Saturday, June 17, 2017

सडक निर्माणमा भईरहेको ढिलाइप्रति साँसदको चासो


काठमाडौ, ३ जेठ– नेकपा एमाले काठमाडौ क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरले आफ्नो सक्रियतामा हाल ५ करोड ६० लाख रुपैयाँको लगानीमा निर्माण हुँदै गरेको गुहेश्वरी, बोहोराटार, धितालथोक हुँदै तीनपिप्लेस्थित काठमाडौ–त्रिशुली जोड्ने पासाङ ल्हामु राजमार्ग छिचोल्ने सडक निर्माण कार्यमा भईरहेको ढिलाइप्रति गम्भिर चिन्ता व्यक्त गरेका छन । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बालाजु दगुर्नेपानीदेखि पुरानो गुहेश्वरी हुँदै तारकेश्वर नगरपालीका–५ बोहोराटार माइक्रोबस स्ट्याण्डसम्म ढलान र कालोपत्रे गर्नेकाम सम्पन्न भइसक्नुपर्नेमा अहिलेसम्म निर्माणको काम त्यसै अलपत्र रहेकामा गम्भिर चिन्ता व्यक्त गर्दै उनले अब यस सडक निर्माण कार्यले गतिलिने बताए ।
विगत केही सातादेखि आफुले यस सडक निर्माणमा भईरहेको ढिलाइप्रति निकै चासो लिएर सडक विभाग लगायत अन्य सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदै आएको जानकारी गराउँदै उनले यस बहुवर्षिय सडक निर्माण आयोजना लगायत अन्य विकासकालागि साँसद विकास कोषको तर्फबाट खर्च गर्न पाउने गरि पुन यस क्षेत्रको विकासकालागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको बताए ।  तारकेश्वर नगरपालिकास्थित हरियाली समाजद्धारा शनिबारबार आयोजित तारकेश्वर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख लगायत अन्य जनप्रतिनीधीहरुको बधाई एवं शुभकामना कार्यक्रममा सांसद मानन्धरले यस्तो चिन्ता व्यक्त गरेका हुन । उनले यस सडक निर्माण कार्यमा कुनै अवरोध नपु¥याउन स्थानीयवासीलाई समेत आग्रह गरे । सरकारले काठमाडौको उत्तरी क्षेत्रमा सबै सुविधा सम्पन्न स्मार्ट सिटी बनाउने अवधारणा समेत सार्वजनिक गरिसकेकाले अब यस क्षेत्रको विकास निर्माणकालागि स्थानीयवासी स्वयंम जागरुक हुनुपर्ने बेला आएको बताए । सडक निर्माण एवं ढल जडान जस्ता अति आवस्यकीए पूर्वाधार विकास भएपछि मात्र आफुहरुले चाहना गरे अनुरुपको शहर बन्ने भन्दै उनले यस क्षेत्रको विकास निर्माणकालागि सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरे ।
उनले यस क्षेत्रलाई आफुले सरकारले खोजे जस्तो नमुनाको शहरिकरणको परिकल्पना गरेको भन्दै आफ्नो यस कदमलाई साथ दिन आग्रह गरे । उनले सांसद विकास कोषबाट खर्च हुने रकमलाई समेत समानुपातिक ढंगले स्थानीयवासीको चाहना एवं आवस्यक्ता अनुरुप वितरण गर्न आफु लागिपरेको बताए । उनले अब यस क्षेत्रलाई काठमाडौ उपत्यकाकै नमुना पर्यटकीय हब बनाउने लक्ष्य लिएको बताए । उनले यहाँको प्राकृतिक विविधता, ऐतिहासिक धरोहर र स्थानीय उत्पादनको उचित उपयोग र प्रवद्र्धन गरि यस क्षेत्रलाई नमुना पर्यटकीय हब बनाउने कार्यमा आफु निरन्तर लागिपरेको बताए ।
तारकेश्वर नगरपालिकाको मेयर रामेश्वर बोहोराले यस क्षेत्रलाई मुलुककै नमुना पर्यटकीय शहरको रुपमा विकास गर्न आफुहरुले तारकेश्वर नगरपालीकाको छुट्टै गुरुयोजना तयार बनाएर सोही अनुरुप विकासका काम अघि बढाइने बताए । जसकालागि सबैभन्दा पहिले यहाँका सडक बाटो निर्माण , खानेपानी , खेलमैदान लगायत अन्य पर्यटकीय गतिविधीलाई व्यवस्थित रुपमा अघि बढाइने भन्दै उनले अब यस नगरपालिका भित्रका सम्पूर्ण भित्री सडकहरु पनि न्युनतम १३ फिट कायम गरिने बताए । उनले यहाँका पुराना निजी तथा सरकारी भौतिक संरचनालाई खासै असर नपर्नेगरि भित्रि सडकको मापदण्ड न्युनतम १३ फिट कायम गरिने भएकाले स्थानीयवासीलाई सोही अनुरुप बाटो छाड्न आग्रह गरे । यहाँका पर्यटन प्रवद्र्धन, खानेपानी व्यवस्थापन, सडक निर्माण एवं सोलार बत्ती जडान लगायत अन्य विकास निर्माणका विषयमा स्थानीयवासीसँगको छलफलपछि यस नगरपालिकाको गुरुयोजना बनाइने बताए ।
तानपाका उप मेयर भवानी डोटेल (धिताल) तानपा ५ वडाका अध्यक्ष बासुप्रसाद गौतम र सदस्य जयराम अर्याल लगायतले पनि यस क्षेत्रको विकास निर्माणकालागि आफुहरुले आफ्नो कार्यकालमा उल्लेखनीय काम गरेर देखाउने प्रतिवद्धता जनाएका छन । उनीहरुले तारकेश्वर नगरपालिकाको पर्यटकीय गन्तब्यस्थल भ्युटावरदेखि नार्गाजुन दरबार भन्दामाथी जामाचो मन्दीरसम्म जाने केबलकार स्थापना गर्न समेत आफुहरुले सक्रियता देखाएको बताएका छन । यसैगरि उनीहरुले यस क्षेत्रलाई उपत्यकाकै राम्रो खानेपानी जोनको रुपमा समेत विकास गरिने लक्ष्य लिएको बताए । सो कार्यक्रममा समाजका अध्यक्ष रविन्द्र पण्डित लगायत अन्य पदाधिकारीहरुले यस क्षेत्रमा हाल भईरहेका विविध विकास निर्माणका गतिविधीहरुबारे जानकारी गराएका थिए ।

निगमलाई दुईवटा विमान खरिदकालागि २४ अर्ब जुट्यो नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग भयो ऋण सम्झौता

मधुजंग पाण्डे
काठमाडौ
सरकारको जमानतपछि बल्ल मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईवटा वाइडवडी एयरवस विमान खरिद गर्नकालागि लगानी जुटेको छ । नयाँ विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२÷१२ अर्ब रुपैयाँ ऋण लगानीका लागि निगम व्यवस्थापनले छुट्टाछुट्टै सम्झौता गरेको हो ।
निगमले आइतवार कर्मचारी सञ्चयकोषसँग र सोमबार नागरिक लगानीकोषसँग एउटा÷एउटा विमान खरिद गर्न पुग्ने ऋण सम्झौतामा हस्ताक्षर गरेको छ । सोमबार निगमका तर्फवाट महाप्रवन्धक सुगतरत्न कंसाकार र नागरिक लागनी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले हस्ताक्षर गरेका हुन् । कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषले सरकारको जमानतमा एयरबस विमान खरिदकालागि ऋण उपलब्ध गराएका हुन् ।
दुबै कोषले निगमकालागि एउटा एउटा विमानका लागि ऋण उपलब्ध गराएका हुन्। यी दुबै निकायसँग निगमले आगामी १५ बर्षका लागि ऋण लिएको हो । वार्षिक ९ प्रतिशत व्याजमा हरेक तीन÷तीन महिनामा किस्ता बुझाउने गरि ऋण सम्झौता गरिएको निगम महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी गराए । उनले हरेक तीन÷तीन महिनामा निमगले कोषसँग लिएको ऋणको किस्ता बुझाउने सर्तमा यो सम्झौता भएको बताए ।
नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत पोखरेलले विमान खरिदकोलागि प्रदान गर्ने रकमको ब्याजदर पहिलो ब्यवसायिक उडान नभएसम्मको लागि परिवर्तन नहुने ब्यवस्था गरिएको बताए । सो विमान खरिदकालागि कोषले उपलब्ध गराएको क्रणको भुक्तानी अवधि १५ बर्षको राखिएको  जानकारी गराउँदै उनले उडान क्षेत्रको ब्यवसायिक योजनामा कोषले निगमलाई क्रण दिने कार्य पहिलो पटक गरेको बताए । उनले यस सम्झौताबाट प्रत्यक्ष रुपमा मुलुकको आर्थिक समृद्वि,  रोजगारी सृजना र पर्यटन क्षेत्रमा थप विकास हुने अपेक्षा कोषले गरिेको बताए ।
निगम महाप्रवन्धक कंसाकारले भने एयरबससँग हाइफ्लाइले गरेको विमान निर्माण अर्डर आफूहरुलाई प्राप्त भइ सकेको दावी गरे। उनले सो कागज नोटरी हुन बाँकी रहेको कारण मात्र कोषलाई उपलब्ध गराउन ढिला भएको समेत जानकारी गराए । उनले एयरबसले आगामी १९ देखि २५ जुनमा आयोजना हुने ’पेरिस एयर सो’ समारोहको अवसर पारेर नेपालको वाइडवडी जहाजलाई आफ्नो वेबसाइटमा राख्ने लिखित जानकारी हाइफ्लाइले आफुहरुलाई दिएको छ’ बताए । सन् २०१८ को मे र जुनमा दुवै विमान नेपाल ल्याइसक्ने निगमले दावी गर्दै आएको छ । विमान खरिदका लागि पहिलो किस्तावापत निगमले सात करोड ९० लाख अमेरिकी डलर (करिव आठ अर्ब नेपाली रुपैयाँ) पठाउने छ । यसअघि नै निगमले बैना वापत १० लाख अमेरिकी डलर भुक्तान गरिसकेको जनाएको छ । पहिलो चरणमा दुबै कोषबाट चार÷चार अर्ब रुपैयाँ लिने कंशाकारले बताए। विमान विक्रेता कम्पनी एएआर कर्पोरेसनले प्रतिविमान १० करोड ४८ लाख अमेरिकी डलरका दरले निगमलाई उपलब्ध गराउने सम्झौता यसअघि नै भइसकेको छ ।
यसैबीच कर्मचारी सञ्चय कोषले एयरबसलाई विमान निर्माणको अर्डर गरेको प्रमाण ल्याएपछि मात्र रकम भुक्तानी दिने सर्त राखेको छ । आयरल्यान्डको हाइफ्लाइ एक्सले एयरबसलाई अर्डर गरेको विमान खरिद गर्न नसक्ने भएपछि अमेरिकाको एएआर कर्पोरेसनले सकारेर आफुलाई बेच्न लागेको निगमले जनाएको थियो । सोही अनुरुप हाइफ्लाइले एयरबसलाई विमान अर्डर गरेको बताईएको छ । अहिलेसम्म कर्मचारी संचय कोषले आफुले उपलब्ध गराउने ऋण १२ अर्ब रकम भुक्तानीका लागि निगमलाई ‘एड्भान्स पेमेन्ट ग्यारेन्टी’ या अरु कुनै विश्वासिलो सुरक्षण ल्याउन पनि सर्त राखेको छ।  एयरबसले आफूलाई अर्डर आएको देखि डेलिभर भएकोसम्म जहाजको विवरण वेवसाइटमै राखेको छ । त्यसमा ठेगाना नखुलेको हाइफ्लाइ नामको एउटा कम्पनीको विवरण उल्लेख छ । तर, सो कम्पनीले विमान खरिदका लागि पछिल्लो समय कुनै अर्डर गरेको छैन । विमान विक्रेता कम्पनी एएआर कर्पोरेसन या निगमको नाममा पनि एयरबसलाई अर्डर गएको छैन। एयरबसले कुल १७ हजार १ सय ५५ थान विमानका लागि अर्डर पाएको विवरण आफ्नो वेवसाइटमा उल्लेख गरेको छ । त्यस मध्ये निगमले खरिद गर्ने भनेको ए ३३०–२०० प्रकारको दुई हजार ९ सय ११ थान विमान अर्डर भएको एयरबसले जनाएको छ । नयाँ विमान खरिदका लागि आवश्यक डलर साट्न निगमले नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेको छ । नयाँ विमान आएपछि साउदी अरब, कोरिया , अष्ट्रेलिया, बेलायत र जापानमा उडान सेवा विस्तार गर्ने लक्ष्य लिएको निगमले जनाएको छ ।

काठमाडौंमा रेल निर्माणकालागि ५ कम्पनी इच्छुक ,दुई रुटमा मेट्रो र तीनमा मोनोरेलको प्रस्ताव, तीन शहर जोड्ने ७८ किमि मेट्रो निमार्ण गर्न साढे ५ खर्ब ४७ अर्ब रुपैयाँ लाग्ने अनुमान

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २८ फागुन
लामो समयपछि बल्ल काठमाडौं उपत्यकामा मेट्रो तथा मोनो रेल निर्माणकालागि विभिन्न ५ वटा कम्पनी इच्छुक देखिएका छन् । अहिलेसम्म इच्छा देखाएका विभिन्न कम्पनीले जाँगर लगाएर समयमा काम गरिदिए भने सार्वजनिक सवारी चढ्नकैलागि निकै सास्ती खेप्दै आएका राजधानीवासीको रेल सपना सजिलै साकार हुने अपेक्षा गरिएको छ । लगानी बोर्डका अनुसार काठमाडौ उपत्यकामा मेट्रोे तथा मोनो रेल बनाउँन विभिन्न पाँच वटा कम्पनीले इच्छा देखाएर प्रस्ताव नै पेश गरेका छन् ।
बोर्डमा परेको प्रस्तावमा मलेसिया, जापान, चीन, कोरिया र एसीयाली विकास बैंक (एडीबी) रहेका छन् । लगानी बोर्डका बोर्डका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार मलेसियन कम्पनीले नेपाली कम्पनीसँगको सहकार्यमा लगानी गर्ने गरी प्रस्ताव दिएको छ ।
मलेसियाले काठमाडौंको २७ किलोमिटरको रिङरोडमा मोनोरेल बनाउँने प्रस्ताव गरेको हो । बोर्डमा परेको प्रस्तावमा मलेसियाले भन्डै ८५ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ । बोर्डमा परेको पाँचवटै कम्पनीको प्रस्तावमा उपत्यकामा मेट्रो तथा मोनो रेल दुबैमा संभावना औल्याइएको छ । चिनियाँ, कोरियन र मलेसियनको प्रस्तावमा भने इन्जिनियर प्रोक्युअरमेन्ट तथा कन्ट्रक्सन (ईपीसी) मोडल अपनाउने पनि उल्लेख छ । उपत्यकाको रिङरोड र रिङरोड बाहिरको दुई रूट गरी तीन वटा रुटमा मोनोरेल र काठमाडौंको भित्रको दुईवटा रुटमा मेट्रोरेल बनाउँने प्रस्ताव आएको बोर्डले जानकारी दिएको छ । ईपीसी मोडलको प्रस्ताव गर्ने देशबाट नै वित्तीय व्यवस्था पनि गरिदिने प्रस्तावसमेत रहेको लगानी बोर्डले जानकारी दिएको छ ।
काठमाडौंमा मेट्रो तथा मोनो रेलको संम्भाव्यता र लगानीको विषयमा सुझाव दिन सरकारले राष्ट्रिय योजना आयोगका सदस्य हिरेन्द्रमान प्रधानको संयोजकत्वमा एक सुझाव समिति गठनसमेत गरेको छ । समितिले काठमाडौं मेट्रो तथा मोनो रेलमा आएको प्रस्तावको अध्ययन गरेर सरकारलाई उपयुक्त सुझाव दिने उल्लेख छ । ईपीसीसहितको तीनवटै कम्पनीको प्रस्ताव, ईपीसीसहित वित्तीय व्यवस्थाको प्रस्ताव र अन्य प्रस्ताव माथि पनि अध्ययन गरेर उपयुक्त मोडल र लगानीको विषयमा सरकारलाई सुझाव दिने कार्यगत सर्त तोकिएको पनि बोर्डको भनाइ छ । यो समितिमा लगानी बोर्ड सदस्य सचिव रहेको छ ।
काठमाडौंमा मेट्रोरेल बनाउन यस अघि कोरियाली कम्पनी चुङसुङ इन्जिनियरिङले एक अध्ययन प्रतिवेदन सरकारलाई दिएको छ । यो कम्पनीले काठमाडौंको पाँचवटा रूटको मेट्रो रेल निर्माण गर्न सकिने प्रतिवेदन दिएको छ । यो कम्पनीले दिएको अध्ययन प्रतिवेदन अनुसार उपत्यकाको तीन सहर जोड्ने ७८ किलोमिटरको मेट्रो रेल निमार्ण गर्न साढे पाँच खर्ब ४७ अर्ब लागत लाग्ने विभागले जानकारी दिएको छ । काठमाडौंमा निर्माण गर्न अध्ययन भएको मेट्रो रेल एउटा रुट कलंकीबाट सुरु भई सातदोबाटो, नारायण गोपाल चोकहुँदै कलंकी नै आइपुग्ने गरी रिङरोड घुम्ने छ । यसैगरि, दोस्रो रुट सातदोबाटो–त्रिपुरेश्वर–रत्नपार्कहुँदै नारायणगोपाल चोकसम्मको रहने बताईएको छ ।
त्यसैगरि, तेस्रो रुट तीनकुने–माइतिघर–कलंकी हुँदै कीर्तिपुरसम्मकोे हुने छ । यी तीनवटा रुट सडकमाथिको मोनोरेल हुने छ । गोङ्गबु–नारायणहिटी–डिल्लीबजार–माइतीघर–पुल्चोकहुँदै घोविघाट जाने र स्वयम्भू–रत्नपार्क–डिल्लीबजार– चावहिलहुँदै बौद्ध तर्फ सञ्चालन हुनेको रुट भूमिगतहुँदै जाने मेट्रोको हुने उल्लेख छ । मेट्रोरेल काठमाडौंको आवश्यकता भएकोले यसको बारेमा सरकारले चासो लिएको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले यस अघि आगामी १० वर्ष भित्रमा काठमाडौंमा मेट्रो रेल निर्माण गर्ने सरकारी तयारी रहेको जानकारी पनि दिएका थिए ।

आर्थिक सम्बृद्धिको आधार पर्यटन , पूर्वाधार निर्माण र हवाई सेवाको पहुँच विस्तार गर्नुपर्छ

मधुजंग पाण्डे
गत ३१ बैशाखमा पहिलो चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको लहरसँगै अहिले २०७२ साल बैशाखमा गएको विनासकारी भूकम्प र भारतीय नाकाबन्दीले थलापरेको मुलुकको पर्यटन क्षेत्रलाई माथी उकास्न धमाधम बैंकिङ लगानीको आकर्षण बढेको छ । आगामी ९ असारमा हुने भनिएको दोस्रो चरणको निर्वाचनपछि पर्यटन क्षेत्रमा हाल भईरहेको लगानीको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ । स्थानीय तहको निर्वाचन पछि हुने विविध आर्थिक एवं अग्रगामी विकासका गतिविधीको सम्भावनालाई लक्षित गरि सरकारले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । अधिकाँश पुराना कार्यक्रमलाई नै निरन्तरता दिँदै राष्ट्रपति विद्यादेवि भण्डारीले प्रस्तुत गरेको सो नीति तथा कार्यक्रममा पनि आर्थिक सम्बृद्धिको आधार पर्यटन र उर्जा क्षेत्रको विकास भनिएको छ ।  यसैगरि, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा बाराको निजगढमा निर्माण हुँदै गरेको दोस्रो अन्तराष्ट्रिय विमानस्थल, भैरहवाको गौतमबुद्ध र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि कुल १३ अर्ब ७३ करोड बजेट विनियोजन गरेको छ ।
राष्ट्रिय गौरबको आयोजना निर्माणकालागि केन्द्रिय सरकारी ढुकुटीबाट नै खर्च हुने गरि सो बजेट खर्च गर्ने लक्ष्य सरकारले लिएको छ । यसैगरि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान क्षमता बृद्धि एवं अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरोन्नति गर्ने सरकारको पुरानै कार्यको निरन्तरतासँगै  आगामी आवको बजेटमा कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङ मार्गमा परिणत गरी त्यसमाथि विमानस्थलको धावनमार्ग र पार्किङ वे थप गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।
अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार आयोजना अन्तर्गत विविध काम भइरहेका छन् । सरकारले पहिलोपटक बजेट मार्फत कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङमार्गमा परिणत गरी धावनमार्ग र पार्किङ वे विस्तारको योजना बनाएको छ  । यो मुलुकको पर्यटन पूर्वाधारको निकै महत्वपूर्ण कार्य हो ।  सरकारको लक्ष्य अनुरुप यो बजेट व्यवहारमा कार्यान्वयन भई सकेसम्म छिटो काम भए पर्यटनमा निकै उपलब्धीमुलक कार्यक्रम हुने पर्यटन क्षेत्रका व्यवसायी एवं अन्य सरोकारवालाहरुले बताएका छन । बरिष्ठ पर्यटन व्यवसायी एवं नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष आङछिरिङ शेर्पाले यस बजेट अझै निजी क्षेत्रको अपेक्षा अनुरुप लगानीमैत्री नभएको बताएका छन् । उनले यसपालीको बजेटमा तीन वटा मिानस्थल निर्माणका कुरा बाहेक समग्र रुपमा पर्यटन क्षेत्रको थप विस्तारकालागि खासै नयाँ कार्यक्रम ल्याउन नसकेको बताए । उनले पर्यटन पूर्वाधारको विकासकालागि अझै सरकारले धेरै काम गर्नुपर्ने भन्दै अहिलेसम्मको यस पर्यटकीय गतिविधी निजी क्षेत्रको प्रयासमा मात्र भईरहेको बताए ।
शेर्पा लगायत अन्य सम्बन्धीत अधिकाँश व्यवसायी एवं सरोकारवालाहरुले बल्ल यसवर्ष बजेटमा नै उल्लेख गरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार आयोजना अन्तर्गत विमानस्थलको ट्राफिक चाप न्यूनीकरण गर्ने उद्देश्यसहित सरकारले कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङमार्गमा परिणत गरी धावनमार्ग र पार्किङ वे विस्तारको योजना ल्याइएकोमा यसलाई सरकारको राम्रो प्रयास भनेका छन । सरकारको यो महत्वकाँक्षी लक्ष्य पुरा भएको खण्डमा अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी पाहुनाको नजरमा फैलिएको नकारात्मक दृष्टि स्वतः हट्ने छ । अब विगतका वर्षहरुमा जस्तो अन्तर्राष्ट्रिय विमानस्थलमा भईरहेको हवाई ट्राफिक जामको समस्याबाट केही हदमा भएपनि हवाई यात्रुहरुले मुत्ति पाउने अपेक्षा गर्न सकिन्छ ।
पर्यटन पूर्वाधारको विकास र प्रवद्र्धनका विगतका कार्यक्रमलाई निरन्तरता दिँदै विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई सहज हवाई सेवा उपलब्ध गराउने उदेस्य सहित विगत लामोसमयदेखि निकै अत्यावस्यक आवश्यकताको रुपमा देखिएको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई विशेष  प्राथमिकतामा राख्दै अहिले यि तीनवटा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट विनयोजन गरेको हो ।
विश्वको सर्बोच्च शिखर सगरमाथामा तेन्जिङनोर्गे शेर्पा र सर एडमण्ड हिलारिले पहिलो पटक मानव पाइला टेकेको ६४ वर्ष पछि बजेट मार्फत सरकारले हाल सञ्चालित विमानस्थल स्तरोन्नती एवं नयाँ विमानस्थल निर्माण र हवाई सेवाको पहुँच विस्तार गर्ने लक्ष्य पुरा भएको खण्डमा संसारभरबाट सहज रुपमा नेपाल भित्रिने पर्यटकको  ओईरो लाग्ने छ ।  विमानस्थलसँगै अब सरकारले पर्यटकलाई गाउँ गाउँसम्म पु¥याउन हाल विक्री भईरहेका बाहेक अन्य नयाँ पर्यटकीय गन्तव्यस्थलको खोजी एवं प्रवद्र्धन गरि त्यहाँका स्थानीयवासीको आयस्तर बढाउनेतर्फ उन्मुख हुनुपर्छ ।


