Wednesday, June 25, 2014

तीन दिनभित्र पर्यटन बोर्डको नियमित सेवा सुचारु गर्न अख्तियारको निर्देशन


काठमाडौ, ४ असार –अख्तियार दुµपयोग अनुसन्धान आयोगले आगामी तीन दिनभित्र नेपाल पर्यटन बोर्डको नियमित सेवा सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ । अख्तियारले बुधबार पर्यटन बोर्डमा भईरहेको अवरोधका गतिविधीको समस्या समाधानकालागि उपयुक्त उपायबाट सेवा सुचारु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सो निर्देशन सहितको पत्र लेखी पठाइएको छ ।
अख्तियारले बुधबार विज्ञप्ति जारी गरि सो जानकारी गराएको हो ।  अख्तियारद्धारा जारी विज्ञप्तिमा आगामी तीनदिनभित्र नियमित सेवा सुचारु नगरे पर्यटन मन्त्रालयका सचिव सुशिल घिमिरे, पर्यटन बोर्डका उच्च पदस्थ पदाधिकारी र सम्बद्ध अन्य कर्मचारीहरुमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन बमोजिम कारबाही अघि बढाइने उल्लेख छ । पर्यटन बोर्डको कार्यालय ५२ औ दिन देखि बन्द रहेको, एक महिनासम्म प्रमुख कार्यकारी अधिकृत अनुपस्थित रहेको र बोर्डका अन्य कर्मचारीहरुले हाजिर गरि कामकाज नगरी त्यसै फर्कने गरेको उजुरी पर्न आएको भन्दै अख्तियारले त्यस्ता हाजिर गरेर काम नगर्ने कर्मचारीलाई तलब भत्ता लगायतका सुविधा लिइरहन नमिल्ने भएकाले सो समस्या समाधान गरी बोर्डको दैनिक कार्य सुचारु गर्ने गराउने व्यवस्था मिलाउन भनेको छ । अख्तियारले सोही विज्ञप्ति मार्फत विगत ५२ दिनदेखि ठप्प पर्यटन बोर्ड तीन दिनभित्र नखुलाए  पर्यटन सचिव घिमिरे र बोर्डका हाजिर गरेर काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएको जनाएको छ ।
स्वदेशी एवं विदेशी पर्यटकलाई आवस्यक सुविधा र प्रवद्र्धनात्मक कार्य गनुपर्ने निकाय यतिधेरै दिनदेखि बन्द हु“दा पनि पर्यटन मन्त्रालय मुकदर्शक भएको र समस्या समाधानकालागि केही प्रयास  नगरेको भन्दै  अख्तियारले आफ्नो गम्भीर ध्यानाकर्Èण भएको जनाएको छ । बोर्डका  कर्मचारीले पनि दैनिक कार्यालय बाहिरै हाजिर गरेर हिंड्ने गरेको विषयलाई पनि अख्तियारको निकै गम्भिरतापूर्वक रुपमा लिएको बताएको छ ।

No comments:

Post a Comment