Friday, July 1, 2011

निगम अध्यक्षमा शाही, कंसाकार र लिम्बू हटाइए


काठमाडौ,१६ अषाढ  - सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार र महाप्रबन्धक कुलबहादुर लिम्बूलाई हटाएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले दुवैलाई हटाउँदै कार्यकारी अध्यक्षमा मनरूप शाही 'नेप्चुन' लाई नियुक्त गरेको छ ।
दुई वर्षदेखि कार्यकारी अध्यक्ष र महाप्रबन्धकबीचको विवादले निगम धराशायी हुन थालेपछि पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गबहादुर विश्वकर्माले दुवैलाई अवकाश दिन मन्त्रिपरिषद््मा प्रस्ताव लगेका थिए । यता विश्वकर्माले हवाईभन्दा विल्कुलै फरक क्षेत्र साहित्यकार नेप्चुनलाई नियुक्त गरेका छन् ।
शाहीलाई कार्यकारी अध्यक्षमा गरिएको नियुक्तिबाट निगम कर्मचारीहरू भने आश्चर्यमा परेका छन् । उनीहरूका अनुसार हवाई क्षेत्र प्राविधिक भएकाले यस सम्बन्धित कसैलाई नियुक्त गरिनुपथ्र्यो । 'नयाँ नियुक्त गर्दा अवकाश पाएका भन्दा बढी अनुभवी र जान्नेलाई गर्नुपथ्र्यो,' निगमका एक अधिकारीले भने, 'केही थाहा नभएको व्यक्ति आइदिँदा काम गर्न झन्् समस्या आउँछ ।' नबुझेको मान्छेलाई आफ्नो स्वार्थका लागि जसले जता पनि घुमाउन सकिने उनको जिकिर छ ।
'सरकार र मन्त्रीले पनि अध्ययन गरेर धराशायी बनेको निगमलाई उकास्न सक्ने कर्मठ र जानकार व्यक्ति नियुक्त गर्ने आशा थियो,' ती अधिकारीले भने, 'साहित्यकारले हवाई क्षेत्र कहिले बुभ्mलान् ।'
यसअघि कार्यकारी शक्तिका रूपमा रहेका लिम्बू र कंसाकारबीच तालमेल नहुँदा निगमको जहाज खरिद प्रक्रियासमेत प्रभावित बनेको थियो । हिसिला यमी पर्यटनमन्त्री हुँदा लिम्बूलाई हटाई कंसाकारलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेपछि निगममा शक्ति संघर्ष सुरु भएको हो । आफूलाई बिनाकारण पदबाट हटाइएको भन्दै लिम्बूले सर्वोच्चमा मुद्दा हाले । लिम्बूले सर्वोच्चबाट सफाइ पाएपछि निगम दुई भागमा बाँडिएको थियो ।
'ठूलो जहाज किनेर २/३ वर्षभित्र युरोप अमेरिकामासम्म उडान गरेर देखाइदिन्छौं,' कंसाकारले भन्दै आएको वाक्य थियो, 'र यसको ऋण ६/७ वर्षमा तिर्न सक्छौं ।' तर उनको पालामा निगमममा कुनै सुधारको संकेत देखिएन ।
बरु उल्टै जहाज खरिद प्रक्रिया अपारदर्शी भएको भन्दै सार्वजनिक लेखा समितिले प्रक्रिया रोक्न निर्देशन दियो । जहाज खरिदका क्रममा भ्रष्टाचार गरेको आरोप खेप्दै जेलसमेत परेका कंसाकारलाई बैना रकम (७ करोड ५० लाख  रुपैयाँ) निगमको खातामा फिर्ता आएपछि विशेष अदालले सफाइ दियो ।
यसपछि फेरि लिम्बू र कंसाकारबीच विवाद चुलिएको थियो । यसले निगम राजनीति गर्ने थलोका रूपमा परिणत भएको थियो । दुवैको विवादका कारण निगमले ८४ लाख रुपैयाँ अनावश्यक खर्चसमेत गर्नुपरेको छ । समस्या चुलिँदै गएपछि पर्यटन मन्त्रालयले दुवैलाई निगमबाट हटाउने पहल थालेको हो ।
पर्यटनमन्त्री विश्वकर्माले दुवैलाई राजीनामा दिन भने पनि लिम्बूले 'सर्वोच्चको निर्णयलाई अपमान गर्दिनँ' भन्दै मानेका थिएनन् । त्यसपछि तीन साताअघि पर्यटनमन्त्रीले मन्त्रिपरिषद््मा दुवैलाई अवकाश दिलाउन प्रस्ताव लगेका थिए ।
अवकाशको निर्णय गर्नुअघि जेठ २९ गते मन्त्रिपरिषद्को निर्देशनअनुसार मन्त्रालयले गैरकानुनी रूपमा काम गरेको, अनावश्यक कर्मचारी भर्ना गरेको र करोडौं पर्ने जहाजको सामान हराउँदा पनि वास्ता नगरेको लगायत आरोप लगाई लिम्बूसँग स्पष्टीकरण समेत मागिएको थियो ।
'शक्ति संघर्षबाट निगमले छुटकारा पाए पनि यसको सही सञ्चालन हुने/नहुने शंका छ,' निगम वित्तीय विभागका अर्का कर्मचारीले भने, 'यसै क्षेत्रसँग आबद्ध र बुझेका व्यक्ति भएको भए हुन्थ्यो ।'
को हुन् शाही

शाही विशेषतः साहित्यकार हुन् । उनलाई माओवादी धरका साहित्यकार मानिन्छ । उनी माओवादीको गणतान्त्रिक मोर्चामा क्रियाशील छन् । उनको अध्यक्ष प्रचण्डसँग दह्रो निकटता
छ । यसबाहेक उनी गैरसरकारी संस्थामा पनि क्रियाशील छन् ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * Montage ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete