Friday, July 1, 2011

निगमका कार्यकारी अध्यक्ष मनरूप शाही को हुन् ?



  असार १६- सरकारले वायु सेवा नियमका कार्यकारी अध्यक्ष र निर्देशकमा नियुक्त गरेका कालिकोटका मनरूप शाही स्वास्थ्य क्षेत्रको सामान्य प्राविधिक रहेको खुलेको छ।
शाहीले जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा २०३८ सालदेखि २०४१ सम्म सिएमए पढेका थिए। त्यतिबेला ८ कक्षा उत्तीर्ण नभएकाले मात्र सिएमए पढ्न पाउँथे। २०४१ मा सिएमए उत्तिर्ण भएपछि शाहीले २०४२ देखि केही वर्ष त्यही शिक्षालयमा हेल्थ टिचिङ एड पदमा जागिर खाए। यो खरिदार सरहको पद हो। बढुवा भएर २०५२ सालसम्म त्यही शिक्षालयमै उनी स्वास्थ्य सहायक प्रशिक्षक भएर काम गरे। उक्त शिक्षालय युनाइटेड मिसन टु नेपालले स्थापना गरेको थियो। २०५२ पछि शाही मिसनको केन्द्रीय कार्यालयमै स्वास्थ्य प्राविधिक पदमा जागिर खाएर गएको शिक्षालयमा उनीसँगै पढाएका शिक्षक बताउँछन्।
उनले कालिकोटमा सेवा नेपाल नामको एनजिओ दर्ता गरेका थिए। पछि काठमाडौँ गएर तत्कालीन मेयर केशव स्थापितलाई रिझाएर मेट्रो एफएमको एमडी बने। त्यसबेला उनी एमालेमा सक्रिय थिए। पछि माले, राजावादी हुँदै शान्ति प्रक्रियामा आएपछि माओवादी प्रवेश गरे। शाहीलाई सरकारले नियमको कार्यकारी अध्यक्ष र निर्देशक बनाएपछि माओवादी युद्धमा सहभागी कालिकोटका नेताकार्यकर्ता भने रुष्ट बनेका छन्। कालिकोटका एक जिल्ला नेताले शाही पाार्टीको कुनै पदमा रहेर काम गरेको थाहा नभएको बताए।
'पर्यटनमन्त्रीलाई रिझाएर पद पाए होलान्, तर संगठन निर्माणमा उनको कुनै योगदान छैन,' ती नेताले भने।
निगमको कार्यकारी पदमा नियुक्ति पाएका शाहीको शैक्षिक योग्यतामा प्रश्न उठेको छ। २०५३ सालसम्म जुम्लामा कार्यरत हुँदा उनले एसएलसी पनि पास गरेका थिएनन्। कर्णाली प्राविधिक शिक्षालयमा उनीसँगै पढेका जुम्लाका एक समकक्षीले भने, 'नन एकेडेमिक कोर्स त धेरै गरेका छन् होला, तर जुम्ला हुन्जेल एसएलसी पनि पास गरेका थिएनन्।'
कालिकोटको सीपखाना गाविस- ६ का शाहीको यक्षप्रश्न नामक कवितासंग्रह प्रकाशित छ। उनले माओवादी निकट जनादेश साप्ताहिकमा लेख र कविता छपाएका छन्। २०५२ सालमा राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित शाहीबारे कालिकोका उनका साथीले भने, 'बरू प्रज्ञा प्रतिष्ठानामा सदस्य बनाएको भए ठिक हुन्थ्यो होला, कुनै ज्ञान नै नभएको व्यक्तिलाई हवाई क्षेत्रमा ल्याउनु हुने थिएन।'
शाहीमा दल परिवर्तन गर्दै प्राप्त सबै अवसर भजाउनसक्ने खुबी रहेको जुम्लाका उनका सहपाठी बताउँछन्। एमाले सरकारका पालामा रेडियो नेपालमा 'घटना र विचार' कार्यक्रम चलाएका शाहीले त्यसपछि माले, राजावादी र माओवादीलाई पनि उपयोग गरे। खड्ग विश्वकर्मा तत्कालीन महिला बालबालिका तथा समाजकल्याण मन्त्री हुँदा शाही समाज कल्याण परिषद्मा कोषाध्यक्ष भएका थिए।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * Montage ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete