Friday, May 17, 2013

आगोको मुस्लोले ठमेल रातभर आतंकित
करोडौंको सम्पत्ति खरानी

मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, ३ जेठउफ् † कस्तो विपत्ति आइलाग्यो । १८ घन्टा संघर्ष गर्दा पनि जोगाउन सकिएन बहुमूल्य बौद्धिक सम्पत्ति । पर्यटन मार्ग ठमेलस्थित काठमाडांै गेस्ट हाउससँगैको ‘पिलग्रिम्स बुक हाउस’ भवनमा बिहीबार रातभरि दन्केको आगो निभाउन नसकेर लखतरान भएका सुरक्षागार्ड बद्री फुयाँलको दुखेसो हो यो । पिलग्रिम्स बुक हाउसका मालिक रामा तिवारी हुन् ।
शुक्रबार मध्याह्न १२ बजे सडकभरि जलेर ङ्खयाँकिएका किताबहरू बटुल्दै असिन–पसिन गर्दै उनी भन्दै थिए, ‘धन्न मानवीय क्षति भने भएन । बिहीबार राति साढे ९ बजे फेसेस लन्च रेस्टुरेन्टको भान्छाको ग्याँस लिक भएर सुरु भएको आगो करिब १८ घन्टासम्म बल्दै निभ्दै गर्दा पनि यतिधेरै सम्पत्तिको धनमाल जोगाउनै सकिएन ।’ आगलागी भएको एक घन्टापछि बल्ल दमकल आएर आगो निभाउन थालेको जानकारी फुयाँलले जानकारी दिए ।
‘काठमाडौं, भक्तपुर र ललितपुरका दमकल आएर लगातार पानी छ्यापेर आगो बिहान निभ्यो भनेर गए पनि पुनः ११ बजे धूवाँको मुस्लो आएकाले दिउँसो १२ बजेदेखि आएका दमकलले ३ बजेपछि मात्र सो आगो पूर्णरूपमा नियन्त्रणमा लिन सफल भएको हो,’ उनले भने । आगो भित्रभित्रै दन्किरहेको जानकारी स्थानीयले दिएपछि शुक्रबार दिउ“सो थप दुईओटा दमकल आएर सो आगो नियन्त्रणमा लिइएको थियो । आगलागी नियन्त्रण कार्यमा दिनभर सक्रिय रूपमा लागेका ठमेल पर्यटन परिषद्का अध्यक्ष रामशरण थपलियाले धेरै समयको प्रयासपछि बल्ल आगो नियन्त्रणमा आएको जानकारी दिए ।
उनले फेसेस लन्च रेस्टुरेन्टबाट फैलिएको आगोले भीÈण रूप लिएकाले सुरक्षाकर्मी र आगो नियन्त्रक टोलीलाई आगलागी नियन्त्रणमा लिन मुस्किल परेको बताए । ‘धन्न मानवीय क्षति भने हुन पाएन,’ थपलियाले भने, ‘आगलागीमा करिब एक अर्ब बढीको धनमाल क्षति भएको अनुमान गरेका छौं ।’ तर, क्षतिको आधिकारिक विवरण भने आइसकेको छैन ।
पर्यटन मार्ग ठमेलस्थित आगलागी भएको भवन नम्रता शाहीको हो । उनको घरको सबैभन्दा माथिल्लो तलाबाट सुरु भएको आगो पिलग्रिम्स बुक हाउसमा सल्केको थियो । सो बुक हाउसमा विभिन्न देशबाट प्रकाशित महँगा पुस्तक पाइने गर्छन् । नेपाल आउने सबैभन्दा बढी पर्यटकले पढ्ने र अवलोकन गर्ने पिलग्रिम्स बुक हाउसमा राखिएका लाखौं किताबको भण्डारमा आगो सल्किएर भीषण रूप लिएको अध्यक्ष थपलियाले जानकारी दिए ।
थपलियाका अनुसार आगोले फेसेस लन्च रेस्टुरेन्ट, पिलग्रिम्स गेस्ट हाउस, पिलग्रिम्स रेस्टुरेन्ट हुँदै नजिकै रहेका अन्य व्यावसायिक कम्पनीका निजी अफिसहरूमा समेत धेरै क्षति पु¥याएको छ । विभिन्न मुलुकबाट आएका पर्यटकले पढ्ने र खरिद गर्ने मुलुककै सबैभन्दा ठूलो पुस्तक भण्डारमा क्षति हुनु देशकै लागि ठूलो क्षति भएको थपलियाले बताए । आगलागीबाट धेरै प्रकारका बहुमूल्य र दुर्लभ पुस्तक नष्ट भएको जानकारी दिँदै उनले भने, ‘यो घटनाले ठमेल क्षेत्रको मात्र नभएर मुलुकको पर्यटन उद्योगमा ठूलो धक्का लागेको छ ।’ आगलागीबाट दुई घर पूर्णरूपमा जलेर नष्ट भएको छ । सो घरमा राखिएका १० ओटा पसलमा समेत Ôति पुगेको उनले जानकारी दिए ।


No comments:

Post a Comment