Thursday, July 14, 2011

संसद् बैठक स्थगित,आएन बजेट





 काठमाडौं,३० अषाढ- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सहमतिबिना बजेट प्रस्तुत हुन नदिने अडान लिएपछि संसद् बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । संसद् बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
मुख्य दल र मधेसवादी दलहरुबीच सहमति गरी शुक्रबार बजेट ल्याइने जनाइएको छ । उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले बिहीबार आर्थिक वर्ष २०६/६९ को बजेट संसद् बैठकमा पेस गर्ने कार्यक्रम थियो । तर मधेसवादी दलले बजेटमा मधेस मुद्दा सम्बोधन नहुने भए बजेट प्रस्तुत गर्न नदिने अडान राख्दै आएका थिए ।
संसद् भवनमै प्रधानमन्त्री झलनाथ खनाल, अर्थमन्त्री अधिकारी र सभामुख सुवासचन्द्र नेम्वाङबीच भएको वार्ता पनि असफल भएपछि बजेट प्रस्तुत गर्न बैठक सार्ने सहमति भएको हो ।
मोर्चाले अर्थमन्त्री भरतमोहन अधिकारीलाई भेटेर बजेटमा पूर्व-पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, मधेस आन्दोलनका सहिदको सम्मान, मधेसमा अन्तर्राष्ट्रिय विमानस्थल, विश्वविद्यालयलगायत विशेष कार्यक्रमसँगै मधेस केन्द्रित कार्यक्रम माग गरेको छ ।
यस्तै सहिदको जन्मस्थान छेउछाउमा सहिदको नाउँमा विद्यालय निर्माण गर्न ५०/५० लाख अनुदान दिनुपर्नेसमेत भनेको छ । मोर्चाले मधेस आन्दोलन राष्ट्रिय स्मृति प्रतिष्ठान गठन हुनुपर्ने र मधेस आन्दोलनमा अंगभंग भएकाका लागि राहत स्वरूप बजेटबाट २० करोड रुपैयाँ छुट्टयाउनुपर्ने माग गरेको छ ।
यस्तै चुरिया संरक्षणलाई प्राथमिकता दिएर विशेष योजना ल्याउनुपर्ने, मधेसको पर्यटकीय क्षेत्र विस्तारअन्तर्गत लुम्बिनी, जनकपुर, विराटनगरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग गरेको छ ।
कृषि सिँचाइ, बिउबिजनमा अनुदान र कृषिजन्य सामग्री र यन्त्रमा भन्सार छुट हुनुपर्ने, जनकपुर, वीरगन्ज र नेपालगन्जमा प्रस्तावित विश्वविद्यालय यसै वर्षदेखि सञ्चालन गरी रकम छुट्टयाउनुपर्नेलगायत माग मोर्चाको छ ।
यसअघि बिहीबार नै आर्थिक वर्ष २०६८/६९ को बजेटलाई राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । अर्थमन्त्री अधिकारीले साढे ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सरकारले तीन खर्ब ८४ अर्ब खर्च गर्ने योजनासहित बजेट ल्याउने तयारी गरेका छन् कस्तो बजेट आउँछ भन्ने विषयमा सर्वत्र चासो थियो । विशेषगरी ठूला परियोजना निर्माण, कर्मचारीको तलब बृद्धिलगायतले सर्वसाधारणले पनि बजेटप्रति चासो दिएका छन् ।
बैठक स्थगित अघि भएका गतिविधिहरु
-५:१३: तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल भन्छन्, 'हामीले आफ्ना माग स्पष्टरुपमा राखेका थियौं तर निर्धारित मितिले एक घण्टाअघिसम्म पनि प्रधानमन्त्री र अर्थमन्त्रीबाट 'रेस्पोन्स' भएन, हामी यथास्थितिमा बजेट ल्याउन दिन्नौं, यथास्थितिमा बजेट स्वीकार्न पनि सकिँदैन ।'
-४: ५२: दिउँसो ४ बजेका लागि बोलाइएको संसद् बैठक अझै सुरु हुन सकेन । मधेसी मोर्चाले अबरुद्ध पार्ने चेतावनी दिएपछि बैठक सुरु हुन नसकेको हो । तर अधिकांश सभासद् संसद् भवन प्रवेश गरिसकेका छन् ।
-४:४८: अर्थमन्त्री भरतमोहन अधिकारी र मधेसी मोर्चाबीचको बैठक सहमतिमा पुग्न सकेन । बैठक सहमतिमा नपुगेपछि बजेट प्रस्तुत हुन नदिने मोर्चाका नेताहरुले प्रतिक्रिया दिएका छन् ।
-४:२५: मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी सभासद् आशादेवी सरदारले ईकान्तिपुरसित भनिन्, 'मधेसविरोधी सरकारले मधेसका अपेक्षा पूरा गर्ने कुनै गुञ्जायस छैन, हामी ब्रिफकेस नै त खोस्दैनौं तर लोकतान्त्रिक ढंगले बजेट रोक्ने वा विरोध गर्छौं ।'
-४:२०: अर्थमन्त्री भरतमोहन अधिकारीले दिउँसो ४ बजे नै आर्थिक वर्ष २०६८/६९ को बजेट प्रस्तुत गर्ने भनिए पनि मधेसवादी दलहरुको अवरोध गर्ने चेतावनीले ढिलाई भएको छ । अहिले अर्थमन्त्री भरतमोहन अधिकारीले मधेसी मोर्चासँग संसद् भवनमै छलफल गरिररहेका छन् ।
-३:३० बजेः आर्थिक वर्ष २०६८/६९ को बजेटबारे नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा अन्तर्क्रिया गरिरहेको छ ।
-३ बजेः मन्त्रिपरिषद् बैठकले पनि आर्थिक वर्ष २०६८/६९ को बजेट अनुमोदन गरेको छ । बैठकपछि अर्थमन्त्री अधिकारीले भने, 'बजेट चार बजे प्रस्तुत हुन्छ, कर्मचारीको तलव बढ्छ, कति बढ्छ भरे संसद्मै सुनाउनेछु ।'
- २:१९ बजेः राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०६८/६९ को बजेट अनुमोदन गरेको छ ।
- २ बजेः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्बद्ध दलहरु बजेट रणनीति बनाउँदैछन् । यसबीचमा मोर्चा नेताहरुसँग अर्थमन्त्री भरतमोहन अधिकारीले अनौपचारिक छलफल गरेका छन् ।
- १ बजेः अर्थमन्त्रीले आर्थिक वर्ष २०६८/६९ को बजेट पेस गर्ने भएपछि सभासद्हरु संसद् बैठकमा आउनेक्रम सुरु भएको छ ।       

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * Montage ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete