Monday, May 23, 2011

२५ अर्व २१ करोड बेरुजु मंसिरसम्ममा फर्छ्यौट गर्न निर्देशन

काठमाडौ, जेष्ठ ९ - संसदको सार्वजनिक लेखा सिमितको बैठकले सोमबार सरकारलाई अघिल्लो बर्षको बेरुजु २५ अर्व २१ करोड रुपैया अगामी मंसिरसम्ममा फर्छ्यौट गरी जानकारी दिन निर्देशन दिएको छ ।
महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा अघिल्लो बर्षमात्र २५ हजार २१ अर्व रुपैयाँ बेरुजु देखाएपछि उक्त बेरुजु मंसिरसम्ममा फर्छ्यौट गर्न निर्देशन दिएको हो ।
सिमितले त्यसअघीको ७२ अर्व २१ करोड रुपैयाँ पनि अगामी चैत महिनासम्म फछ्यौट गरी जानकारी दिन निर्देशन दिएको हो । महालेखा परिक्षकको कार्यालयका अधिकारी तथा विभिन्न मन्त्रलायका सचिवहरुको उपस्थितमा समितिले उक्त निर्देशन दिएको हो ।
दण्ड र पुरस्कारको अभावमा बेरुजु बढ्दै गएको उल्लेख गर्दै तत्काल नराम्रो गर्नेलाई दण्ड र राम्रो काम गर्नेलाई पुरस्कारको ब्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
सिमितले महालेखा परिक्षकको नियुक्ति तत्काल गर्न लगायतका १८ वटा निर्देशन सोमबारको बैठकले दिएको हो ।

 

No comments:

Post a Comment