काठमाडौ, ८ फागुन– नेकपा एमाले काठमाडौ क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरले आफ्नो सक्रियतामा हाल ५ करोड ६० लाख रुपैयाँको लगानीमा निर्माण हुँदै गरेको गुहेश्वरी, बोहोराटार, धितालथोक हुँदै तीनपिप्लेस्थित काठमाडौ–त्रिशुली जोड्ने पासाङ ल्हामु राजमार्ग छिचोल्ने सडक निर्माण कार्यमा कुनै अवरोध नपु¥याउन स्थानीयवासीलाई आग्रह गरेका छन । तारकेश्वर नगरपालिकास्थित जनजागृति टोल सुधार समितिद्धारा आइतबार गराईएको निर्माणाधिन सडक खण्डको स्थलगत अवलोकन भ्रमणको क्रममा सांसद मानन्धरले यस्तो आग्रह गरेका हुन । थालिएको विकास निर्माणका गतिविधीमा हाल भईरहेको ढिलाईबारे गम्भिर चिन्ता व्यक्त गर्दै उनले यस सडक निर्माण कार्यमा कुनै अवरोध नपु¥याउन आग्रह गरे ।
सडक निर्माण एवं ढल जडान जस्ता अति आवस्यकीए पूर्वाधार विकास भएपछि मात्र आफुहरुले चाहना गरे अनुरुपको शहर बन्ने भन्दै उनले यस क्षेत्रको विकास निर्माणकालागि सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरे । उनले हाल यस सडक खण्डको निर्माण कार्यमा भईरहेको ढिलाईप्रति गम्भिर चासो लिएका छन । उनले यस क्षेत्रलाई आफुले सरकारले खोजे जस्तो नमुनाको शहरिकरणको परिकल्पना गरेको भन्दै आफ्नो यस कदमलाई साथ दिन आग्रह गरे । उनले सांसद विकास कोषबाट खर्च हुने रकमलाई समेत समानुपातिक ढंगले स्थानीयवासीको चाहना एवं आवस्यक्ता अनुरुप वितरण गर्न आफु लागिपरेको बताए । सो कार्यक्रममा समितिका उपाध्यक्ष दीपक पाण्डे र सचिव राजकुमार प्रधानले यस संस्थाको स्थापनाकालदेखि हालसम्म भएका विविध गतिविधीहरुबारे जानकारी गराएका थिए ।

No comments:
Post a Comment