Saturday, April 28, 2012

 ४ यात्री, १५५५ किलोमिटर, ९९ दिन
काठमाडौं, वैशाख १६ - १,५५५ किलोमिटर यात्रा गरेर ९९ दिनपछि फर्केका यी चारजनालाई हामीले बुधबार कुपण्डोलको समिट होटलमा एकैचोटि भेट्यौं। कपाल, दाह्रीजुँगा झ्याप्प पालेका। सौरभ भन्दै थिए, 'वनबासबाट फर्केका ऋषिजस्ता देखिँदैछौं, है?'
'ऋषिहरूलाई र्झैँ प्रवचन दिन पनि भ्याइनभ्याइ रैछ।'
'त्यै त, भोलि फेरि टेलिभिजन इन्टरभ्यु छ,' उनले सुनाए, 'त्यही भएर दाह्रीजुँगा नकाटी बसेको।'
चार यात्रीमध्ये आपामात्र 'सफाचट' छन्। बिहान छिटो उठ्ने र हरेक दिन 'सेभ' गर्ने बानी उनले यी ९९ दिनमा पनि कुनै दिन भुलेनन्।
यो यात्रावृत्तान्त खासमा उनीहरूबाटै लेखाउने सोच थियो। तर, भ्याएनन्। त्यसैले, जतिसक्दो उनीहरूकै शब्दमा लेख्न चाह्यौं। चारै जनाले पालैपालो अनुभव बाँड्दै गए। हामी स्वस्थानी सुनेजस्तो एकाग्र भयौं।
सुरुवात स्वाभाविक रूपले दावाबाटै भयो।
आपा शेर्पा, ५२
आपा धेरै हिँड्छन्, थोरै बोल्छन्। एक्काइसपल्ट सगरमाथा चढेका उनलाई त्यसको अनुभव सोध्ने हो भने मुस्किलले एक्काइस शब्द भन्लान्। 'राम्रो रैछ, रमाइलो रैछ'- उनको जवाफ यस्तै-यस्तै।
दावा स्टेभेन शेर्पा, २८
आपासँगै सगरमाथा चढिसकेका दावा होटल व्यवसायी हुन्। हेर्दा खैरेजस्ता देखिन्छन्, बोल्दा पनि शेर्पाजस्ता पटक्कै सुनिँदैनन्। उनको धाराप्रवाह सुनेर सहकर्मी किरण भण्डारीले ठाडै भनिदिए- 'तपाईं त बाहुनलाई पनि मात खुवाउनुहुँदो रहेछ।' उनले 'माइन्ड' गरेनन्।
समीरजंग थापा, ३१
समीरको परिचय गराउँदै दावाले भनेका थिए- 'मेरो ११ वर्षदेखिको साथी हो, नेपालको टप ल्यान्डस्केप फोटोग्राफर।' त्यसपछि 'पोलिटिकल्ली करेक्ट' हुन खोजे- 'तपाईंहरूको पनि आफ्नै साथी होला, तर मेरो नजरमा समीरजस्तो ल्यान्डस्केप फोटोग्राफर नेपालमै छैन।'
सौरभ ढकाल, ३२
सौरभ पेसाले हामीजस्तै पत्रकार। कान्तिपुर टेलिभिजनमा वातावरण रिपोर्टिङ गर्छन्। यो यात्रापछि सेलेब्रिटी भइसके। आपासँगै बसेर हामीलाई 'कोट' (अन्तर्वार्ता) दिइरहेका थिए। हामी डायरीमा उनको 'कोट' टिपिरहेका थियौं।
यात्राको पृष्ठभूमि
सन् २००९ मा आपाले 'स्टप क्लाइमेट चेन्ज, लेट द हिमालय लिभ' भन्ने सन्देश बोकेर सगरमाथा आरोहण गरेका थिए। डेनमार्कको कोपनहेगनमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन 'कोप-१५' भएको त्यही वर्ष हो। सम्मेलनको एक महिनाअघि आपा र दावाले युरोपका १० सहर भ्रमण गरे। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे विभिन्न व्यक्तिसँग कुराकानी भयो। धेरैले आपासँग सोधे- 'हामी कसरी सहयोग गर्न सक्छौं?
उनीहरूले जवाफ दिन सकेनन्।
हिमाल पग्लँदैछ भन्ने त थाहा थियो, तर समुदायमा परेको प्रभावको ज्ञान थिएन। यसको निम्ति एकचोटि नेपाल राम्ररी घुम्नुपर्छ भन्ने उनीहरूलाई लाग्यो। ब्रसेल्सबाट पेरिस जाने रेलयात्रा क्रममा यसबारे छलफल गरे। समुदायको कुरा बुझ्न 'ग्रेट हिमालयन ट्रेल' हिँड्ने योजना बनेको त्यतिखेरै हो।
यात्राको उद्देश्य दुइटा थियो। एउटा, जलवायु परिवर्तनले पारेका असर बुझ्ने र अरूलाई बुझाउने। अर्को, कीर्तिमानी आरोही आपा हिँड्ने बाटोलाई संसारले पछ्याउने हुँदा ग्रेट हिमालयन ट्रेलमा पर

No comments:

Post a Comment