Tuesday, May 31, 2011


पत्रकार महासंघमा कानुनी डेस्क स्थापना

काठमाडौं,१७ जेठ – श्रमजीवी पत्रकारहरुले भोग्दै आएका समस्या समाधान गर्न नेपाल पत्रकार महासंघले केन्द्रीय कार्यालयमा कानुनी डेस्क स्थापना गरेको छ ।
कानुनी डेस्कमार्फत महासंघ आफ्ना सदस्यहरुबाट आवश्यक कुनै पनि किसिमको कानुनी सल्लाह र विशेषज्ञ सेवा उपलब्ध गराइने महासघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा विभिन्न समस्या झेलिरहेका पत्रकारहरुले कानुनी उपचार खोज्नका लागि महासंघले स्थापना गरेको कानुनी डेस्कसँग सम्पर्क गरी आफ्ना समस्या राख्न सक्ने महासंघका महासचिव ओम शर्माले जानकारी दिP

पाँचबुदेप्रति बैद्य समूहको असन्तुष्टि

 काठमाडौं,१७ जेठ,  – जनबिद्रोह गर्ने लाइन संसोधन गर्दै शान्ति र संविधानका पक्षमा पार्टी नेतृत्व ढल्किएपछि असन्तुष्ट बनेको माओवादीको मोहन बैद्य पक्षले संविधानसभा म्याद थप्नेबेला गरेका निर्णयप्रति पनि कडा आपत्ति जनाएको छ ।
पालुङटारको विस्तारित बैठकले तय गरेको जनविद्रोहको कार्यदिशा स्थगित गर्ने निर्णयसँगै पार्टी नेतृत्व संसदीय भासमा फस्दै गएको निष्कर्षमा पुगेको बैद्य पक्षले त्यसपछिका सबै निर्णयहरुमा फरक मत राख्दै आएको छ ।
पार्टीमा छलफल नै नगरी अध्यक्ष प्रचण्डले पार्टी निर्णय विपरित पाँच बुँदे सहमति गरेको बैद्य पक्षको आरोप छ । ‘पछिल्लो सहमति गर्ने क्रममा अध्यक्षले डवल स्ट्याण्डर्ड देखाउनु भएको छ’ बैद्य पक्षका पोलिटव्युरो सदस्य हरिभक्त कँडेलले अनलाइनखबरसँग भन्नुभयो-’पार्टीमा एउटा निर्णय हुने अनि त्यहाँ अर्कौ निर्णय गरेर आउने ?’
बैद्य पक्षले तीन दलबीच भएको पाँचबुँदेमा रहेको तीन महिनाभित्र शान्ति प्रक्रिया पुरा गर्ने, उक्त समयमा संविधानको एकीकृत मस्यौदा निमार्ण गर्ने र शान्ति प्रक्रिया पुरा भएपछि संविधान निर्माण गर्ने तथा प्रधानमन्त्रीको राजीनामा गराउने सहमतिप्रति असन्तुष्टि जनाएको छ । ‘सरकारको यो मोर्चालाई तोड्ने भन्ने कुनै निर्णय भएको छैन’ बैद्य पक्षका अर्का नेता देव गुरुङले भन्नुभयो-’ पार्टीमा छलफल नभएको विषयमा अध्यक्षले कसरी सहमति गर्नुभयो ?’
उनीहरुकै भाषामा भन्दा नेपालीहरु आफैले बनाएको वर्तमान सरकार ढाल्ने र हस्तक्षेपको बीचबाट नयाँ सरकार बन्न खोजेको त होइन भन्ने बैद्य पक्षको आशंका छ । राष्ट्रियता र राष्ट्रिय अस्मिताको रक्षाका लागि वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने भन्दै गुरुङले प्रधानमन्त्रीको राजीनामाले मुलुकलाई राष्ट्रिय आत्मसर्मपणबादतिर लैजाने दावी गर्नुभयो । ‘हाम्रा नेताहरुमा पनि कतै सत्ता मोह पलाएको त हैन भन्ने हाम्रो गम्भीर आशंका छ’ कँडेलले भन्नुभयो-’आफैले बनाएको सरकार आफैले कसरी विना कारण ढाल्ने ? यो सरकार ढाल्नु पर्ने विशिष्ट कारण के ? राष्ट्रिय सरकारको आधार के ?’
यसैगरी बैद्य पक्षले शान्तिप्रक्रिया पुरा गरेपछि संविधान निर्माण गर्न खोजिएको भन्दै अध्यक्षको नियतप्रति आशंका जनाएको छ । ‘अहिलेको केन्द्रीय प्रश्न भनेको जनताको संविधान निर्माण हो । तर, शान्ति र सत्तालाई केन्द्रमा राख्न खोजिएको छ’ नेता कँडेलले भन्नुभयो-’शान्ति र संविधान सँगसँगै जानुपर्छ ।’ उनीहरुले तीन महिनाभित्र संविधानको एकीकृत मस्यौदा ल्याउने र लडाकुलाई निशस्त्रिकरण गर्ने निर्णय गम्भीर भुल भएको बताएका छन् । बैद्य पक्षमा रहेका सचिव सीपी गजुरेलले भन्नुभयो-’हतियार खोसिएका नागरिकलाई केमा समायोजन गर्ने ? हतियार नभएको पनि सेना हुन्छ ? त्यसैले समायोजन र हतियार बुझाउने काम सँगै बढ्छ । पहिला हतियार बुझाएर आत्मसर्मपण गर्ने कुरा हुँदैन ।’
बैद्य पक्षले पार्टी नेतृत्व जनताको संविधान निमार्ण गर्ने तर्फभन्दा पनि एक थान संविधान ल्याउन केन्द्रीत भएको आरोप लगाएको छ । उनीहरुले पार्टी अध्यक्ष प्रचण्ड उपसमितिको संयोजक भएको र पार्टी अडानहरु छाड्दै गएकोमा पनि आपत्ति जनाएका छन् । ‘पार्टी अध्यक्षको संयोजकत्वमा के-के उपसमिति बनाएर नौटंकी भइरहेको छ’ कँडेलले भन्नुभयो-’त्यहाँ के-के सहमति भयो पार्टीमा कुनै हिसाव किताब छैन ।’ विभिन्न विषयगत समितिले सर्वसम्मत तथा बहुमतले पारित गरेका सहमतिलाई समेत उपसमितिले उल्टाएको भन्दै कँडेलले अध्यक्षसहित पार्टी नेतृत्व एक थान संविधान ल्याउन खोजेको बताउनुभयो ।

