वैदेशिक रोजगारीमा जाने कामदारलाई सास्ती
वार्षिक साढे दुई खर्ब भित्रयाउनेहरु प्रति विमानस्थलमै दुव्र्यवहार
मधुजंग पाण्डे÷राजधानी
काठमाडौ,२५ भदौ
गाउँको घरबारी र गरगहना बन्दकी राखि वैदेशिक रोजगारीमा विभिन्न मुलुक पुगेर फर्कने कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनेक दुव्र्यबहार भईरहेका छन ।
उनीहरुलाई विमानस्थल भित्र कार्यरत भन्सार र अध्यागमनका कर्मचारीदेखि विमानस्थल बाहिर सञ्चालित भाडाका ट्याक्सी र भ्यानका चालकसम्मले अनेक दुव्र्यवहार गरिरहँदा पनि सम्वन्धित निकाय मौन छ ।
विमानस्थल भित्र कार्यरत कर्मचारीका छुद्र बचनले निरास हुँदै विदेशबाट ल्याएको सामानको झोला घिसार्दै निस्किएका ति कामदारलाई विमानस्थलको बाहिरी भागमा भाडाका ट्याक्सी चालकले पनि वढी भाडा लिइ ठगिरहेका छन ।
विमानस्थलका कालो नम्बर प्लेटका भाडामा ट्याक्सीहरुले विदेशबाट आएका मान्छे देख्ने वित्तिकै पाखुरामा समातेर तानिहाल्छन र उनीहरुका व्याग गाडीमा राखिहाल्छन् । गन्तव्यमा पुगेपछि चल्तिको भाडाभन्दा चार गुणासम्म असुल्ने गर्दछन् । सोमबार कतारबाट तीनवर्षे कार्यकाल पुरा गरि घर फर्किएका बुटवलका कृष्ण न्यौपाने र नुवाकोटका राजाराम कार्कीलाई पनि विमानस्थलका भाडाका ट्याक्सी चालकहरुले बालाजु पुग्न २२ सय रुपैयाँ भाडा मागे । तर, नेपाल वायुसेवा निगमको जहाजबाट विमानस्थल झरेका कार्कीले निकैबेर बार्गेनिङ गरेपछि ६ सय रुपैयाँमा बालाजुमा उम्किन पाए ।
विमानस्थल कार्यालयका महाप्रवन्धक रतिशचन्द्रलाल सुमनले पनि विमानस्थलमा सँधै यस्तै दृश्य देखिएको स्वीकार्दै कालो नम्बर प्लेटका ट्याक्सी चालकमाथि विमानस्थल व्यवस्थापनले केही गर्न नसक्ने बताए । विमानस्थल व्यवस्थापन कार्यालयले त हरियो प्लेटका पर्यटक बोक्ने सवारी साधनलाई मात्र नियमन गरिरहेको जानकारी गराउँदै उनी वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथी विमानस्थलमै भईरहेका यस्तो कार्यबाट पन्छिए । उनले पर्यटकलाई सेवा दिन सञ्चालित पुराना ट्याक्सी अब छिट्टै हट्ने बताए । उनले विमानस्थलमा सञ्चालित भाडाको ट्याक्सीको भाडा नियन्त्रण र व्यवस्थापन सबै जिम्मा यायायात व्यवस्था विभागले गर्नुपर्ने जानकारी दिए ।
यातायात व्यवस्था विभागले पनि अहिलेसम्म विमानस्थल भित्रका भाडाका सवारी नियन्त्रण एवं व्यवस्थापनको प्रयास थालेकै छैन । जसका कारण दैनिक हजारौंको संख्यामा ओहोर– दोहोर गर्ने यात्रुहरुले यस्तै सास्ती खेप्न बाध्य छन । नेपाल वैदेशिक रोजगारी व्यवसायी संघको तथ्याङक अनुसार विदेशमा काम गर्ने नेपालीहरुले हरेक वर्È करिब २ खर्ब ५० अर्ब रुपैया“ बराबरको रेमिट्यान्स नेपाल भित्राईरहेका छन । सो तथ्याङकमा उल्लेखीत रकम नेपालमा लगानीको रुपमा विदेशीहरुले भित्रयाउने भन्दा यो करिब पा“च गुणाले बढी हुन आउ“छ । यिनै ठूला लगानीकर्ताहरुबाट नेपालको करिब एक तिहाइ अर्थतन्त्र धानिएको छ। तैपनि गाउँको घरबारी बन्दकी राखेर वैदेशिक रोजगारीमा गएर फर्कने कामदारलाई विमानस्थलमा अनेक दुव्र्यबहार हुन्छ । एक नेपाली अर्काको भूमिमा रगत पसिना बगाएर आङ्खनो परिवारलाई भेट्न बल्लतल्ल एक महिनाको छुट्टी लिएर घर फर्कन्छन्।
जब उसको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रन्छ । अनि लामो लाइनमा धेरै समयको लागि कुर्छ। पालो आएपछि सेवा दिन बसेको कर्मचारीबाट नानाथरिको बेइज्जति प्रश्नको सामना गर्छ। वैदेशिक रोजगारबाट फर्केका कामदारहरु भन्छन्– विदेशबाट फर्कंदा अपराध गरेर फर्केको भान पारिदिन्छन, कर्मचारी । टाई सुट लगाएर पर्यटकीय र बिज्नेस भिसामा युरोप जानेहरुलाई आउनुहोला, कागजपत्र हेर्न सकिन्छ जस्ता निकै नम्र र सभ्य व्यवहार हामीलाई भने जथाभावी बोल्छन अर्का कामदार बालकृष्ण सापकोटाले भने । भन्सारको कर्मचारीले आङ्खनो परिवारलाई ल्याएको सरसामानहरु एक–एक गरी खोजतलास गरी मानसिक यातना दिने र केही सामान वा पैसा दिनु पर्ने व्यवहार गर्ने गरेको वैदेशिक रोजगारमा फर्कनेको गुनासो रहेको छ । उता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारी भने भन्सार नछलुन् भनेर मात्र कडाइ गरेको बताउँछन् ।
No comments:
Post a Comment