले सिट संख्या कमी भएर टिकटमा समस्या भएको उनको भनाइ छ । महासंघका अनुसार हाल  उपत्यकाका चारओटै नाकाबाट दैनिक ठुला सानागरि  करिब  १५ सय बस छुट्ने गरेका छन । अहिले नागढुंगादेखि धादिङको कृष्णखोलाबीचको १२ किलोमिटरभन्दा वढी सडक विग्रीएकाले पनि सहज रुपमा गाडी संचालनमा समस्या भईरहेको  अधिकाँश व्यवसायीको गुनासो छ ।  यातायात व्यवसायीले १५ दिनअघि देखि नै टिकट बुकिङ खुला गरेपनि अहिले टिकट नपाएकाहरु बसको सिट पाउने आशमा टिकट काउन्टरमा भौतारिइरहेका देखिन्छन ।  कलंकी चोकमा ट्राफिक व्यवस्थापनमा खट्टिएका ट्राफिक प्रहरी जवान शिव केसीले  बुधबारबाट दसैं मनाउन जानेको संख्या अत्यधिक बढेको बताए । महानगरीय ट्राफिक महाशाखाले पनि बुधबारसम्ममा करिब साढे १२ लाख भन्दाबढीले राजधानी छाडिसकेका छन् । ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने थानकोटसहितका सबै नाकामा निगरानी कडाई गरेर Ôमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारवाही गरिरहेको पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राजधानी बाहिर यात्रु ओसार्न अहिलेसम्म साना ठुला एवं निजी र सरकारी गरि करिव ३१ हजार ओटा सवारीसाधन परिचालित छन् । यातायात व्यवसायीले दसैंमा उपत्यका छाड्ने यात्रुलाई लÔित गरि करिव ५ करोड बराबरका २ सय ओटा सुविधायुक्त नया“ बस थपेको बताएका छन ।

स्पीडवे फाउण्डेसनद्धारा २ लाख सहयोग

काठमाडौ÷रास– स्पीडवे कार्गो प्रालिको  संस्थागत सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तर्गत सञ्चालन गर्ने अर्को संस्था स्पीडवे फाउण्डेसनले एचआइभी पिडित वालबालिकाको सहयोगार्थ पुर्नरवल प्लस संस्थालाई २ लाख रुपैयाँ प्रदान गरेको छ । स्पीडवे कार्गोले स्थापनाको २५ वर्ष पुगेको अवसरमा फाउण्डेसन मार्फत सो रकम प्रदान गरेको हो । सोमबार राजधानीमा आयोजित कार्यक्रममा फाउण्डेसनका अध्यक्ष राजु श्रेष्ठ र पुर्नरवलका अध्यक्ष मोहनबहादुर खड्काबीच सो सहयोग रकम दिने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । फाउण्डेसनका अध्यक्ष श्रेष्ठले यसअघि पनि फाउण्डेसनले नुवाकोटको देविघाटस्थित जेष्ठ नागरिक संरक्षण फाउण्डेसनको भवन निर्माणकालागि ३ ओटा कोठा बनाउन १० लाख रुपैयाँ दिएको जानकारी दिँदै अहिले पनि कार्गो स्थापनाको २५ वर्ष पुगेको अवसरमा एचआइभी पिडित वालबालिकाको सहयोगार्थ पुर्नरवल प्लस संस्थालाई २ लाख रुपैयाँ प्रदान गरेको बताए ।  

