Tuesday, December 22, 2015

लाङटाङ भ्रमण गर्न चुले निम्तो

काठमाडौ, ७ पुस –गत बैशाखमा गएको बिनासकारी भूकम्पका कारण मुलुकको आकर्षक पदयात्रा पर्यटकीय गन्तव्य रसुवाको लाङटाङ क्षेत्रले अत्यधिक क्षति व्यर्होयो । विनासकारी भूकम्पसँगै गएको हिउँ पहिरोका कारण लाङटाङ क्षेत्रमा मात्रै त्यसबेला एक सय ७५ जना स्थानियको अकालमै ज्यान गएको थियो । पर्यटकीय सम्पदा एवं त्यहाँका अघिकाँश होटल लजहरु ध्वस्त भएको थियो । पदयात्रा मार्ग हिँउ पहिरोका कारण ठाउँ ठाउँमा बिग्रिएको थियो । सो भूकम्पपछि गठित लाङटाङ पुनस्थापना समितिका अनुसार पुरै गाउँ नै बगाउनेगरि आएको हिमपहिरोमा चेपिएर ८० जनाभन्दा बढी विदेशी पर्यटक एवं करिब एक सयजना पर्यटन मजदुर, गाईड तथा पर्यटकका सहयोगीहरुले ज्यान गुमाएका थिए । मानविय क्षतिको आँकडा तीन सय ५५ हुँदा करोडौँ भौतिक क्षति हुन पुग्यो । बिनासकारी भूकम्प गएको अहिले ८ महिना बितिसक्दापनि त्यहाँका भूकम्प पिडितले सरकारले भत्कीएका घर बनाउनकालागि दिने भनिएको २ लाख रुपैयाँ अझै पाएका छैनन ।  यति धेरै क्षति व्यहोरेकोे पर्यटकीय गन्तव्य अहिले भूकम्पले भत्कीएका बिनासको धुलो टक्टक्याउँदै अघि बढ्ने प्रयत्न गर्दै छ । त्यहाँका स्थानीयवासी, नुवाकोट र धादिङका पर्यटन व्यवसायी एवं अन्य सरोकारवालाहरु अहिले भूकम्पले भत्कीएका संरचना निर्माणसँगै विभिन्न मुलुकबाट आउने विदेशी र स्वदेशी पर्यटकलाई सकेसम्म छिटो लाङकाङको पदयात्रा भ्रमणको चुले निम्तो बाँडिरहेका छन ।  सोही चुले निम्तो स्वरुप मंगलबार राष्ट्रिय पर्यटन व्यवसायी संघ (नीट –नेपाल)ले लाङटाङको पछिल्लो वस्तुस्थिति समेटेर तयार पारिएको ‘वाकिङ एण्ड वाकिङ’ नामक बृतचित्र प्रदर्शन ग¥यो । युवा पत्रकार अशोक सिलवालद्धारा निर्देशत सो बृतचित्रले बिनासकारी भूकम्पले क्षतबिक्षत पारेको  आकर्षक पर्यटकीय गन्तब्यस्थल लाङटाङ क्षेत्र पदयात्रा भ्रमणकालागि निकै सुरक्षित रहेको र अहिले त्यहाँको पर्यटकीय गतिविधी बिस्तारै बौरिँदै गरेको दृष्यसहितको सकारात्मक सन्देश प्रवाह गरेको थियो । 
भूकम्पपछि निकै सकसकासाथ लाङटाङका हरेक कुना कन्दरामा पुगेर स्थलगत रिपोटिङ गरी आफ्नो क्यामेरामा कैद गरिएका दुष्यहरु र त्यस क्षेत्रका स्थानिय एवं भ्रमणमा पुगेका विदेशी पर्यटकको स्थलगत अनुभव र पुर्नरस्थापनाका सहानुभूतिहरु समेटेर तयार पारिएको सो बृतचित्र हेरेका  सबैलाई पत्रकार सिलवालले त्यहाँको बास्तबीक जानकारीसहित सकेसम्म छिटो जान चुले निम्तो दिएका थिए ।  बृतचित्रले क्षतिग्रस्त लाङटाङको पछिल्लो बस्तुस्थिति प्रस्ट देखाएको छ । क्षतिग्रस्त क्षेत्रहरु पुर्नरनिर्माण हुँदैगरेका, मानिसहरु विस्तारै सहजताको स्थितिमा फर्किन खोजेका, पर्यटकले अहिले त्यहाँको अवस्थालाई निकै सहज एवं सकारात्मक रुपमा ग्रहण गरेका र घुम्न जान थप पे्ररित गरेका दृश्य सो बृतचित्रमा समेटिएको छ । स्थानियसावीहरु पनि पर्यटक भित्रिाउन निकै आतुर देखिएका दृष्यहरु पनि सो बृतचित्रले प्रश्ट देखाएको छ । समग्रमा बृतचित्रले बिस्तारै पहिलेकै अवस्थामा फर्किरहेको लाङटाङको पछिल्लो बस्तुस्थितिलाई सक्दो समेट्ने प्रयास गरेको छ । सो बृत्तचित्रका अनुसार  लाङटाङमा अब पर्यटक जान पहिलेको जस्तो पुरै सुविधा नभए पनि अप्ठ्यारो स्थिति छैन । ‘लाङटाङ भर्खर ब्यूँझेको छ, अब हिँडन खोज्दैछ ।’ सो बृतचित्र निर्देशन गरेका सिलवालले भने, ‘ अहिले लाङटाङ निर्भिक रुपमा उज्यालोतर्फ लम्केको छ’। 
निट नेपालका अध्यक्ष एवं टानका पूर्व अध्यक्ष दिपक महतका अनुसार शाहसिक पर्यटनमा निश्चित हुन नसके पनि अब लाङटाङमा घुम्न जान कसैलाई डराउनुपर्ने अवस्था छैन् । ‘ढुक्क भएर गए हुन्छ’ उनले भने । लाङटाङ पुनरुत्थानका लागि छुट्टै गुरुयोजना आवश्यक रहेको बताए । सरकारले आगामी २०१६ लाई भिजिट लाङटाङ वा मिसन लाङटाङ अभियान वर्ष घोषणा गर्नुपर्ने उनको भनाई थियो ।
लाङटाङ पुनर्निर्माण समितिका अध्यक्ष तेम्बा लामाले हिमपहिरोका कारण विस्थापित भएर राजधानीमा शरण लिईरहेका अधिकांश स्थानिय बासिन्दा घर फर्किसकेको बताउँदै लाङटाङ विस्तारै पहिलेकै अवस्थातिर लम्किन खोजेको दावी गरे । अहिले अधिकांश स्थानियहरु घर आफ्ना फर्किसकेका छन्, होटल पुनः सञ्चालन भएका छन भन्दै लामाले  अब आफुहरु पर्यटकलाई सेवा दिन आतुर रहेको बताए ।  लाङटाङ पुनरुत्थानका लागि सरकार तथा सरोकारवाला निकायले चासो नदेखाएकोमा निकै दुःख लागेको बताउँदै  लामाले भने, यो नेपाल सरकारको कमजोरी हो’। सोही अवसरमा लाङटाङ पुर्नरनिर्माण समितिले सो बृत्तचित्रका निर्देशक सिलवाललाई लाङटाङको पर्यटन प्रवद्र्धनकालागि सद्भावना दूत नियुक्त गरेको छ । सो कार्यक्रममा नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी र विभिन्न संस्थाका प्रतिनिधी र सभासदहरु सहभागी थिए ।


No comments:

Post a Comment