Sunday, February 15, 2015

२७ वर्Èपछि निगमले ल्यायो नयाँ एयरबस

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २५ माघ
नेपाल वायुसेवा निगमले युुरोपियन जहाज उत्पादक कम्पनी एयरबससँग खरिद गरेको १ सय ५८ सिट Ôमताको ए ३२०–२०० सिरिजको नयाँ जहाज आइतबार काठमाडौ आइपुगेको छ । 
लगातार करिब ११ घण्टाको उडानबाट जर्मनीदेखि कतारको राजधानी दोहा हुँदै आइतबार दिउँसो ४.४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सो जहाजलाई निगम, पर्यटन मन्त्रालय र विमानस्थलका कर्मचारीले पञ्चेबाजा एवं पुजापाठ सहित भब्य स्वागत गरेका थिए । १८ जना यात्रु र ९ सदसीय चालकदल सहित पहिलोपटक विमानस्थलमा अवतराण गरेको सो जहाज एयरबसका प्राविधीक पाइलटसँगै निगमका बरिष्ठ चालक श्रवण रिजालले उडाएर ल्याएका थिए ।  कुल १ सय ५८ सिट Ôमताको यस नयाँ जहाजमा भएका सबै सिटहरु मध्ये ८ ओटा विजनेस क्लास र १ सय ५० ओटा इकोनोमी क्लासका रहेका छन । निगमले हाल अन्तर्राष्ट्रिय उडानमा सञ्चालित २ ओटा बोइङ ७५७ जहाज खरिद गरेको २७ वर्Èपछि बल्ल अन्तराष्ट्रिय उडानकालागि सगरमाथा लेखिएको एयरबस जहाज पहिलोपटक काठमाडौं भित्रयाएको हो । यसअघि निगमले अन्तर्राष्ट्रिय उडानमा सञ्चालित बोइङ ७५७ जहाज सन् १९८८ मा खरिद गरेको थियो । 
यस नया“ एयरबस जहाजलाई निगमले सर्बप्रथम भारतको मुम्बइ, बैंगलोर र दिल्लीमा उडान भर्ने छ । त्यसपछि चीनको ग्वाङझाओमा पनि सेवा विस्तार गरिने निगमले बताएको छ । निकै लामो प्रयत्न र पर्खाइपछि काठमाडौ आएको यस जहाजले निगमलाई नया“ उर्जा थपिने अपेक्षा गरिएको छ । अब नया“ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालनकालागि निकै सहज हुने निगमको दावी छ ।
निगम र एयरबसबीच दुई ओटा नयाँ जहाज खरिद–बिक्रीको सम्झौता गतवर्ष मात्र भएको थियो । सोही सम्झौता अनुसार एउटा जहाजको मूल्य ७ अर्ब २० करोड रुपैया“ रहेको छ । अर्को नया“ एयरबस जहाज आगामी दुई महिनापछि नेपाल आइपुग्ने निगमले जनाएको छ । एयरबस नेपाल आएपछि निगमस“ग ३ ओटा ठूला र ५ ओटा सानागरी जम्मा ७ ओटा जहाज हुने छन् । निगमले ल्याएको सगरमाथा ए ३२०–२०० सिरिजको नयाँ जहाज आइतवार बिहान ११ बजे काठमाडौं आइपग्ने समय भएपनि कतारको खराव मौसमाका कारण ढिलो उडेर दिउँसो ४.४५ बजे मात्र विमानस्थलमा अवतरण भएको हो ।  पूर्व निर्धारित समय तालिका अनुसार दोहाबाट स्थानीय समय अनुसार बिहान ४ बजे उड्ने भनिए पनि जर्मनीको ह्यामबर्गबाट दोहासम्म ६ घण्टा उडान गरिसकेकाले बिहानै विमान नउडेको निगमले जनाएको छ ।
निगम व्यवस्थापनले २०७० साल ९ वैशाखमा दुई ओटा एयरबस जहाज खरिद गर्न बैना स्वरुप पा“च लाख अमेरिकी डलर (त्यसबेलाको ४ करोड ३५ लाख रुपैयाँ) एयरबसलाई पठाएको थियो । त्यसपछि गत २९जेठमा निगम र कर्मचारी सञ्चय कोÈबीच  १० अर्ब बराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो ।
सोही सम्झौता अनुसार एउटा जहाजको अङकित मूल्य (क्याटलग प्राइस) ७ करोड ५० लाख अमेरिकी डलर ( ७ अर्ब २० करोड रुपैयाँ ) रहेको छ । निगम र एयरबसबीच करिब पा“च वर्È (सन् २००८) अघिको अङकित मूल्यमा लागत मूल्य जोडेर त्यसैअनुसार जहाज लिने–दिने सम्झौता भएको थियो । पा“च वर्Èअघि एयरबसले ४ करोड १२ लाख ८९ हजार डलर ( तीन अर्ब ८ करोड ४२ लाख ८८ हजार ३ सय रुपैयाँ) मा एउटा जहाज दिने गरी निगमको टेन्डर जितेको थियो । त्यसमा लागत रकम थप गरेर जहाज उपलब्ध गराइएको हो ।
निगमलाई सो जहाज किन्न कर्मचारी सञ्चय कोÈले एकमुष्ठ  १० अर्ब रुपैयाँ ऋण दिएको थियो । कोÈलाई जहाज सञ्चालनमा आएपछि तीन÷तीन महिने किस्ताबन्दीमा तिर्दै जाने गरी सम्झौता गरिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि निगमलाई दुईओटा एयरबस ए ३२०–२०० सिरिजका जहाज किन्न दिएको ऋणका लागि वार्Èिक १२ प्रतिशत ब्याजदर तोकेको छ  भने चुक्ता अवधि १५ वर्È राखिएको छ । अहिले  निगमको जहाज यहा“बाट दोहा, हङकङ, बैंकक र क्वालालम्पुरको उडान गरिरहेको छ । दुबई उडान स्थगीत गरेको छ भने भारतको नया“दिल्ली उडान पूर्ण रुपमा बन्द छ ।  निगमका प्रवत्ता रामहरी शर्माले ५० घन्टाको उडानपछि मात्र एयरबसले उडानको जिम्मा सम्पूर्ण रुपमा नेपाली पाइलट टोलीलाई दिने बताए । उनले यस नयाँ एयरबसले आगामी १३ फागुनबाट नियमित नयाँदिल्ली उडान भर्ने बताए । यस नया“ जहाज लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यको नेतृत्वमा निगमका महाप्रवन्धक मदन खरेल लगायतका उच्च सरकारी टोली जर्मन पुगेको थियो । पर्यटन मन्त्री सहितको सरकारी टोली नया“ एयरबसमा चढेर काठमाडौं आएका हुन ।

No comments:

Post a Comment