Sunday, January 6, 2013

बस्नेतलाई ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको आदेश
काठमाडौ,२२ पुस  - बैकिक ठगीको आरोपमा पक्राउ परेका सुधीर बस्नेतलाई जिल्ला अदालत काठमाडौंले आइतबार ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न आदेश दिएको छ । अग्नी एयरका मुख्य लगानी कर्ता बस्नेलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।
एयरलाइन्समा लगानी गरेका बैंकको ऋण तिर्न नसकेपछि ग्रान्ड, सनराइज र इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीले ७ दिने लिलामीको सूचना निकालेका छन् । 'ऋण तिरे लिलामी प्रक्रिया रोक्छौं भनेका छौं', ग्रान्ड बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सुधीर खत्रीले भने, 'उनी कम्पनीमै नरहेकाले पक्राउ पर्नु र लिलामीको प्रक्रियामा कुनै सरोकार छैन', अग्नि एयरले साँवाको किस्ता र ब्याज गरी पुससम्म करिब १० करोड रुपैयाँ बुझाउन बाँकी रहेको उनले बताए । अग्निले सुरुमा लिएको ऋण भने ५८ करोड रुपैयाँ हो ।
सञ्चालनमा रहँदा तेस्रो ठूलो र नाफामा गएको कम्पनी भएकाले बस्नेत अग्निलाई ८५ करोड रुपैयाँभन्दा कममा बिक्री गर्न मानिरहेका थिएनन् । बैंकले लिलामीमा लगेपछि भने बिक्री मूल्यमा उनको कुनै अडानले काम गर्दैन । अग्नि एयरसँग ५ वटा विमान छन् । जसमा ३ वटा जेटस्टि्रम ४१ र २ डोर्नियर छन् । तीमध्ये एउटा डोर्नियरकै मूल्य २० करोड रुपैयाँको हाराहारी हुन्छ ।

No comments:

Post a Comment