Saturday, June 17, 2017

८६ वर्षीय आरोही शेरचन पुनः सगरमाथातर्फ , २ सय ९४ आरोही आधार शिविर पुगे

मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, ४ वैशाख
८६ वर्षीय वृद्ध आरोही मीनबहादुर शेरचन पुनः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि त्यसतर्फ लागेका छन् । यसअघि आफ्नो तोडिएको विश्व कीर्तिमान फर्काउनका लागि उनी सोमबार पुनः सगरमाथा आधार शिविरतर्फ लागेका हुन् ।   आइतबार सगरमाथा प्रदूषण नियन्त्रण समितिसँग अनुमति लिएका वृद्ध आरोही शेरचन सोमबार पुनः सगरमाथाको शिखर चुम्ने अठोटका साथ काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । विगत १० वर्षअघि ७६ वर्षको उमेरमा सगरमाथाको शिखर चुमेर उनले संसारको सबैभन्दा अग्लो सगरमाथाको शिखर चढ्ने सबैभन्दा पाको वृद्ध आरोहीको कीर्तिमान राख्न सफल भएका थिए ।
सन् २००८ को २५ मेका दिन सगरमाथाको सफल आरोहण गरेका आरोही शेरचनको नाम वल्ड रेकर्ड (गिनिज बुक) मा लेखिएको थियो । तर, सन् २०१३ मा जापानी आरोही मिउराले ८० वर्षको उमेरमा सगरमाथा चढेर उनको कीर्तिमान भंग गरेका थिए ।
आफ्नो कीर्तिमान तोडिएलगत्तै सन् २०१३ र २०१५ मा उनले पुनः सगरमाथाको शिखर चुम्ने प्रयास गरेका थिए । तर, सन् २०१३ मा उनले आरोहणको मौका नै पाएनन् भने सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण नाम्चेबाटै फर्किनुपरेको थियो । उनको अहिलेको यस आरोहण अभियानमा कुल नौजना आरोही सदस्य रहेका छन् ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार आरोही शेरचनको यस आरोहण अभियान दलमा नौजना रहेका छन् । जसमा ६ जना अनुभवी गाइड रहेका छन् । आरोही शेरचनको यस आरोहणमा काठमाडौंस्थित समिट नेपाल ट्रेकिङ प्रालि आधिकारिक आरोहण गराउने कम्पनी हो ।  शेरचनले यसपाली मौसमले साथदिए सगरमाथाको शिखरमा पुनः नयाँ कीर्तिमान कायम गराउने अठोट गरेको उनका सहयोगी आरोही शिव सापकोटाले जानकारी गराएका छन ।    
यसैगरि, बृद्ध आरोही शेरचन सहित अहिले सगरमाथा आरोहणका लागि कुल ३१ व्टा समूह सगरमाथा आधारशिविर पुगेका छन् । जसमा २ सय ९४ आरोही रहेका छन् । तीमध्ये दुईवटा आरोहण दल भने नेपाली आरोहीको दल हो । त्यसैगरि, ल्होत्से हिमाल आरोहणकालागि यसवर्ष ६ वटा टोली आधारशिविर तर्फ पुगेका छन् । सो आरोहण टोलीमा ७० जना आरोही छन् । यसैगरि, न्हुत्से हिमाल आरोहणकालागि २ टोली आधारशिविर पुगेका छन् जसमा १९ जना छन् । सगरमाथा आरोहण टोली आधारशिविर भन्दा माथीको क्याम्प–२ मा जाने तयारीमा छ ।  जसका लागि अहिले सामान ओसार पसार कार्य भइरहेको सगरमाथा प्रदुषण नियन्त्रण समितिले जनाएको छ ।

No comments:

Post a Comment