मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, २ जेठ
विगतका वर्षहरुको तुलनमा यस वर्ष विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहणकानलागि स्वदेशी एवं विदेशी आरोहीहरुबीच प्रतिस्पर्धा एवं होड नै चलेको छ । सगरमाथा आरोहणकालागि विगत केही सातादेखि आधार शिविरमा पुगेका आरोहीहरुबीच अहिले कसले पहिला चढ्ने र अरुको भन्दा थप नयाँ कीर्तिमानी कायम गराउने भन्ने होड चलेको हो । सोही आरोहण होडबीच सोमबार यस वर्षको वसन्तऋतुको पहिलो सगरमाथा आरोहण अभियान अन्तर्गत १४ जना स्वदेशी आरोहीले एकैपटक दक्षिणढी तर्फको मोहोडाबाट सगरमाथाको शिखर चुम्न सफल भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सगरमाथा आरोहणलाई व्यवस्थित बनाई अनुगमन गर्न आधार शिविरमा खटाइएका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले सोमबार सफल आरोहण गरेका १४ जनाको समुह नै यस वर्ष नेपाल तर्फबाट आरोहण गर्ने पहिलो आरोहण टोली भएको बताए । श्रेष्ठका अनुसार यसअघि गत शनिबार संखुवासभाकी ४४ वर्षीया महिला आरोही लाक्पा शेर्पाले तिब्बती तर्फको मोहोडाबाट ८ औं पटक सगरमाथा आरोहण गरेकी थिइन् ।
बाक्लो हिमपात र बदलिँदो खराब मौसमका कारण केही दिनदेखि बाटो खोल्ने प्राविधिकहरूको समूह (हाई अल्टिच्युट शेर्पा) चुचुरोमा उक्लिने प्रतीक्षामा थियो । आइसफल डक्टरको टोलीसहित सोमबार ब्रिटिस गोर्खाका तीन सदस्य ८ हजार ८ सय ४८ मिटर अग्लो चुचुरोमा पुगेका हुन । यस वर्ष आरोहण मौसममा सबैभन्दा पहिला सफल आरोहण गर्ने आरोहीहरुमा हाई अल्टिच्युट शेर्पाहरूको टोलीबाट पेम्बाछिरिङ शेर्पा, पेमाछिरी शेर्पा, कान्छुनुरु शेर्पा, लाक्पागेलु शेर्पा, सोनामजाङ्बो शेर्पा, पासाङ शेर्पा, छिमीलेन्दुक गुरुङ, डेन्डी शेर्पा, तासी शेर्पा, ज्याङ्बो भोटे रहेका छन् । यसैगरी ब्रिटिस गोर्खा आरोहण अभियानबाट आरोहण गर्ने आरोहीहरुमा कृष्ण थापा, निर्मल पुर्जा र धनी राई रहेका छन् ।
यस वर्ष जसरी पनि सबैभन्दा जेठो आरोहीको नयाँ रेकर्ड राख्ने लक्ष्कासाथ सगरमाथा आधार शिविरमा पुगेका ८६ वर्षिय बृद्ध आरोही मीनबहादुर शेरचन र स्विस नागरिक युली स्टेक सहित दुई जनाको ओरोहणकै क्रममा निधन समेत भइसकेको छ । यसअघि आफ्नो तोडिएको विश्व कीर्तिमान फर्काउनका लागि गत ४ बैशाखमा काठमाडौबाट पुनः सगरमाथा आधार शिविरतर्फ लागेका शेरचनको गत २३ बैशाखमा साँझ सवा ५ बजे आधार शिविरमा हाइअल्टिच्युटका कारण निधन भएको हो । म्याग्दीको भुरुवा तातोपानीका शेरचन काठमाडौंको समिट ट्रेक नेपाल ट्रेकिङ एजेन्सीबाट सगरमाथा आरोहणमा गएका थिए । उनको आरोहणकालागि मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान नै सञ्चालन गरिएको थियो ।
विगत १० वर्षअघि ७६ वर्षको उमेरमा सगरमाथाको शिखर चुमेर उनले संसारकै अग्लो सगरमाथाको शिखर चढ्ने सबैभन्दा पाको वृद्ध आरोहीको कीर्तिमान राख्न सफल भएका थिए । सन् २००८ को २५ मेका दिन सगरमाथाको सफल आरोहण गरेका आरोही शेरचनको नाम वल्ड रेकर्ड (गिनिज बुक) मा लेखिएको थियो । तर, सन् २०१३ मा जापानी आरोही मिउराले ८० वर्षको उमेरमा सगरमाथा चढेर उनको कीर्तिमान भंग गरेका थिए ।
आफ्नो कीर्तिमान तोडिएलगत्तै सन् २०१३ र २०१५ मा उनले पुनः सगरमाथाको शिखर चुम्ने प्रयास गरेका थिए । तर, सन् २०१३ मा उनले आरोहणको मौका नै पाएनन् भने सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण नाम्चेबाटै फर्किनुपरेको थियो । आरोही शेरचनले यसपाली विश्वशान्ति र धर्तिमाताको रक्षाका लागि आफुले पुनः सगरमाथा आरोहण गर्ने बताएका थिए । तर उनको त्यो सगरमाथा चढ्ने सपना अधुरै भएको छ ।
पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटक विभागका अनुसार यस वर्षको वसन्त ऋतुकालागि सगरमाथा आरोहण गर्नका लागि स्वदेशी र विदेशी गरि कुल ४१ वटा आरोहण दलबाट ३ सय ७४ जनाले अनुमति लिएका छन् । नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिनेअहिलेसम्मकै सबैभन्दा धेरै हो । सरकारले हरेक वर्ष २ वटा मौसम (वसन्त, र शरद ऋतुमा ) सगरमाथा लगायत विभिन्न हिमाल आरोहणकालागि अनुमति दिँदै आएको छ । सो मौसम मध्ये वसन्तऋतुको समयमा सबैभन्दा धेरै आरोहीहरुले सगरमाथा लगायत अन्य हिमाल आरोहण गर्ने चाहना राख्छन् ।
अहिलेसम्म सरकारले ५ हजारभन्दा अग्ला ८ हजार ८ सय ४८ मिटरसम्मका कुल १३ सय १० वटा हिम चुचुरा पहिचान गरेको छ । जसमध्ये ४ सयभन्दा बढी हिमाल आरोहणका लागि खुला गरेको छ । यस वर्ष सगरमाथा बाहेक ल्होत्से हिमालकालागि कुल ११ दलका १ सय ११ जनाले अनुमति लिएका छन् । यसैगरी नुब्चेमा ३ दलका २४, अन्नपूर्णमा १४, धौलागिरिमा ७७, कञ्चनजंघामा ७, कञ्चनजंघा साउथमा ४, मकालुमा ४३ र मनास्लु हिमाल आरोहणका लागि ६ जनाले अनुमति लिएका छन् । विभागका अनुसार यस वर्षको बसन्त ऋतुकालागि सोमबारबाट सुरु भएको सगरमाथा आरोहण गर्ने क्रम आगामी जुन महिनासम्म जारी रहने छ ।

No comments:
Post a Comment