एक वोत्तल वाइनकै डेढ करोड

काठमाडौं,१७ जेठ– जीवनमा खुसीको पल होस् या दुःखको, धेरैको पि्रय साथी बन्ने गरेको छ वाइन । रक्सीको मस्ती कति हुन्छ भन्ने त पिउनेलाई जती कस्लाई थाहा होला र ! तर करोडौं मूल्यमा केबल एउटा बोत्तल किन्ने वाइनका पारखी पनि संसारमा छन् भन्दा चाहिं हामीमध्ये कैयौंलाई झड्का नै लाग्ला । लण्डनमा हालै भएको एक सार्वजनिक खरिदमा चीनियाँ नागरिकले १ लाख ३५ हजार पाउण्ड अर्थात १ करोड ५९ लाख रुपैयाँ बराबरको वाइनको बोत्तल खरिद गरेका छन् । १९६१ मा फ्रान्समा उत्पादित उक्त वाइन बेलायतको क्रिस्टिज अक्शन हाउसमा बिक्री भएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।यती मोटो रकममा त बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले पनि उक्त वाइन किन्न नसक्ने आङ्कलन गरिएको छ । मात्र ६ लिटर रक्सी रहेको बोत्तल किन्ने पैसाले त बेलायतमा भनेजस्तो ठाउामा भब्य महल नै किन्न पुग्छ । वाइन अपेक्षा गरिएकोभन्दा तीन गुना बढी मूल्यमा बिक्री भएको थियो । बेलायतको ५ उत्कृष्ट वाइनमध्येमा उक्त वाइन पर्ने बिक्रीमा संलग्न अधिकारीहरुले बताएका छन् ।
आर्थिक मन्दीको बाबजुद बेलायतमा रक्सी उद्योगको राम्रै ब्यापार छ । चीन, हङकङ, सिंगापुरलगायतका देशहरुमा वाइनको ठूलो माग रहेको छ । अङ्गुर खेतीको लागि उपयोगी हावापानी नरहेको बेलायतमा वाइन मोह न्यून पाइएको छ । गत वर्ष लण्डनमा विशेष किसिमको एक वाइनको बोत्तल ७५ हजार पाउण्डमा बिक्री भएको थियो ।

Monday, May 23, 2011

लन्डनको बसमा नेपाली पर्यटनको प्रचार


काठमाडौं÷रास- पर्यटन वर्ष २०११ को अवसर पाररे बेलायतस्थित नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा बेलायतको लन्डनमा नेपालको पर्यटन प्रवद्र्धनात्मक लोगो अंकित बस साचालनमा गरेको छ ।
नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर् याउने उद्देश्यका साथ साचालनमा ल्याएको सो बसमा ुनेचुरल्ली नेपालु को लोगो टाँसिएको छ ।
सो बस आगमी २९ मेसम्म साचालन हुने बोर्डले जनाएको छ ।
बोर्डले नेपालको पर्यटन प्रचार-प्रसार गर्ने मुख्य उद्देश्यले बेलायती नागरिक र अन्य देशबाट बेलायत घुम्न आएका नागकिरलाई नेपाल पर्यटन वर्षको जानकारी गराउनका लागि सो बस निकै उपयोगी हुने अपेक्षा गरेकॊ छ ।
यो बस साचालन गरेपछि वार्षिक १० लाख पर्यटक िभœयाउने लक्ष्यका साथ मनाइँदै गरेको नेपाल पर्यटन वर्ष-२०११ लाई सहयोग पुर् याएको बोर्डको दाबी छ ।
यो बस लन्डनको मुख्य सहरमा साचालन गरिएको छ । विदेशी भूमिका नेपालको पर्यटन प्रवद्र्धनात्मक लोगो अंकित बस साचालन गरिएको पहिलो हो । यसरी प्रचार-प्रसार गरिँदा नेपालका बारेमा धेरै बेलायती नागरिकले जान्ने अवसर पाएको र उनीहरुलाई नेपाल आउने उत्प्रेरणा जगाएको पर्यटन बोर्डले जनाएको छ ।
सो जानकारी गराउन बोर्डद्वारा सोमबार जारी विज्ञप्तिमा बस साचालनपछि बेलायती पर्यटक आगमनको संख्या वृद्धि हुने अपेक्षा गरिएको उल्लेख छ ।

पुरुषत्व बिक्दै छ थाइल्याण्डमा



मधुजंग पाण्डे
महिला बेचिएको खबरले धेरै मुलुकबाट निस्कने अखबारमा स्थान पाएका छन् पैसाकै लागि केही महिलाले अस्मिता बिक्री गरेको धेरैले सुनेका होलान् । तर एसियाली मुलुक थाइल्यान्डको पूर्वी तटीय सहर पतयाको व्यस्त सडकमा अहिले धमाधम पुरुषत्व बिक्री भइरहेको छ ।
थाइल्यान्ड सरकारले यौन पर्यटनलाई मुलुकको अर्थतन्त्रको प्रमुख स्रोतका रुपमा विस्तार गर्दै आएको लामो समयपछि यहाँ पुरुषत्व बिक्री हुन थालेको हो । मुलुकको राष्ट्रिय आयको ४० प्रतिशत हिस्सा ओगट्न सफल यस व्यवसायमा अहिले एक पटकमा ६ देखि ८ सय भाटमा पुरुषत्व बिक्री हुन्छ । विभिन्न मुलुकबाट आउने महिला पर्यटकलाई यौन पर्यटनको माध्यमबाट थप मनोराजन दिनका लागि साचालित यस व्यवसायले अहिले ज्यान परेका तन्नेरीहरुलाई रोजगारको अवसर बढाइदिएको छ
सोही क्षेत्रमा महिला भने जम्मा २ देखि ६ सय भाटमा पुरुषलाई सेवा दिन्छन् । मसाज एवं यौन पर्यटनका लागि लोकपि्रयता कमाइसकेको थाइल्यान्डका अधिकांश सहरमा महिला यौनकर्मीले एक पटकमा प्रतिग्राहक दुई सयदेखि बढीमा ६ सय भाट लिन्छन् भने पुरुषले त्यसको दोब्बर ६ सयभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । थाइल्यान्डको राजधानी बैंककदेखि ४५ किमी पूर्वको तटीय सहर पतयाको एक व्यस्त सडकका विविध थरिका पसलहरुको पंक्तिमा सिसाको बारभित्र झट्ट हेर्दा फेसन बुटिक जस्तै लाग्ने एउटा सजावटले भरिएको घर छ । सो घरभित्र पस्ने क्रममा ढोकाको माथिल्लो भागमा देखिन्छ ुसर्भिस वर्कस इन गु्रपु जसको छोटकरी नाम हो ुस्विङु । यहाँका अधिकांश भागमा देखिने महिला र पुरुष यौनकर्मीहरुले साचालन गरेको व्यावसायिक कार्यस्थलको अर्को नाम हो ुहेल्थ ल्यान्ड स्पा एन्ड मसाजु ।
सिसाको घरभित्र पस्नासाथ केही चुलबुले हँसिला र फुर्तिला युवाहरु बसिरहेको कुसर्ीबाट उठी दुवै हात जोडी आधा टाउको झुकाएर स्वागत गरिहाल्छन् । त्यसपछि पाँचतला माथिसम्म घुमाएर सोही घरबाट साचालित विविध गतिविधिका बारेमा बेलिविस्तार लगाउन थाल्छन् उनीहरु स्थानीय थाई र नजािनंदो अंग्रेजी भाषामा । सो घर थाइल्यान्डमा विगत केही वर्षअघि स्थापना भएको पुरुष यौनकर्मीहरुको साझा संस्था स्विङको पतया शाखा कार्यालय हो । यसका अन्य दुई कार्यालय थाइल्यान्डको राजधानी बैंकक र अर्को सामुई सहरमा साचालन भइरहेको उनीहरु बताउँछन् । जसका कारण अहिले यहाँ पुरुषहरु ग्राहक बन्छन् भन्ने सोचाइ पुरानो भइसकेको छ ।
थाइल्यान्डको यौन उद्योगमा महिलाले भन्दा पुरुषले राम्रो आम्दानी गर्न थालेको देखिन्छ । थाइल्यान्डमा देह व्यापारको इतिहास दशकौं पुरानो भए पनि विगत केही वर्षअघिसम्म यहाँको यौन व्यवसायमा पुरुषको संख्या नगण्य मात्र हुन सक्ने ठानेर व्यवसायीको सुरक्षामा सहयोग पुर् याउने संस्थाहरु पनि अधिकांश महिलाकै सुरक्षार्थ मात्र साचालित थिए । पूर्वी एसियाकै रमणीय मुलुक थाइल्यान्ड जब संसारकै एक प्रमुख यौन पर्यटन गन्तव्यका रुपमा परिचित बन्दै गयो तब एसियाका अन्य मुलुक र युरोपेली देशहरुबाट यहाँ यौन आनन्द दिन आउने पाहुनाको संख्या दैनिक रुपमा बढ्दै गइरहेको छ । अहिले नेपाल जस्तो अल्प विकसित मुलुकबाट समेत वार्षिक हजारौं युवायुवती थाइल्यान्डको यौन पर्यटनको मज्जा लिन पुगिरहेका छन् । यसले सोझै अनुमान गर्न सकिन्छ अझै यहाँ साचालित यौन व्यवसाय थप विस्तारको क्रममा छ ।
एक्लै घुम्न आउने महिला पर्यटकको आँखा विपरीत िलंगीतर्फ तानिन थालेपछि थाई युवाहरु पनि राम्रो मूल्यमा बिकाउ हुन थालेको यहाँका पर्यटन व्यवसायीहरु बताउँछन् । जसका कारण अहिले यहाँको यौन पर्यटनमा पहिलेको भन्दा निकै परिवर्तन आइसकेको उनीहरुको दाबी छ ।
