Friday, June 27, 2014

कतार एयरवेजको नियुक्तिमा पैसा नलाग्ने



काठमाडौं, ११ असार –कतारको राष्ट्रिय ध्वजाबाहक कतार एयरवेजले खुलाएको रोजगारीको अवसर पाउन एक पैसा पनि तिर्नु नपर्ने नियुक्ति साझेदारले प्रस्ट्याएको छ ।
कम्पनीले विभिन्न तहमा पाँच सय ८० नेपाली कर्मचारी लिन विज्ञापन गरेसँगै ‘मिलाइदिन्छु’ भन्दै सर्वसाधारणसँग पैसा उठाउने दलालहरु सल्बलाउन थालेको नियुक्ति साझेदार स्टाफ सोर्स इन्टरनेसनल (एसएसआई) ले जनाएको छ । ‘तर, त्यो रोजगारीमा एक रुपैयाँ पनि तिर्नु पर्दैन । यो पूर्णतः निःशुल्क छ । पैसा तिर्ने व्यक्ति उल्टै अयोग्य ठहरिन्छ,’ एसएसआई प्रमुख अशोक श्रेष्ठले भने। यसअघि नियुक्तिका क्रममा कामदारसँग पैसा लिएको थाहा पाएपछि रोजगारदाता कतार एयरवेजले नेपाली कामदार लिनै छाडेको उल्लेख गर्दै श्रेष्ठले बिहीबार साँझ आयोजित पत्रकार भेटघाटमा बताए । कतार एयरवेजको जागिर आकर्षक भएकोले ठगहरु सल्बलाउन थालेको सुइँको आफूहरुले पाएको उनले बताए ।
श्रेष्ठका अनुसार कतार एयरवेजमा काम पाउने सबैभन्दा तल्लो तहको कामदार (लेबर, लोडर)ले १६ सय कतारी रियाल तलब पाउँछ । त्यसबाहेक बस्ने सुविधा कम्पनीले दिन्छ । कम्पनीले उपलब्ध गराएको आवासमा बस्न नचाहनेलाई एक हजार रियाल आवास भत्ता उपलब्ध गराउने तर, पाँच सय रियालले स्तरीय आवासमा बसेर पाँच सय बचाउन सकिने उनले जानकारी दिए । विगतमा पैसाको चलखेल हुँदा वर्षेनी हजार हाराहारी नेपालीले पाउने रोजगारीको अवसर गुमेकोले यसपालि विशेष चनाखो भएर सर्वसाधारणलाई सचेत गराउन खोजिएको उनले बताए । श्रेष्ठका अनुसार स्टाफ सोर्स इन्टरनेसनलले श्रीलंका, नेपाल, भारत, बंगलादेश, इन्डोनेसिया, म्यानमार र फिलिपिन्सको नियुक्ति गर्ने जिम्मेवारी पाएको छ ।
कामदारको छनोट रोजगारदाता कम्पनीकै अधिकारीले गर्ने र योग्यताको आधारमा छानिने उनको भनाइ छ । कागजात र अंग्रेजी बोल्ने क्षमताका आधारमा उम्मेदवार छनोट गर्न कतार एयरवेजका विभिन्न तीनवटा सहायक कम्पतीका सातजना अधिकारी यसै साता नेपाल आउने श्रेष्ठले जानकारी दिए । कामदार÷कर्मचारी छान्न कतार क्राफ्ट कर्पोरेसन, ग्राउन्ड ह्यान्डलिङ सर्भिसेज र कतार एभिएसन कर्पोरेसनका सातजना अधिकारी आउने छन् । संसारका १० उत्क वायुसेवा कम्पनीभित्र पर्ने कतार एयरवेज त्यहाँको सरकारी कम्पनी हो ।
यो नियुक्तिमा पैसा लेनदेन गरेको थाहा पाए वर्षेनी हजार हाराहारी नेपालीले पाउने अवसर गुम्न सक्ने श्रेष्ठले बताए । यसअघि ५–६ वर्षअघि म्यानपावर एजेन्सीले ४–५ लाख रुपैयाँसम्म लिएको थाहा पाएपछि उक्त एयरवेजले तीन चार वर्षसम्म नेपाली कामदार लिनै छाडेको थियो । ‘नियुक्तिका लागि कुनै एजेन्ट तोकिएको छैन, सिधै आउनु प¥यो, अंग्रेजी बोल्नु प¥यो । एजेन्टबाट कोही आयो भने रिजेक्ट हुन्छ,’ यो अवसर नेपाल ल्याउन आफूले ठूलो मेहनत गर्नुपरेको भन्दै श्रेष्ठले थपे, ‘मेडिकल, इन्स्योरेन्स र श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार विभागमा बुझाउने समेत गरी लगभग ६ हजार नौ सयबाहेक एक रुपैयाँ पनि तिर्नु पर्दैन ।’
कसैले काम मिलाइदिन्छु भन्दै पैसा मागेको खण्डमा श्रम विभाग, प्रहरी र एसएसआईलाई जानकारी गराउन पनि उनले आग्रह गरे । आफूले उच्चस्तरको रोजगारी दिने कम्पनी नेपाल ल्याउन पहल गरिरहेको र निकट भविष्यमै कतारमा बन्न लागेको मेट्रोले यस्तै आकर्षक रोजगारीको अवसर प्रदान गर्ने र त्यसमा पनि बढी भन्दा बढी नेपालीलाई मौक दिन प्रयास गर्ने उनले बताए ।
३५ वर्षअघि बिदेसिएका श्रेष्ठ बेलायती नागरिक हुन् । उनले कतारी साझेदारसँग मिलेर नियुक्ति कम्पनी खोलेको बताए । आफ्नो कम्पनी रोजगार एजेन्ट नभई कतारको सरकारी निकायको नियुक्ति साझेदार (रिक्रुटमेन्ट पार्टनर) भएको बताए । आफ्नो कम्पनी र नेपालको साझेदार रियल रेडियन्टलाई यो नियुक्तिमा सघाएबापत कतार एयरलाइन्सले नै कमिसन दिने उनले बताए । ‘हामीले आवश्यक कमिसन उतैबाट पाउँछौं । लगेको मान्छेको ग्यारेन्टी पनि हाम्रो कम्पनीले लिन्छ,’ उनले भने ।

Wednesday, June 25, 2014

झुकेनन सुवास, बोर्डका कामु सिइओ निरौला कार्यालय पुगे

काठमाडौं, ११ असार–नेपाल पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौला बुधबार
दलबलसहित कार्यालय पुगेका गरेका छन् । उनी विहान सवा १० बजे कार्यालय प्रवेश
गरेका हुन । अहिले उनले बोर्डको कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा
हाजिर गरेका छन् । बोर्डको भृकुटीमण्डप स्थित कार्यालयमा निरौललाई स्वागत
गर्न करिव २ सय जनाभन्दा बढीको उपस्थिती रहेको थियो । निरौराले सर्वोच्च
अदालतको आदेशलाई पालना गर्दै आफु कार्यालयमा काम गर्न आएको बताए ।
सर्वोच्चले केही समय अघी आन्दोलनरत व्यवसायीको नाममा आदेश जारी गर्दै सहज
रुपमा काम गर्न दिन निर्देशन दिएको थियो । निरौलाले दिउूसो १ बजेसम्म
आङ्खनो कार्यकÔमा बसेर काम गरेका थिए । बोर्डमा व्यापक आर्थिक अनियमिता
गरेको भन्दै पर्यटन व्यवसायी आन्दोलनमा उत्रिएपछि उनी करिव २ महिनादेखि
कार्यालय प्रवेश गर्न पाएका थिएनन् ।
अहिले बोर्डमा भएको अनियमितता छानविन र पुनरसंचना गर्नका लागि छुट्टाछुट्टै
समिति गठन गरिएको छ । छानविनको दायरामा रहेको व्यक्ति बोर्डमा रहूदा
छानविन प्रभावित हुने भन्दै व्यवसायीहरुले निरौलालाई बोर्डमा प्रवेश गर्न
नदिने बताउूदै आएका थिए । व्यवसायीले कार्यालय प्रवेशमा रोक लगाउन सक्ने
संम्भावनाका कारण निरौला दलबलसहित कार्यालय पुगेका हुन् । उनलाई त्यहाू
उपस्थित भएका करिब २ सय समर्थक एवं बोर्डका कर्मचारीहरुले खादा, फुलमाला र
अविर लगाएर कार्यालय प्रवेश गराएका थिए । निरौला कामु कार्यकारी प्रमुखको
रुपमा बोर्डमा रहेमा छानविनमा प्रभाव पर्ने व्यवसायीको गुनासोलाई सम्बोधन
गर्दै मन्त्रालयले उनलाई विदामा राखेको थियो । निरौला विदामा बसेपछि
बोर्डको कर्मचारी सेवा विनियम अनुसार बरिष्ठ निर्देशक नन्दिनीलाहे थापाले
निमिक्तको जिम्मेवारी सम्हालेकी थिइन् ।
बुधबार हाजिर गरेपछि प्रतिक्रिया दिूदै निरौलाले कानुनको सम्मान गर्नुपर्ने
भन्दै अब स्वाभाविक रुपमा बोर्डको काम चल्ने बताए । सबैलाई एकजुट बनाएर
लैजाने उनको भनाइ छ । निजी व्यवसायीको आन्दोलनबारे गरेको सञ्चारकर्मीको
जिज्ञासामा निरौलाले पर्यटन प्रवद्र्धनकै लागि बोर्ड स्थापना भएको भन्दै
व्यवसायीसूगकै सहकार्यमा काम गर्ने बताए । उनले सञ्चारमाध्यमले एकतर्पिm रुपमा
समाचार संप्रेÈण गरेकोमा भने आफुलाई निकै दुःख लागेको बताए  ।
संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी) को अगुवाइमा पर्यटन व्यवसायीले पर्यटन
बोर्ड र निरौलाविरुद्ध गरेको ५५ दिने लामो आन्दोलन गत सातामात्र अन्त्य
भएको थियो । उनीहरुले बोर्डको छानबिन र पुनसंर्चना हुनुपर्ने,
निरौलालाई कामु दिन नहुने, राष्टि??य पर्यटन मेला स्थगित गर्नुपर्ने लगायत
माग सम्बोधन भएको भन्दै आन्दोलन फिर्ता लिएका थिए । अख्तियार दुरुपयोग
अनुसन्धान आयोगले पर्यटन मन्त्रालयलाई बोर्डको दैनिक काम सुचारु गराउन
निर्देशन दिएपछि मन्त्रालयले निरौलालाई बिदामा पठाएको थियो।

एमए(६० जहाजद्धारा नियमको व्यवसायीक उडान सुरु

काठमाडौ, ११ असार–नेपाल वायुसेवा निगमले चीनबाट अनुदानमा ल्याएको एमए ६० जहाजको व्यवसायिक
उडान बुधबारबाट सुरु गरेको छ । बुधबार बिहान ९ बजे काठमाडौबाट २९ जना
यात्रु र ६ जना चालक दलका सदस्य सहित विराटनगरकालागि पहिलो व्यवसायी उडान
भरेको सो जहाजले काठमाडौ फर्कने क्रममा ३३ जना यात्रु ल्याएको थियो ।
निकै उत्साहकासाथ सो जहाजबाट विराटनगरमा सफलतापूर्वक पहिलो व्यवसायीक
उडान भरेको निगमले जनाएको छ । निगमका प्रवक्ता रामहरि शर्माले पहिलो
व्यवसायीक उडान निकै राम्रो भएको बताए । बुधबारबाट व्यवसायीक उडान सुरु
भएको सो जहाजबाट अहिले एउटा मात्र उडान भएको र बिहीबार पनि
विराटनगरकालागि एक मात्र उडान भर्ने जानकारी दिँदै उनले भने, ।।।अब विस्तारै
पूर्व तालिका अनुसार नियमित उडान हुने छ’ । उनले त्रिभुवन अन्तर्राष्टि??य
विमानस्थलबाट विहान ९ बजे विराटनगरकालागि उडेको जहाज ११ बजे ३३ जना यात्रु
लिएर फर्किएको बताए । निगमका अनुसार एमए(६० जहाज विराटनगर विमानस्थलमा
करिव ४० मिनेटमा पुगेको थियो ।
चीनबाट ल्याएर त्रिभुवन अन्तर्राष्टि??य विमानस्थलमा अवतरण गराइएको ५७ दिनपछि
मात्र बल्ल निगम व्यवस्थापनले सो नयाँ जहाजबाट व्यवसायिक उडान सुरु गरेको हो
। उनले नयाँ जहाज उडान सञ्चालनकालागि आवश्यक सबै प्रक्रिया पूरा गरेर उडान
निश्चित गरेरै गत शनिबारबाट टिकट बिक्री खुला गरेको जानकारी दिए । केही
दिनअघि चिनियाँ जहाज निर्माता कम्पनीबाट आएका चालक र सह चालकले जहाजलाई
विराटनगर पु¥याएका हुन् ।
मुलुकको राष्टि??य ध्वजाबहाक जहाज छिटो नियमित सञ्चालनकालागि अहिले टिकट
बुकिङ गरिरहेका यात्रु र उनीहरुका आफन्तहरुबाट पनि सकारात्मक प्रतिक्रिया
आइरहेको बताउूदै शर्माले भैरहवा, भद्रपुर र धनगढीमा नियमित उडान गर्ने
जानकारी गराए । सो जहाजले गत बिहीबार मात्र सफल परीÔण उडान गरेको थियो
। शुक्रबार प्रमाणित उडान गरेको थियो । चीनबाट आएका दुई नयाू
इन्जिनियरले ।।।टेक्निकल लगबुक’ मा हस्ताÔर गरेपछि मात्र सो जहाज उडेको थियो
। प्रवक्ता शर्माले  अहिले निगमले प्रमोसनका लागि केही अवधिसम्म यात्रुलाई
सस्तो भाडा दरमा उडान भर्ने बताए । चिनियाू जहाज निर्माता कम्पनी जियान
एयरक्राङ्खट इन्डिस्ट??ीयल कर्पोरेसनबाट उत्पादित ५६ सिट Ôमताको ।।।मोडर्न आर्क’
(एमए(६०) मोडेलेको जहाज निगमले गत १४ वैशाखमा बाजागाजा सहित
काठमाडौंमा अवतरण गराएको थियो  निगमका अनुसार यस नयाँ जहाज एमए(६०
बाट हालका लागि सातामा १५ उडान गर्ने तालिका बनाइएको छ । थप जहाज
नआउन्जेल काठमाडौंबाट विराटनगर, भद्रपुर, भैरहवा र धनगढी उडान गरिने छ ।
निगमले विराटनगरका लागि भने दैनिक एक उडानको नियमित तालिका सार्वजनिक
गरेको छ । निगमको नयाँ तालिका अनुसार विराटनगरका लागि दैनिक १,
भद्रपुरका लागि हरेक सोमबार, बुधबार र शनिबार, भैरहवाका लागि मंगलबार र
बिहीबार तथा धनगढीका लागि मंगलबार र शुक्रबारकालागि एमए ६० ले उडान भर्ने छ
। सो जहाजलाई चीनबाट आएका एक क्याप्टेन र को(पाइलटले उडाउने बताईएको
छ । अहिले यी गन्तव्यका लागि निगमले करसहित काठमाडौंबाट भद्रपुरका लागि
प्रतियात्रु ४ हजार १ सय ३० रुपैयाँ , भैरहवाकालागि ३ हजार १ सय ४५ रुपैयाँ,
विराटनगरकालागि ३ हजार ५ सय ५ रुपैयाँ र धनगढीकालागि ५ हजार ७ सय ४०
रुपैयाू भाडादर तोकेको छ । निगमले चीनसूग एमए(६० मोडेलका दुई र १८
सिटयुक्त वाइ(१२(इ मोडेलका ४ ओटा जहाज ल्याउने सम्झौता गरेको छ ।
तीमध्ये चीनले एउटा एमए(६० र एउटा वाइ१२(इ अनुदान तथा एउटा एमए(६० र ३
ओटा वाइ१२(इ सहुलियत ऋणमा दिने छ । निगमका अनुसार अनुदानमा ल्याइने
भनिएको एउटा वाइ(१२ इ जहाज १६ असारमा यहाू आइपुग्छ। यसैगरी, सहुलियत
ऋणमा पाइने भनिएका ४ ओटा मध्ये एउटा एमए(६० असोज १४ र बाूकी ३ ओटा
वाइ(१२इ कात्तिक १३ मा आइपुग्ने छन् ।

प्रतिस्पर्धी क्षमता बढाउन सुझाव

काठमाडौं, ८ असार –अर्थमन्त्री डा. रामशरण महतले नेपालबाट निकासीको प्रशस्त सम्भावना रहेको बताउँदै त्यो अवसर पहिचान गर्न सक्ने क्षमता बढाउन निजी क्षेत्रलाई सुझाएका छन् । उनले व्यवसायीमा सम्भावना सुँघ्ने क्षमता नहुनाले निकासी बढ्न नसकेको बताए ।
नेपाल समुद्रपार निकासी पैठारी संघको ३६औं वार्षिक साधारण सभा उद्घाटन सत्रलाई आइतबार साँझ सम्बोधन गर्ने क्रममा उनले उद्यमी व्यवसायीमा शून्यमा सिर्जना गर्न सक्ने क्षमता हुनुपर्ने बताए । चार अर्बको अलैँची निर्यात भएको प्रसंग उल्लेख गर्दै उनले नेपाली व्यवसायीले निकासीयोग्य वस्तुमा मूल्य अभिवृद्धि गर्न सक्नुपर्ने बताए । ‘नेपालको चिया कलकत्ता पुगेर पुनः प्याक भएर अर्को देश पुग्छ । प्रतिस्पर्धी क्षमता भएका यस्ता वस्तुमा हामीले नै मूल्य थप्न सक्नुपर्छ,’ महतले भने ।  उनले देशमा लगानीको अवसर सुधार्न सरकार लागिपरेको उल्लेख गर्दै निजी र सरकारी क्षेत्रबाट निर्माणाधीन योजना समयमै सम्पन्न भए तीन वर्षपछि लोडसेडिङ हट्ने बताए । उनका अनुसार त्यसबेला बर्खामा आवश्यकभन्दा बढी र खुक्खा याममा कम बिजुली उत्पादन हुने छ । यस्तो स्थितिमा बर्खाको बिजुली भारतलाई दिएर हिउँदमा उताबाट ल्याउन सकिने महतको भनाइ थियो । निजी क्षेत्रका प्रतिनिधिले चौतर्फी समस्याको कारण ऊर्जा संकट रहेको गुनासो गरेपछि महतले यस्तो प्रतिक्रिया दिएका हुन् ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेलले पनि आर्थिक समृद्धिका लागि ऊर्जामै जोड दिनुपर्ने बताए । नेपालले कृषि, ऊर्जा र पर्यटनबाट लाभ लिन सक्ने उल्लेख गरेका उनले भविष्यको निर्यात वस्तु पनि ऊर्जा नै हुने प्रक्षेपण गरे ।
ऊर्जाको विकासका लागि अमेरिकी डलरमा पिपिए गर्नुपर्ने तर्क गरेका पोखरेलले नेपाली मुद्रा सधैं अवमूल्यन (सस्तिन्छ) भइरहन्छ भन्ने मान्यताका कारण मात्रै डलरको नाम सुनेपछि मानिसहरु डराउने गरेको बताए । ‘हामीले नेपाली मुद्राको भाउ पनि बढ्छ भन्ने सोच राख्ने हो भने डलरमा पिपिए गर्दा डराउनै पर्दैन्,’ उनले भने ।
नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले तेस्रो मुलुकसँगको व्यापार घाटा घटाउन सबै मिलेर लाग्नुपर्नेमा जोड दिए । अहिले निर्यातमा दिइरहेको अनुदानलाई अन्तरिम व्यवस्था भनेका उनले तुलनात्मक लाभका क्षेत्रको प्रवद्र्धन गरेर निर्यात बढाउनुपर्ने सुझाए । निर्यात बढाउन नसके अर्थतन्त्रमा जोखिम बढ्ने उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ट उपाध्यक्ष पशुपति मुरारकाले ऊर्जा खरिद सम्झौता (पिपिए)लाई असमान सन्धिको रुपमा प्रस्तुत गर्दै यसका सर्तहरु नेपाल विद्युत प्राधिकरणलाई फाइदा हुने किसिमले बताइएको गुनासो गरे । सुधारको सवालमा तीन चार–चार वर्षदेखि मुलुक जहाँको तहीँ रहेको पनि उनको भनाइ थियो । उनले सबै नागरिकको सम्पत्तिको अभिलेख तयार गरेपछि मात्रै शुद्धीकरण ऐन लागू गर्न सुझाए । कर र बिमाका क्षेत्रमा विद्यमान निजी क्षेत्रका चासोमा पनि उनले बोलेका थिए। नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र बस्न्यातले बढ्दो आयातप्रति चिन्ता प्रकट गरे । यसले मुलुकलाई अरु मुलुकको सामान डम्पिङ गर्ने ठाउँ बनाएको चर्चा गर्दै नेपालको भन्सार व्यापार सहजीकरणमा भन्दा महसुल संकलनमा केन्द्रित हुने गरेको बताए । 
संघका अध्यक्ष अशोककुमार अग्रवालले आर्थिक क्रान्तिलाई राष्ट्रिय एजेन्डा बनाउन माग गरे । लगानीका लागि पूर्वाधार, व्यवसायमैत्री नीति र सहयोगी कर्मचारीतन्त्र हुनुपर्ने उनको भनाइ थियो । उद्योग व्यवसायदेखि सामान्य जनजीवनसम्म ऊर्जा संकट सबैभन्दा ठूलो समस्याको रुपमा रहेको भन्दै उनले सरकारलाई अबको केही वर्ष ऊर्जा र पूर्वाधारमै केन्द्रित हुन सुझाए । पाँच वर्षमा पाँच हजार मेगावाट बिजुली उत्पादन गर्ने नारालाई मूर्त रुप दिन ठोस कार्यक्रम र पहलको खाँचो औंलाए । मेलम्ची परियोजना, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पञ्चेश्वर महाकाली तथा अरुण तेस्रो जस्ता जलविद्युत योजना दशकौंदेखि अलपत्र पर्दा राज्य संयन्त्रप्रति विश्वास घटेको उनले बताए । तोकिएको जिम्मेवारी पूरा नगरे पनि जवाफदेही हुन नपर्ने संस्कारले यसो भएको उनको भनाइ छ ।  सस्तो लोकप्रियताका लागि आकर्षक नीति र कार्यक्रम घोषणा गर्ने परम्पराको अन्त्य गर्न र तोकिएको जिम्मेवारी पूरा नगर्ने निकाय र पदाधिकारीलाई जवाफदेही बनाउन उनले आग्रह गरे । उनले आर्थिक क्षेत्रसँग सम्बन्धित ऐन, कानुन संशोधनमा जोड दिए । भन्सार मूल्यांकन र वस्तु वर्गीकरणमा तजविजी अधिकार हटाउन, दर कम गर्न र करको दायरा बढाउन उनले आग्रह गरे । बहुदरको मूल्य अभिवृद्धिकर लागू गर्नुपर्ने माग दोहो¥याएका अग्रवालले नक्कली सामानको आयात रोक्नुपर्नेमा जोड दिए । आन्तरिक ओसारपसारमा अवरोध, निश्चित समयमा निर्णय नगर्ने परिपाटीलाई उनले प्रशासनयन्त्रका कमजोरीका रुपमा औंल्याए । संघका नवनिर्वाचित अध्यक्ष रमेश गुप्ताले उदार अर्थतन्त्रका पक्षपाती महत अर्थमन्त्री भएपछि निजी क्षेत्रमा उत्साह थपिएको बताए । ‘यो विश्वास गुम्यो भने फेरि फर्केर आउन गाह्रो छ,’ गुप्ताले सचेत पनि गराए । ऊर्जाको विकास गर्न दीर्घकालीन मुआब्जा नीति तय गर्नुपर्ने उनको भनाइ छ ।  पाँच हजार मेगावाटसम्म जलविद्युत उत्पादन नहुँदासम्म जस्तोसुकै सहुलियत र सुविधा दिएर भए पनि ऊर्जा क्षेत्रमा लगानी आकर्षित गर्नुपर्ने उनको सुझाव थियो । काठमाडौं–निजगढ फास्ट ट्र्याक छिटो सम्पन्न गर्न आग्रह गरेका उनले पारदर्शिताको क्षेत्रमा पनि सुधार गर्नुपर्ने बताए । आर्थिक प्रगतिका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अलवम्बन गरेको मोडल लागू गरे भ्रष्टाचार न्यूनीकरणमा समेत ठूलो फड्को मार्न सकिने गुप्ताले बताए ।
अध्यक्षमा गुप्ता
काठमाडौ÷रास– नेपाल समुद्रपार निकासी पैठारी संघको ३६औं साधारण सभाले आगामी दुईवर्षे कार्यकालका लागि अध्यक्षमा रमेश गुप्तालाई चयन गरेको संघले जनाएको छ । उनी लगायत कार्यसमितिका २० जना सदस्य निर्विरोध निर्वाचित भएका हुन् । कार्यसमिति सदस्यमा अनिल केडिया, अनिलकुमार अग्रवाल, अमित अग्रवाल, अरबिन्द सुखानी, कुमारबहादुर कार्की, खगेन्द्र सिटौला, दीपक नेपाल, पवनकुमार अग्रवाल, पवनकुमार भिमसरिया, प्रदीप राजगाढिया, मदन मित्तल, रमेशकुमार थापा, विजय मुल्मी, विनोद सेठिया, विशाल अग्रवाल, सावरमल अग्रवाल, सुनिलकुमार वंशल, सुरेशकुमार अग्रवाल, शिवकुमार अग्रवाल र हिमबहादुर रावल चयन भएका छन् । पदाधिकारीको चयन निर्वाचित कार्यसमितिले गर्ने संघले जनाएको छ।

नेपाल समुद्रपार निकासी पैठारी संघको ३६औं वार्षिक साधारण सभा उद्घाटन सत्रमा संघका अध्यक्ष अशोककुमार अग्रवाललाई सम्मानित गर्दै अर्थमन्त्री डा. रामशरण महत ।

१० वर्षमा २५ जहाज पु¥याउने निगमको व्यवसायिक कार्ययोजना, एमए ६० को पहिलो उडान विराटनगर

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ८ असार
राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले आगामी सन् २०२४ सम्म कुल २५ ओटा जहाज पु¥याउने लक्ष्य सहितको व्यवसायिक कार्ययोजना तयार पारेको छ ।  निगमको बोर्ड बैठकबाट पारित कार्ययोजनालाई अब छिट्टै नीतिगत निर्देशनका लागि पर्यटन मन्त्रालयमा पठाउने निगमले जनाएको छ  । निगमका प्रवक्ता रामहरि शर्माले सन् २०१५ देखि हरेक वर्È जहाज थप्दै गएर २०२४ सम्म जहाजको संख्या २५ पु¥याउने लक्ष्य रहेको बताए । निगमको यस कार्ययोजना अनुसार अन्तराष्ट्रिय उडान पनि थप्दै जाने र हवाई मैदान भएका सबै ठाउ“मा आन्तरिक उडान भर्ने लक्ष्य छ । अहिले निगमले ३१ ओटा हवाई मैदान भएपनि १२ ओटामा मात्र उडान भर्दै आएको छ । नया“ जहाजका लागि झण्डै ६० अर्व रुपैया“ लाग्ने र आधा रकम सरकारले लगानी गर्नुपर्ने निगमको भनाई छ । यस कार्ययोजना पारित भएपछि प्रत्यक्ष रुपमा करिब २६ सय जनाले रोजगारी पाउने निगमको दावी छ । अहिले निगमस“ग आवद्ध रहेर १८ सय दरवन्दी रहेकोमा त्यसलाई बढाएर २६ सय पु¥याउने निगमको लक्ष्य छ ।
यसैबीच, निगमले चीनबाट अनुदानमा ल्याएको एमए ६० जहाजको व्यवसायिक उडान बुधबारबाट थाल्ने भएको छ । एमए ६० जहाजको पहिलो उडान काठमाडौंबाट विराटनगर हुने छ । चीनबाट ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको ५७ दिनपछि मात्र बल्ल निगम व्यवस्थापनले सो नयाँ जहाजबाट व्यवसायिक उडान सुरु गर्न लागेको हो । निगमका प्रवक्ता शर्माले एमए ६० नयाँ जहाजको नियमित व्यवसायिक उडान सञ्चालनकालागि अहिले सबै प्रक्रिया पूरा गरेर विभिन्न क्षेत्रको उडान तालिका सार्वजनिक भईसकेको बताए । उनले नयाँ जहाज उडान सञ्चालनकालागि आवश्यक सबै प्रक्रिया पूरा गरेर उडान निश्चित गरेरै शनिबारबाट टिकट बिक्री नै खुला गरिसकेको बताए ।
निगमले गरेको तयारी अनुसार आगामी बुधबार बिहान ८ बजे यस जहाजले विराटनगरको लागि औपचारिक रुपमा पहिलो व्यवासायिक उडानको सुरुवात गर्ने छ । त्यहा“बाट फर्केर आएपछि १० ः२० बजे भद्रपुर उडान गर्ने तालिका बनाइएको छ । अहिले मुलुकको राष्ट्रिय ध्वजाबहाक जहाज छिटो सञ्चालनकालागि अहिले टिकट बुकिङ गरिरहेका यात्रु र उनीहरुका आफन्तहरुबाट पनि सकारात्मक प्रतिक्रिया आइरहेका बताउ“दै शर्माले भैरहवा, भद्रपुर र धनगढीमा नियमित उडान गर्ने जानकारी गराए ।
सो जहाजले गत बिहीबार मात्र सफल परीÔण उडान गरेको थियो । शुक्रबार प्रमाणित उडान गरेको थियो । चीनबाट आएका दुई नया“ इन्जिनियरले ‘टेक्निकल लगबुक’ मा हस्ताÔर गरेपछि मात्र सो जहाज उडेको थियो ।
प्रवक्ता शर्माले  अहिले निगमले प्रमोसनका लागि केही अवधिसम्म यात्रुलाई सस्तो भाडा दरमा उडान भर्ने बताए । चिनिया“ जहाज निर्माता कम्पनी जियान एयरक्राङ्खट इन्डिस्ट्रीयल कर्पोरेसनबाट उत्पादित ५६ सिट Ôमताको ‘मोडर्न आर्क’ (एमए–६०) मोडेलेको जहाज निगमले गत १४ वैशाखमा बाजागाजा सहित काठमाडौंमा अवतरण गराएको थियो
निगमका अनुसार यस नयाँ जहाज एमए–६० बाट हालका लागि सातामा १५ उडान गर्ने तालिका बनाइएको छ । थप जहाज नआउन्जेल काठमाडौंबाट विराटनगर, भद्रपुर, भैरहवा र धनगढी उडान गरिने छ । निगमले विराटनगरका लागि भने दैनिक एक उडानको नियमित तालिका सार्वजनिक गरेको छ । निगमको नयाँ तालिका अनुसार विराटनगरका लागि दैनिक १, भद्रपुरका लागि हरेक सोमबार, बुधबार र शनिबार, भैरहवाका लागि मंगलबार र बिहीबार तथा धनगढीका लागि मंगलबार र शुक्रबारकालागि एमए ६० ले उडान भर्ने छ । सो जहाजलाई चीनबाट आएका एक क्याप्टेन र को–पाइलटले उडाउने बताईएको छ । अहिले यी गन्तव्यका लागि निगमले करसहित काठमाडौंबाट भद्रपुरका लागि प्रतियात्रु ४ हजार १ सय ३० रुपैयाँ , भैरहवाकालागि ३ हजार १ सय ४५ रुपैयाँ, विराटनगरकालागि ३ हजार ५ सय ५ रुपैयाँ र धनगढीकालागि ५ हजार ७ सय ४० रुपैया“ भाडादर तोकेको छ । निगमले चीनस“ग एमए–६० मोडेलका दुई र १८ सिटयुक्त वाइ–१२–इ मोडेलका ४ ओटा जहाज ल्याउने सम्झौता गरेको छ । तीमध्ये चीनले एउटा एमए–६० र एउटा वाइ१२–इ अनुदान तथा एउटा एमए–६० र ३ ओटा वाइ१२–इ सहुलियत ऋणमा दिने छ । निगमका अनुसार अनुदानमा ल्याइने भनिएको एउटा वाइ–१२ इ जहाज १६ असारमा यहा“ आइपुग्छ। यसैगरी, सहुलियत ऋणमा पाइने भनिएका ४ ओटा मध्ये एउटा एमए–६० असोज १४ र बा“की ३ ओटा वाइ–१२इ कात्तिक १३ मा आइपुग्ने छन् ।

