Sunday, February 15, 2015

सिम्रिकको भ्यालेन्टाइन स्पेशल उडान

काठमाडौ,२ फागुन –आन्तरिक वायुसेवा सञ्चालन  कम्पनी  सिम्रिक एयरलाइन्सले भ्यालेन्टाइन डे को अवसरमा  शनिबार विशेÈ पर्वतीय उडान गरेको छ ।
सो एयरलाइन्सले यसअघि पनि हरेक वर्È भ्यालेन्टाइन डे को अवसरमा यस्तै विÈेश सहुलियत दरमा युवा–युवती लÔित भ्यालेन्टाइन माउन्टेन उडान सेवा प्रदान गर्दै आएको थियो । सोही कार्यक्रमको निरन्तरता रुवरुप सिम्रिक एयरलाइन्सले १४ फेब्रुअरीका दिन (शनिबार) विहान स्वदेशी र विदेशी युवा युवतीको जोडीलाई काठमाडौ र पोखराबाट माउन्टेन उडान गराएर मनोरञ्जन दिलाएको थियो ।
सो कार्यक्रममा सहभागी हरेक जोडीलाई काठमाण्डौबाट सुरु भएको माउन्टेन उडानकालागि अन्य दिनहरुको भन्दा निकै सहुलियत भाडा दर जम्मा १५ हजार ९ सय ९९ रुपैया“मा सहभागी गराएर आनन्दित बनाएको थियो । यसैगरी, भ्यालेनटाइनकै अवसरमा पहिलोपटक गरिएको पोखरा माउन्टेन ङ्खलाइटका हरेक जोडीको भाडा दर पनि जम्मा १० हजार ९ सय ९९ रुपैया“मा उपलब्ध गराईएको सिम्रिक एयरलाइन्सले जनाएको छ । 
सिम्रिक एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाले शनिबार विशेÈ माउन्टेन ङ्खलाइटका जोडी हरुलाई विशेÈ उपहार समेत प्रदान गरेको जानकारी दिए । 
उनले भ्यालेनटाइन डे को अवसरमा आयोजना गरिएको विशेष पर्वतीय उडानमा युवायुवतीलाई लक्षित गरिएको भएपनि अन्य उमेरका भ्यालेनटाइन जोडीहरु समेत सो उडानमा सहभागी भएको बताए । उनले यसपालीको भ्यालेनटाइन डे का दिन बिहान केही मौसम विग्रिएपनि काठमाडौबाट ७ ओटा माउन्टेन उडान र पोखराबाट ७ ओटा स्पेशल पर्वतीय उडान गर्न सफल भएको जानकारी दिए । काठमाडौ र पोखराको आकास राम्रोसँग नखुलेका कारण बिहान काठमाडौबाट ९ ओटा र पोखराबाट ४ ओटा स्पेशल माउन्टेन उडान गराउने तयारी भएपनि लक्ष्य अनुरुपको  सेवा दिन नसकिएको बताए । उनले  सिम्रिक एयरलाइन्सले आगामी दिनमा भ्यालेनटाइन डे लगायत अन्य पर्वहरुका दिनमा पनि यस्तै किसिमको पर्वतीय उडान गराएर थप हवाई यात्रुको आकर्षण बढाउने लक्ष्य लिएको जानकारी गराए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा बाँदर आंतक, धावन मार्गमा कुकुर र बाँदरको परेड

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २८ माघ
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बा“दर आतंक तीब्र बन्दै गइरहेको छ । पशुपति बनकाली क्षेत्रबाट दैनिक हुलका हुल बाँदर छिर्न थालेपछि अहिले विमानस्थलका सुरक्षाकर्मीलाई बाँदर लखेट्न भ्याइ नभ्याई छ । त्यहाँका जनावर एवं चरा धावन मार्गमा जान नदिने कार्यमा खट्टिएका सुरक्षाकर्मी (साप सुटर ) बेला बेलामा विमानस्थलभित्र पस्ने बाँदर