
काठमाडौ, १० फागुन
पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल पर्वतारोहण संघ (एनएमए) को नया“ कार्यसमितिमा आङछिरिङ शेर्पाको पुरै समुह नै बिजयी भएको छ । संघको शुक्रबार र शनिवार सम्पन्न निर्वाचनले आङछिरिङको पुरै समुहलाई बिजयी गराएको हो ।
संघका पुर्व अध्यक्ष एवं विश्व पर्यटन महासंघ (युआईएए) का मानार्थ सदस्य समेत रहेका आङछिरिङसँग अध्यÔ पदमा उठेका निमानुरु शेर्पाले भन्दा ८२ मत बढी ल्याएर बिजयी भएका हुन् । आङछिरिङले ४ सय ७३ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्दी निमानुरु शेर्पाले कुल ३ सय ९१ मत प्राप्त गरेका थिए । १ हजार १ सय ६४ जना साधारण सदस्यहरुबाट संघमा आङछिरिङको अध्यक्षतामा प्रत्यक्ष रुपमा निर्वाचित १५ नयाँ कार्यसमितिको प्रथम उपाध्यÔमा सन्तवीर लामा, द्धितिय उपाध्यÔमा दिवस बिक्रम शाह, महासचिवमा ठाकुरराज पाण्डे , सचिवमा राजेन्द्रमान श्रेष्ठ र कोÈाध्यÔमा टीकाराम गुरुङ निर्वाचित भएका छन । यसैगरि संघको अन्य सदस्यहरुमा डा. हरिप्रसाद श्रेष्ठ, डा.निमा नाम्गेल शेर्पा, कामिनी लम्बी लामा शेर्पा, धनबहादुर गुरुङ, छुरिम शेर्पा, पासाङ शेर्पा, लाक्पा शेर्पा, दा गेल्जे शेर्पा र पेम्वा दोर्जी शेर्पा निर्वाचित भएका छन। यसैगरि, पर्वतारोही र पदयात्रा पथप्रदर्शक लगायत बुकहोल्डर १ हजार २ सय १९ मतदाता सदस्य मध्येबाट ४ जना, विभिन्न संघ संस्थाहरुबाट १ जना, एक जना अनिवार्य आरोही सहित ३ जना मनोनित र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन उद्योग महाशाखाको प्रमुख १ जना पदेन सदस्य एवं निवर्तमान अध्यक्ष १ गरि कुल २५ सदस्यीय नयाँ कार्य समिति चयन हुने छ । सो नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुने छ । यस नयाँ कार्यसमितिले सन् २०१७ को फेब्रुअरीभित्र अर्को निर्वाचन गरिसक्नुपर्ने छ । यसअघि दुई कार्यकाल संघको अध्यÔ भइ विगत ७ वर्ष अघि संघ छोडेका आङछिरिङको यो तेस्रो कार्यकाल हो । नवनिर्वाचित अध्यÔ आङछिरिङ शेर्पाले पर्वतीय पर्यटनको विकासका लागि सबैस“ग सहकार्य गरी अघि बढ्ने बताए । अन्तर्राष्ट्रिय Ôेत्रमा नेपालको पर्वतीय पर्यटनलाई उजागर गर्न विशेष कार्ययोजना बनाएर अघि बढ्ने बताउँदै शेर्पाले भने, ‘ विग्रिएको संघको अवस्थालाई सुर्धान मेरो खाँचो महसुस गरि यस समुहलाई बिजयी गराउने सबै सदस्यलाई एकजुट गराएर अघि बढ्ने छु’। उनले अबको जोड आरोही र पर्यटन क्षेत्रका श्रमिकहरुको आर्थिक उन्नती र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउने कार्यमा संघ जुट्ने बताए।
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874