विगत तीन दशकदेखि पतयामा मनि एक्स्चेन्जको व्यवसाय साचालन गर्दै आएका स्पिड मनी एक्स्चेन्जका प्रबन्ध निर्देशक क्योन्जङ जरावातले याइल्यान्डको यौन उद्योगमा महिला यौनकर्मीका अनेकौं संघ÷संस्था भएजस्तै पुरुष यौनकर्मीलाई आवश्यक सम्पूर्ण सेवा-सुविधा स्विङले उपलब्ध गराउँदै आएको बताए ।
पुरुष यौनकर्मीलाई एचआईभी र अन्य यौनरोगको संक्रमणबाट जोगाई आवश्यक परामर्श र हेरचाहको व्यवस्था मिलाउने उद्देश्यले सन् २००४ सेप्टेम्बरमा साचालनमा आएको स्विङ संस्था अहिले थाई यौनकर्मी पुरुषहरुको साझा चौतारी बनेको छ । स्विङको स्थापनाले पुरुष यौनकर्मीले भोग्नुपरेका अनेकौं समस्यामा सहयोग गरिदिएको जानकारी गराउँदै उनले अहिले दैनिक रुपले बढ्दै गरेका पुरुष यौनकर्मीको मागले यहाँका स्थानीय युवालाई जीविकोपार्जनको नयाँ अवसर जुटाइदिएको बताए । जसका कारण अहिले स्विङमा आबद्ध हुने स्थानीय युवाहरुको संख्या तीव्र भइरहेको उनको भनाइ छ ।
उनीहरुलाई आफ्ना विशेष आवश्यकता अनुसारको अलग्गै स्वाथ्य सेवा सरसल्लाह एवं सहयोगको खाँचो महसुस हुन्थ्यो । यसअघि महिला यौनकर्मीका लागि खुलेका सेवाप्रदायक संस्थाहरुमा पुगेर आवश्यक सेवा माग्नुबाहेक अन्य विकल्प उनीहरुमा नभएको जानकारी गराउँदै क्योन्जङले भने
ुत्यसबाट उनीहरुमा सन्तुष्टिभन्दा बढी पीडा खपेर बस्नुपर्ने बाध्यता थियो ।ु आफूलाई आवश्यक सेवा र सल्लाह महिला यौनकर्मीका संस्थामा माग्न जान अप्ठुरो लाग्ने र मागिहाले पनि चाहेजति नपाइने अवस्थाले यस संस्था साचालनमा आएको स्विङका सदस्य स्याङ्चीले बताए ।
स्विङका संस्थापक सदस्य स्याङ्चीका अनुसार यौनकर्मीहरुको शिक्षा स्वाथ्य परामर्श एवं हेरचाहमा २० वर्ष बिताएकी स्वयंसेविका सुराङ जन्यामले पुरुष यौनकर्मीको समस्या बुझेर छुट्टै संंस्था खोलेकी थिइन् । उनले थाई यौनकर्मीका अधिकार रक्षा गरेबापत स्विङका संस्थापक सुराङ गत वर्ष राष्ट्रिय मानव अधिकार पुरस्कारबाट सम्मानित भएको बताए । कार्यालय स्थापनाको छोटो अवधिमै स्विङले थाइल्यान्डको राजधानी बैंकक पतया र सामुई सहरमा कार्यालय साचालन गरेर १०औं हजार यौनकर्मीमाझ काम गर्न थाल्नुलाई थाईहरु आफ्नो मुलुकको यौन उद्योगमा पुरुष योगदानको राम्रो पकड भएको र व्यवसाय थप फराकिलो बन्दै गएको बताउँछन् ।
पतयाको व्यस्त सडकको मुख्य चोकमा आकर्षक ढंगले सजाएर राखिएका सिसाको घरमा भेटिएका स्विङका स्थानीय महाप्रबन्धक कोङले राजधानीसँग भने ुअहिले पतया शाखामा मात्र करिब साढे चार हजारभन्दा बढी पुरुष यौनकर्मी स्विङको सदस्य भइसकेका छन् ।ु यो संख्या अझै बढ्दो क्रममा रहेको उनको भनाइ छ । पतयामा मात्र करिब सात हजार पुरुष यौनकर्मी हुन सक्ने अनुमान गर्दै उनले हाल स्विङको सम्पर्कमा आउनेको संख्या करिब ६ हजार नाघेको बताए । यस संस्थाले महिला पर्यटकलाई राम्रो मनोराजन प्रदान गरेको जानकारी गराउँदै कोङले भने
ुहाम्रो सम्पर्कमा नरहेका पनि हजारौं हुन सक्छन् सबैलाई सदस्य बनाउन नसकिए पनि उनीहरु सबैलाई सेवा दिएर एकै ठाउँमा समेट्ने लक्ष्य संस्थाको छ ।ु
विगत दुई वर्षदेखि स्विङमा आबद्ध पुरुष यौनकर्मी फुलिङले भने ुसबै यौनकर्मी संगठित भएपछि हामीलाई व्यवसाय साचालन गर्न निकै सजिलो भएको छ ।ु यस संस्थामा लागेर यहाँका युवाहरुलाई अंग्रेजी भाषा सिकाएर ग्राहकसँग स्पष्ट्रसँग बोल्न सक्ने बनाइदिएको उनको भनाइ छ । उनको अनुभवमा बोल्न जान्ने पुरुष यौनकर्मीले एउटा ग्राहकबाट करिब एक हजार भाट पैसा पाउने जानकारी गराउँदै उनले यो मूल्य महिला यौनकर्मीको औसत प्रतिग्राहक कमाइभन्दा दोब्बर बढी भएको बताए । जसको कारणबारे जिज्ञाशा राख्दा विनासंकोच उनले भने ुहाम्रा ग्राहक महिला हुने भएकाले पुरुष ग्राहकप्रति समर्पित हुने महिला यौनकर्मीले भन्दा बढी सकि्रयता र शारीरिक सामथ्र्य गर्नुपर्छ त्यसैले महिला यौनकर्मीको तुलनामा पुरुषको मूल्य बढी हुनु स्वाभाविक हो ।ु महिलालाई आनन्दपूर्वक यौन सन्तुष्टि दिने क्रममा पुरुषले धेरै इनर्जी खर्च गर्नुपर्ने हुन्छ । शरीर आलस्य हुन्छ । पौष्टिक आहार बढी खानुपर्छ । नत्र ग्राहकको चाहनाअनुरुप सन्तुष्टि दिनै नसकिने उनी बताउँछन् ।
पतयाको एउटा सडकमा करिब दुई दर्जन पुरुष यौनकर्मीलाई भाषा सिकाइरहेका स्विङका स्वयंसेवी प्रशिक्षक अहुकोङले संस्थाको सम्पर्कमा रहेका अधिकांश यौनकर्मी पुरुषहरु उत्तरी थाइल्यान्डका विकट ग्रामीण बस्तीबाट आएको बताए । उनीहरुमध्ये धेरैले विद्यालय जाने अवसर पाएनन् । स्कुले शिक्षा पूरा गरेकाहरुको पनि अंग्रेजी भाषा कमजोर छ । त्यसैले उनीहरुलाई ग्राहकसँग नजिकिन र गहिरिएर गफ गर्न निकै कठिन भयो । भाषा नबुझी स्विकारिएका कतिपय ग्राहकबाट असुरक्षित र कष्टकर यौनकार्य गर्न लगाउने थौरै पैसा दिने बढी समय लगाउन बाध्य पार्नेजस्ता दुव्र्यवहार भोग्नुपरेको अनुभव पुरुष यौनकर्मीसँग भएको उनको कथन छ । सो समस्या समाधान गर्न स्विङले आफ्ना सदस्यहरुका लागि कार्यालय रहेका तीनओटै सहरमा अंग्रेजी भाषा प्रशिक्षण कक्षा साचालन गरेको छ । जहाँ लेख्न र पढ्नभन्दा बढी बोल्न सिकाइन्छ । हरेक साताको सोमबार मंगलबार बिहीबार र शुक्रबार स्थानीय समयअनुसार पुरुष यौनकर्मीहरु आ-आफ्नै समूह बनाएर अंग्रेजी भाषा सिक्ने गरेको उनले जानकारी गराए ।
अहिले थाइल्यान्डमा अंग्रेजी र थाई दुवै भाषा नजानेका ग्राहक आइपुग्न थालेकाले उनीहरुका लागि थप भाषा सिकाइनुपर्ने उनको अनुभव छ । अंग्रेजी भाषा नबुझ्नेहरुमा धेरैजसो जर्मनी कोरियन जापानिज र चाइनिज रहेको जानकारी गराउँदै उनले भने ुस्विङले छिट्टै थप भाषा प्रशिक्षण कक्षा साचालनको तयारी गर्दैछ ।ु यसैगरी स्विङले पुरुष यौनकर्मीलाई कार्यालयमा निःशुल्क इमेल÷इन्टरनेट चलाउने र शारीरिक व्यायाम गर्ने प्रबन्धका साथै एचआईभी परीक्षण एवं यौनरोग उपचारका लागि सम्बन्धित अस्पतालमा सिफारिस गरिदिने व्यवस्था पनि स्विङले गर्दै आएको उनले जानकारी गराए ।
यसैगरी यौनकर्मी पुरुषलाई कार्यक्षेत्रमा कुनै समस्या परेमा सोझै स्विङमा सम्पर्क गर्न हटलाइन टेलिफोनको व्यवस्था गरिएको पनि उनले बताए । उनले स्विङले गत वर्षदेखि सहुलियत दरमा उच्च गुणस्तरीय कन्डम बेच्न थालेपछि पुरुष यौनकर्मीलाई केही राहत मिलेको समेत जानकारी गराए । उनले भने ुएउटै ट्रेडमार्कको कन्डमलाई बजारमा प्रतिपिस २७ भाट तिनुपथ्र्यो संस्थाबाट खरिद गर्दा जम्मा चार भाटमा पाइन्छ ।ु यसले एकजना ग्राहकबाट हुने आम्दानी कम्तीमा पनि २३ भाटभन्दा बढी बचत गराइदिएको उनको कथन छ ।
उनले अहिलेसम्म कानुनी मान्यता नपाए पनि मुलुकको पर्यटन उद्योगको एक अंगको रुपमा सरकारले नै प्रोत्साहन गरेको थाई यौन व्यवसायलाई व्यवस्थित गर्ने क्रममा पुरुष यौनकर्मीहरुले पनि स्वास्थ्य मन्त्रालयबाट केही आधारभूत सुविधा पाएको बताए । स्विङका प्रशिक्षक अहुकोङका अनुसार तीन दशकअघिसम्म ५० देखि ७० हजार यौनकर्मी रहेको थाइल्यान्डमा अहिले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ५० लाख यौनकर्मी रहेको अनुमान गरिएको छ । देशकै कुल जनसंख्या ६ करोड रहेको थाइल्यान्डको यौन उद्योगमा संलग्न कुल संख्याको करिब डेढ तिहाइ पुरुष यौनकर्मी छन् ।
उनीहरु युरोपेली मुलुकबाट बिदा मनाउन थाइल्याण्ड भित्रिने सोखिन महिलालाई आफ्नो पुरुषत्व बेचिरहेका छन । यसले मुलुकको पर्यटन उद्योगमा योगदान पुग्नुकासाथै अन्य देशका युवालाई पनि आय-आर्जनको राम्रो पाठ सिकाईरहेको छ ।

२५ अर्व २१ करोड बेरुजु मंसिरसम्ममा फर्छ्यौट गर्न निर्देशन

काठमाडौ, जेष्ठ ९ - संसदको सार्वजनिक लेखा सिमितको बैठकले सोमबार सरकारलाई अघिल्लो बर्षको बेरुजु २५ अर्व २१ करोड रुपैया अगामी मंसिरसम्ममा फर्छ्यौट गरी जानकारी दिन निर्देशन दिएको छ ।
महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा अघिल्लो बर्षमात्र २५ हजार २१ अर्व रुपैयाँ बेरुजु देखाएपछि उक्त बेरुजु मंसिरसम्ममा फर्छ्यौट गर्न निर्देशन दिएको हो ।
सिमितले त्यसअघीको ७२ अर्व २१ करोड रुपैयाँ पनि अगामी चैत महिनासम्म फछ्यौट गरी जानकारी दिन निर्देशन दिएको हो । महालेखा परिक्षकको कार्यालयका अधिकारी तथा विभिन्न मन्त्रलायका सचिवहरुको उपस्थितमा समितिले उक्त निर्देशन दिएको हो ।
दण्ड र पुरस्कारको अभावमा बेरुजु बढ्दै गएको उल्लेख गर्दै तत्काल नराम्रो गर्नेलाई दण्ड र राम्रो काम गर्नेलाई पुरस्कारको ब्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
सिमितले महालेखा परिक्षकको नियुक्ति तत्काल गर्न लगायतका १८ वटा निर्देशन सोमबारको बैठकले दिएको हो ।

 

Sunday, May 22, 2011

छोरीको यौन-व्यवसायमा गर्व गर्छन बाबु-आमा

मधुजंग पाण्डे
आफैंले जन्माएर हुर्काएको छोरी यौन-व्यवसायमा लागेको थाहा पाउँदा बाबुआमालाई कस्तो लाग्दो हो हाम्रो समाजमा यो घटना जो कसैका लागि पनि पाच्य हुँदैन ।
तर एसियाली मुलुक थाइल्यान्डमा यस्तो घटनालाई सामान्य मानिन्छ । कतिपय बाबुआमा यस्ता पनि छन् जो आफ्नै छोरीलाई यौन-व्यवसायमा लाग्न प्रेरित गर्छन् । पूर्वी तटीय सहर पतयाको एक व्यस्त सडकका बाबुआमा छोरीले यौन-व्यवसाय साचालन गरेकोमा गौरव गरिरहेका छन् ।
उनीहरु खुसीका साथ छोरीको व्यवसायलाई थप विस्तार गर्दै जाने अभियानमा जुटेका भेटिन्छन् । ती बाबुआमाहरुको अनुहारमा कत्ति पनि संकोच छैन । सानदारका साथ उनीहरु छोरीको यौन-व्यवसायमा रमाइरहेका छन् । पतया बिजरोड तर्फको एउटा व्यस्त बजार । त्यहाँ हरेक दिन साँझ नपर्दै झट्ट हेर्दा २० देखि २५ वर्षका युवतीहरुलाई साथमा लिएर आमाबुबा नै हिँडिरहेका हुन्छन् । छोरीको व्यावसायिक कार्यस्थलको बेलीविस्तार सुनाउन सडक छेउमा बसिरहेका देखिन्छन् । सडकमा हिँड्दै गरेका मान्छेले रोकिएर उनीहरुका कुरा सुनिदियो भने ती वृद्ध आमाबुबाहरुले आकर्षक सजावटले भरिएको सिसाको घरभित्र पुर् याइहाल्छन् । अन्य मुलुकबाट गएको मान्छे त्यस घरभित्र प्रवेश गरेपछि सुरु हुन्छ उनीहरुको व्यवसाय ।
नेपाल भारत बंगलादेश श्रीलंका लगायतका सार्क मुलुकबाट मात्र मनोराजनकै लागि वार्षिक २० लाखभन्दा बढी पर्यटक पुग्ने थाइल्यान्डको राजधानी बैंककदेखि ४५ किमी पूर्वको तटीय सहर पतयाको यस क्षेत्रमा अहिले धमाधम यसरी नै स्थानीय बुबाआमाले आफ्ना छोरीहरुलाई यौनधन्दामा सघाइरहेका भेटिन्छन् ।
विगत दुई वर्षदेखि छोरीको यौनधन्दामा संलग्न ६५ वर्षीया याकिन जरावातले छोरीहरुको व्यावसायिक कि्रयाकलापका कारण अहिले संसारका धेरै मान्छेहरुसँग नजिकिएर गफ गर्ने अवसर पाएको बताए ।
छोरीको व्यावसायिक कि्रयाकलापले युरोपियन मुलुकदेखि नेपालसम्मका युवाहरुसँग कुरा गर्ने मौका मिलेको उनको कथन छ ।


