Saturday, April 28, 2012

 ४ यात्री, १५५५ किलोमिटर, ९९ दिन
काठमाडौं, वैशाख १६ - १,५५५ किलोमिटर यात्रा गरेर ९९ दिनपछि फर्केका यी चारजनालाई हामीले बुधबार कुपण्डोलको समिट होटलमा एकैचोटि भेट्यौं। कपाल, दाह्रीजुँगा झ्याप्प पालेका। सौरभ भन्दै थिए, 'वनबासबाट फर्केका ऋषिजस्ता देखिँदैछौं, है?'
'ऋषिहरूलाई र्झैँ प्रवचन दिन पनि भ्याइनभ्याइ रैछ।'
'त्यै त, भोलि फेरि टेलिभिजन इन्टरभ्यु छ,' उनले सुनाए, 'त्यही भएर दाह्रीजुँगा नकाटी बसेको।'
चार यात्रीमध्ये आपामात्र 'सफाचट' छन्। बिहान छिटो उठ्ने र हरेक दिन 'सेभ' गर्ने बानी उनले यी ९९ दिनमा पनि कुनै दिन भुलेनन्।
यो यात्रावृत्तान्त खासमा उनीहरूबाटै लेखाउने सोच थियो। तर, भ्याएनन्। त्यसैले, जतिसक्दो उनीहरूकै शब्दमा लेख्न चाह्यौं। चारै जनाले पालैपालो अनुभव बाँड्दै गए। हामी स्वस्थानी सुनेजस्तो एकाग्र भयौं।
सुरुवात स्वाभाविक रूपले दावाबाटै भयो।
आपा शेर्पा, ५२
आपा धेरै हिँड्छन्, थोरै बोल्छन्। एक्काइसपल्ट सगरमाथा चढेका उनलाई त्यसको अनुभव सोध्ने हो भने मुस्किलले एक्काइस शब्द भन्लान्। 'राम्रो रैछ, रमाइलो रैछ'- उनको जवाफ यस्तै-यस्तै।
दावा स्टेभेन शेर्पा, २८
आपासँगै सगरमाथा चढिसकेका दावा होटल व्यवसायी हुन्। हेर्दा खैरेजस्ता देखिन्छन्, बोल्दा पनि शेर्पाजस्ता पटक्कै सुनिँदैनन्। उनको धाराप्रवाह सुनेर सहकर्मी किरण भण्डारीले ठाडै भनिदिए- 'तपाईं त बाहुनलाई पनि मात खुवाउनुहुँदो रहेछ।' उनले 'माइन्ड' गरेनन्।
समीरजंग थापा, ३१
समीरको परिचय गराउँदै दावाले भनेका थिए- 'मेरो ११ वर्षदेखिको साथी हो, नेपालको टप ल्यान्डस्केप फोटोग्राफर।' त्यसपछि 'पोलिटिकल्ली करेक्ट' हुन खोजे- 'तपाईंहरूको पनि आफ्नै साथी होला, तर मेरो नजरमा समीरजस्तो ल्यान्डस्केप फोटोग्राफर नेपालमै छैन।'
सौरभ ढकाल, ३२
सौरभ पेसाले हामीजस्तै पत्रकार। कान्तिपुर टेलिभिजनमा वातावरण रिपोर्टिङ गर्छन्। यो यात्रापछि सेलेब्रिटी भइसके। आपासँगै बसेर हामीलाई 'कोट' (अन्तर्वार्ता) दिइरहेका थिए। हामी डायरीमा उनको 'कोट' टिपिरहेका थियौं।
यात्राको पृष्ठभूमि
सन् २००९ मा आपाले 'स्टप क्लाइमेट चेन्ज, लेट द हिमालय लिभ' भन्ने सन्देश बोकेर सगरमाथा आरोहण गरेका थिए। डेनमार्कको कोपनहेगनमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन 'कोप-१५' भएको त्यही वर्ष हो। सम्मेलनको एक महिनाअघि आपा र दावाले युरोपका १० सहर भ्रमण गरे। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे विभिन्न व्यक्तिसँग कुराकानी भयो। धेरैले आपासँग सोधे- 'हामी कसरी सहयोग गर्न सक्छौं?
उनीहरूले जवाफ दिन सकेनन्।
हिमाल पग्लँदैछ भन्ने त थाहा थियो, तर समुदायमा परेको प्रभावको ज्ञान थिएन। यसको निम्ति एकचोटि नेपाल राम्ररी घुम्नुपर्छ भन्ने उनीहरूलाई लाग्यो। ब्रसेल्सबाट पेरिस जाने रेलयात्रा क्रममा यसबारे छलफल गरे। समुदायको कुरा बुझ्न 'ग्रेट हिमालयन ट्रेल' हिँड्ने योजना बनेको त्यतिखेरै हो।
यात्राको उद्देश्य दुइटा थियो। एउटा, जलवायु परिवर्तनले पारेका असर बुझ्ने र अरूलाई बुझाउने। अर्को, कीर्तिमानी आरोही आपा हिँड्ने बाटोलाई संसारले पछ्याउने हुँदा ग्रेट हिमालयन ट्रेलमा पर

Wednesday, April 4, 2012

गगनचुम्बी घरका बरण्डामै स्विमिङ पुल




काठमाडौं,२२ चैत -युएइको दुबइ सहरको पहिचान विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खालिफा दुबइमा मात्र सिमित नहुने भएको छ । दुबइको विशिष्ठ पहिचानमा अब अर्को खुटि्कला थपिँदैछ । दुबइमा एउटा यस्तो भवनको डिजाइन गरिएको छ जसमा बरण्डाको ठाउँमा स्विमिङ पुल हुनेछन् ।
अक्वारिया ग्रेन्ड नाम दिइएको ३७ तले उक्त प्रस्तावित भवनका हरेक तलामा स्विमिङ पुल हुनेछन् । भारतीय रियल स्टेट कम्पनी वाधवा ग्रुपले बनाउन लागेको उक्त आवासीय भवन हंगकंगका भवन डिजाइनर जेम्स लले डिजाइन गरेका हुन् । उक्त भवनमा २ सय वटा अपार्टमेन्ट हुनेछन् । जसमा तिन तहको पार्किङ तथा जिमखाना समेत हुने बताइएको छ ।
प्रविधि सम्बन्धि ब्लग जिम्बोडोले यो प्रस्तावित अद्भुत भवनको परियोजनालाई भवन निर्माणको क्षेत्रमा दुखद घटना भनेको छ । यस्तो स्विमिङ पुलसहितको भवनका कारण दुर्घटना बढ्ने ब्लगका लेखक जेसस दियाज दाबी गर्छन् ।

