Wednesday, April 17, 2013

बोर्ड सिइओ छनोट उप समितिमा धुर्बनारायण र फुर्वा
काठमाडौ, २६ चैत –नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत ( सिइओ) छनोट उप समितिमा धुर्बनारायण श्रेष्ठ र फुर्वा ग्याल्जेन शेर्पालाई चयन गरेको छ । आगामी २१ दिन भित्र नयाँ सिइओ छनोट गर्ने समय दिएर बोर्ड सञ्चालक समितिको बैठकले यस्तो निणर्य गरेको हो । लामो प्रयासपछि गठित दुई सदस्यीय सो उप समितिको संयोजकमा श्रेष्ठ र शेर्पा अर्का सदस्य रहेका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशिल घिमिरेको अध्यक्षतामा सम्पन्न बोर्ड सञ्चालक समितिको सो बैंठकले डेढ वर्षदेखि नेतृत्व बिहिन अवस्थामा रहेको बोर्डको नयाँ सिइओ छनोट प्रक्रियामा यसअघि भएको बिबादलाई मिलाएर अघि बढ्न यस्तो निणर्य गरेको हो । मन्त्रालयका सचिव घिमिरेले नयाँ सिइओ छनोट गर्न दुई सदस्यीय नयाँ उप समिति बनाएको बताए । नयाँ उप समितिको संयोजकमा चयन भएपछि श्रेष्ठले राजधानीसँग भने, ‘ कुनै अवरोध नभए अब आफुहरुलाई दिएको समयभित्रै नयाँ सिइओ छनोटको जिम्मेवारी पुरा गर्ने छौं ’ । यसअघि गठित  श्रेष्ठ , शेर्पा, रेवतबहादुर थापा, पम्फा धमला र टिकाराम सापकोटा सम्मिलत ५ सदस्यीय उपसमितिका सदस्यबीच भएको बिबादका कारण नयाँ सिइओ छनोट प्रक्रियामा ढिलाई भएको थियो । उनीहरुबीचको तिब्र बिबाद सर्बोच्च अदालतमा पुगेको थियो । सो बिबादमा सर्बोच्चले श्रेष्ठ र रेवतबहादुर थापा पक्षलाई समेटेर उप समिति गठन गर्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि श्रेष्ठ पक्षले हामी हुनुपर्छ भन्दै आएको र पम्फा धमला ( पौडेल) शेर्पा र सापकोटा पक्षले आफ्नो पक्षबाट २ जना अनिवार्य रहनेगरि उपसमिती गठन गर्नुपर्ने अडान राख्दै आएको थियो । जसका कारण विगत डेढ वर्षदेखि नयाँ उपसमिति बनाउने कार्यमा ढिलाई भएको थियो ।

No comments:

Post a Comment