Sunday, February 15, 2015

सिम्रिकको भ्यालेन्टाइन स्पेशल उडान

काठमाडौ,२ फागुन –आन्तरिक वायुसेवा सञ्चालन  कम्पनी  सिम्रिक एयरलाइन्सले भ्यालेन्टाइन डे को अवसरमा  शनिबार विशेÈ पर्वतीय उडान गरेको छ ।
सो एयरलाइन्सले यसअघि पनि हरेक वर्È भ्यालेन्टाइन डे को अवसरमा यस्तै विÈेश सहुलियत दरमा युवा–युवती लÔित भ्यालेन्टाइन माउन्टेन उडान सेवा प्रदान गर्दै आएको थियो । सोही कार्यक्रमको निरन्तरता रुवरुप सिम्रिक एयरलाइन्सले १४ फेब्रुअरीका दिन (शनिबार) विहान स्वदेशी र विदेशी युवा युवतीको जोडीलाई काठमाडौ र पोखराबाट माउन्टेन उडान गराएर मनोरञ्जन दिलाएको थियो ।
सो कार्यक्रममा सहभागी हरेक जोडीलाई काठमाण्डौबाट सुरु भएको माउन्टेन उडानकालागि अन्य दिनहरुको भन्दा निकै सहुलियत भाडा दर जम्मा १५ हजार ९ सय ९९ रुपैया“मा सहभागी गराएर आनन्दित बनाएको थियो । यसैगरी, भ्यालेनटाइनकै अवसरमा पहिलोपटक गरिएको पोखरा माउन्टेन ङ्खलाइटका हरेक जोडीको भाडा दर पनि जम्मा १० हजार ९ सय ९९ रुपैया“मा उपलब्ध गराईएको सिम्रिक एयरलाइन्सले जनाएको छ । 
सिम्रिक एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाले शनिबार विशेÈ माउन्टेन ङ्खलाइटका जोडी हरुलाई विशेÈ उपहार समेत प्रदान गरेको जानकारी दिए । 
उनले भ्यालेनटाइन डे को अवसरमा आयोजना गरिएको विशेष पर्वतीय उडानमा युवायुवतीलाई लक्षित गरिएको भएपनि अन्य उमेरका भ्यालेनटाइन जोडीहरु समेत सो उडानमा सहभागी भएको बताए । उनले यसपालीको भ्यालेनटाइन डे का दिन बिहान केही मौसम विग्रिएपनि काठमाडौबाट ७ ओटा माउन्टेन उडान र पोखराबाट ७ ओटा स्पेशल पर्वतीय उडान गर्न सफल भएको जानकारी दिए । काठमाडौ र पोखराको आकास राम्रोसँग नखुलेका कारण बिहान काठमाडौबाट ९ ओटा र पोखराबाट ४ ओटा स्पेशल माउन्टेन उडान गराउने तयारी भएपनि लक्ष्य अनुरुपको  सेवा दिन नसकिएको बताए । उनले  सिम्रिक एयरलाइन्सले आगामी दिनमा भ्यालेनटाइन डे लगायत अन्य पर्वहरुका दिनमा पनि यस्तै किसिमको पर्वतीय उडान गराएर थप हवाई यात्रुको आकर्षण बढाउने लक्ष्य लिएको जानकारी गराए ।

No comments:

Post a Comment