घरेलु महिला कामदारको समस्या छिट्टै समाधान हुने

मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, ७ असार वैदेशिक रोजगारीका लागि व्यक्तिगत रुपमा कुवेत, ओमान लगायतका खाडी मुलुकहरुमा घरेलु काम गर्न जाने महिला कामदारको समस्या आगामी दुई साता भित्रमा समाधान हुने भएको छ । विगत तीन महिना देखि श्रम तथा रोजगार मन्त्रालयले महिला कामदारलाई व्यक्तिगत रुपमा कुवेत, ओमान लगायतका खाडी मुलुकहरुमा जान रोक लगाएको थियो ।
वैदेशिक रोजगारीका लागि विदेश जाने घरेलु महिला कामदारलाई सरकारले व्यक्तिगत रुपमा जान रोक लगाएपछि महिला कामदार भारतको बाटो हुँदै कुबेत, यूएई, ओमान, बहराईन लगाएतका खाडी मुलुकमा जान बाध्य भएका छन् ।  अहिले उनीहरु भारतको बाटोबाट ति मुलुकहरुमा पुग्ने क्रम बढेको भन्दै घरेलु कामकालागि विदेशिने महिला कामदारलाई रोक्नकालागि श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खडकाले घरेलु काम गर्न जाने महिलाहरुलाई रोकेपछि छिमेकी मुलुक भारतीय बाटो हुँदै जाने क्रम रोकिनुको सट्टा थप बढ्न थालेपछि श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई पत्राचार गरेको बताए । घरेलु काम गर्न खाडी मुलुक पुगेका महिलाहरुलाई त्यहाँका रोजगारदाता घर मालिकका परिवारले अनावस्यक यातना दिने क्रम बढेको भन्ने व्यापक जनगुनासो आएपछि सरकारले केही समय खाडी मुलुकमा घरेलु महिला कामदार पठाउने कार्यमा नै प्रतिवन्ध लगाएको जानकारी गराउँदै उनले अहिले परराष्ट्र र गृह मन्त्रालयसँग सुझाव लिएर छिट्टै टुँगो लगाउने बताए ।  यसअघि श्रम तथा रोजगार मन्त्रालयका पुर्व सचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले घरेलु महिला कामदारको समस्या समाधानका लागि प्रतिवेदन सरकारलाई बुझाएको थियो भन्दै उनले अहिले सोही प्रतिवेदनका विषयमा मन्त्रालयमा व्यापक छलफल भईरहेको बताए ।
उनले यस समस्या समाधानका लागि मन्त्रालयले घरेलु महिला कामदारलाई तालिम प्रदान गर्ने संस्थाको सुचिकरण गर्ने बताए ।   २०६७ सालमा बनेको निर्देशिका संसोधन गरेर आगामी साता सम्ममा तलिम प्रदान गर्ने संस्थाको सुचिकरणको काम अघि बढाउने तयारी भएको उनले जानकारी दिए । यसैगरि, घरेलु काम गर्न कतार, साउदी अरब, कुवेत र संयुक्त अरब ईमिरेट्स (यूएई) जाने कामदारलाई लागि ल्याएको कार्यविधि २०७०को ९ ओटा बुँदाका विषयमा वैदेशिक रोजगार प्रवर्दन बोर्डमा छलफल हुन बाँकी रहेकाले तत्काल सो समस्या समाधान हुन नसकेको उनको भनाई छ । उनले यस विषयामा बोर्डमा छलफल भए लगत्तै घरेलु कामदार संस्थागत रुपमा सहजै रोजगारीका लागि विदेश जान पाउने बताए । 
घरेलु कामदार व्यक्तिगत रुपमा रोजगारीका लागि विदेश जाँदा उनीहरुले काम गर्ने घरमा शारीरिक तथा मानसीक समस्या खेप्नु गरेको, समयमा पारिश्रमीक नपाएको, एक व्यक्तिको घरमा भनेर काम गर्न जाँदा अन्य व्यक्तिको घरमा काम गर्दा कामदारले विभिन्न समस्या भोग्नु गरेको भन्दै व्यक्तिगत रुपमा महिला कादारलाई रोक लगाएको जानकारी गराए । सरकारले घरेलु कामदारलाई रोक्दा भिसा लागेका कामदार समेत मर्कामा पर्ने गरेका छन् । सरकारले घरेलु कामदार जान रोक्दा कति पय कामदार भारतको बाटो हुदैं रोजगारीका लागि विदेशीएने गरेका छन् ।
महिला कामदार रोजगारीका लागि विदेश जाँदा व्यक्तिगत रुपमा जान दिनु हुदँैन । यसले गर्दा कामदारले विभिन्न समस्या भोग्दै आएका छन् । महिला कामदारले व्यक्तिगत रुपमा जाँदा श्रम शोषण, शारीरिक तथा मानसिक शोषण जस्ता समस्या बढदै गएका छन् । प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष टंकबहादुर राउतले सरकारले घरेलु कामदारलाई व्यक्तिगत रुपमा जान रोक लगाएर संस्थागत रुपमा लैजाने व्यवस्था तत्काल लागु गर्नु सक्नुपर्ने बताए । उनले भिसा लागेका कामदारलाई भने सरकारले रोक्न नहुने धारणा राखे ।   
अहिले विशेषगरि वैदेशिक रोजगारीकालागि घरेलु महिला कामदार कुवेत, ओमान, बहराईन लगायतका मुलुकमा बढी जाने गरेका छन् । विगत ३ महिनादेखि सरकारले खाडी मुलुकमा व्यक्तिगत रुपमा घरेलु महिला कामदार पठाउने कार्यमा प्रतिवन्ध लगाएपनि अहिले ति मुलुकहरुमा जाने महिला कामदारको संख्या घट्नुको सट्टा थप बढ्दो छ ।  गत वैशाख महिनासम्ममा कुबेतमा २९ हजार १ सय ४२ जना , यूएईमा १७ हजार ५ सय ८६ जना , बहराईनमा २ हजार १ सय ४१ ज्ना र ओमानमा २ हजार १ सय ४३ जना महिला कमदार काम गरिरहेको वैदेशिक रोजगार विभागको तथ्याङकमा उल्लेख छ ।  अहिले विभागको यस तथ्याङकमा देखिएको कामदारको सख्या वैधानीक रुपमा श्रम स्वीकृति लिएर गएका कामदारको संख्या मात्रै हो । अवैधानीक रुपमा जाने कामदारको तथ्याङक विभागमा छैन् । विभिन्न तथ्याङ्क अनुसार यी देशहरुमा घरेलु कामदारका रुपमा काम गर्न जाने नेपाली महिला कामदारको संख्या दोब्बर रहेको बताईएको छ । सरकारले प्रतिवन्ध लगाएको केही समय पछि कुवेत पुगेर फर्किएका केही महिलाहरुले २१ दिने अभिमूखिकरण तालिम लिईसक्दापनि पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैधानिक रुपमा जान नपाएको भन्दै बिरोध जनाएका थिए ।       

श्रमको सैद्दान्तिक सहमति परराष्ट्र मन्त्रालयमा अड्कियो
बायोमेट्रिक प्रणालीको बिबाद
काठमाडौं, ७ असार– वैदेशिक रोजगारीकालागि मलेसिया जाने कामदारका लागि अनिवार्य लागू गर्न खोजिएको बायोमेट्रिक प्रणालीका विषयमा विगत केही सातादेखि दुई समुहमा विभाजित व्यवसायी एवं श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयबीचको जुहारी थप चुलिएको छ । नेपाल स्वास्थ्य व्यवसायी महासंघमा आवद्ध एक पक्षले जसरी पनि लागू गराउने र अर्कोले लागू हुन नदिने भन्दै विगत केही सातादेखि जारी राखेको आन्दोलनलाई मिलाएर अघि बढ्नुपर्नेमा अहिले श्रम तथा रोजगार मन्त्रालय र पराराष्ट्रबीच यस्तो जुहारी चलेको हो ।
अहिले बायोमेट्रिक प्रणाली लागू गराउन मलेसियन निजी कम्पनी बेस्टिनेटसँग सम्झौता गरेको नेपाल स्वास्थ्य व्यवसायी महासंघ सरकारका मन्त्रीदेखि उच्च अधिकारीलाई भेटेर जसरी पनि लागू गराउने पक्षमा छ । उसले आफूसँग आबद्ध ३८ मेडिकलमा जसरी पनि लागू गराउने दावी गरेको छ । केही दिनअघि नै महासंघले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई साक्षी राखेर बायोमेट्रिक प्रणाली लागू भएको घोषणा गर्ने तयारीमा थियो । तर, व्यवसायीको अवरोधका कारण मन्त्री गुरुङ सो घोषणासभामा उपस्थित भएका थिएनन् । महासंघले एकतर्फी रूपमा ३८ संस्थाबाट लागू भएको घोषणा गरेको थियो ।
त्यसविरुद्ध उत्रिएका नेपाल वैदेशिक रोजगार व्यवसायी संघ लगायत विभिन्न वैदेशिक रोजगार सम्बन्धी कार्यमा समलग्न व्यावसायिक संस्थाहरुले भने कुनै हालतमा बायोमेट्रिक प्रणाली लागु हुन नदिने चेतावनी दिँदै आएका छन् । अहिले कामदारको स्वाथ्य परिक्षण गराउँदै आएका स्वास्थ्य र वैदेशिक रोजगार व्यवसायीको संयुक्त संघर्ष समितिले बायोमेट्रिक प्रणाली लागू नगराउन दबाब दिँदै आएको छ । बायोमेट्रिक प्रणालीको विरोधमा उत्रिएका व्यवसायीले अहिलेसम्म मलेसियन दुतावास हुँदै सिंहदबारदेखि वैदेशिक रोजगार विभागसम्म घेर्ने कामसमेत गरेका थिए । 
अहिले पछिल्लो समय श्रम तथा रोजगार मन्त्रालयले वायोमेट्रिक लागू गर्न सैद्धान्तिक सहमति दिए पनि परराष्ट्र मन्त्रालयले भने तत्काल लागू गर्न स्वीकृत नदिने अडान दोहो¥याएको छ । परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले कुनै हालतमा कामदारलाई आर्थिक भार पर्ने निर्णय नदिने बताएका छन् । उनले यो लागू गराउन ठूलो आर्थिक चलखेल भइरहेको भन्दै राम्रोसँग अध्ययन गरेरमात्र निर्णय लिने बताएका छन् ।  वायोमेट्रिक प्रणाली लागू भएमा अर्बाैं रकम बाहिरिने भन्दै संघमा आवद्ध व्यवसायीले मन्त्रीको ध्यानाकर्षण गराएका थिए । व्यवसायीको निरन्तरको आन्दोलन र ध्यानाकर्षणपछि परराष्ट्रले सहज रूपमा बायोमेट्रिक प्रर्णाली लागू गर्न स्वीकृति प्रदान नगर्ने बुझिएको छ ।
दुई मन्त्रालय श्रम तथा रोजगार र परराष्ट्रबीच एउटाले स्वीकृति दिने र अर्कोले लागू नगर्ने भएपछि रोजगारीमा जाने कामदार अहिले थप अन्योलनमा परेका छन् । यदि लागू भएमा रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दा प्रतिव्यक्ति १५ सय बढी रकम खर्च हुन्छ भने वार्षिक अर्बौं रकम बाहिरिने बताईएको छ । दुई मन्त्रालयको सहकार्यमा मात्र लागू हुने या नहुने भन्ने निर्णयमा पुग्ने भए पनि एउटाको पक्षमा अर्को नदेखिएकाले उनीहरूबीचको स्वार्थका विषयमा समेत चर्चा हुन थालेको छ । अहिलेका श्रम तथा रोजगार राज्यमन्त्री टेकजहादुर गुरुङ वैदेशिक रोजगार व्यवसायीसमेत हुन् । त्यसैले उनी केही व्यवसायीको पक्षमा देखिएको आन्दोलनरत व्यवसायीहरुको आरोप छ । उनीहरुले
बायोमेट्रिक लागु भए कामदारको थाप्लोमा थप आर्थिक भार पर्नुका साथै अवैधानिक माध्यमबाट करोडौ रकम मलेसिया पुग्ने दावी गरेका छन । वैदेशिक रोजगार व्यवसायी संघले अहिलेसम्म बायोमेट्रिक प्रणाली कुनै पनि देशले लागु नगरेको भन्दै मलेसियाले नेपालमा जर्वरजस्ती लागु गर्न खोजे  व्यवसायी चुप लागेर नबस्ने बताउँदै आएको छ ।  संघका अनुसार मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षणमा ३८  मेडिकलले मात्र काम गर्न पाए अन्य मेडिकल बन्द हुने अवस्था आउने छ । अहिले साउदी अरवले पनि १२ ओटा मेडिकलाई अनुमति दिई स्वास्थ्य परिक्षण गराउँदै आएको छ । हाल बाषिक करिब दुई लाख भन्दा बढी कामदार मलेसिया र साउदीमा मात्र जाने गरेका छन ।        
इराकका नेपालीको अबस्थाबारे जानकारी लिने प्रयास
काठमाडौ, ७ असार – परराष्ट्र मन्त्रालयले इराकमा रहेका नेपाली नागरिकको बास्तबीक अवस्थाबारे जानकारी लिन सम्बन्धीत सबैकालागि टोलफ्री नम्बर उपलब्ध गराएको छ ।  मन्त्रालयका अनुसार बिहान ८ देखि राति ८ बजेसम्म मन्त्रालयमा जडित टोलफ्री नम्बर १६६०–०१–००१८६ मा फोन गरी अहिले इराकमा रहेका नेपालीका घर परिवार एवं आफन्तले सजिलै जानकारी दिन सक्नेछन् । यसैगर, ‘रेस्क्यु एट मोफाडट जीओभी डटएनपी’ मार्फत इमेलबाट पनि थप सूचना दिन सकिने बताईएको छ ।
अहिले इराकमा विकसित युद्धको घटनाक्रम र त्यसबाट त्यहा“ रहेका नेपालीमा पर्न सक्ने प्रभावबारे आवस्यक जानकारी लिन मन्त्रालयले टोलफ्री नम्बर उपलब्ध गराएको हो । उसले अहिले यस मन्त्रालयले इराकमा जारी घटनाक्रमबारे गम्भीर अनुगमन गरिरहेको जनाएको छ।  मन्त्रालयले विज्ञप्ति जारी गर्दै इराकको सुरÔा अवस्था अझै बिग्रिएमा त्यहा“ रहेका नेपालीको उद्धारकालागि आपतकालीन योजना बनाउन खडा गरिएको अन्तर मन्त्रालय टोलीले शुक्रबार बैठक बसी आफ्ना नागरिकको सुरक्षाकालागि यस्तो निर्णय गरेको बताएको छ ।  अहिले उत्तरी इराकको बाईजी तेल प्रसोधन केन्द्र र ताल अफार विमानस्थल Ôेत्रमा इस्लामिक नेतृत्वको विद्रोही समुह र सरकार समर्थित बलबीच भीÈण युद्ध भइरहेको छ । इराकको सबैभन्दा ठूलो सो तेल प्रसोधन केन्द्रलाई चारैतिरबाट विद्रोहीले घेरिरहेका छन् । अहिले बिद्रोहीहरुले विमानस्थलको अधिकाँश भाग नियन्त्रण लिएर आफ्नो कब्जा जमाएको दाबी गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जानकारी गराएका छन् । 
कामदार स्वदेशमै बढी शोषित
काठमाडौ, ७ असार – रोजगारीका लागि विदेशिने नेपाली कामदार स्वदेशमै विभिन्न निकायबाट बढी शोषित हुने गरेको एक अध्ययनले देखाएको छ । सेन्टर फर द स्टडी अफ लेवर एन्ड मोवालिटीले ‘स्वदेशमा प्रवासी कामदारको न्यायमा पहुँचः नेपाल सम्बन्धि केस स्टडी प्रतिवेदन’ मार्फत विदेश जानु अघि स्वदेशमा कामदार विभिन्न ठाउँमा  शोषणमा पर्ने गरेको जनाएको छ । स्वदेशमा म्यानपावर एजेन्सी तथा एजेन्टले अत्यधिक शूल्क लिने, कामको प्रकृति तथा तलवको बारेमा गलत सुचना दिने, करारपत्र तथा भर्पाई नक्कली दिने र बाटैमा अलपत्र पार्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
खाडी मुलुकको ७० हजार रुपैयाँ लागतको सिलिङमा कामदारले ४ लाख रुपैयाँसम्म तिर्ने गरेका छन् ।  श्रम गन्तव्य मुलुकको समस्या नेपालमा हुने समस्यासँग मिल्ने गरेको छ । श्रम गन्तव्य मुलुकमा रोजगारदाताले कामदारलाई कामदार विदाको कमी तथा ज्याला नदिने,  भौतिक तथा भावनात्मक दुव्र्यवहार गरेको प्रतिवेदनमा उल्लेख छ । ‘स्वदेश तथा विदेशबाट पिडित भएका कामदारलाई न्यायको पहुँचमा अझै पूग्न सकेको छैन’ प्रतिवेदनमा भनिएको छ,  ‘बार्षिक हजारौ मुद्धा आउने  वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार न्यायधिकरणमा थोरै जनशक्तिा कारण कामदारले सजिलो न्याय पाउन सकेको छैन’ । विभागमा अनुसन्धान अधिकृत न्युन रहेकाले वैदेशिक रोजगार विभागमा धेरै मुद्धाहरु नपठाउने गरेको पनि सो प्रतिवदेनमा उल्लेख छ । यसैगरि, मुद्धा प्रकृयाको बारेमा अस्पष्टता, अभिलेख राख्ने तथा सूचना संकलनमा कमि न्यायको मुख्य समस्या रहेको पनि बताईएको छ । यसैगरि, दुतवासको भूमिका अस्प्ष्ट हुनु तथा स्रोतसाधन कमी पनि समस्या रुपमा रहेको पनि सो प्रतिवेदनले औंल्याएको छ ।  कागजी प्रक्रियामा केही निकायले सहयोग गरिए पनि कामदारको मुद्धामा सहयोग गर्ने क्षमता भने सिमित प्रतिवेदनमा भनिएको छ ।
जनेचतनको कमी, अनावश्यक कागजी प्रकृया, दर्ता नभएका एजेन्ट व्यापक प्रयोग केन्द्रित वैदेशिक रोजगारसम्बन्धी काम र समाजिक आर्थिक तथा लैङिगक व्यवधान समेत रहेको छ । अहिले महिला प्रवासी कामदार तथा अनियमित कामदारलाई न्याय प्राप्त गर्न विशेष चुनौती रहेको बताउँदै सेन्टर फर द स्टडी अफ लेवर एन्ड मोवालिटीका अनुसन्धान निर्देशक बन्दिता सिजापतिले भनिन्, ‘दूव्र्यवहार परेका प्रवासी कामदारलाई न्यायको पहुँचबाट विना विकल्प छाडिन्छ’ । त्यसैले बलियो कानुन बनाईनुपर्ने, अधिकार ढाँचाका पनि केही सुधार गर्नुपर्ने , एजेन्ट दर्ता नगर्ने म्यानपावरलाई कारबाही, जनशक्ति बृद्धि, कम्प्युटरमा आधारित  अभिलेख राख्ने, बाह्य पहुँचलाई प्रभावकारी विस्तार गरिनुपर्ने जस्ता सुझावहरु पनि सो प्रतिवदनले दिएको छ ।   