लखेट्दा लखेट्दै थाकिसकेका छन । बा“दर आतंककै कारण अहिले वायुसेवा सञ्चालक कम्पनीहरुलाई पनि ह्याङगरमा पार्किङ गरि राखिएका आङ्खना जहाज जोगाउन हम्मे–हम्मे पर्दै गइरहेको छ । गत आइतबार नेपाल वायुसेवा निगमले युुरोपियन जहाज उत्पादक कम्पनी एयरबससँग खरिद गरेको ए ३२०–२०० सिरिजको नयाँ जहाज भित्राउन भईरहेको कार्यक्रममा पनि विमानस्थलको ह्याङगरको छानामा बाँदर पसेर धावन मार्ग छेउमा परेड खेलेको थियो । 
विमानस्थलमा पार्किङ गरिराखेको जहाजभित्र पसेर सिट च्यातिदिने, तार चु“डालिदिने एवं धावनमार्ग नै छेकिदिने जस्ता समस्याले विभिन्न वायुसेवा कम्पनीका सञ्चालकहरु आजित छन् । बा“दरकै कारण कुनै पनि बेला ठूलो दुर्घटना हुने भयले उनीहरु आतंकित छन् ।
बा“दर आंतकको पीडा सबैभन्दा बढी फिस्टेल, डाइनेस्टी, माउन्टेन र सिम्रिक एयरले भोगिरहेको छ । यस्तै आन्तरिक उडानमा सञ्चालित विमानका सञ्चालक पनि पीडित छन् । पशुपति बनकाली Ôेत्रबाट हुलका–हुल आउने बा“दरको बथान धावन मार्गमा जथाभावी कुद्ने गरेकाले विमानस्थलमा कुनै पनि बेला ठूलो दुर्घटना हुने सम्भावना बढेको व्यवसायीहरु बताउ“छन् ।
फिस्टेल एयरलाइन्सका एक अधिकारीले अहिले बा“दर आतंक टाउको दुखाईको विÈय बन्दै गइरहेको बताए । ‘पशुपति बनकाली Ôेत्रबाट आउने गरेका बा“दरको हुलले जहाजको सिट च्यात्ने, तार चु“डाल्ने, पंखामा पिङ खेल्ने लगायतका उपद्रो काम गर्ने गरेकाले जहाज जोगाउनै मुस्किल परिरहेको छ,’ उनले भने, ‘यो समस्या आन्तरिक उडानमा सञ्चालित साना हेलिकोप्टरदेखि ठूला डोर्नियर जहाजसम्मले बेहोरिरहेका छन् ।’ उनले सा“झ पार्किङमा राखेको जहाज विहान सञ्चालन गर्ने अवस्थामा नहुने सम्भावना निकै बढेको बताए ।
नेपाल वायुसेवा सञ्चालक संघका निर्देशक श्रीकान्त बरालले पनि अहिले जहाज पार्किङस्थलमा बाँदर पस्ने गरेको हुनसक्ने बताए ।  यो समस्या पहिले देखिकै भएको भन्दै उनले विमान सञ्चालकले बा“दर आंतक भोग्नु परिरहेको बताए ।
डाइनेस्टी एयरका अर्का क्याप्टेनले पनि नाम उल्लेख नगर्ने सर्तमा भने,  ‘विहान जहाज उडाउने बेला स“धै बा“दरले कुनै तार चु“डालेको छ की भन्ने आशंका भइरहन्छ ’। उनले हाल विशेÈगरि साना हेलिकप्टर र जहाजमा यस्तो समस्या उत्पन्न भइरहेको बताए । वायुसेवा कम्पनीका सञ्चालकहरुले भने विमानस्थल कार्यालयको कमजोरी र सुरÔा हेल्चेक्याईका कारण समस्या बढेको बताएका छन् ।
