Sunday, July 7, 2013

अवैध रुपमा सञ्चालित ट्राभल एजेन्सि कारबाहीमा


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २१ असार 
राजधानीमा सञ्चालित १९ ओटा ट्राभल एजेन्सिले अनधिकृत रुपमा मेनपावर कम्पनीको काम गरिरहेको तथ्य फेला परेको छ । गोग्य सूचनाका आधारमा पर्यटन उद्योग महाशाखाले गरेको आकस्मिक अनुगमनका क्रममा ट्राभल ऐजेन्सिले दर्ता समेत नगरि अवैध रुपमा मेनपावरको काम गरिरहेको तथ्य फेला परेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव एवं महाशाखाका प्रमुख पूर्णचन्द्र भट्टराइले राजधानीमा रहेका केही टुर एण्ड ट्राभल दर्ता नै नगरि व्यवसाय सञ्चालन गर्दै आएको र ट्राभल सञ्चालनको इजाजत लिएर मेनपावरको काम गरिरहेको भन्ने जनगुनासोका आधारमा महाशाखाले पहिलोपटक अनुगमन गर्दा १९ ओटाले दर्ता नै नगरि व्यवसाय सञ्चालन गरिरहेको पाईएको बताए ।  उनले कुल ६२ ओटा ट्राभल एजेन्सिमा लगातार तीन दिनसम्म गरेको अनुगमनका क्रममा १९ ओटाले इजाजत नै नलिई कारोबार सञ्चालन गरेको भेटिएको बताए ।
उनले पहिलो चरणमा अनुगमन गर्दा अवैध रुपमा कारोबारमा संलग्न भेटिएका ट्राभल एजेन्सिमाथी कनुनी कारबाहीको प्रक्रिया अघि बढाएको बताए । उनले छापा मार्ने क्रममा अवैद्य भेटिएका मध्ये १२ ओटालाई तत्काल सम्पर्क राख्न पत्राचार गरेको र तीन ओटालाई स्पष्ट्रिकरण सोधिएको जानकारी दिए । उनले अन्यले भने अझैसम्म अटेर गरि पत्र बुझन नआएको र केहीलाई स्पष्ट्रीकरण सोध्न बाँकी रहेको बताए ।  अवैध ढंगले ट्राभल एजेन्सी चलाउनेको शंकास्पद सूचीको आधारमा निरीक्षण गरिएको बताउँदै भट्टराईले भने, ‘कुनै पनि अवैद्यानिक ढंगले काम गर्ने ट्राभल एजेन्सी हाम्रो नजरबाट बच्न सक्दैन ।’
उनले यस्ता कार्यमा संलग्नलाई २० हजार जरिवाना, कारोवार नै खारेज गर्ने र अन्य किसिमका अधिकतम कारवाही गरिने बताए । दर्ता नै नगरी हवाइ टिकट बिक्री र अन्य कारोवार गरिरहेको पाइएकाले ति कम्पनीहरु कडा कारवाहीमा पर्ने भएको उनको भनाई छ ।

महाशाखाले पहिलोपट थालेको अनुगमनको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सिनामंगल र ठमेल क्षेत्रमा अवैध रुपमा सञ्चालिन विभिन्न १७ ओटा ट्राभल एजेन्सि कारबाहीको फन्दामा परेका हुन ।
महाशाखाले गत सोमबारदेखि बिहीबारसम्म लगातार तीन दिन गरेको अनुगमनको क्रममा सिनामंगल स्थित विविसी वल्र्ड ट्राभल एण्ड टुर्स प्राली , सम्बीसन ट्राभल एण्ड टुर्स, भिषा ट्राभल एण्ड टुर्स, सर्लाही ट्राभल एण्ड टुर्स, हिसी ट्राभल एण्ड टुर्स, रुमरु टुर्स एण्ड ट्राभल, घुमफिर इन्टरनेस्नल ट्राभल एण्ड टुर्स, होलिडे प्लानर्स टुर एण्ड ट्राभल, एपेक्स टुर्स एण्ड ट्राभल, लायन टुर्स एण्ड ट्राभल, सुपर प्यासन टुर्स एण्ड ट्राभल र डिवि ट्राभल एण्ड टुर्स प्रालि दर्ता नै नगरि सञ्चालन भएको भेटिएको छ ।
यसैगरि ठमेल र ज्याँठा क्षेत्रको अनुगमनको क्रममा हिमालयन यति ट्राभल एण्ड टुर्स प्रालि, फ्रेन्स हिमालयन ट्राभल एण्ड टुर्स, वेष्ट ट्रीप ट्राभल एण्ड टुर्स, गुडविल ट्राभल्स एण्ड टुर्स र माउन्टेन ट्वाचे ट्राभल्स एण्ड टुर्स प्रालि अवैद्य रुपमा सञ्चालित भईरहेको फेला परेको छ ।  अनुगमनको क्रममा भेटिएका अवैद्य कारोबारमा समलग्न ट्राभल एजेन्सिहरुलाई कडा कारबाही हुने महाशाखाले जनाएको छ ।   
महाशाखाका अनुसार अहिलेसम्म मुलुकभर  करिब २ हजार २सय ९ ओटा ट्राभल एजेन्सी दर्ता भएका छन् । सो तथ्याङक बाहेक अझै अधिकाँश ट्राभल एजेन्सीले दर्ता नै नगरी व्यवसाय सञ्चालन गरिरहेका छन् । यसैगरि  दर्ता भएका पनि मेनपावरको काम लगायत अन्य अवैधानिक कार्यमा संलग्न भएको व्यापक जनगुनासो  आएपछि आकस्मिक रुपमा छापा मार्न थलेको महाशाखाले जनाएको छ ।   
नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) महासचिव अच्युत गुरागाइँले पनि आफुहरुले गरेको अनुगमनमा पनि केही ट्राभल एजेन्सिले दर्ता नै नगरि अवैध काम गरेको पाईएको बताए । उनले अनधिकृत रुपमा सञ्चालित एजेन्सिलाई व्यवस्थित बनाई कानुनी कारबाहीको दायरामा ल्याउन यस्तो अनुगमनमा सरकारले  नाट्टालाई पनि सहभागी गराए थप प्रभावकारी हुने बताए । दर्ता नै नगरी अनधिकृत रुपमा व्यवसाय सञ्चालन गर्ने ट्राभल एजेन्सीलाई कडा कारवाही गर्न सरकार चुक्न नहुने बताए ।

No comments:

Post a Comment