हवाई इन्धनको मूल्य नघटे थप आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौ, १८ असोज 
निजी वायुसेवा सञ्चालकहरुले दसैंको मुखैमा आएर बढाईएको हवाई इन्धनको भारी मूल्य बृद्धि तत्काल फिर्ता नलिए थप आन्दोलनको चेतावनी दिएका छन ।  उनीहरुले नेपाल आयल निगमले बढाएको इन्धनको मूल्य नघटाए आफूहरुले त्यसको विरोध गर्दै थप आन्दोलन गर्ने बताएका हुन । अहिले इन्धनको मुल्य बृद्धिसँगै स्वचालित रुपमा बढेको हवाई भाडाका कारण दसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गरि कतिपय वायुसेवा कम्पनीहरुले अग्रिम टिकट बुकिङ खुला गरेपनि यात्रुको संख्या घट्न थालेको भन्दै वायुसेवा कम्पनीका संचालकहरुले थप आन्दोलन गर्न आफुहरु बाध्य भएको बताएका हुन ।  हवाइ इन्धनको मूल्य बृद्धिका कारण आन्तरिक हवाई यात्रुहरुले चार्डपर्वमा समेत सुभल हवाई सेवा प्रयोग गर्नबाट बञ्चित हुनुपरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन । सो जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वायुसेवा संचालक संघ–नेपालका अध्यक्ष रामेश्वर थापाले दसैंको मुखैमा बढाईएको हवाई इन्धनको चर्को मुल्य बृद्धिको मार अहिले हवाई सेवा सञ्चालकहरुले भोग्नुपरेको बताए । उनले इन्धनको भाउ बढेसँगै हवाई भाडापनि बढेपछि अहिले हवाई यात्रुको चाप विगतका वर्षहरुको तुलनामा निकै कम भएको बताए ।  उनले आयल निगमले हवाई इन्धनमा अत्यधिक नाफा लिई पटक पटक मुल्य बृद्धि गर्दै आएकोमा आफूहरुको गम्भीर असहमति रहेको बताए । एक्कासी रुपमा बृद्धि भएको इन्धनको मुल्यले हवाई यात्रुलाई समेत गम्भिर मार पर्न गएको बताउँदै थापाले भने, ‘सरकारले व्यवसायीसँग लिन मात्र खोज्छ, दिन खोज्दैन । त्यसैले अब व्यवसायी सहन नसक्ने अवस्थामा पुगिसेकका छन ’।  उनले हवाई इन्धनमा भएको बृद्धिले अहिलेको मूल्यमा यात्रु लैजाने अवस्थामा वायुसेवा कम्पनीहरु नरहेको पनि जानकारी दिए । यसअघि गत २६ भदौमा नै सरकार समक्ष वायुसेवा संचालक संघ नेपालले हवाई इन्धनको मुल्य बृद्धिमा असहमति जनाउदै इन्धनको लागि राख्नुपर्ने नगद धरौटीको सट्टा बैंक ग्यारेण्टी स्वीकार्नु पर्ने जस्ता माग राख्दै आएको थियो । सो मागमा सरकार गम्भीर नभएको भन्दै अध्यक्ष थापाले अझै सरकारले यसतर्फ ध्यान नदिए दसैं, तिहार र छठपछि सबै आन्तरिक वायुसेवा बन्द गरेर भएपनि थप विरोधका कार्यक्रम अघि सार्ने चेतावनी दिए । संघका महासचिव एवं फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत सुमन पाण्डेले सरकारले चुरोट, खैनी, मदिरा र अन्य सुर्तिजन्य बस्तुहरु जस्तो बारम्वार हवाई सेवालाई पनि उही बेवहार गर्ने गरेकोमा निकै दुःख लागेको बताए । हवाई उडान जस्तो सेवामुलक कम्पनीलाई सरकारले हेर्दै आएको पुरातन शैलीलाई परिवर्तन गरि समय अनुकुल बेवहार गर्न समेत उनले सरकारलाई आग्रह गरे । पहिला हवाई यातायातलाई विलासिताका वस्तुको रुपमा लिइन्थ्यो, अहिले यो सर्वसाधारणको पहुच र आवश्यकता भइसकेको छ, त्यसैले सरकारले सहुलियत दिएर यसलाई उत्प्रेरित गर्नुपर्ने उनले बताए । आपतकालिन उद्धारकालागि हेलिकोप्टरको प्रयोग अहिले समान्य नागरिकले पनि दुर्गम गाउमा समेत गर्न थालेको जानकारी दिँदै उनले सधै सहुलियत दरमा आफूहरुले घाटा खाएर उडान गर्न नसक्ने बताए । वायुसेवा संचालक संघका प्रवक्ता घनश्यामराज आचार्यले अगामी तिहारसम्म सरकारले आफूहरुको माग सुनुवाई नगरे  थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।

नाराको अध्यक्षमा दाहाल

काठमाडौ÷रास–  ¥याफ्टिङ व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्ट्स (नारा)को अध्यक्षमा चन्द्रबहादुर दाहाल निर्वाचित भएका छन । नाराको २५ औँ साधारणसभाले दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नाराको उपाध्यक्षमा शंकर अधिकारी, सचिवमा गँगाप्रसाद नेपाल, कोषाध्यक्षमा तेजबहादुर जर्गा मगर र सह कोषाध्यक्षमा गोरखबहादुर दर्लामी निर्वाचित भएका छन ।  यसैगरि अन्य सदस्यमा शेखरबहादुर थापा, कमलबहादुर ठकुरी र चूरामणी अर्याल निर्वाचित भएका छन ।
नवनिर्वाचित अध्यक्ष दाहालले  ¥याफ्टिङ व्यवसायमा संलग्न व्यवसायीको हकहित एवं कर्णाली, भोटेकोसी र  सुनकोसी लगायतका नदीमा पर्यटकलाई जलयात्रा गराएर उनीहरूलाई मनोरञ्जन प्रदान गरी साहसीक पर्यटनको प्रवद्र्धन  गर्ने कार्यमा आफुले सक्दो काम अघि बढाउने  प्रतिबद्धता व्यक्त गरे । उनले जलयात्रालाई साहसिक खेल पर्यटनको रुपमा विकास गर्न यस नयाँ कार्यसमितिले विगतका वर्षहरुमा भन्दा थप नयाँ काम गरेर देखाउने बताए । सोही अवसरमा नाराले यसवर्ष स्व अम्बरबहादुर गुरुङ स्मृति पुरस्कार नदी पथप्रदर्शक गोरखबहादुर दर्लामीलाई प्रदान गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेले उनलाई पुरस्कार प्रदान गरेका थिए । सो पुरस्कार रासी  पाँच हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । सो कार्यक्रममा नाराका निवर्तमान अध्यक्ष नानीकाजी थापाले अब नाराले व्यवसायीक हक अधिकारकालागि निकै फ्ट्को मार्ने अपेक्षा गरिएको बताए ।

