Wednesday, April 4, 2012

गगनचुम्बी घरका बरण्डामै स्विमिङ पुल




काठमाडौं,२२ चैत -युएइको दुबइ सहरको पहिचान विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खालिफा दुबइमा मात्र सिमित नहुने भएको छ । दुबइको विशिष्ठ पहिचानमा अब अर्को खुटि्कला थपिँदैछ । दुबइमा एउटा यस्तो भवनको डिजाइन गरिएको छ जसमा बरण्डाको ठाउँमा स्विमिङ पुल हुनेछन् ।
अक्वारिया ग्रेन्ड नाम दिइएको ३७ तले उक्त प्रस्तावित भवनका हरेक तलामा स्विमिङ पुल हुनेछन् । भारतीय रियल स्टेट कम्पनी वाधवा ग्रुपले बनाउन लागेको उक्त आवासीय भवन हंगकंगका भवन डिजाइनर जेम्स लले डिजाइन गरेका हुन् । उक्त भवनमा २ सय वटा अपार्टमेन्ट हुनेछन् । जसमा तिन तहको पार्किङ तथा जिमखाना समेत हुने बताइएको छ ।
प्रविधि सम्बन्धि ब्लग जिम्बोडोले यो प्रस्तावित अद्भुत भवनको परियोजनालाई भवन निर्माणको क्षेत्रमा दुखद घटना भनेको छ । यस्तो स्विमिङ पुलसहितको भवनका कारण दुर्घटना बढ्ने ब्लगका लेखक जेसस दियाज दाबी गर्छन् ।

No comments:

Post a Comment