Saturday, July 9, 2011

अन्याय भएपनि अदालत जान्न

- सुगतरत्न कंसाकार
वायु सेवा निगमबाट हटाएर ममाथि अन्याय भएको छ । यो अन्याय चाहिं मलाई मात्र होईन निगमलाई नै भएको जस्तो देखिएको छ । निगमका सबै कर्मचारी छिटै बोनस खान पाईएला भन्ने आशमा छन् । विदेशका बिभिन्न ठाउँमा अफिस खोल्न पाईन्छ र त्यहाँ काजमा जान पाईन्छ भन्ने उनीहरुको चाहना छ । कर्मचारीको स्वार्थ र देशको स्वार्थ चाहिं मिल्न जान्छ । तर अन्याय भयो । निगमलाई सुधार्न खोज्दा यस्तो होला भन्ने लागेकै थिएन । सानोतिनो बहानामा मलाई फसाईयो । म १० अर्बको प्रोजेक्टको कुरा गर्ने, मुलुक चलाउनेहरुले ५ करोडको कुरा गर्ने । समस्या त्यहाँ खडा भयो । १० अर्ब ठूलो की ५ करोड ठूलो भन्नेमा त्यहाँ ५ करोड भन्ने देखियो ।
मलाई अन्याय त भएको छ । तर कानुनी उपचारको लागि म अदालत जान्न । मन्त्रिपरिषदले अन्याय गर्दैन भन्ने चाहिं मलाई लागेको थियो । राज्य सत्ता सञ्चालनमा तलमाथि अलिअलि हुन्छ । मन्त्रिपरिषदलाई केही बाध्यता भएको हुनसक्छ अथवा मन्त्रिपरिषदलाई सुगतलाई अन्याय भएपनि देशको लागि राम्रो हुन्छ भएको पनि हुनसक्छ । यदि त्यो हो भने त म चुप लागेर बस्नुपर्यो । त्यसैले म मुद्दामा जाने पक्षमा चाहिं छैन ।
एकपटक विशेष अदालतबाट त सफाई पाईसकेको हो । अब तपाईंहरु जस्ता सञ्चारमाध्यम मार्फत नै आफ्नो कुरा राख्न पाए मलाई हुन्छ । नेपाल सरकारलाई नै मुद्दा हाल्नु भनेको चाहिं अलि मेरो ब्रम्हले दिईराखेको छैन ।
वायुसेवा निगमका धेरै सुधार गर्न सकिने ठाउँ छन् । त्यहाँ काम गर्ने कर्मचारी वायुसेवा निगममा काम गरेकाले नराम्रो कुनै मन्त्रालय या अरु ठाउँमा काम गर्दा राम्रो भन्ने हुँदैन । निगममा काम गर्ने कर्मचारी मात्रै मंगल ग्रहबाट आएका होइनन् । उनीहरु जनताकै माझबाट आएका हुन् । त्यही जनताको माझबाट आएकाले अहिले देश चलाईरहेका छन् त । पौने ३ करोड जनताबाट छानिएकाले दूरसंचार प्राधिकरण चलाईरहेका छन् । त्यही मध्येबाट आएकाले विद्युत्त प्राधिकरण चलाईरहेका छन् । वायुसेवा निगम एउटा मात्रै चलाउन सक्दैन भन्ने त म मान्दिन ।
तर के हो भने देश चलाउन होस् या अरु कुनै निकाय त्यहाँ दुईवटा मुख्य समस्या हुन्छ । एउटा चाहिं प्राथमिकता तोक्ने । अनि त्यो प्राथमिकता तोकिसकेपछि त्यो प्राथमिकता अनुसार निर्णय गर्न सक्ने क्षमता । यी दुईवटामा तालमेल नमिल्दा निगममा २२ वर्षसम्म हवाईजहाज नकिनेर, खाली कर्मचारीलाई गाली गरेर समय बित्यो । यो चाहिं कस्तो भयो भने कुनै फेक्ट्रीभित्र मेशिन छैन, तर मजदूरलाई गाली गरेजस्तो । मेशिन नभएको फेक्ट्रीमा मजदूरलाई मात्रै गाली गरेर हुन्छ ?
प्रोडक्सन नै छैन । ३०/४० वर्ष पुरानो हवाईजहाज राखेर निगम चल्छ ? कुनै फैक्ट्री २४ घण्टा चलाएजस्तो भएका हवाईजहाज पुरा क्षमतामा चलिरहेको छ । क्षमता भन्दा बढी उत्पादन हुनु पर्यो भनेर सोच्नु त मुर्खता भयो । त्यसमा त मेशिन नै थप्नुपर्छ नि ।
निगमलाई कस्तो बनाउने भन्ने भूमिका कार्यकारी निर्देशकदेखि माथिका व्यक्तिको मात्रै हात हुन्छ । अरु कर्मचारीको कुनै हात हुँदैन । निगमलाई यो अवस्थामा पुर्याउनुमा कर्मचारीको दोष निकै कम मात्र छ । १० प्रतिशत दोष कर्मचारीको र ९० प्रतिशत चाहिं जी.एम. र त्यो भन्दा माथिका व्यक्तिको मात्र हुन्छ भन्ने मेरो मान्यता हो । काम गर्ने शैली र क्षमता नै भएन । व्यवस्थापन कसरी राम्रो बनाउने भनेर कुनै अध्ययन, विश्लेषण त भैरहेको छ नि ।
(कंसाकार वायुसेवा निगमका पूर्व कार्यकारी अध्यक्ष हुन्)

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * Montage ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete