Wednesday, December 24, 2014

निगमले ल्याउन लागेको एयरबस जहाज निर्माण कार्य अन्तिम चरणमा, पहिलो विमान फेब्रुअरीमा आउने

काठमाडौ–नेपाल वायुसेवा निगमले फ्रान्सबाट ल्याउन लागेको २ ओटा एयसबस ए ३२० –२०० मध्ये पहिलोको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।
अन्तर्राष्ट्रिय उडान भर्नकालागि ल्याउन लागेको पहिलो विमानको बडी बनाउने काम पुरा भइसकेको छ भने लिवेरी सहित अन्य रंगरोहन गर्ने काम समेत अन्तिम चरणमा पुगेको निगमले बुधबार विज्ञप्ति जारी गरि जानकारी गराएको हो । यसैगरि, सो विमानमा इन्जिन जडान गर्ने र सीट राख्ने काम पनि करिब अन्तिम अवस्थामा पुगेको निगमले बताएको छ ।
सो विमानको परीक्षण उडान आगामी जनवरीको अन्त्य एवं फेब्रुअरीमा गरिने तालिका राखिएकाले अहिले पुर्व निर्धारित कार्य तालिका अनुसार नै निर्माणको काम भइरहेको सो विज्ञप्तिमा उल्लेख छ । युुरोपियन जहाज उत्पादक कम्पनी एयरबसले निगमलाई फेब्रुअरीमा पहिलो विमान उपलब्ध गराउने छ भने दोश्रो विमान अप्रिलमा आउने बताईएको छ ।निगमले आफ्नो सेवामा लगाउने एयरबस ३२० –२०० सिरिजको हरेक जहाजमा १ सय ५८ सिट हुने छ । त्यसमध्ये ८ ओटा विजनेस क्लास र १ सय ५० ओटा इकोनोमी क्लासका सिट हुने र ती विमानहरुमा इन्टरनेशनल एरोइन्जिनका इन्जिनहरु जडित हुने निगमले जनाएको छ ।

No comments:

Post a Comment