Monday, May 23, 2011

लन्डनको बसमा नेपाली पर्यटनको प्रचार


काठमाडौं÷रास- पर्यटन वर्ष २०११ को अवसर पाररे बेलायतस्थित नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा बेलायतको लन्डनमा नेपालको पर्यटन प्रवद्र्धनात्मक लोगो अंकित बस साचालनमा गरेको छ ।
नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर् याउने उद्देश्यका साथ साचालनमा ल्याएको सो बसमा ुनेचुरल्ली नेपालु को लोगो टाँसिएको छ ।
सो बस आगमी २९ मेसम्म साचालन हुने बोर्डले जनाएको छ ।
बोर्डले नेपालको पर्यटन प्रचार-प्रसार गर्ने मुख्य उद्देश्यले बेलायती नागरिक र अन्य देशबाट बेलायत घुम्न आएका नागकिरलाई नेपाल पर्यटन वर्षको जानकारी गराउनका लागि सो बस निकै उपयोगी हुने अपेक्षा गरेकॊ छ ।
यो बस साचालन गरेपछि वार्षिक १० लाख पर्यटक िभœयाउने लक्ष्यका साथ मनाइँदै गरेको नेपाल पर्यटन वर्ष-२०११ लाई सहयोग पुर् याएको बोर्डको दाबी छ ।
यो बस लन्डनको मुख्य सहरमा साचालन गरिएको छ । विदेशी भूमिका नेपालको पर्यटन प्रवद्र्धनात्मक लोगो अंकित बस साचालन गरिएको पहिलो हो । यसरी प्रचार-प्रसार गरिँदा नेपालका बारेमा धेरै बेलायती नागरिकले जान्ने अवसर पाएको र उनीहरुलाई नेपाल आउने उत्प्रेरणा जगाएको पर्यटन बोर्डले जनाएको छ ।
सो जानकारी गराउन बोर्डद्वारा सोमबार जारी विज्ञप्तिमा बस साचालनपछि बेलायती पर्यटक आगमनको संख्या वृद्धि हुने अपेक्षा गरिएको उल्लेख छ ।

No comments:

Post a Comment