Saturday, June 17, 2017

सडक निर्माणमा भईरहेको ढिलाइप्रति साँसदको चासो


काठमाडौ, ३ जेठ– नेकपा एमाले काठमाडौ क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरले आफ्नो सक्रियतामा हाल ५ करोड ६० लाख रुपैयाँको लगानीमा निर्माण हुँदै गरेको गुहेश्वरी, बोहोराटार, धितालथोक हुँदै तीनपिप्लेस्थित काठमाडौ–त्रिशुली जोड्ने पासाङ ल्हामु राजमार्ग छिचोल्ने सडक निर्माण कार्यमा भईरहेको ढिलाइप्रति गम्भिर चिन्ता व्यक्त गरेका छन । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बालाजु दगुर्नेपानीदेखि पुरानो गुहेश्वरी हुँदै तारकेश्वर नगरपालीका–५ बोहोराटार माइक्रोबस स्ट्याण्डसम्म ढलान र कालोपत्रे गर्नेकाम सम्पन्न भइसक्नुपर्नेमा अहिलेसम्म निर्माणको काम त्यसै अलपत्र रहेकामा गम्भिर चिन्ता व्यक्त गर्दै उनले अब यस सडक निर्माण कार्यले गतिलिने बताए ।
विगत केही सातादेखि आफुले यस सडक निर्माणमा भईरहेको ढिलाइप्रति निकै चासो लिएर सडक विभाग लगायत अन्य सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदै आएको जानकारी गराउँदै उनले यस बहुवर्षिय सडक निर्माण आयोजना लगायत अन्य विकासकालागि साँसद विकास कोषको तर्फबाट खर्च गर्न पाउने गरि पुन यस क्षेत्रको विकासकालागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको बताए ।  तारकेश्वर नगरपालिकास्थित हरियाली समाजद्धारा शनिबारबार आयोजित तारकेश्वर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख लगायत अन्य जनप्रतिनीधीहरुको बधाई एवं शुभकामना कार्यक्रममा सांसद मानन्धरले यस्तो चिन्ता व्यक्त गरेका हुन । उनले यस सडक निर्माण कार्यमा कुनै अवरोध नपु¥याउन स्थानीयवासीलाई समेत आग्रह गरे । सरकारले काठमाडौको उत्तरी क्षेत्रमा सबै सुविधा सम्पन्न स्मार्ट सिटी बनाउने अवधारणा समेत सार्वजनिक गरिसकेकाले अब यस क्षेत्रको विकास निर्माणकालागि स्थानीयवासी स्वयंम जागरुक हुनुपर्ने बेला आएको बताए । सडक निर्माण एवं ढल जडान जस्ता अति आवस्यकीए पूर्वाधार विकास भएपछि मात्र आफुहरुले चाहना गरे अनुरुपको शहर बन्ने भन्दै उनले यस क्षेत्रको विकास निर्माणकालागि सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरे ।
उनले यस क्षेत्रलाई आफुले सरकारले खोजे जस्तो नमुनाको शहरिकरणको परिकल्पना गरेको भन्दै आफ्नो यस कदमलाई साथ दिन आग्रह गरे । उनले सांसद विकास कोषबाट खर्च हुने रकमलाई समेत समानुपातिक ढंगले स्थानीयवासीको चाहना एवं आवस्यक्ता अनुरुप वितरण गर्न आफु लागिपरेको बताए । उनले अब यस क्षेत्रलाई काठमाडौ उपत्यकाकै नमुना पर्यटकीय हब बनाउने लक्ष्य लिएको बताए । उनले यहाँको प्राकृतिक विविधता, ऐतिहासिक धरोहर र स्थानीय उत्पादनको उचित उपयोग र प्रवद्र्धन गरि यस क्षेत्रलाई नमुना पर्यटकीय हब बनाउने कार्यमा आफु निरन्तर लागिपरेको बताए ।
तारकेश्वर नगरपालिकाको मेयर रामेश्वर बोहोराले यस क्षेत्रलाई मुलुककै नमुना पर्यटकीय शहरको रुपमा विकास गर्न आफुहरुले तारकेश्वर नगरपालीकाको छुट्टै गुरुयोजना तयार बनाएर सोही अनुरुप विकासका काम अघि बढाइने बताए । जसकालागि सबैभन्दा पहिले यहाँका सडक बाटो निर्माण , खानेपानी , खेलमैदान लगायत अन्य पर्यटकीय गतिविधीलाई व्यवस्थित रुपमा अघि बढाइने भन्दै उनले अब यस नगरपालिका भित्रका सम्पूर्ण भित्री सडकहरु पनि न्युनतम १३ फिट कायम गरिने बताए । उनले यहाँका पुराना निजी तथा सरकारी भौतिक संरचनालाई खासै असर नपर्नेगरि भित्रि सडकको मापदण्ड न्युनतम १३ फिट कायम गरिने भएकाले स्थानीयवासीलाई सोही अनुरुप बाटो छाड्न आग्रह गरे । यहाँका पर्यटन प्रवद्र्धन, खानेपानी व्यवस्थापन, सडक निर्माण एवं सोलार बत्ती जडान लगायत अन्य विकास निर्माणका विषयमा स्थानीयवासीसँगको छलफलपछि यस नगरपालिकाको गुरुयोजना बनाइने बताए ।
तानपाका उप मेयर भवानी डोटेल (धिताल) तानपा ५ वडाका अध्यक्ष बासुप्रसाद गौतम र सदस्य जयराम अर्याल लगायतले पनि यस क्षेत्रको विकास निर्माणकालागि आफुहरुले आफ्नो कार्यकालमा उल्लेखनीय काम गरेर देखाउने प्रतिवद्धता जनाएका छन । उनीहरुले तारकेश्वर नगरपालिकाको पर्यटकीय गन्तब्यस्थल भ्युटावरदेखि नार्गाजुन दरबार भन्दामाथी जामाचो मन्दीरसम्म जाने केबलकार स्थापना गर्न समेत आफुहरुले सक्रियता देखाएको बताएका छन । यसैगरि उनीहरुले यस क्षेत्रलाई उपत्यकाकै राम्रो खानेपानी जोनको रुपमा समेत विकास गरिने लक्ष्य लिएको बताए । सो कार्यक्रममा समाजका अध्यक्ष रविन्द्र पण्डित लगायत अन्य पदाधिकारीहरुले यस क्षेत्रमा हाल भईरहेका विविध विकास निर्माणका गतिविधीहरुबारे जानकारी गराएका थिए ।

No comments:

Post a Comment