‘विमानस्थल प्रवेश गर्न नसक्नेगरी बनाइएको तारबार ठाउ“ ठाउ“मा च्यातिएको र विमानस्थल Ôेत्रमा थुपारिका फोहोरका कारण पनि बा“दर आंतक बढेको हो भन्दै उनले विमानस्थल प्रशासनले समयमै काम अघि बढाएको भए यो समस्या नदेखिने बताए ।  उनले यो समस्या समाधान नगरे कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने सम्भावना बढेको बताए । बा“दरकै कारण हेलिप्याडमा राखिएका हेलिकोप्टरको पंखा र विभिन्न उपकरण बिग्रिन थालेपछि अहिले अधिका“श विमान कम्पनीले आङ्खना जहाज बाक्लो कपडाले छोप्न थालेका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक बीरेन्द्रकुमार श्रेष्ठले विमानस्थलको कन्टेनरमा जम्मा गरिएका खाना र फलफूलको फोहोरले विमानस्थलभित्र बा“दर पस्न थालेको बताए । उनले आन्तरिक जहाज पार्किङ गरि राख्ने ह्याङगर क्षेत्रमा दैनिक ४०÷५० ओटा सम्मको हुल भएर बनकाली क्षेत्रका बाँदर पस्ने गरेको बताए ।  सकेसम्म धावन मार्गमा जान नदिनकालागि सुरक्षाकर्मीले हरेक क्षण पहरा दिईरहेको जानकारी गराउँदै उनले यसलाई कसैगर्दा पनि नियन्त्रण गर्न नसकिएको बताए । अहिलेसम्म भित्र छिरेका बाँदरलाई सिधै गोलि हानेर मार्न पनि नमिल्ने अवस्थाका कारण विमानस्थल व्यवस्थापनले समेत बाँदर आतंकको सास्ती भोग्नु परेको बताए ।  विमानस्थलभित्र राखिएका फोहोरका कन्टेनर सबै हटाउन सकिए मात्र बा“दरको समस्या केही हदमा नियन्त्रणमा आउन सक्ने उनले बताए ।  विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले पनि पशुपति बनकालीको जंगलबाट बेला बेलामा आउने बाँदरका कारण यहाँका कार्मचारीले निकै सास्ती खेप्नु परेको बताए । अहिलेसम्म धावनमार्गमा बाँदरकै कारण कुनै दुर्घटना नभएको जानकारी गराउँदै प्रवक्ता सिटौलाले भने, ‘यो प्राकृतिक समस्या नै हो’ । उनले विमानस्थल नजिकै जंगल र फोहोर संकलनको कन्टेनर भएकै कारण यस्तो समस्या उत्पन्न भएको बताए । उनले विमानस्थलभित्रको मुख्य कारण बनकालीको जंगल र वरीपरीका फोहोर फाल्ने ठाउँ नै भएको बताए । उनले कुनै बेला विमानस्थल भित्र पनि केही वायुसेवा सञ्चालक कम्पनीका कर्मचारीले समेत फोहोर फाल्ने गरेकाले यो समस्या आइपरेको बताए । विमानस्थल व्यवस्थापनले भने कहिले पनि जथाभावी फोहोर नफालेको दावी गर्दै उनले आन्तरिक टर्मिनल भवन तर्फ जाने बाटोमा राखिएको फोहोर संकलन कन्टेनरले पनि बाँदर आइरहेको बताए । उनले विमानस्थलभित्र पस्नै नसक्नेगरि बनाईएका तारको जाली समेत नागेर कुनै बेला त टर्मिनल भवनको छानामाथी नै बाँदर चढेर अति सम्बेदनशिल टावरमा समेत पुगेर उपत्रो मच्चाउने गरेको बताए ।  उनले त्यति मात्र नभएर विमानस्थल भित्रका विद्युतका तार समेत बाँदर झुण्डिएर चुडाल्ने गरेको बताए ।