तीन दिनभित्र पर्यटन बोर्डको नियमित सेवा सुचारु गर्न अख्तियारको निर्देशन


काठमाडौ, ४ असार –अख्तियार दुµपयोग अनुसन्धान आयोगले आगामी तीन दिनभित्र नेपाल पर्यटन बोर्डको नियमित सेवा सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ । अख्तियारले बुधबार पर्यटन बोर्डमा भईरहेको अवरोधका गतिविधीको समस्या समाधानकालागि उपयुक्त उपायबाट सेवा सुचारु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सो निर्देशन सहितको पत्र लेखी पठाइएको छ ।
अख्तियारले बुधबार विज्ञप्ति जारी गरि सो जानकारी गराएको हो ।  अख्तियारद्धारा जारी विज्ञप्तिमा आगामी तीनदिनभित्र नियमित सेवा सुचारु नगरे पर्यटन मन्त्रालयका सचिव सुशिल घिमिरे, पर्यटन बोर्डका उच्च पदस्थ पदाधिकारी र सम्बद्ध अन्य कर्मचारीहरुमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन बमोजिम कारबाही अघि बढाइने उल्लेख छ । पर्यटन बोर्डको कार्यालय ५२ औ दिन देखि बन्द रहेको, एक महिनासम्म प्रमुख कार्यकारी अधिकृत अनुपस्थित रहेको र बोर्डका अन्य कर्मचारीहरुले हाजिर गरि कामकाज नगरी त्यसै फर्कने गरेको उजुरी पर्न आएको भन्दै अख्तियारले त्यस्ता हाजिर गरेर काम नगर्ने कर्मचारीलाई तलब भत्ता लगायतका सुविधा लिइरहन नमिल्ने भएकाले सो समस्या समाधान गरी बोर्डको दैनिक कार्य सुचारु गर्ने गराउने व्यवस्था मिलाउन भनेको छ । अख्तियारले सोही विज्ञप्ति मार्फत विगत ५२ दिनदेखि ठप्प पर्यटन बोर्ड तीन दिनभित्र नखुलाए  पर्यटन सचिव घिमिरे र बोर्डका हाजिर गरेर काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएको जनाएको छ ।
स्वदेशी एवं विदेशी पर्यटकलाई आवस्यक सुविधा र प्रवद्र्धनात्मक कार्य गनुपर्ने निकाय यतिधेरै दिनदेखि बन्द हु“दा पनि पर्यटन मन्त्रालय मुकदर्शक भएको र समस्या समाधानकालागि केही प्रयास  नगरेको भन्दै  अख्तियारले आफ्नो गम्भीर ध्यानाकर्Èण भएको जनाएको छ । बोर्डका  कर्मचारीले पनि दैनिक कार्यालय बाहिरै हाजिर गरेर हिंड्ने गरेको विषयलाई पनि अख्तियारको निकै गम्भिरतापूर्वक रुपमा लिएको बताएको छ ।