Thursday, April 13, 2017

मोहन बहादुर खड्का क्षेत्रीको स्वाथ्य उपचारकालागि बेल्जियमवासी नेपालीले दिए २ लाख

काठमाडौ, ३० चैत–काठमाडौको जोरपार्टीस्थित मेडिकल कलेज अस्पतालमा उपचारार्थ चितवनका ६४ वर्षिय बिरामी मोहन बहादुर खड्का क्षेत्रीको स्वाथ्य उपचारमा सहयोग पु¥याउन बेल्जियममा कार्यरत नेपालीले आर्थिक सहयोग स्वरुप नगद २ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । साबिकको मंगलपुर गाबिस–५ चितवन जिल्लाका स्थानीय समाजसेवी मोहन बहादुर खड्का क्षेत्रीलाई बेल्जियमको कोनक्कस्थित रविन पण्डितको नेतृत्वमा संकलित सो रकम मंगलबार काठमाडौको जोरपार्टीस्थित मेडिकल कलेज अस्पतालको बेडमा पुगेर हस्तान्तरण गरिएको हो ।
बिरामी खड्का क्षत्री मेरुदण्डको हड्डी अप्रेसन गर्नकालागि अस्पताल भर्ना भएका हुन । बेल्जियमस्थित गैर आवासीय नेपाली संघ (एनआरएन) र त्यहाँ कार्यरत नेपाली व्यवसायी संघ–संस्थासँग आबद्ध नेपालीबाट संकलित २ लाख रुपैयाँ रविन पण्डितका बुबा धनबहादुर पण्डितले बिरामीकै हातमा हस्तान्तरण गरेका हुन । सो समय बिरामी खड्का क्षत्रीका आफन्त र अन्य सुभचिन्तक समेत सहभागी भएका थिए ।  काठमाडौं)१६ बोहोराटार निवासी धनबहादुर पण्डित बरिष्ठ घर जग्गा व्यवसायी एवं समाजसेवी हुन ।
बेल्जियमस्थित रविन पण्डितले  खड्का क्षत्रीको उपचारार्थ संकलित आर्थिक सहयोग स्वरुप उपलब्ध गराईएको यो सानो सहयोग निकै उपलब्धीमुलक हुने अपेक्षा गरिएको बताउँदै अझै सहयोग गर्न आफु सक्रियताकासाथ लाग्ने बताएका छन ।