अग्नि एयर दुर्घटनाको कारण चालकको कमजोरी
दुर्घटना जाँच आयोगको प्रतिवेदन
मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २४ भदौ
सरकारद्वारा गठित उच्च स्तरीय दुर्घटना जाँच आयोगले गत १ जेठमा पोखराबाट मुस्ताङको जोमसोम जाँदै गरेको अग्नि एअरको डोर्नियर जहाज दुर्घटनाको कारण मानविय कमजोरी भएको ठहर गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक मेदिनी प्रसाद शर्माको संयोजकत्वमा गठित ५ सदस्य दुर्घटना जाँच आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै अग्नि एयरको जहाज दुर्घटनाको सम्भाव्य कारण मानविय त्रुटि नै भएको दावी गरिएको हो ।
सो दुर्घटनामा १३ जना यात्रु र २ सदस्यीय चालक दलसहित १५ जनाको ज्यान गएको थियो । आयोगका अध्यक्ष शर्माले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीलाई बुझाएको प्रतिवेदनमा प्राधिकरणका बरिष्ठ चालक प्रभुशरण पाठकले जोमसोङ विमानस्थलमा अवतरण गर्नुपर्ने अग्नीको जहाज सामान्य इण्डिकेटर देखिएकै भरमा अवतरण नगरि पुनः पोखरातर्फ फर्काउन हतारमा बायाँतर्फ मोड्न खोज्दा भित्तामा ठोकिएर दुर्घटना भएको दावी गरिएको छ ।
सो प्रतिवेदनमा दुर्घटनामा ज्यान गुमाएका चालक प्रभुशरण पाठक र सह चालक सुमन डंगोलले आफ्नो वास्तविक अवस्था पहिचान गर्न नसकेकै कारण दुर्घटना भएको ठहर आयोगको रहेको छ ।
प्रतिवेदनले विहानैदेखि निकै तनावमा रहेका चालकले वायुयानलाई मोड दिन आवश्यक अर्धब्यास र देब्रेतर्फ रहेको अग्लो डाँडाको ख्याल नगरी साँघुरो भागबाट जर्वरजस्ती जहाज नै ढल्क्याएर मोड्न खोज्दा दुर्घटना भएको ठहर गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै आयोगका अध्यक्ष शर्माले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( आइकाओ) ले जारी गरेको प्रावधान अनुसार आफुहरुले सो प्रतिवेदन प्रस्तुत गरि सरकारलाई बुझाएको बताए ।
सरकारले दिएको ९० दिने समय र पुन आगामी २५ असोजसम्मका लागि थप भएको समयभित्र नै प्रतिवेदन तयार पार्ने काम पुरा गरेको जनाकारी गराउँदै उनले आगामी दिनमा यस्ता दुःखद दुर्घटना नदोहोरियोस् भनेर जहाज दुर्घटना हुने सहायक कारणहरुका बारेमा समेत ज्ञान हासिल गर्ने प्रतिवेदन बुझाएको बताए । प्रतिवेदनमा दुर्घटना भएको स्थलको निरीक्षण, फ्लाइअवे किटबक्सबाट पत्ता लागेका प्रमाण, सुरक्षाकर्मी, सम्बन्धित प्राविधिक एवं अन्य समकक्षी पाइलटहरुसँग लिएको जानकारी, मृतकको पोष्टमार्टम रिपोर्ट र क्यानको उडान तालिका लगायतका प्रमाण संकलन गरि गम्भिर अध्ययन गरेर मानवीय त्रुटी दोषी देखिएको ठहर गरेको पनि उनले जानकारी गराए ।
उनले छानविन गर्न यहाँ सबै भरपर्दो उपकरण नभएकाले दुर्घटनाग्रस्त जहाजको प्रविधिक उपकरण जर्मन पु¥याएर त्यहाँबाट प्राप्त रिर्पोट र यहाँको सबै संयन्त्र अपनाएर सो प्रतिवेदन तयार पारेको दावी गरे ।
सो दुर्घटनामा ६ जनाको जीवितै उद्धार गरिएको थियो । सो दुर्घटनामा घाइते परिचालिका रोशनी हायजुको स्वास्थ्य अहिले राम्रो भईसकेको छ ।
सो जहाजमा सवार १८ यात्रुमध्ये १६ जना भारतीय र २ अन्य मुलुकका थिए । मुक्तिनाथ दर्शनका लागि यात्रुहरुले सो विमान चार्टर गरेर त्यसतर्फ लगेका थिए ।
शर्माको अध्यक्षतामा सरकारद्धारा गठित सो आयोगमा आयोगमा बुद्ध एयरका सिनियर पाइलट सुनिल प्रधान, तारा एयरका सिनियर इन्जीनियर असोक मानन्धर रहेका छन । यसैगरि अन्य सदस्यहरुमा नागरिक उड्डयन प्राधिकरण अन्र्तरगतका एभिएसन मेडिकल बोर्ड संयोजक डा. रन्जितसिँह बराल र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव सुरेश आचार्य रहेका छन ।
प्रतिवेदन सार्वजनिक गर्ने क्रममा क्याप्टेन दिपुराज जुहारचनले अनुसन्धानको क्रममा दुर्घटना भएको अग्निको जहान नियमित मर्मत संभार गरिएको र इन्जिनमा पनि कुनै समस्या नदेखिएको बताए । आयोगका सदस्य सिनियर इन्जीनियर मानन्धरले अध्ययनको क्रममा आफुहरुले दुर्घटनामा परेको जहाजको हाड्रोलिक सिस्टम , व्याट्रीमा पनि कुनै खराबी नभएको देखिएपनि चालकले अतालिएर सो दुर्घटना भएको बताए ।
आयोगका सदस्य पाइलट सुनिल प्रधानले जहाज दुर्घटनाको कारण मानवीय त्रुटी भएको दावी गर्दै यदि चालकले विमानस्थल नजिकैबाट भन्दा कागबेनी पु¥याएर जहाज मोडेको भए सो दुर्घटना नहुने बताए ।

No comments:
Post a Comment