आफ्ना दुई छोरा पतयाकै समुद्रमा स्पिड बोट चलाइरहेको जानकारी गराउँदै याकिनले राजधानीसँग भने ु२२ वर्षीया स्यान्जेन मेरी कान्छी छोरी हुन् । उनले सुरु गरेको यौन-व्यवसायबाट म सन्तुष्ट छु ।ु छोरीको व्यवसायबाट आफ्नो पारिवारिक खर्च धानेको जानकारी गराउँदै उनले छोरीको व्यावसायिक कि्रयाकलापमा संसारका अधिकांश मान्छे रमाउने गरेको बताइन् । पतयाको यस क्षेत्रमा आफू मात्र नभएर करिब २० हजारभन्दा बढी बाबुआमाहरु छोरीको यौनधन्दामा सहकार्य गरेर बसेको उनको भनाइ छ ।
उनी छिट्टै आफ्नी छोरीको यौन-व्यवसाय कार्यालयको थप शाखा बैंकक र फुकेटमा साचालन गर्न लागेको बताउँछिन् ।
मुलुकको राष्ट्रिय आयको ४० प्रतिशत हिस्सा ओगट्न सफल यस व्यवसायमा अहिले एक पटकमा २ देखि ६ सय भाटमा नारित्व बिक्री हुन्छ । विभिन्न मुलुकबाट आउने पुरुष पर्यटकलाई यौन पर्यटनको माध्यमबाट थप मनो™ाजन दिनका लागि साचालित यस व्यवसायले अहिले रुप परेका युवतीहरुलाई रोजगारको अवसर बढाइदिएको छ ।
अहिले यहाँ पुरुषहरु पनि ४ देखि ८ सय भाटमा महिलालाई सेवा दिइरहेका छन् । मसाज एवं यौन पर्यटनका लागि लोकपि्रयता कमाइसकेको थाइल्यान्डका अधिकांश सहरमा महिला यौनकर्मीले एक पटकमा प्रतिग्राहक दुई सयदेखि बढीमा ६ सय भाट लिन्छन् भने पुरुषले त्यसको दोब्बर ६ सयभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । यसले महिलाको व्यवसायमा केही प्रभाव पारेको उनीहरुको गुनासो छ ।
थाइल्यान्डको राजधानी बैंककको एक व्यस्त सडकका विविध थरीका पसलको पंक्तिमा सिसाको बारभित्र झट्ट हेर्दा फेसन बुटिक जस्तै लाग्ने एउटा सजावटले भरिएको घर छ । जहाँ पस्नेबित्तिकै विभिन्न साइज र कदका युवतीहरु आएर तपाईंलाई कुन मनपर्छ । छिट्टो छानिहाल्नोस् भन्छन् र एकदमै वास्नादार एवं आकर्षक ढंगले सजाएर राखिएको घरमै उनीहरुले ग्राहकलाई मनपर्ने सबै सेवा उपलब्ध गराइहाल्छन् । सिसाले सजाएको घरभित्र छिर्ने क्रममा ढोकाको माथिल्लो भागमा देखिन्छ ुहेल्थ ल्यान्ड स्पा एन्ड मसाज ।ु
सिसाको घरभित्र पस्नासाथ केही चुलबुले हँसिला र फूर्तिला युवतीहरु बसिरहेको आसनबाट उठी दुवै हात जोडी आधा टाउको झुकाएर स्वागत गरिहाल्छन् । त्यसपछि सोही घरबाट साचालित विविध गतिविधिका बारेमा बेलिविस्तार लगाउन थाल्छन् स्थानीय थाई र नजानिदो अंग्रेजी भाषामा । उनीहरु थाई मसाजका लागि संसारका धेरै मान्छेहरु आउने गरेको बताउँछन् ।
थाइल्यान्डमा देह व्यापारको इतिहास दशकौं पुरानो भइसकेको छ । पूर्वी एसियाकै रमणीय मुलुक थाइल्यान्ड जब संसारकै एक प्रमुख यौन पर्यटन गन्तव्यका रुपमा परिचित बन्दै गयो तब एसियाका अन्य मुलुक र युरोपेली देशहरुबाट यहाँ यौन आनन्द दिन आउने पाहुनाको संख्या दैनिक रुपमा बढ्दै गइरहेको छ । अहिले नेपालजस्तो अल्पविकसित मुलुकबाट समेत वार्षिक हजारौं युवायुवती थाइल्यान्डमा यौन पर्यटनको मज्जा लिन पुगिरहेका छन् । यसले सोझै अनुमान गर्न सकिन्छ अझै यहाँ साचालित यौन-व्यवसाय थप विस्तारको क्रममा छ ।
एक्लै घुम्न आउने पर्यटकको आँखा विपरीत िलंगीतर्फ तानिन थालेपछि थाई युवतीहरु राम्रो मूल्यमा विकाउ हुन थालेको यहाँका पर्यटन व्यवसायीहरु बताउँछन् । जसका कारण अहिले यहाँको यौन पर्यटनमा पहिलेको भन्दा निकै परिवर्तन आइसकेको उनीहरुको दाबी छ ।
विगत तीन दशकदेखि बैंककको च्यान्दी रोडमा मसाज पार्लरको व्यवसाय साचालन गर्दै आएका सी याहुङ मसाजका प्रबन्ध निर्देशक सी याहुङले याइल्यान्डको यौन उद्योगमा महिला यौनकर्मीका व्यावसायिक सुरक्षामा अनेकौं संघ÷संस्था कार्यरत रहेको बताए । सोही संस्थामार्फत यौनकर्मीलाई आवश्यक सम्पूर्ण सेवा-सुविधा उपलब्ध हुने जानकारी गराउँदै उनले थाइल्यान्ड आउने अधिकांश पर्यटकले थाई मसाज र यौन आनन्द लिएर फर्कने गरेको बताए ।
उनी मात्र नभएर अहिले थाईहरु आफ्नो मुलुकको यौन उद्योगमा महिला र पुरुष योगदानको राम्रो पकड भएको बताउँछन् ।
सी याहुङले सरकारले पनि व्यवसायमा कुनै अवरोध नगरी स्वतन्त्र छाडेकाले यहाँका युवतीहरुले संसारका धेरै मान्छेसँग संगत गर्ने अवसर पाएको बताए । उनले यसरी काम गर्ने अधिकांश यौनकर्मी उत्तरी थाइल्यान्डका विकट ग्रामीण वस्तीबाट आएको बताए । उनीहरुमध्ये धेरैले विद्यालय जाने अवसर पाएनन् । स्कुले शिक्षा पूरा गरेकाहरुको पनि अंग्रेजी भाषा कमजोर छ । त्यसैले उनीहरुलाई ग्राहकसँग नजिकिन र गहिरिएर गफ गर्न निकै कठिन भयो । भाषा नबुझी स्विकारिएका कतिपय ग्राहकबाट असुरक्षित र कष्टकर यौनकार्य गर्न लगाउने थौरै पैसा दिने बढी समय लगाउन बाध्य पार्नेजस्ता दुव्र्यवहार भोग्नुपरेको अनुभव उनको छ ।
सो समस्या समाधान गर्न यौन-व्यवसायको सुरक्षार्थ कार्यरत विभिन्न संस्थाले आफ्ना सदस्यहरुका लागि कार्यालय रहेका सबै क्षेत्रमा व्यवसायीलाई अंग्रेजी भाषा प्रशिक्षण कक्षा साचालन गरेको छ । जहाँ लेख्न र पढ्नभन्दा बढी बोल्न सिकाइन्छ । हरेक साताको सोमबार मंगलबार बिहीबार र शुक्रबार स्थानीय समयअनुसार यौनकर्मीहरु आ-आफ्नै समूह बनाएर अंग्रेजी भाषा सिक्ने गरेको उनले जानकारी गराए ।
अहिले थाइल्यान्डमा अंग्रेजी र थाई दुवै भाषा नजानेका ग्राहक आइपुग्न थालेकाले उनीहरुका लागि थप भाषा सिकाइनुपर्ने उनको अनुभव छ । अंग्रेजी भाषा नबुझ्नेहरुमा धेरैजसो जर्मनी कोरियन जापानिज र चाइनिज रहेको जानकारी गराउँदै उनले भने ुयस्ता संस्थाले छिट्टै थप भाषा प्रशिक्षण कक्षा साचालनको तयारी गर्दैछ ।ु यसैगरी ती संस्थाहरुले यौनकर्मीलाई कार्यालयमा निःशुल्क इमेल÷इन्टरनेट चलाउने र शारीरिक व्यायाम गर्ने प्रबन्धका साथै एचआईभी परीक्षण एवं यौनरोग उपचारका लागि सम्बन्धित अस्पतालमा सिफारिस गरिदिने व्यवस्था पनि गर्दै आएको उनले जानकारी गराए ।
ती संस्थाले यौनकर्मीलाई कार्यक्षेत्रमा कुनै समस्या परेमा सोझै संस्थामा सम्पर्क गर्न हटलाइन टेलिफोनको व्यवस्था गरिएको पनि उनले बताए ।
उनले तीन दशकअघिसम्म ५० देखि ७० हजार यौनकर्मी रहेको थाइल्यान्डमा अहिले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ५० लाख यौनकर्मी रहेको अनुमान गरिएको छ । देशकै कुल जनसंख्या ६ करोड रहेको थाइल्यान्डको यौन उद्योगमा संलग्न कुल संख्याको करिब दुई तिहाइ महिला यौनकर्मी छन् ।
उनीहरु युरोपेली मुलुकबाट बिदा मनाउन थाइल्यान्ड भित्रिने शौखिन पुरुष पर्यटकलाई आफ्नो नारी अस्मिता बेचिरहेका छन् । यसले मुलुकको पर्यटन उद्योगमा योगदान पुग्नुका साथै अन्य देशलाई पनि आय-आर्जनको राम्रो पाठ सिकाइरहेको छ ।