 
आर्थिक सम्बृद्धिको आधार पर्यटन गतिविधीलाई अपेक्षा गरिएअनुसार थप चलायमान बनाउन सबैभन्दा पहिले दुई वर्ष अघि भूकम्पले भत्किएका विश्व सम्पदाको सूचिमा रहेका सम्पदाहरुको तत्काल पुर्नरनिर्माण हुनुपर्छ । अहिलेसम्म खण्डहर अवस्थामा रहेको राजधानीको ऐतिहासिक धरोहर सुन्धाराको धरहरा, बसन्तपुर, पाटन र भक्तपुर दरवार संरक्षण क्षेत्र, स्वयम्भुनाथ, पशुपतिनाथ मन्दीर लगायत धेरै पर्यटकीय गन्तब्यस्थलहरुको अवस्था खण्डहर छ । अहिले बौद्धनाथको बौद्ध स्तुपाको पूर्नरनिर्माणको  काम मात्र सम्पन्न भएको देखिन्छ । सरकारको यस्तो कछुवाको गतिले भुकम्पले ढलेका भौतिक संरचना अझैसम्म अलपत्र रहेको र त्यहाँका बहुमुल्य बस्तुहरु धमाधम घाम र पानीले सढ्न थालेको दृस्यले विदेशी पर्यटकको नजरमा नकारात्मक प्रभाव पर्ने अवस्था कायमै छ ।
विश्व सम्पदा सूचिमा सूचिकृत यि क्षेत्रहरुमा पुग्ने पर्यटकलाई थप आकर्षित गर्न पर्यटकीय पूर्वाधार विस्तारमा जोड दिनुपर्छ । अहिलेसम्म पोखरा, चितवन, लुम्बिनी र सगरमाथालाई मात्र बिक्री गरिएको पुरातन  कार्यशैलीमा परिवर्तन ल्याउनु अवस्यक छ । मुलुकका हरेक गाउँ–टोलमा पर्यटक पु¥याउने वातावरण बनाउन अब होमस्टे एवं घरवास पर्यटनलाई पनि सरकारले उत्तिकै प्राथमिक्तामा राख्नुपर्छ । हाल सञ्चालित सगरमाथा लगायत विभिन्न हिमाल आरोहणकालाथि सरकारले थप नयाँ प्याकेज बनाउन सक्नुपर्छ । हाल आरोहणकालागि खुल्ला गरिएका हिमाल आरोहण शुल्कमा केही छुट एवं अन्य पर्यटक आकर्षणका थप नयाँ नयाँ प्याकेज ल्याउन सक्नुपर्छ ।  
मुलुकको पर्यटन प्रवद्र्धनकालागि सबैभन्दा पहिले पर्यटकलाई आरामसँग बस्ने ठुला तारे, डिलक्स, बुटिक एवं लक्जरी होटल सञ्चालनकालागि विभिन्न बैंक तथा वित्तीय संस्थाले अहिलेसम्म करिब ५७ अर्ब रुपैयाँ लगानी गरेका छन् । यस लगानी चालु आर्थिक वर्ष भन्दा अघिल्लो वर्षको तुलनामा करिब २७ अर्ब रुपैयाँले बढी हो । सो अवधिमा होटल क्षेत्रको व्यापार अपेक्षित रूपले नबढे पनि पूर्वाधार निर्माणका कामहरू निकै तिब्रताकासाथ अघि बढेकाले बैंक तथा वित्तीय संस्थाहरुको लगानी बढेको हो ।
आर्थिक वर्ष २०७१÷७२ मा होटल क्षेत्रमा विभिन्न बैंक तथा वित्तीय संस्थाको लगानी जम्मा ३० अर्ब ११ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षमा त्यो लगानी बढेर ३९ अर्ब ९० करोड पुगेको रुपैयाँ पुगेको थियो । अघिल्लो वर्षको तुलनामा त्यो करिब साढे ३२ प्रतिशतले वृद्धि हो । विनाशकारी भूकम्पले क्षति पु¥याएका पुराना होटल र रिसोर्टहरूको निर्माण तीव्र रूपमा भइरहेकाले र अहिले नयाँ होटलहरुमा पनि स्वदेशी एवं विदेशी व्यवसायीको आकषर्ण बृद्धि भएसँगै अहिले यस क्षेत्रमा बैंकिङ लगानी बढेको सम्बन्धीत व्यवसायी एवं बैंकरहरूले बताएका छन् । उनीहरुले चालु आर्थिक वर्षको वितेका साढे ११ महिनाको अवधीमा पनि अपेक्षा गरिएको भन्दा निकै बढी होटल क्षेत्रमा बैंकिङ तथा वित्तिय लगानी थपिएको बताएका छन ।
होटल एसोसिएसन अफ नेपाल (हान) को तथ्याङक अनुसार अहिले ठुला तारे, डिलक्स एवं पर्यटकीय बुटिक गरि अहिले मुलुकभर २ सय ५० वटा भन्दाबढी होटल सञ्चालीत छन् । त्यत्तिकै संख्यामा स–साना होटल र रिसोर्टहरू पनि खुलेका छन् । ती होटलहरूमा ठूलो रकम लगानी भएको छ । हानका अनुसार विगत केही वर्षयता होटल एवं हस्पिटालीटि क्षेत्रमा लगानी गर्न कर्पोरेट क्षेत्र निकै आकर्षित देखिएको छ ।
हानका अध्यक्ष अमरमान शाक्यले नेपालमा स्थापित भइसकेका ब्राण्ड र कर्पोरेट क्षेत्रले बढाएको लगानीले यो क्षेत्रलाई थप उत्साहित बनाएको बताए । उनका अनुसार हस्पिटालीटी एवं होटल उद्योगप्रतिको लगानी निकै सकारात्मक देखिएको छ । पछिल्लो समय निर्माण सुरू गरेका र निर्माणाधिन होटलमा गरी मुलुकभर करीब ४ हजार कोठा संख्या थपको घोषणा भइसकेका छन् । अहिले सार्वजनिक घोषणा नगरी निर्माण सुरू गरिसकेका होटलको संख्या पनि धेरै रहेको उनले जानकारी दिए । पछिल्लो समय गैर आवासीय नेपाली संघ ( एनआरएन) का अध्यक्ष शेष घलेको लगानीमा निर्माण हुँदै गरेको ठमेलको सेराटन होटल सूर्य नेपाल, जगदम्बा ग्रुप, चौधरी ग्रुप, समिट ग्रुपले बनाउँदै गरेको होटल र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेहरुको लगानीमा ठमेलमा बन्दै गरेको छायाँदेवी कम्प्लेक्स भित्रको होटल सहितले होटल क्षेत्रमा देखाएको लगानी उत्साह नै पछिल्लो समयको सकारात्मक लगानीको वातावरण बनेको आभाव भएको उनको बुझाई छ । पछिल्लो समय कर्पोरेट क्षेत्रमा आफ्नो अलग पहिचान बनाएको सूर्य इन्टरप्राइजेजले पनि काठमाडौको रविभवनमा नयाँ होटल बनाउने घोषणा गरेको छ । सूर्य इन्टरप्रइजेजका संचालक प्रभाकरशम्सेर राणाले पाँचतारे डिलक्स होटल बनाउने योजना बनाएको बताएका छन् । राणाका अनुसार यस होटल ६ तारेसम्कै बनाउने योजना रहेको छ ।
अहिले यहाँ पाँचतारे डिलक्ससम्मको मात्रै स्तर निर्धारण गरिएकाले सोही स्तरको होटल हुने उनले जानकारी दिए । यसैगरि, मुलुकको सबैभन्दा पुरानो पाँचतारे होटल सोल्टीका सुरूवात कर्ता प्रभाकर शम्सेर राणाले होटल क्षेत्रलाई थप प्राथमिकता दिँदै लगानी गर्न लागेका हुन । कर्पोरेट क्षेत्रले होटलमा देखेको संभावनाकै करण पनि यो क्षेत्रप्रतिको उत्साह निकै सकारात्मक देखिएको उनको बुझाई छ । हाल नयाँ थपिन लागेका कर्पोरेट क्षेत्रका तारे देखि पाँचतारे डिलक्स सम्मका होटलमा करीब ५५ देखि ६० अर्ब रुपैयाँ लगानीको अनुमान गरिएको छ । यस अघि हानले दिएको तथ्यांक अनुसार ३७ सय कोठामैै ५७ अर्बको लगानी आइसकेको छ । डेड दर्जन होटलले मात्रै यस्तो लगानी प्रतिवद्धता देखाएका हुन । तारे स्तरभन्दा साना र थोरै लगानीका होटलको भने गणना नै नभएको हानले जनाएको छ । हानका अनुसार नेपालको होटल तथा हस्पिटालीटी क्षेत्रमा हाल करीब २ खर्ब रुपैयाँको लगानी अनुमान गरिएको छ ।
यसैगरि, काठमाडौको नागपोखरीमा निर्माण भइरहेको पाँच तारे होटल ‘म्यारियट’मा एनएमबी बैंकको नेतृत्वमा ३ अर्ब २० करोड रुपैयाँ लगानी भएको छ । बहुचर्चित अमेरिकी होटल चेन ‘म्यारियट’ले ब्यबस्थापन गर्ने यस होटलमा एनएमवी बैंकको नेतृत्वमा प्रभु बैंक र नेपाल बंगलादेश बैंक समेतको सहभागितामा ऋण लगानी भएको हो । कुल ३ सय २० रुम क्षमताको सो होटल निर्माणका लागि ४ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । सन् २०१८ को मध्यसम्ममा होटल निर्माण सकिएर संचालनमा ल्याउने लक्ष्य छ । १२ रोपनी क्षेत्रफलमा फैलिएको यस होटलमा कन्फ्रेन्स हल, क्यासिनो, मिनि गल्फ, हेल्थ क्लव, ब्याङ्क्वेट हल, स्पा लगायतका सुविधाहरु हुनेछन् । होटल क्षेत्रमा निजी क्षेत्रको कुल लगानीको वास्तविक तथ्याङक भने अझैसम्म बाहिर आएको छैन । भूकम्पका कारण गत वर्षको सुरुका ४÷५ महिना होटल क्षेत्रको व्यवसाय निकै सुस्ताएको थियो । अहिले धमाधम पुनः वृद्धिको बाटोमा लागेका छन ।
बैंक तथा वित्तीय संस्थालाई होटलमा कर्जा प्रवाह गर्न प्रोत्साहन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत पुनर्कर्जा सुविधाको नीति ल्याएको थियो। सो व्यवस्था अन्तर्गत तोकिएका पर्यटकीय स्थानहरूमा होटल स्थापनाकालागि लगानीकर्ताले सस्तो ब्याज दरमा ऋण पाउने भएका छन् । यसरी सहुलियत दरमा कर्जा प्रवाह गरेबापत बैंक तथा वित्तीय संस्थाले ४ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकबाट पुनर्कर्जा सुविधा पाउने छन् । पुनर्कर्जा बापत पाएको रकम बैंक तथा वित्तीय संस्थाले ९ प्रतिशत ब्याज दरमा नबढाई ऋण प्रवाह गर्नुपर्ने छ । जसका कारण पनि अहिले होटलमा लागनी विस्तार गर्न बैंकहरूलाई थप उत्साह मिलेको सम्बन्धीत सरोकारवालाहरूको भनाई छ ।
‘पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रूपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माईपोखरी, हलेसी, लाङटाङ, स्वर्गद्वारी, माथिल्लो मुस्ताङ, गढीमाई, जनकपुरधाम, रारा तथा खप्तड क्षेत्रमा सुविधा सम्पन्न स्तरीय होटल स्थापना गर्न साधारण पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गरिने छ’ चालु आर्थिक वर्ष २०७३÷७४ को मौद्रिक नीतिमा भनिएको थियो ।
पर्यटकीय सम्भावना भएर पनि तुलनात्मक रूपमा पछि परेका क्षेत्रमा धेरैभन्दा धेरै पर्यटक भित्राउने उद्देश्यले नेपाल राष्ट्र बैंकले विगतका वर्षहरुको तुलनामा गतवर्ष निकै सहुलियत दरको कर्जा नीति ल्याएको जनाइएको थियो । गत आर्थिक वर्षमा समग्र सेवा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी १ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा सो लगानी करिब १७ प्रतिशतले बढेको हो । ती मध्ये पर्यटन क्षेत्रभीत्रका (ट्रेकिङ, आरोहण एवं पदयात्रा, रिसोर्ट,¥याफटिङ र क्याम्पिङ) मा गत वर्ष बैंकहरूले ११ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अब सरकारले अहिलेसम्म निजी क्षेत्रले होटल लगायत अन्य पर्यटकीय पुर्वाधार क्षेत्रमा खनाएको यति धेरै लगानीको सुरक्षा एवं उचित संरक्षण गर्न सक्नुपर्छ । नत्र उनीहरुको लगानी त्यसै डुब्ने छ भने मुलुकको पर्यटन क्षेत्रको विकास धप धरासायी हुन सक्नेप्रति सरकार बेलैमा सचेत हुनुपर्छ ।
यसैगरि, सरकारले तत्काल यसअघि भएका पर्यटनका गुरुयोजना कार्यान्वयन गर्न सक्नुपर्छ ।  सरकारले अहिले सबै प्रदेशमा पर्यटन विकासका सम्भावना उजागर गर्दै गन्तव्य विस्तार गर्ने उद्देश्यसहित गुरुयोजना बनाइरहेको छ । आगामी आवमा बनिसकेका गुरुयोजना कार्यान्वयन गर्ने र बाँकी स्थानमा गुरुयोजना बनाउने योजना बनाएको छ । त्यसबाहेक पर्यटन व्यवसायी र पर्यटकलाई उत्साहित गराउने कार्यक्रम भने अझै आगामी आवको बजेटले समेटेको छैन । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डबाट कार्यान्वयन हुने खुद्रे कार्यक्रम अब स्थानीय तहबाटै कार्यान्वयन हुने अपेक्षा गरिएपनि अझै यस बजेट कार्यान्वयनमा सरकार निकै गम्भिर हुनुपर्छ ।

आरोही शेरचनको सगरमाथा आरोहणका क्रममा निधन

मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, २३ वैशाख
८६ वर्षीय वृद्ध आरोही मीनबहादुर शेरचनको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा निधन भएको छ । यसअघि आफ्नो तोडिएको विश्व कीर्तिमान फर्काउनका लागि गत ४ बैशाखमा काठमाडौबाट पुनः सगरमाथा आधार शिविरतर्फ लागेका शेरचनको शनिबार साँझ निधन भएको हो ।
म्याग्दीको भुरुवा तातोपानीका शेरचन काठमाडौंको समिट ट्रेक नेपाल ट्रेकिङ एजेन्सीबाट सगरमाथा आरोहणमा गएका थिए । यसपाली पनि पुनः सगरमाथाको शिखर चुम्ने अठोटका साथ काठमाडौंबाट आधार शिविरतर्फ प्रस्थान गरेका शेरचनको शनिबार साँझ सवा ५ बजे आधार शिविरमा हाइअल्टिच्युट कारण निधन भएको प्रारम्भिक अनुमान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।  उनले अहिलेसम्म शेरचनको शव आधार शिविरमा रहेको बताए ।
गत ४ बैशाखमा  सात सदस्यीय आरोहण टोलीसहित काठमाडौंबाट सगरमाथा आरोहणमा हिड्ेका  शेरचनको १९ दिनपछि निधन भएको हो ।  आरोही शेरचन काठमाडौंबाट हेलिकोप्टरमा नाम्चे बजार हुँदै आधार शिविर पुगेका थिए । उनको आरोहणकालागि मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान नै सञ्चालन गरिएको थियो ।
विगत १० वर्षअघि ७६ वर्षको उमेरमा सगरमाथाको शिखर चुमेर उनले संसारकै अग्लो सगरमाथाको शिखर चढ्ने सबैभन्दा पाको वृद्ध आरोहीको कीर्तिमान राख्न सफल भएका थिए । सन् २००८ को २५ मेका दिन सगरमाथाको सफल आरोहण गरेका आरोही शेरचनको नाम वल्ड रेकर्ड (गिनिज बुक) मा लेखिएको थियो । तर, सन् २०१३ मा जापानी आरोही मिउराले ८० वर्षको उमेरमा सगरमाथा चढेर उनको कीर्तिमान भंग गरेका थिए ।
आफ्नो कीर्तिमान तोडिएलगत्तै सन् २०१३ र २०१५ मा उनले पुनः सगरमाथाको शिखर चुम्ने प्रयास गरेका थिए । तर, सन् २०१३ मा उनले आरोहणको मौका नै पाएनन् भने सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण नाम्चेबाटै फर्किनुपरेको थियो । उनको अहिलेको यस आरोहण अभियानमा कुल नौजना आरोही सदस्य रहेका छन् ।
७६ वर्षको उमेरमा उनले तीन सय ४० दिन लगाएर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेका थिए  । आरोही शेरचनले यसपाली विश्वशान्ति र पृथ्वीआमाको रक्षाका लागि आफुले पुनः सगरमाथा आरोहण गर्ने बताएका थिए ।
सगरमाथा आरोहणकालागि काठमाडौबाट आधार शिविर तर्फ जानुअघि आयोजित पत्रकार सम्मेलनमा शेरचनले भनेका थिए । ‘बृद्ध उमेर भएपनि पुनः नयाँ रेकर्ड कायम गरान अझै तन्नेरीको झैं आफ्नो शरिर ज्यादै हल्का बनाएको छु ।  यसपाली जसरी पनि सगरमाथा चढेरै छाड्छु।’। उनको त्यो सगरमाथा चढ्ने सपना अधुरै भयो ।
५ वर्षअघि जेष्ठ नागरिक शैलेन्द्र कुमार उपाध्यायले पनि निजामती आरोहण अभियान मार्फत सगरमाथा आरोहणको प्रयास गर्दा यसैगरि, आरोहणकै क्रममा हिमालमै मृत्यु बरण गर्नुपरेको थियो । आरोही शेरचनको आरोहण अभियान दललाई म्याग्दी प्रवासी नेपाली संघ बेलायत, गैरआवासीय नेपाली संघ बेलायत, थकाली समाज बेलायत र मगर समाज बेलायतले सहयोग गरेका थिए । शेरचनको यस आरोहणका लागि करिब ९५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो ।
बृद्ध आरोही शेरचनको सगरमाथा आरोहणको क्रममा ज्यान गएपछि अहिले किन यती धेरै उमेरकालाई पनि आरोहणको अनुमति दिएको भन्ने प्रश्न उब्जिएको छ । तर पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को ३ नम्बर बुँदामा हिमाल आरोहणकालागि अनुमति लिनुपर्ने व्यवस्था छ । सो नियमावलीमा १५ वर्ष काटेकालाई मात्र अनुमति दिने उल्लेख भए पनि माथिल्लो उमेरको भने कुनै हदबन्दी उल्लेख गरिएको छैन ।
आरोही शेरचनको यस आरोहणमा काठमाडौंस्थित समिट नेपाल ट्रेकिङ प्रालि आधिकारिक आरोहण गराउने कम्पनी हो ।  यसपाली मौसमले साथदिए सगरमाथाको शिखरमा पुनः नयाँ कीर्तिमान कायम गराउने अठोट गरेका शेरचनलाई बचाउन नसकिएको उनका सहयोगी आरोही शिव सापकोटाले जानकारी गराए ।


८६ वर्षीय आरोही शेरचन पुनः सगरमाथातर्फ , २ सय ९४ आरोही आधार शिविर पुगे

मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, ४ वैशाख
८६ वर्षीय वृद्ध आरोही मीनबहादुर शेरचन पुनः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि त्यसतर्फ लागेका छन् । यसअघि आफ्नो तोडिएको विश्व कीर्तिमान फर्काउनका लागि उनी सोमबार पुनः सगरमाथा आधार शिविरतर्फ लागेका हुन् ।   आइतबार सगरमाथा प्रदूषण नियन्त्रण समितिसँग अनुमति लिएका वृद्ध आरोही शेरचन सोमबार पुनः सगरमाथाको शिखर चुम्ने अठोटका साथ काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । विगत १० वर्षअघि ७६ वर्षको उमेरमा सगरमाथाको शिखर चुमेर उनले संसारको सबैभन्दा अग्लो सगरमाथाको शिखर चढ्ने सबैभन्दा पाको वृद्ध आरोहीको कीर्तिमान राख्न सफल भएका थिए ।
सन् २००८ को २५ मेका दिन सगरमाथाको सफल आरोहण गरेका आरोही शेरचनको नाम वल्ड रेकर्ड (गिनिज बुक) मा लेखिएको थियो । तर, सन् २०१३ मा जापानी आरोही मिउराले ८० वर्षको उमेरमा सगरमाथा चढेर उनको कीर्तिमान भंग गरेका थिए ।
आफ्नो कीर्तिमान तोडिएलगत्तै सन् २०१३ र २०१५ मा उनले पुनः सगरमाथाको शिखर चुम्ने प्रयास गरेका थिए । तर, सन् २०१३ मा उनले आरोहणको मौका नै पाएनन् भने सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण नाम्चेबाटै फर्किनुपरेको थियो । उनको अहिलेको यस आरोहण अभियानमा कुल नौजना आरोही सदस्य रहेका छन् ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार आरोही शेरचनको यस आरोहण अभियान दलमा नौजना रहेका छन् । जसमा ६ जना अनुभवी गाइड रहेका छन् । आरोही शेरचनको यस आरोहणमा काठमाडौंस्थित समिट नेपाल ट्रेकिङ प्रालि आधिकारिक आरोहण गराउने कम्पनी हो ।  शेरचनले यसपाली मौसमले साथदिए सगरमाथाको शिखरमा पुनः नयाँ कीर्तिमान कायम गराउने अठोट गरेको उनका सहयोगी आरोही शिव सापकोटाले जानकारी गराएका छन ।    
यसैगरि, बृद्ध आरोही शेरचन सहित अहिले सगरमाथा आरोहणका लागि कुल ३१ व्टा समूह सगरमाथा आधारशिविर पुगेका छन् । जसमा २ सय ९४ आरोही रहेका छन् । तीमध्ये दुईवटा आरोहण दल भने नेपाली आरोहीको दल हो । त्यसैगरि, ल्होत्से हिमाल आरोहणकालागि यसवर्ष ६ वटा टोली आधारशिविर तर्फ पुगेका छन् । सो आरोहण टोलीमा ७० जना आरोही छन् । यसैगरि, न्हुत्से हिमाल आरोहणकालागि २ टोली आधारशिविर पुगेका छन् जसमा १९ जना छन् । सगरमाथा आरोहण टोली आधारशिविर भन्दा माथीको क्याम्प–२ मा जाने तयारीमा छ ।  जसका लागि अहिले सामान ओसार पसार कार्य भइरहेको सगरमाथा प्रदुषण नियन्त्रण समितिले जनाएको छ ।