विमानस्थलमा भइरहेका बाँदर, कुकुर र चरा आतंकले अहिले विमानस्थलको आकास निकै असुरक्षित बन्दै गईरहेको छ ।  गत डिसेम्बरमा पनि मुम्बईबाट उडेको जेट एयरवेजको एउटा जहाज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा चरा ठोक्किएर आगो लागेपछि आकस्मिक अवतरण गरिएको थियो  । धन्न समयमै आगो नियन्त्रणमा आएका कारण सो जहाज ठूलो दुर्घटना हुनबाट जोगियो । सम्भाव्य दुर्घटनाबाट जहाजलाई सकुशल अवतरण गर्न नसकिएको भए त्यसमा सवार चालक दलका ७ सदस्यसहित १ सय ३२ जना यात्रुको ज्यान जाने थियो । यस विमानस्थलमा यस्तो खतरापूण अवस्था देखिएको त्यो पहिलोपटक भने थिएन । गत असारमा पनि नेपाल वायुसेवा निगमको चीनबाट ल्याइएको नया“ एमए–६० जहाजमा त्यसैगरि चरा ठोक्किएको थियो ।
यहाँ अहिलेसम्म चरा ठोक्किएर मात्र ३ ओटा ठूला दुर्घटना भइसकेका छन् । सन् १९९६ अक्टोबरमा थाई एयरवेजको एयरबस ए–३०० जहाज चरा ठोक्किएर दुर्घटना भएको थियो । सन् २०१० को सेप्टेम्बरमा बंगलादेशको डीसी १० र २०५९ असोज १२ गते सीता एयरको डोर्नियर जहाज चरा ठोक्किएकै कारण ठुलो दुर्घटनामा परेको थियो । विमानस्थल नजिकै मनोहरा खोलामा दुर्घटना भएको सो जहाजमा सवार चालक दलका सदस्य सहित १९ जनाको ज्यान गएको थियो । काठमाडौबाट लुक्लातर्फ उडेको सो जहाजका चालक बिजय तण्डुकारले धन्न आफु मरेपनि शहरको मानव बस्ती भने छलाएका थिए ।
विमानमा चरा ठोक्कि“दा चालकले विमानको सन्तुलन कायम गर्न नसक्दा दुर्घटनाको जोखिम रहने गर्दछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक वर्Èअघि सार्वजनिक गरेको प्रतिवेदनमा समेत सन् १९९० यता चरा ठोक्किएका घटनामात्रै ८० ओटा पुगेको उल्लेख गरिएको थियो । त्यसपछि बुद्ध एयर, सीता एयर र यती एयरको जहाजमा पनि चरा धेरै पटक ठोक्किएको थियो । अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्दा र उडान भर्दा चरा ठोक्किएका घटना प्रत्यक्ष रुपमा ८५ पुगेको छ ।
विश्वमा भएका विमान दुर्घटनामा पनि चरा ठोक्किनुलाई मुख्य कारक मानिएको छ । नेपालमा विमानस्थल वरपर भएका घटनाको प्रमुख कारण चरा र त्यसपछि बाँदर एवं कुकुर नै देखिएको छ । नेपालमा दुर्घटना भइसकेपछि मात्रै चासो राख्ने परिपाटीले सम्भावित जोखिम बढिरहेको छ । सन् २०१२ को सेप्टेम्बरमा विमानस्थलनजिकै भएको सीता एयरको विमान दुर्घटनापछि सरकारले विमानस्थल र सिनामंगल वरपरका मासु पसल तथा सेकुवा कर्नरहरु सबै बन्द गर्ने भनेको थियो । सो निर्णय कार्यान्वयन नहु“दा दुर्घटनाको जोखिम यथावत् नै छ । विमानस्थल Ôेत्रको तीनकुनेदेखि तिलगंगासम्म सयौ“ सेकुवा कर्नरहरु निर्बाध रुपमा सञ्चालन भइरहेका छन् । ती मासु पसल र सेकुवा कर्नरले फोहोर व्यवस्थापन नगर्दा चराहरु आकर्Èित हुने गरेको चराविद्हरुको भनाई छ । अहिले यस विÈयमा न त सरकार संवेदनशील बन्न सक्यो न त विमानस्थल व्यवस्थापनले नै चासो लिएको छ । मुलुककै गरिमा र प्रतिष्ठास“ग जोडिएको विमानस्थलवरपर फोहोरको व्यवस्थापन गर्न नसक्नु लज्जाको विÈय भएको अधिकाँश सरोकारवालाहरुको भनाई छ ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानहरुले ङ्खया“क्ने खानेकुराको सही व्यवस्थापन र सेकुवा पसलले विसर्जन गर्ने फोहोर नियन्त्रण गर्न थुप्रै पटक विमानस्थल अध्ययन समितिले सरकारलाई सुझाव दिए पनि सो सुझाव अझै कार्यान्वयन हुन सकेको छैन । यो सबैभन्दा ठूलो दुर्भाग्य हो । यस्तो संवेदनशील विÈयमा विमानस्थल व्यवस्थापनले गम्भीरता नदेखाउ“दा  विमानस्थलको आकाश जोखिमपूर्ण नै बनिरहेको छ । विमानस्थलभित्र भईरहेका चरा, बाँदर र कुकुर आतंकका कारण अहिले अन्तर्राष्ट्रिय Ôेत्रमा समेत नेपालको हवाई सुरक्षाप्रति नराम्रो सन्देश प्रवाह भइरहेको छ । हाल यहाँबाट दैनिक २७ ओटा भन्दाबढी विभिन्न अन्तर्राष्टिय विमान कम्पनीका जहाजले उडान भर्ने गर्दछन् । यसैगरि आन्तरिक उडानमा पनि दैनिक  सयौं उडान अवतरण भइरहन्छ ।

२७ वर्Èपछि निगमले ल्यायो नयाँ एयरबस

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २५ माघ
नेपाल वायुसेवा निगमले युुरोपियन जहाज उत्पादक कम्पनी एयरबससँग खरिद गरेको १ सय ५८ सिट Ôमताको ए ३२०–२०० सिरिजको नयाँ जहाज आइतबार काठमाडौ आइपुगेको छ । 
लगातार करिब ११ घण्टाको उडानबाट जर्मनीदेखि कतारको राजधानी दोहा हुँदै आइतबार दिउँसो ४.४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सो जहाजलाई निगम, पर्यटन मन्त्रालय र विमानस्थलका कर्मचारीले पञ्चेबाजा एवं पुजापाठ सहित भब्य स्वागत गरेका थिए । १८ जना यात्रु र ९ सदसीय चालकदल सहित पहिलोपटक विमानस्थलमा अवतराण गरेको सो जहाज एयरबसका प्राविधीक पाइलटसँगै निगमका बरिष्ठ चालक श्रवण रिजालले उडाएर ल्याएका थिए ।  कुल १ सय ५८ सिट Ôमताको यस नयाँ जहाजमा भएका सबै सिटहरु मध्ये ८ ओटा विजनेस क्लास र १ सय ५० ओटा इकोनोमी क्लासका रहेका छन । निगमले हाल अन्तर्राष्ट्रिय उडानमा सञ्चालित २ ओटा बोइङ ७५७ जहाज खरिद गरेको २७ वर्Èपछि बल्ल अन्तराष्ट्रिय उडानकालागि सगरमाथा लेखिएको एयरबस जहाज पहिलोपटक काठमाडौं भित्रयाएको हो । यसअघि निगमले अन्तर्राष्ट्रिय उडानमा सञ्चालित बोइङ ७५७ जहाज सन् १९८८ मा खरिद गरेको थियो । 
यस नया“ एयरबस जहाजलाई निगमले सर्बप्रथम भारतको मुम्बइ, बैंगलोर र दिल्लीमा उडान भर्ने छ । त्यसपछि चीनको ग्वाङझाओमा पनि सेवा विस्तार गरिने निगमले बताएको छ । निकै लामो प्रयत्न र पर्खाइपछि काठमाडौ आएको यस जहाजले निगमलाई नया“ उर्जा थपिने अपेक्षा गरिएको छ । अब नया“ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालनकालागि निकै सहज हुने निगमको दावी छ ।