Sunday, April 1, 2012

अप्रिलफुलको प्रभाव, बम राखेको हल्लाले निगमको जहाज दुई घण्टा ढिलो

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, १९ चैत
बम राखेको हल्लाले त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलबाट आइतबार १ सय १० जना यात्रु लिएर दुबईतर्फ उड्न लागेको नेपाल वायुसेवा निगमको जहाज दुई घण्टा ढिलो गरि उडेको छ ।
सबै यात्रु विमानस्थल पुगिसकेका बेला उड्ने तयारीमा रहेको जहाजमा एक्कासी बम राखिएको हल्ला चलेपछि निगमको सो जहाज चेकजाँच गर्ने क्रममा  करिब २ घण्टासम्म विमानस्थलमै रोकिन बाध्य भएको थियो ।  सो हल्ला चले लगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली र प्रहरीले जहाजभित्र चेकजा“च गरेको थियो ।
पुर्व निर्धारित नियमित तालिका अनुसार दुबईकालागि उड्ने तयारीमा रहेको निगमको बोइङ ७५७ ९एन एसीबी जहाजमा बम राखेको हल्ला चले लगत्ते विमानस्थलमा खट्टिएका सुरक्षाकर्मीले पुरै चेकजा“च गरेको थियो । सो जहाज १ सय ८० यात्रु लिएर आइतबार साँझ  ६ ः५५ बजे दुबई जाने तालिका थियो। जसलाई क्याप्टेन वाइके भट्टराई र वाइपी जुहार्चनको टोलीले उडाउ“दै थिए ।
बम रहेको खबर पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोली र प्रहरीले जहाजभित्र चेकजा“च गर्दा बम नभेट्टाईएको विमानस्थल कार्यालयले जनाएको छ ।
सबै यात्रुको लगेज र ब्यागेज जहाजबाहिर ल्याएर चेकजा“च गर्दा नभेटिएको विमानस्थल कार्यालयले जनाएको छ ।
अपरान्ह ४ बजे निगमको अर्को बोइङ ७५७–९एन एसिए जहाजमा बम राखेको हल्ला फि“जिएपछि सेनाको बम डिस्पोजल टोलीले पुरै चेकजा“च गरेको जानकारी गराउँदै विमानस्थल कार्यालयका महाप्रवन्धक रतिशचन्द्रलाल सुमनले निगमको दुबै जहाजमा बम नभेटिएपछि सो टोलीले साँझ ६.५५ मा उड्न लागेको एसिबी जहाजमा पनि चेक जा“च गर्दा केही फेला नपरेको बताए ।
पूरै जा“चपछि सो जहाज राती सवा ८ बजे दुबहीकालागि उडेको निगम अन्तर्राष्ट्रिय विमानस्थलक कार्यालयका प्रमुख प्रदीप कार्कीले राजधानीलाई बताए । उनले अर्को जहाज राती साढे ११ बजे मलेसिया गएको बताए ।
उनले कसैले अप्िरल फुल मनाएको शंका गरिए पनि विÈय गम्भीर रहेकाले पुरै चेकजा“च गर्नुपरेको बताए । उनले मुलुकको राष्ट्रिय ध्वजाबहाक निगमको साखलाई विगार्ने नियतले कसैले अप्रिलफुलको मौका पारेर यस्तो दुःख दिएको बताए ।
विमानस्थल स्रोतका अनुसार अपरान्ह ४ बजे मलेसियाबाट अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीलाई निगमको जहाजमा बम राखिएको भन्दै टेलिफोन आएको थियो । निगमका प्रवक्ता राजुबहादुर केसीले अप्रिलफुलको मौकामा कुनै अपराधिले झुक्याउँदा निगमका कर्मचारी र यात्रुलाई अनावस्यक सास्ती भोग्नुपरेको बताए । उनले
दिउँसो ४ बजे मलेसियाबाट एक नेपालीले सप्तरीका एक आफन्तलाई निगमको जहाजमा बम राखेको हो भनेर सोधेको र सप्तरीको एक व्यक्तिले तत्काल विमानस्थलका प्रहरीलाई फोन गरेर सोध्दा सो हल्ला फैलिएको बुझिएको बताए । अप्रिलफुलका नाममा निगमको शाख बिगार्न खोज्ने अपराधि भएको दावी गर्दै केसीले भने, ‘ सो विषयमा विमानस्थलका सुरक्षाकमीृले गम्भिर अनुसन्धान गरिरहेकै होलान’। यस विषयमा अहिले म केही भन्न सक्दीन उनले भने ।
करिब १५ सय वर्ष अघि फ्रान्सबाट सुरु भएको एक अप्रिलका दिनमा अरुलाई झुक्याएर आनन्द लिन थालिएको अप्रिलफुलकै अवसमा आइतबार भक्तपुरको लोकन्थलीमा पनि केही व्यक्तिहरुले बम राखेको हल्ला फिँजाएर सर्वसाधारणलाई अनावस्यक सास्ती दिएका थिए । जसका कारण केही समय त्यस क्षेत्रको यातायात ठप्प भएको थियो ।  अन्तर्राष्ट्रि संस्कृतिबाट आएको अप्रिलफुलको प्रभावले अहिले निकैलाई अनावस्यक सास्ती दिईरहेको छ ।