
यती एयरलाइन्सद्धारा विभिन्न संस्थालाई १६ लाख रुपैया“ प्रदान
काठमाडौ÷रास– निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले सेभ द चिल्ड्रेन, युनाइटेड मिसन टु नेपाल, केयर नेपाल र ह्याबिटाट फर ह्युमानिटी नामक चार ओटा संस्थालाई १६ लाख ३८ हज्जार ५२ रुपैयाँ सहयोग गरेको छ । आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम अन्तर्गत सामाजिक कार्यमा प्रतिबद्ध विभिन्न संस्थालाई नियमित सहयोग गर्दै आएको सो एयरलाइन्सले सोमबार राजधानीमा आयोजित कार्यक्रममा चारओटा संस्थालाई प्रति संस्था ४ लाख ९ हजार ५ सय १३ रुपैयाँका दरले सहयोग रकम उपलब्ध गराएको हो । सो कार्यक्रममा यति एयरलाइन्सका कार्यकारी निर्देशक विजय श्रेष्ठ र नर्बुछिरिङ शेर्पाले चारओटै संस्थाका प्रतिनिधीहरुलाई आफ्नो कम्पनीबाट प्रदान गरिएको सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए। सामाजिक कार्य गर्दै आएका संस्थाहµलाई एअरलाइन्सले अहिलेसम्म एक करोड २३ लाख १७ हज्जार रकम सहयोग गरिसकेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत सन् २००६ देखि सहयोग गर्दै आएको एअरलाइन्सले यसअघि टेवा नेपाल, माइती नेपाल, नेपाल कुष्ठरोग निवारण केन्द्र, इस्पाइनल उन्जुरी पुनस्र्थापना केन्द्र, रेडक्रस जस्ता एक दर्जन बढी संस्थालाई सहयोग गरिसकेको जनाएको छ ।
यसैगरि यतिले प्रत्येक यात्रुको एकतर्फी टिकटबाट २० र दुर्यतर्फिको ४० रुपैया“ सामाजिक उत्तरदायित्वका लागि छुट्टयएको जनाएको छ ।
त्यसैगरि, सो एयरलाइन्सले सन् २०१० देखि सुदूर पश्चिममा ‘हरित योजना’ पनि सञ्चालन गरिरहेको छ। यो योजना अन्तर्गत अहिलेसम्म एयरलाइन्सले सुदूर पश्चिममा २ लाख ५० हजार रुख रोपिसकेको दाबी गरेको छ । जसको लागि काठमाडौं–धनगढी–काठमाडौं वा काठमाडौं–नेपालगञ्ज–काठमाडौं रुटमा उडान गर्ने हरेक यात्रुको टिकटबाट प्राप्त रकमबाट छुट्टै सामाजिक कोÈका लागि रकम छुट्टाएको जनाएको छ । यसैगरी, यतिको जेटस्ट्रिम–४१ विमान संचालन हुने Ôेत्रहरु भद्रपुर, तुम्लिङटार, विराटनगर, जनकपुर, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढीका उडानमा अपांगलाई ५० प्रतिशत, जेष्ठ नागरिकलाई २५ प्रतिशत, बालबालिकालाई ३३.३३ प्रतिशत र शिशुलाई ९० प्रतिशत छुट दिइने गरेको पनि बताएको छ ।
No comments:
Post a Comment