निगम र एयरबसबीच दुई ओटा नयाँ जहाज खरिद–बिक्रीको सम्झौता गतवर्ष मात्र भएको थियो । सोही सम्झौता अनुसार एउटा जहाजको मूल्य ७ अर्ब २० करोड रुपैया“ रहेको छ । अर्को नया“ एयरबस जहाज आगामी दुई महिनापछि नेपाल आइपुग्ने निगमले जनाएको छ । एयरबस नेपाल आएपछि निगमस“ग ३ ओटा ठूला र ५ ओटा सानागरी जम्मा ७ ओटा जहाज हुने छन् । निगमले ल्याएको सगरमाथा ए ३२०–२०० सिरिजको नयाँ जहाज आइतवार बिहान ११ बजे काठमाडौं आइपग्ने समय भएपनि कतारको खराव मौसमाका कारण ढिलो उडेर दिउँसो ४.४५ बजे मात्र विमानस्थलमा अवतरण भएको हो ।  पूर्व निर्धारित समय तालिका अनुसार दोहाबाट स्थानीय समय अनुसार बिहान ४ बजे उड्ने भनिए पनि जर्मनीको ह्यामबर्गबाट दोहासम्म ६ घण्टा उडान गरिसकेकाले बिहानै विमान नउडेको निगमले जनाएको छ ।
निगम व्यवस्थापनले २०७० साल ९ वैशाखमा दुई ओटा एयरबस जहाज खरिद गर्न बैना स्वरुप पा“च लाख अमेरिकी डलर (त्यसबेलाको ४ करोड ३५ लाख रुपैयाँ) एयरबसलाई पठाएको थियो । त्यसपछि गत २९जेठमा निगम र कर्मचारी सञ्चय कोÈबीच  १० अर्ब बराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो ।
सोही सम्झौता अनुसार एउटा जहाजको अङकित मूल्य (क्याटलग प्राइस) ७ करोड ५० लाख अमेरिकी डलर ( ७ अर्ब २० करोड रुपैयाँ ) रहेको छ । निगम र एयरबसबीच करिब पा“च वर्È (सन् २००८) अघिको अङकित मूल्यमा लागत मूल्य जोडेर त्यसैअनुसार जहाज लिने–दिने सम्झौता भएको थियो । पा“च वर्Èअघि एयरबसले ४ करोड १२ लाख ८९ हजार डलर ( तीन अर्ब ८ करोड ४२ लाख ८८ हजार ३ सय रुपैयाँ) मा एउटा जहाज दिने गरी निगमको टेन्डर जितेको थियो । त्यसमा लागत रकम थप गरेर जहाज उपलब्ध गराइएको हो ।
निगमलाई सो जहाज किन्न कर्मचारी सञ्चय कोÈले एकमुष्ठ  १० अर्ब रुपैयाँ ऋण दिएको थियो । कोÈलाई जहाज सञ्चालनमा आएपछि तीन÷तीन महिने किस्ताबन्दीमा तिर्दै जाने गरी सम्झौता गरिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि निगमलाई दुईओटा एयरबस ए ३२०–२०० सिरिजका जहाज किन्न दिएको ऋणका लागि वार्Èिक १२ प्रतिशत ब्याजदर तोकेको छ  भने चुक्ता अवधि १५ वर्È राखिएको छ । अहिले  निगमको जहाज यहा“बाट दोहा, हङकङ, बैंकक र क्वालालम्पुरको उडान गरिरहेको छ । दुबई उडान स्थगीत गरेको छ भने भारतको नया“दिल्ली उडान पूर्ण रुपमा बन्द छ ।  निगमका प्रवत्ता रामहरी शर्माले ५० घन्टाको उडानपछि मात्र एयरबसले उडानको जिम्मा सम्पूर्ण रुपमा नेपाली पाइलट टोलीलाई दिने बताए । उनले यस नयाँ एयरबसले आगामी १३ फागुनबाट नियमित नयाँदिल्ली उडान भर्ने बताए । यस नया“ जहाज लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यको नेतृत्वमा निगमका महाप्रवन्धक मदन खरेल लगायतका उच्च सरकारी टोली जर्मन पुगेको थियो । पर्यटन मन्त्री सहितको सरकारी टोली नया“ एयरबसमा चढेर काठमाडौं आएका हुन ।