Wednesday, December 24, 2014

होटलमा मात्र करिब ४ खर्ब ८६ अर्बभन्दा बढी लगानी, उच्च गुणस्तरीय सेवा सुविधाले बैशाली होटलमा पर्यटकको अकर्षण बढ्यो


काठमाडौ,२ पुस –नयाँ संविधान जारी हुने अन्तिम समय ८ माघ नजिकिएसँगै अहिले होटलमा लगानी थप्पिने क्रम बढेको छ । निकै लामो समय देखि पर्ख र हेरको अवस्थामा रहेका व्यवसायीलाई अहिले राजनीतिक दलहरुबीच भएका विगतकै सहमतीका आधारमा नयाँ संविधान आउने अपेक्षाका कारण होटल व्यवसायमा पछिल्लो समय स्वदेशी एवं अन्तर्राष्ट्रिय लगानी थप्पिने क्रम बढेको हो ।
पहिले विभिन्न बहानामा हुने गरेका बन्द हड्ताल एवं अवरोधका गतिविधीहरु पनि नयाँ संविधान जारी हुने अपेक्षासँगै अब लगानीको सुरक्षा हुने भन्दै अहिले पर्यटन व्यवसायीबीच थप नयाँ लगानी गर्ने आकर्Èण बढेको देखिन्छ । जसका कारण अहिले होटल क्षेत्रमा थप लगानी भित्रिने क्रम बढेको सम्बन्धीत होटल व्यवसायीहरुले बताएका छन् । व्यवसायीका अनुसार होटल क्षेत्रमा स्वदेश र विदेशबाट समेत नयाँ लगानी भित्रिने क्रमसँगै अहिले हाल सञ्चालित पुराना तारे होटलहरुले पनि पहिलेका संरचना भत्काएर पुनः थप लगानी विस्तार गरिरहेका छन । 
गत वर्ष मात्र काठमाडौको ठमेल स्थित बैशाली होटलले पुराना कोठाको संरचना फेरेर नयाँ सुविधासम्पन्न बनाउनका लागि मात्र करिब २ करोड रुपैयाँ भन्दाबढी खर्च गरेको थियो । थप लगानी बृद्धि गरि सम्पूर्ण सेवा सुविधा आकर्षक एवं उच्च गुणस्तरीय बनाएपछि अहिले बैशाली होटलमा पर्यटकको बाक्लो भीड लागेको छ । यहाँको उच्च गुणस्तरीय खाना लगायत सबै सेवामा आकर्षित भएकै कारण अहिले यस होटलका कोठा दैनिक विभिन्न मुलुकका पर्यटकले भरिएका छन । 
बैशाली होटलका आवासिय व्यवस्थापक अरुण पुरीले गत वर्षदेखि थप गरिएको लगानी बृद्धि र यहाँको उच्च गुणस्तरीय सेवा सुविधाका कारण अहिलेसम्म यस होटलको बुकिङ निकै राम्रो भएको बताए ।  उनले क्रिसमस चार्ड सुरु हुन अब केही दिन बाँकी रहँदा पनि यस होटलमा विभिन्न मुलुकबाट आउने पाहुनाको बाक्लो भीड लागिरहेको जानकारी दिए । यस होटलले दिएको अन्तर्राष्ट्रिय स्तरको उच्च गुणस्तरीय सेवा सुविधाकै कारण अहिले यस होटलमा विदेशी पर्यटकको थप आकर्षण बढिरहेको उनको दावी छ । उनल गत वर्ष  मात्र यस होटलले पुराना कोठाको संरचना फेरेर नयाँ सुविधासम्पन्न बनाउनकालागि करिब २ करोड रुपैयाँ भन्दाबढी खर्च गरेको बताए । उनले पुराना फर्निचर सबै हटाएर अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सुविधासम्पन्न डिलक्स र स्वीट कोठा बनाउनकालागि होटलले एकैपटक यतिधेरै रुपैयाँ खर्च गरेको बताए । हाल ९५ ओटा रहेको यस होटलमा विशेषगरि अमेरिकी, युरोपियन, जापानी, चिनियाँ र भारतीय पाहुनाहरु बढी आउने गरेको जानकारी गराउँदै पुरीले भने, ‘ अहिले यस होटलले मात्र होइन, धरै होटलले थप लगानी गरेर कोठा विस्तार गरिरहेका छन । उनले बैशाली होटलले हाल डिलक्स सिंगल र स्वीट सिंगल कोठामा बसेका  पाहुनालाई थप आकर्षणको उच्च गुणस्तरीय सेवा दिईरहेको बताए ।  उनले अहिले आफ्नो होटलमा मात्र नभएर अन्य पर्यटकीय Ôेत्रमा पनि निकै लगानी बढिरहेको बताए । 
नेपाल राष्ट्र बैंकले अहिले होटल क्षेत्रमा मात्र करिब ४ खर्ब ८६ अर्ब भन्दाबढी लगानी भएको जनाएको छ ।  नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार गत आर्थिक वर्È २०७०÷७१ मा होटल Ôेत्रमा मात्रै बैंक तथा वित्तिय संस्थाको लगानी ४२ अर्ब ८६ करोड रुपैया“ छ । यो लगानी अघिल्लो वर्Èको तुलनामा करिब ४० प्रतिशतले बढी हो । सोही तथ्याङक  अनुसार गत आव २०७०÷७१ को तुलनामा चालू आव २०७१÷७२ को वितेका ५ महिनामा होटल लगायत अन्य पर्यटन Ôेत्रमा करिब ४३ प्रतिशतले लगानी बढेको देखिएको छ । चालू आवको वितेका ५ महिनाको अवधीमा होटल लगायत अन्य पर्यटन Ôेत्रमा करिब २९ अर्ब  रुपैया“ थप लगानी भएको देखिन्छ । योे लगानी गत वर्Èको सोही अवधिमा करिब १२ अर्ब रुपैया“ रहेको नेपाल राष्ट्रबैंकको तथ्याङकमा उल्लेख छ । सो तथ्याङक अनुसार पर्यटन Ôेत्रमध्ये होटलमा सबैभन्दा धेरै लगानी भएको छ । चालू आवको वितेका महिनामा बैंक तथा वित्तीय संस्थाले सेवा Ôेत्रमा गरेको ८८ अर्ब लगानी मध्ये पर्यटन Ôेत्रमा मात्रै १० प्रतिशत रहेको सो तथ्याङकमा उल्लेख छ । पर्यटनमा देखिएको सकारात्मक वृद्धिबाट लिन सकिने लाभलाई मध्येनजर गरि लगानी बढेको होटल एशोसियसन अफ नेपाल (हान) ले जनाएको छ । हानका अध्यÔ बिके श्रेष्ठले राजधानीमा मात्र नभएर अहिले मुलुकभर नै होटल Ôेत्रमा थप लगानी वृद्धि भइरहेको बताए ।
सांग्रिला होटलका कार्यकारी प्रमुख प्रवीण पाण्डेले पछिल्लो समय ठूला होटलसँगै पर्यटकीय स्तरका र साना तारे होटल निर्माण गर्ने क्रम ब्यापक रुपमा बढेको बताए । उनले साना होटलबाट प्रतिफल छिट्टै आउने आशाले अहिले पर्यटकीय स्तरका ठुला देखि साना होटल सञ्चालनप्रति व्यावसायिक आकर्Èण बढेको हुन सक्ने बताए । हानका अनुसार आगामी तीन वर्Èभित्र राजधानी लगायत मुलुकभरका विभिन्न स्थानमा करिब आधा दर्जन भन्दाबढी  पा“चतारे स्तरका होटल तथा रिसोर्ट खुल्ने छ । पा“चतारे होटलमा पर्यटन Ôेत्रकै सबैभन्दा ठूलो लगानी हुने भएकाले पनि पछिल्लो समय पर्यटनका अन्य व्यवसायको तुलनामा होटलमा लगानी बढेको देखिएको हानको भनाइ छ । हानका अनुसार नेपालमा हालसम्म होटल Ôेत्रमा करिब २ खर्ब ७५ अर्बभन्दा बढी लगानी भइसकेको छ ।
अहिले पर्यटन उद्योग अन्र्तरगतका ट्राभल, ट्रेकिङ, यातायातसहितमा वार्Èिक ४० प्रतिशतसम्म र साना होटल तथा रेस्टुरेन्टमा ३० प्रतिशतसम्म लगानी बढेको पर्यटन विभागको अनुमान छ ।
पर्यटन विभागले अहिले काठमाडौ उपत्यका लगायत मुलुकभरका धेरै ठाउँमा होटलनमा नयाँ लगानी थप्पिने क्रम बढेको बताएको छ । सो विभाग अन्र्तरगत होटल शाखाका अनुसार हाल मुलुकभर ठुला ५ तारे होटल १० ओटा सञ्चालित छ । जसमा काठमाडौमा ८ र पोखरामा २ ओटा छन । ४ तारे होटल संख्या २ छन । यसैगरि, ३ तारे ३०, २ तारे ४६, १ तारे ३५ र अन्य पर्यटकीय स्तरका रिसोर्ट, लज, गेष्टहाउस एवं होटल संख्या ३ सय ७३ ओटा यहाँ दर्ता भएर सञ्चालन भईरहेका छन । होटल शाखाका शाखाले अब नयाँ सञ्चालन हुँदै गरेका नयाँ ठुला होटलहरुमा काठमाडौको बत्तिसपुतली स्थित थ्रिजी होटलको योजना स्वीकृत भईसकेको र जाउलाखेल स्थित सामसिङ प्रालिको नाममा निर्माण हुँदै गरेको होटल दर्ताको प्रक्रियामा आईरहेको जानकारी दिएको छ । विभागमा अझै दर्ताका लागि नपुगेका धेरै होटल धमाधम निर्माण भईरहेका छन । जसमा गैर आवासीय नेपाली संघ ( एनआरएन) का अध्यक्ष शेष घलेको लगानीमा निर्माण हुँदै गरेको ठमेल केशरमहल स्थित शेराटन चेनको ५ तारे होटल , केशरमहलकै छायाँ सेन्टर, सिनामंगल क्षेत्रमा नयाँ खोल्ने भनिएको वैद्य समुह र  अम्मानी समुहको ठुला होटल राजधानीमै नयाँ सञ्चालन हुँदै छन भने चौधरी समुहले चितवनमा ठुलो होटल सञ्चालन गर्न अहिले धमाधम निर्माण गरिरहेको छ ।  विश्व पर्यटन संगठनका अनुसार अहिले संसारमै अन्तर्राष्ट्रिय पर्यटक पा“च प्रतिशतले बढ्नाले पर्यटन व्यवसायीलाई यस Ôेत्रमा लगानी गर्न थप अभिप्रेरित गराएको हो । नेपालमा एकजना विदेशी पर्यटक आउ“दा प्रत्यÔ तथा अप्रत्यÔ रुपमा १४ जनाले रोजगारी पाउने अवस्थाका कारण पनि यो Ôेत्रले बिस्तारै उचाइ लिन थालेको सम्बन्धीत व्यवसायी एवं सरोकारवालाहरुको भनाई छ ।

1 comment:

  1. Yesta jhole tourist le prati yak tourist =14Nepali le kan paune hoine, Yo yak bram matra ho. Bram ko kheti na garidinu huna anurodh chha.

    ReplyDelete