Wednesday, January 2, 2013

एक वर्षमा ६ लाख हवाई पर्यटक
अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, १७ पुस
गत वर्ष कुल ५ लाख ९८ हजार २ सय चारजना विदेशी पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएको तथ्यांक नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको छ ।
भर्खरै बिदा भएको अंग्रेजी वर्ष सन् २०१२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिम त्यति विदेशी हवाईमार्गबाट नेपाल भित्रिएका हुन् । यो संख्या सन् २०११ को सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो । सन् २०११ मा ५ लाख ४४ हजार ९ सय ८५ विदेशी हवाईमार्गबाट नेपाल आएका थिए । सो वर्षलाई सरकारले पर्यटन वर्ष घोषणा गरी विविध प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको थियो । पर्यटन वर्षमा १० लाख पर्यटक नेपाल भिœयाउने महŒवकांक्षी लक्ष्य सरकारले लिएको थियो ।
यी दुवै तथ्यांकम स्थलमार्गबाट नेपाल आएका पर्यटकको संख्या समवेश छैन ।
सन् २०१२ मा अघिल्लो वर्षको जस्तो तामझाम र प्रवद्र्धनात्मक गतिविधि नगरिए पनि हवाईमार्गबाट आउने पर्यटक संख्या बढेको वस्तुस्थितिले पर्यटन वर्ष बढीभन्दा बढी विदेशीलाई नेपाल ल्याउने भन्दा पर्यटनसम्बद्ध अधिकारीलाई विदेश घुम्ने अवसरमा सीमित हुन पुगेको पुष्टि गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्यांकलाई आधार मानेर बोर्डले वर्षभरिमा नेपाल आएका पर्यटक संख्या सार्वजनिक गरेको हो ।
उसले लुम्बिनी भ्रमण वर्ष–२०१२ को प्रभावका कारण धार्मिक आस्था राखेर आइपुगेका बौद्धमार्गीको बढ्दो चापले हवाई पर्यटकको संख्या बढेको जनाएको छ । बोर्डका अनुसार डिसेम्बर महिनामा मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ हजार ७ सय ७४ जना पर्यटक नेपाल भित्रिएका छन् ।  सो संख्या गत वर्षको सोही अवधिको तुलनामा २ दशमलव ४ प्रतिशतले बढी हो ।
हवाई मार्गबाहेक मुलुकका विभिन्न स्थल नाका हुँदै आउनेको संख्या उत्साहजनक रूपमा बढेको बताइन्छ ।
बोर्डका अनुसार सार्क मुलुक भारत बंगालादेश, पाकिस्तान, श्रीलंकालगायतका मुलुकहरू एवं अन्य एसियाली मुलुकबाट आउने हवाई पर्यटकको संख्या निकै उत्साहजन रूपले बढेको छ । सन् २०१२ को बितेका १२ महिनामा सार्क मुलुकबाट आउने पर्यटकको संख्या १५ दशमलव १ प्रतिशतले बढेको छ । डिसेम्बरमा मात्र १० दशमलव ३ प्रतिशतले बढेको छ । डिसेम्बरमा एसियाली मुलुक मलेसिया, जापान, थाइल्यान्ड, सिंगापुरबाट आउनेको संख्या राम्रो भए पनि छिमेकी मुलुक चीन र दक्षिण करोरियाबाट भित्रिने पर्यटकको संख्यामा भने केही गिरावट आएको छ ।  
यसैगरी, युरोपियन मुलुक अस्ट्रेलिया, डेनमार्क, नेदरल्यान्ड, नर्बे, पोल्यान्ड, स्विट्जरल्यान्ड, स्विडेन, बेलायत, फ्रान्स, जर्मनी र इटलीबाट आउनेको संख्या बढेको छ ।  यसपालि बेल्जियम, स्पेन र रसियाबाट आउनेको संख्या भने क्रमशः घटेको देखिन्छ ।
अमेरिका, क्यानडा र न्युजिल्यान्डबाट आउनेको संख्या निकै उत्साहजनक रूपमा बढेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार सन् २०१२ मा अन्तर्राष्ट्रिय विमानस्थलबाट  डिसेम्बर महिनामा ६ लाख ८८ हजार ५ सय ६६ जना पर्यटक बाहिरिएका छन् भने ७ लाख ३६ हजार ६ सय ७९ जना नेपाली विभिन्न मुलुकबाट आइपुगेका छन् । यसैगरी, विभिन्न कामका लागि ८ लाख ६२ हजार ४ सय १६ जना नेपाली विमानस्थलबाट बाहिरिएका छन् । डिसेम्बर महिनामा मात्र ५४ हजार ८ सय ८५ जना पर्यटक विमानस्थलबाट बाहिरिएका छन् । संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठन ( यूएनडब्लूटीओ) ले पनि नेपाललगायत संसारका विभिन्न भागमा पर्यटकीय भ्रमणका गतिविधि उत्साहजनक रूपमा बढेको बताएको छ ।
 बढ्दो पर्यटक आगमनले मंगलबारदेखि प्रारम्भ भएको सन् २०१३ मा लगानी बढाउन  व्यवसायी उत्साहित भएका छन् ।  तर, स्वदेशी बाहिरिने क्रमले भने अझै व्यवसायीलाई निराशा बनाइदिएको छ । व्यवसायीले पर्यटक आगमनको संख्या बढाउनेभन्दा पनि उच्च गुणस्तरीय एवं बढी पैसा खर्च गर्नेखालका पर्यटक बढाउन सकिएमा मात्र मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन् । उनीहरूले अहिलेसम्म भित्रिएका पर्यटकलाई दिनुपर्ने न्यूनतम् आवश्यक्ता समेत पूरा गर्न सरकार असक्षम भएको दाबी गरेका छन् । अझै बास बस्ने राम्रो होटल, हवाई सिट संख्या, यातायात सुविधालगायत विविध अभाव रहेको अधिकांश व्यवसायीको कथन छ । 

No comments:

Post a Comment