Friday, May 17, 2013


निगमको जहाज दुर्घटनाग्रस्त

चालकदल र सबै यात्रुको सकुशल उद्धार 

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २ जेठ
पोखराबाट जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको जहाज बिहीबार बिहान मुस्ताङको जोमसोम बिमानस्थल नजिकै कालीगण्डकी नदीमा खसेर दुर्घटना भएको छ । सो दुर्घटनामा परेका तीन सदस्यीय चालक दल सहित १९जना यात्रु सबैको सकुशल उद्धार भएको छ । सो जहाज जोमसोम विमानस्थलमा अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लिएर कालीगण्डकी नदिको बगरमा खसेको थियो ।
पोखराबाट पहिलो नियमित उडान सकेर दोस्रो चाटर्ड उडान भर्न पोखराबाट बिहीबार बिहान ८.१० मा उडेको जहाज साढे ८ बजे दुर्घटनाग्रस्त भएको हो । सो जहाज चालक दिपेन्द्र प्रधान र सह चालक सुरेश केसीले उडाएका थिए । घाइते चालक प्रधान र सह चालक केसीको अवस्था गम्भिर छ । काठमाडौ बानेश्वर निवासी चालक प्रधानको कम्मर र ढाडमा गम्भिर चोट लागेको छ । यसैगरि कोटेस्वर इमाडोल निवासी सह चालक केसीको टाउकोमा गम्भिर चोट लागेको छ । दोलखा स्थाई घर भई हाल पुल्चोक बस्दै आएकी २५ वर्षिय परिचारिका सन्तमायाँ तामाङ भने सामान्य घाइते छिन् । अहिले उनीहरुको महाराजगञ्ज स्थित त्रिवि शिÔण अस्पतालमा उपचार भईरहेको छ ।  २०५७ साल असारबाट निगममा प्रवेश गरेका चालक प्रधान निकै कुशल पाइलटका रुपमा चिनिएका छन । उनी २०३० सालमा जन्मिएका हुन । सर्बप्रथम जुनियर पाइलटबाट निगममा छिरेका घाइते चालक प्रधान सह चालक सिनियर सह चालक , जुनियर चालक हुँदै २०६८ साल फागुनबाट बडुवा भएर चालक भएका हुन । यसैगरि २०४० सालमा जन्मिएका सह चालक केसीले २०६६ साल असारबाट निगममा काम थालेका हुन । उनी अबिबाहित भएको निगम स्रोतले जनाएको छ । घाइते परिचारिका तामाङले २०६५ साल जेठबाट निगममा काम थालेकी हुन । उनी निगमका करार परिचारिका हुन । चालक प्रधान र सह चालक केसी दुबै स्थायी भएको निगमले जनाएको छ ।   पोखराबाट जोमसोम विमानस्थलका लागि उडेको निगमको चार्टर गरिएको ९ एनएबीओ ट्विनअटर जहाज जोमसोम विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान  साढे ८ बजे धावन मार्गबाट चिप्लिएर कालीगण्डकी नदीमा दुर्घटनाग्रस्त भएको थियो । त्यसअघि सो जहाजले पोखराबाट जोमसोमकालागि पहिलो नियमित उडान सकेर सोही ठाउँकालागि दोस्रो चाटर्ड उडान गर्ने भरेको थियो ।  
दुर्घटनाग्रस्त जहाजमा ८ जना जापानी नागरिक, एक नाबालक सहित ११ जना स्वदेशी यात्रु र  तीन चालकदलका सदस्य सहित २२ जना सवार थिए । सो दुर्घटनामा परि घाइने भएका मध्ये ५ जनालाई एयर डाइनेस्टीको हेलिकप्टरबाट पोखरा ल्याइएको थियो । यसैगरि खुट्टा भाँचिएका दुर्ई जना जापानी यात्रुलाई पनि थप उपचारकालागि काठमाडौ ल्याईएको नेपाल वायुसेवा निगमका निर्देशक एवं प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए । उनले अहिले खुट्टा भाँचिएका दुई जना जापानीजलाई जापानी दुतावासले आफ्नो नागरिकको उपचार आफैं गर्ने भनेर जिम्मा लिएको बताए ।  उनले बाँकी अन्यको अवस्था सामान्य रहेकाले  पोखरामै उपचार भईरहेको र सामान्य घाइते केही यात्रुहरु जोमसोममा नै उपचारपछि घर फर्केको बताए । निगमका प्रवक्ता चन्दले राजधानीसँग भने, ‘धेरै वर्षपछि यो दुर्घटना भएको हो’ । जहाजको कण्डिसन र चालकमा कुनै कमजोरी नभएको उनको दावी छ । यसअघि गत १ जेठमा जोमसोम बिमानस्थलमा अग्नि एयरको डोनियर जहाज दुर्घटना हुँदा चालकदल सहित १५ जनाको ज्यान गएको थियो भने ६ जनाको जिवितै उद्धार गरिएको थियो । त्यसको एक वर्ष एक दिनपछि सोही ठाउँमा भएको यो दोस्रो दुर्घटना हो । 

जहाज दुर्घटना जा“च आयोग गठनकाठमाडौ÷रास–सरकारले बिहीबार बिहान मुस्ताङको जोमसोममा दुर्घटना भएको नेपाल वायुसेवा निगमको जहाज दुर्घटनाको सत्यतथ्य छानबिनका लागि दुर्घटना जा“च आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार साँझ प्रेस विज्ञप्ति मार्फत तीन सदस्यीय जहाज दुर्घटना छानविन आयोग गठन गरेको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार नेपाल नागरिक उड्डयन प्रधिकरणका पूर्व महानिर्देशक रामप्रसाद न्यौपानेको संयोजकत्वमा गठित सो आयोगका अन्य सदस्यहरुमा तारा एयरका सिनियर चालक प्रभाकर घिमिरे, प्राधिकरणका सिनियर एरोनटिकल इन्जियिनर मेघेन्द्रकुमार श्रेष्ठ र पर्यटन मन्त्रालयका सह सचिव बुद्धिसागर लामिछाने रहेका छन् ।
सो आयोगलाई निगमको जहाज दुर्घटनाबारे आगामी दुई महिनाभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्ने समय दिइएको छ । 
मन्त्रालयले गैर सैनिक हवाई उडान (दुर्घटना जा“च) नियमहरु, २०२४ को नियम १४ बमोजिम सरकारले यस दुर्घटना जा“च आयोग गठन गरेको बताएको छ ।
पोखरा स्थित गण्डकी अस्पतालमा उपाचारत चालक दलका २ जना सदस्यहरुलाई थप उपचारको लागि  बिहीबार दिउँसो डाइनास्टी हेलिकप्टरबाट काठमाडौंको ल्याईएको छ ।  अहिले उनीहरुको महाराजगञ्जस्थित त्रिवि शिÔण अस्पतालमा उपचार भईरहेको छ ।   




No comments:

Post a Comment