सगरमाथा आरोहण गर्नेक्रम सुरु , कुल ४१ आरोहण दलबाट ३ सय ७४ जनाको अनुमति

मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, २ जेठ
विगतका वर्षहरुको तुलनमा यस वर्ष विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहणकानलागि स्वदेशी एवं विदेशी आरोहीहरुबीच प्रतिस्पर्धा एवं होड नै चलेको छ । सगरमाथा आरोहणकालागि विगत केही सातादेखि आधार शिविरमा पुगेका आरोहीहरुबीच अहिले कसले पहिला चढ्ने र अरुको भन्दा थप नयाँ कीर्तिमानी कायम गराउने भन्ने होड चलेको हो । सोही  आरोहण होडबीच सोमबार यस वर्षको वसन्तऋतुको पहिलो सगरमाथा आरोहण अभियान अन्तर्गत १४ जना स्वदेशी आरोहीले एकैपटक दक्षिणढी तर्फको मोहोडाबाट सगरमाथाको शिखर चुम्न सफल भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सगरमाथा आरोहणलाई व्यवस्थित बनाई अनुगमन गर्न आधार शिविरमा खटाइएका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले सोमबार सफल आरोहण गरेका १४ जनाको समुह नै यस वर्ष नेपाल तर्फबाट आरोहण गर्ने पहिलो आरोहण टोली भएको बताए । श्रेष्ठका अनुसार यसअघि गत शनिबार संखुवासभाकी ४४ वर्षीया महिला आरोही लाक्पा शेर्पाले तिब्बती तर्फको मोहोडाबाट ८ औं पटक सगरमाथा आरोहण गरेकी थिइन् ।
बाक्लो हिमपात र बदलिँदो खराब मौसमका कारण केही दिनदेखि बाटो खोल्ने प्राविधिकहरूको समूह (हाई अल्टिच्युट शेर्पा) चुचुरोमा उक्लिने प्रतीक्षामा थियो । आइसफल डक्टरको टोलीसहित सोमबार ब्रिटिस गोर्खाका तीन सदस्य ८ हजार ८ सय ४८ मिटर अग्लो चुचुरोमा पुगेका हुन । यस वर्ष आरोहण मौसममा सबैभन्दा पहिला सफल आरोहण गर्ने आरोहीहरुमा हाई अल्टिच्युट शेर्पाहरूको टोलीबाट पेम्बाछिरिङ शेर्पा, पेमाछिरी शेर्पा, कान्छुनुरु शेर्पा, लाक्पागेलु शेर्पा, सोनामजाङ्बो शेर्पा, पासाङ शेर्पा, छिमीलेन्दुक गुरुङ, डेन्डी शेर्पा, तासी शेर्पा, ज्याङ्बो भोटे रहेका छन् । यसैगरी ब्रिटिस गोर्खा आरोहण अभियानबाट आरोहण गर्ने आरोहीहरुमा कृष्ण थापा, निर्मल पुर्जा र धनी राई रहेका छन् ।
यस वर्ष जसरी पनि सबैभन्दा जेठो आरोहीको नयाँ रेकर्ड राख्ने लक्ष्कासाथ सगरमाथा आधार शिविरमा पुगेका ८६ वर्षिय बृद्ध आरोही मीनबहादुर शेरचन र स्विस नागरिक युली स्टेक सहित दुई जनाको ओरोहणकै क्रममा निधन समेत भइसकेको छ । यसअघि आफ्नो तोडिएको विश्व कीर्तिमान फर्काउनका लागि गत ४ बैशाखमा काठमाडौबाट पुनः सगरमाथा आधार शिविरतर्फ लागेका शेरचनको गत २३ बैशाखमा साँझ सवा ५ बजे आधार शिविरमा हाइअल्टिच्युटका कारण निधन भएको हो । म्याग्दीको भुरुवा तातोपानीका शेरचन काठमाडौंको समिट ट्रेक नेपाल ट्रेकिङ एजेन्सीबाट सगरमाथा आरोहणमा गएका थिए । उनको आरोहणकालागि मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान नै सञ्चालन गरिएको थियो ।
विगत १० वर्षअघि ७६ वर्षको उमेरमा सगरमाथाको शिखर चुमेर उनले संसारकै अग्लो सगरमाथाको शिखर चढ्ने सबैभन्दा पाको वृद्ध आरोहीको कीर्तिमान राख्न सफल भएका थिए । सन् २००८ को २५ मेका दिन सगरमाथाको सफल आरोहण गरेका आरोही शेरचनको नाम वल्ड रेकर्ड (गिनिज बुक) मा लेखिएको थियो । तर, सन् २०१३ मा जापानी आरोही मिउराले ८० वर्षको उमेरमा सगरमाथा चढेर उनको कीर्तिमान भंग गरेका थिए ।
आफ्नो कीर्तिमान तोडिएलगत्तै सन् २०१३ र २०१५ मा उनले पुनः सगरमाथाको शिखर चुम्ने प्रयास गरेका थिए । तर, सन् २०१३ मा उनले आरोहणको मौका नै पाएनन् भने सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण नाम्चेबाटै फर्किनुपरेको थियो । आरोही शेरचनले यसपाली विश्वशान्ति र धर्तिमाताको रक्षाका लागि आफुले पुनः सगरमाथा आरोहण गर्ने बताएका थिए । तर उनको त्यो सगरमाथा चढ्ने सपना अधुरै भएको छ ।
पर्यटन मन्त्रालय अन्तर्गतको  पर्यटक विभागका अनुसार यस वर्षको वसन्त ऋतुकालागि सगरमाथा आरोहण गर्नका लागि स्वदेशी र विदेशी गरि कुल ४१ वटा आरोहण दलबाट ३ सय ७४ जनाले अनुमति लिएका छन् । नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिनेअहिलेसम्मकै सबैभन्दा धेरै हो । सरकारले हरेक वर्ष २ वटा मौसम (वसन्त, र शरद ऋतुमा ) सगरमाथा लगायत विभिन्न हिमाल आरोहणकालागि अनुमति दिँदै आएको छ । सो मौसम मध्ये वसन्तऋतुको समयमा सबैभन्दा धेरै आरोहीहरुले सगरमाथा लगायत अन्य हिमाल आरोहण गर्ने चाहना राख्छन् ।
अहिलेसम्म सरकारले ५ हजारभन्दा अग्ला ८ हजार ८ सय ४८ मिटरसम्मका कुल १३ सय १० वटा हिम चुचुरा पहिचान गरेको छ । जसमध्ये ४ सयभन्दा बढी हिमाल आरोहणका लागि खुला गरेको छ । यस वर्ष सगरमाथा बाहेक ल्होत्से हिमालकालागि कुल ११ दलका १ सय ११ जनाले अनुमति लिएका छन् । यसैगरी नुब्चेमा ३ दलका २४, अन्नपूर्णमा १४, धौलागिरिमा ७७, कञ्चनजंघामा ७, कञ्चनजंघा साउथमा ४, मकालुमा ४३ र मनास्लु हिमाल आरोहणका लागि ६ जनाले अनुमति लिएका छन् । विभागका अनुसार यस वर्षको बसन्त ऋतुकालागि सोमबारबाट सुरु भएको सगरमाथा आरोहण गर्ने क्रम आगामी जुन महिनासम्म जारी रहने छ ।

सडक निर्माणमा अबरोध नगर्न आग्रह

काठमाडौ, ८ फागुन– नेकपा एमाले काठमाडौ क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरले आफ्नो सक्रियतामा हाल ५ करोड ६० लाख रुपैयाँको लगानीमा निर्माण हुँदै गरेको गुहेश्वरी, बोहोराटार, धितालथोक हुँदै तीनपिप्लेस्थित काठमाडौ–त्रिशुली जोड्ने पासाङ ल्हामु राजमार्ग छिचोल्ने सडक निर्माण कार्यमा कुनै अवरोध नपु¥याउन स्थानीयवासीलाई आग्रह गरेका छन । तारकेश्वर नगरपालिकास्थित जनजागृति टोल सुधार समितिद्धारा आइतबार गराईएको निर्माणाधिन सडक खण्डको स्थलगत अवलोकन भ्रमणको क्रममा सांसद मानन्धरले यस्तो आग्रह गरेका हुन ।  थालिएको विकास निर्माणका गतिविधीमा हाल भईरहेको ढिलाईबारे गम्भिर चिन्ता व्यक्त गर्दै उनले यस सडक निर्माण कार्यमा कुनै अवरोध नपु¥याउन आग्रह गरे ।
सडक निर्माण एवं ढल जडान जस्ता अति आवस्यकीए पूर्वाधार विकास भएपछि मात्र आफुहरुले चाहना गरे अनुरुपको शहर बन्ने भन्दै उनले यस क्षेत्रको विकास निर्माणकालागि सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरे । उनले हाल यस सडक खण्डको निर्माण कार्यमा भईरहेको ढिलाईप्रति गम्भिर चासो लिएका छन । उनले यस क्षेत्रलाई आफुले सरकारले खोजे जस्तो नमुनाको शहरिकरणको परिकल्पना गरेको भन्दै आफ्नो यस कदमलाई साथ दिन आग्रह गरे । उनले सांसद विकास कोषबाट खर्च हुने रकमलाई समेत समानुपातिक ढंगले स्थानीयवासीको चाहना एवं आवस्यक्ता अनुरुप वितरण गर्न आफु लागिपरेको बताए । सो कार्यक्रममा समितिका उपाध्यक्ष दीपक पाण्डे र सचिव राजकुमार प्रधानले यस संस्थाको स्थापनाकालदेखि हालसम्म भएका विविध गतिविधीहरुबारे जानकारी गराएका थिए ।