सात दिनभित्र कर्मचारीको पारिश्रमिक बुझाउन क्यासिनो माजोङलाई श्रमको आदेश

काठमाडौ, १२ असोज  –सोल्टी होटल स्थित क्यासिनो नेपामलमा कार्यरत कर्मचारीहरुको सम्पूर्ण दायित्व भुक्तानी सात दिन भित्र चुक्ता गर्न  श्रम कार्यालयले क्यासिनो माजोङलाई आदेश दिएको छ । यसअघि पटक पटक दिएको निर्देशन पालना नगरेको भन्दै क्यासिनोमा कार्यरत ४९ जना कामदारले पुनः दिएको उजुरीका आधारमा बागमती अञ्चल श्रम कार्यालयले ७ दिनभित्र श्रमिकले पाउनुपर्ने भुक्तानी दिई साविककै सेवामा लगाउन आदेश गरेको हो ।  आगामी सात दिनभित्र आफूले दिएका निर्णयहरु कार्यान्वयन नगरे श्रम ऐन २०४८ को दफा २५ को उपदफा ५ बमोजिम चल अचल सम्पत्ति, सरकारी कार्यालयमा राखिएको धरौटी रोक्कामा राख्ने लगायतको कारवाही गरी श्रमिकको दायित्व असुल उपर गरिने श्रम कार्यालय बताएको छ । श्रम कार्यालयले  २०६८ साल २ असारमा भएको निर्णय बमोजिम ४९ जना कामदार कर्मचारीले प्राप्त गर्नुपर्ने रकम, २०६९ साल ११ फागुनमा मुुकुन्दराज खरेल लगायत ४६ जना कर्मचारीहरुको हकमा निर्णय ठहर भएको रकम र गत ३० वैशाख मा स्व. लक्ष्मण विक्रम श्रेष्ठका हकमा प्रजेन्द्र श्रेष्ठ सहित ३ जनाले पाउनुुपर्ने गरी निर्णय गरिएको रकम भुत्तानी गर्न आदेश दिएको हो ।
सोल्टी होटल लिमिटेड र माजोङ इन्टरटेन्मेन्ट प्रालिबीच २०६९ साल २४ कात्तिकमा भएको लिज सम्झौता बमोजिम क्यासिनोको नाम मात्रै परिवर्तन गरी संचालन गरिएको थियो । सोही सम्झौता अनुसार क्यासिनो नेपालमा कार्यरत केही कामदार ÷कर्मचारीलाई सेवा अवधि गर्णना गरी उपदान लगायतका केही बक्यौता रकम क्यासिनो माजोङले भुत्तानी गरेकाले  अब बाँकी ४९ जना कर्मचारीलाई साविक सेवामा लगाउने र  तिर्नु बुझाउनुपर्ने सम्पूर्ण दायित्व माजोङले लिनुुपर्ने भनी श्रम कार्यालयले सो निर्णय तत्काल कार्यान्वयन गर्न  आदेश दिएको हो । श्रम कार्यालयले विभिन्न तीनओटा मितिमा गरेका निर्णय बमोजिम माजोङ इन्टरटेन्मेन्टले ४९ जना कर्मचारीलाई भुत्तानी गर्नुपर्ने रकम करिब  ८ करोड ८ लाख ५९ हजार रुपैया“ पुगेको त्यहाँका कर्मचारीहरुले बताएका छन् । नया“ व्यवस्थापन कम्पनी माजोङ ईन्टरटेन्मेन्टले क्यासिनो नेपालका ७ सय भन्दा बढी कर्मचारीलाई तलब घटुवा गरी काममा लगाएको तथा २ सयभन्दा बढी कर्मचारीलाई केही रकम दिएर अवकाश दिएको विषयलाई लिएर यसअघि पनि सो क्यासिनोमा निकै बिबाद भएको थियो ।  अहिले पनि  बाँकी ४९ जाना कर्मचारीहरुले आफूहरुको हक अधिकार नयाँ व्यवस्थापनले हनन भएको भन्दै कानुनी उपचारको बाटो रोजेका थिए । सोही उजुरीको आधारमा श्रम कार्यालय वागमती अञ्चलले कामदार÷ कर्मचारीको बक्यौता पारिश्रमिक, भत्ता लगायतको बाँकी पाउनुपर्ने रकम सात दिनभित्र भुत्तानी दिई साविककै सेवामा लगाउन नया“ व्यवस्थापन क्यासिनो माजोङलाई यस्तो आदेश दिएको हो ।