Sunday, May 22, 2011

छोरीको यौन-व्यवसायमा गर्व गर्छन बाबु-आमा

मधुजंग पाण्डे
आफैंले जन्माएर हुर्काएको छोरी यौन-व्यवसायमा लागेको थाहा पाउँदा बाबुआमालाई कस्तो लाग्दो हो हाम्रो समाजमा यो घटना जो कसैका लागि पनि पाच्य हुँदैन ।
तर एसियाली मुलुक थाइल्यान्डमा यस्तो घटनालाई सामान्य मानिन्छ । कतिपय बाबुआमा यस्ता पनि छन् जो आफ्नै छोरीलाई यौन-व्यवसायमा लाग्न प्रेरित गर्छन् । पूर्वी तटीय सहर पतयाको एक व्यस्त सडकका बाबुआमा छोरीले यौन-व्यवसाय साचालन गरेकोमा गौरव गरिरहेका छन् ।
उनीहरु खुसीका साथ छोरीको व्यवसायलाई थप विस्तार गर्दै जाने अभियानमा जुटेका भेटिन्छन् । ती बाबुआमाहरुको अनुहारमा कत्ति पनि संकोच छैन । सानदारका साथ उनीहरु छोरीको यौन-व्यवसायमा रमाइरहेका छन् । पतया बिजरोड तर्फको एउटा व्यस्त बजार । त्यहाँ हरेक दिन साँझ नपर्दै झट्ट हेर्दा २० देखि २५ वर्षका युवतीहरुलाई साथमा लिएर आमाबुबा नै हिँडिरहेका हुन्छन् । छोरीको व्यावसायिक कार्यस्थलको बेलीविस्तार सुनाउन सडक छेउमा बसिरहेका देखिन्छन् । सडकमा हिँड्दै गरेका मान्छेले रोकिएर उनीहरुका कुरा सुनिदियो भने ती वृद्ध आमाबुबाहरुले आकर्षक सजावटले भरिएको सिसाको घरभित्र पुर् याइहाल्छन् । अन्य मुलुकबाट गएको मान्छे त्यस घरभित्र प्रवेश गरेपछि सुरु हुन्छ उनीहरुको व्यवसाय ।
नेपाल भारत बंगलादेश श्रीलंका लगायतका सार्क मुलुकबाट मात्र मनोराजनकै लागि वार्षिक २० लाखभन्दा बढी पर्यटक पुग्ने थाइल्यान्डको राजधानी बैंककदेखि ४५ किमी पूर्वको तटीय सहर पतयाको यस क्षेत्रमा अहिले धमाधम यसरी नै स्थानीय बुबाआमाले आफ्ना छोरीहरुलाई यौनधन्दामा सघाइरहेका भेटिन्छन् ।
विगत दुई वर्षदेखि छोरीको यौनधन्दामा संलग्न ६५ वर्षीया याकिन जरावातले छोरीहरुको व्यावसायिक कि्रयाकलापका कारण अहिले संसारका धेरै मान्छेहरुसँग नजिकिएर गफ गर्ने अवसर पाएको बताए ।
छोरीको व्यावसायिक कि्रयाकलापले युरोपियन मुलुकदेखि नेपालसम्मका युवाहरुसँग कुरा गर्ने मौका मिलेको उनको कथन छ ।


आफ्ना दुई छोरा पतयाकै समुद्रमा स्पिड बोट चलाइरहेको जानकारी गराउँदै याकिनले राजधानीसँग भने ु२२ वर्षीया स्यान्जेन मेरी कान्छी छोरी हुन् । उनले सुरु गरेको यौन-व्यवसायबाट म सन्तुष्ट छु ।ु छोरीको व्यवसायबाट आफ्नो पारिवारिक खर्च धानेको जानकारी गराउँदै उनले छोरीको व्यावसायिक कि्रयाकलापमा संसारका अधिकांश मान्छे रमाउने गरेको बताइन् । पतयाको यस क्षेत्रमा आफू मात्र नभएर करिब २० हजारभन्दा बढी बाबुआमाहरु छोरीको यौनधन्दामा सहकार्य गरेर बसेको उनको भनाइ छ ।
उनी छिट्टै आफ्नी छोरीको यौन-व्यवसाय कार्यालयको थप शाखा बैंकक र फुकेटमा साचालन गर्न लागेको बताउँछिन् ।
मुलुकको राष्ट्रिय आयको ४० प्रतिशत हिस्सा ओगट्न सफल यस व्यवसायमा अहिले एक पटकमा २ देखि ६ सय भाटमा नारित्व बिक्री हुन्छ । विभिन्न मुलुकबाट आउने पुरुष पर्यटकलाई यौन पर्यटनको माध्यमबाट थप मनो™ाजन दिनका लागि साचालित यस व्यवसायले अहिले रुप परेका युवतीहरुलाई रोजगारको अवसर बढाइदिएको छ ।
अहिले यहाँ पुरुषहरु पनि ४ देखि ८ सय भाटमा महिलालाई सेवा दिइरहेका छन् । मसाज एवं यौन पर्यटनका लागि लोकपि्रयता कमाइसकेको थाइल्यान्डका अधिकांश सहरमा महिला यौनकर्मीले एक पटकमा प्रतिग्राहक दुई सयदेखि बढीमा ६ सय भाट लिन्छन् भने पुरुषले त्यसको दोब्बर ६ सयभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । यसले महिलाको व्यवसायमा केही प्रभाव पारेको उनीहरुको गुनासो छ ।
थाइल्यान्डको राजधानी बैंककको एक व्यस्त सडकका विविध थरीका पसलको पंक्तिमा सिसाको बारभित्र झट्ट हेर्दा फेसन बुटिक जस्तै लाग्ने एउटा सजावटले भरिएको घर छ । जहाँ पस्नेबित्तिकै विभिन्न साइज र कदका युवतीहरु आएर तपाईंलाई कुन मनपर्छ । छिट्टो छानिहाल्नोस् भन्छन् र एकदमै वास्नादार एवं आकर्षक ढंगले सजाएर राखिएको घरमै उनीहरुले ग्राहकलाई मनपर्ने सबै सेवा उपलब्ध गराइहाल्छन् । सिसाले सजाएको घरभित्र छिर्ने क्रममा ढोकाको माथिल्लो भागमा देखिन्छ ुहेल्थ ल्यान्ड स्पा एन्ड मसाज ।ु
सिसाको घरभित्र पस्नासाथ केही चुलबुले हँसिला र फूर्तिला युवतीहरु बसिरहेको आसनबाट उठी दुवै हात जोडी आधा टाउको झुकाएर स्वागत गरिहाल्छन् । त्यसपछि सोही घरबाट साचालित विविध गतिविधिका बारेमा बेलिविस्तार लगाउन थाल्छन् स्थानीय थाई र नजानिदो अंग्रेजी भाषामा । उनीहरु थाई मसाजका लागि संसारका धेरै मान्छेहरु आउने गरेको बताउँछन् ।
थाइल्यान्डमा देह व्यापारको इतिहास दशकौं पुरानो भइसकेको छ । पूर्वी एसियाकै रमणीय मुलुक थाइल्यान्ड जब संसारकै एक प्रमुख यौन पर्यटन गन्तव्यका रुपमा परिचित बन्दै गयो तब एसियाका अन्य मुलुक र युरोपेली देशहरुबाट यहाँ यौन आनन्द दिन आउने पाहुनाको संख्या दैनिक रुपमा बढ्दै गइरहेको छ । अहिले नेपालजस्तो अल्पविकसित मुलुकबाट समेत वार्षिक हजारौं युवायुवती थाइल्यान्डमा यौन पर्यटनको मज्जा लिन पुगिरहेका छन् । यसले सोझै अनुमान गर्न सकिन्छ अझै यहाँ साचालित यौन-व्यवसाय थप विस्तारको क्रममा छ ।
एक्लै घुम्न आउने पर्यटकको आँखा विपरीत िलंगीतर्फ तानिन थालेपछि थाई युवतीहरु राम्रो मूल्यमा विकाउ हुन थालेको यहाँका पर्यटन व्यवसायीहरु बताउँछन् । जसका कारण अहिले यहाँको यौन पर्यटनमा पहिलेको भन्दा निकै परिवर्तन आइसकेको उनीहरुको दाबी छ ।
विगत तीन दशकदेखि बैंककको च्यान्दी रोडमा मसाज पार्लरको व्यवसाय साचालन गर्दै आएका सी याहुङ मसाजका प्रबन्ध निर्देशक सी याहुङले याइल्यान्डको यौन उद्योगमा महिला यौनकर्मीका व्यावसायिक सुरक्षामा अनेकौं संघ÷संस्था कार्यरत रहेको बताए । सोही संस्थामार्फत यौनकर्मीलाई आवश्यक सम्पूर्ण सेवा-सुविधा उपलब्ध हुने जानकारी गराउँदै उनले थाइल्यान्ड आउने अधिकांश पर्यटकले थाई मसाज र यौन आनन्द लिएर फर्कने गरेको बताए ।
उनी मात्र नभएर अहिले थाईहरु आफ्नो मुलुकको यौन उद्योगमा महिला र पुरुष योगदानको राम्रो पकड भएको बताउँछन् ।
सी याहुङले सरकारले पनि व्यवसायमा कुनै अवरोध नगरी स्वतन्त्र छाडेकाले यहाँका युवतीहरुले संसारका धेरै मान्छेसँग संगत गर्ने अवसर पाएको बताए । उनले यसरी काम गर्ने अधिकांश यौनकर्मी उत्तरी थाइल्यान्डका विकट ग्रामीण वस्तीबाट आएको बताए । उनीहरुमध्ये धेरैले विद्यालय जाने अवसर पाएनन् । स्कुले शिक्षा पूरा गरेकाहरुको पनि अंग्रेजी भाषा कमजोर छ । त्यसैले उनीहरुलाई ग्राहकसँग नजिकिन र गहिरिएर गफ गर्न निकै कठिन भयो । भाषा नबुझी स्विकारिएका कतिपय ग्राहकबाट असुरक्षित र कष्टकर यौनकार्य गर्न लगाउने थौरै पैसा दिने बढी समय लगाउन बाध्य पार्नेजस्ता दुव्र्यवहार भोग्नुपरेको अनुभव उनको छ ।
सो समस्या समाधान गर्न यौन-व्यवसायको सुरक्षार्थ कार्यरत विभिन्न संस्थाले आफ्ना सदस्यहरुका लागि कार्यालय रहेका सबै क्षेत्रमा व्यवसायीलाई अंग्रेजी भाषा प्रशिक्षण कक्षा साचालन गरेको छ । जहाँ लेख्न र पढ्नभन्दा बढी बोल्न सिकाइन्छ । हरेक साताको सोमबार मंगलबार बिहीबार र शुक्रबार स्थानीय समयअनुसार यौनकर्मीहरु आ-आफ्नै समूह बनाएर अंग्रेजी भाषा सिक्ने गरेको उनले जानकारी गराए ।
अहिले थाइल्यान्डमा अंग्रेजी र थाई दुवै भाषा नजानेका ग्राहक आइपुग्न थालेकाले उनीहरुका लागि थप भाषा सिकाइनुपर्ने उनको अनुभव छ । अंग्रेजी भाषा नबुझ्नेहरुमा धेरैजसो जर्मनी कोरियन जापानिज र चाइनिज रहेको जानकारी गराउँदै उनले भने ुयस्ता संस्थाले छिट्टै थप भाषा प्रशिक्षण कक्षा साचालनको तयारी गर्दैछ ।ु यसैगरी ती संस्थाहरुले यौनकर्मीलाई कार्यालयमा निःशुल्क इमेल÷इन्टरनेट चलाउने र शारीरिक व्यायाम गर्ने प्रबन्धका साथै एचआईभी परीक्षण एवं यौनरोग उपचारका लागि सम्बन्धित अस्पतालमा सिफारिस गरिदिने व्यवस्था पनि गर्दै आएको उनले जानकारी गराए ।
ती संस्थाले यौनकर्मीलाई कार्यक्षेत्रमा कुनै समस्या परेमा सोझै संस्थामा सम्पर्क गर्न हटलाइन टेलिफोनको व्यवस्था गरिएको पनि उनले बताए ।
उनले तीन दशकअघिसम्म ५० देखि ७० हजार यौनकर्मी रहेको थाइल्यान्डमा अहिले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ५० लाख यौनकर्मी रहेको अनुमान गरिएको छ । देशकै कुल जनसंख्या ६ करोड रहेको थाइल्यान्डको यौन उद्योगमा संलग्न कुल संख्याको करिब दुई तिहाइ महिला यौनकर्मी छन् ।
उनीहरु युरोपेली मुलुकबाट बिदा मनाउन थाइल्यान्ड भित्रिने शौखिन पुरुष पर्यटकलाई आफ्नो नारी अस्मिता बेचिरहेका छन् । यसले मुलुकको पर्यटन उद्योगमा योगदान पुग्नुका साथै अन्य देशलाई पनि आय-आर्जनको राम्रो पाठ सिकाइरहेको छ ।

No comments:

Post a Comment