Sunday, September 30, 2012

हवाई सुरक्षा संयन्त्र थप कडा बनाइने
मधुजंग पाण्डे
काठमाडांै, १३ असोज–
सरकारले हवाई सुरक्षा संयन्त्रलाई थप कडा पार्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सीता एयरको डोर्नियर जहाज काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटना भएको भोलिपल्ट शनिबार सरोकारवाला निकायसँगको छलफलपछि हवाई सुरक्षा संयन्त्र थप कडा पार्ने निर्णय गरेको हो ।
छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरण र आन्तरिक उडानमा संलग्न हवाई कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीको अध्यक्षतामा भएको छलफलले मुलुकको हवाई सुरक्षा संयन्त्र थप व्यवस्थित र कडा बनाउन ९ बुँदे निर्णय गरेको छ । सो निर्णयलाई मन्त्रीस्तरीय बैठकले पारितसमेत गरेको छ ।
प्राधिकरणका निमित्त महानिर्देशक मीनराज उपाध्यायका अनुसार, बैठकले मुलुकको हवाई सुरक्षा संयन्त्रलाई थप कडा बनाउन सरकार र वायुसेवा सञ्चालक कम्पनीहरुबीच समन्वय गरी उच्चस्तरीय वायुसेवा सुरक्षा समन्वय बनाउने निर्णय गरेको छ ।
यसैगरी, बढ्दो हवाई दुर्घटना न्युनीकरण गर्दै जाने उपायस्वरुप हाल सञ्चालित हवाई उड्डयन सुरक्षासम्बन्धी आवश्यक पूर्वाधार क्रमशः विस्तार गर्दै जाने, हवाई नीतिलाई समय अनुकुल परिमार्जन गरी जहाज र विमानमा प्रयोग हुने पार्टस् तथा उपकरण खरिदमा सहुलियत दिन सिफारिस गर्ने निर्णय गरेको छ ।
यसैगरी, सुरक्षा संयन्त्रलाई समय अनुकुल थप व्यवस्थित पार्न आगामी दिनमा सबै वायुसेवा कम्पनीले मर्मत सम्भार र उडान सुरक्षामा थप ध्यान दिनुपर्ने, प्राधिकरणले पनि नियमित अनुगमन कार्यलाई जोड दिने, काठमाडौं, पोखरा र नेपालगञ्ज विमानस्थलमा सुरक्षा निरीक्षक तत्काल तैनाथ गर्ने, उडान सुरक्षा अधिकारीको संख्या बढाउने र विमानस्थलमा अपुग जनशक्ति थप गर्ने निर्णय गरिएको छ ।
विमानस्थलको सुरक्षा व्यवस्थालाई थप मजबुद पार्न प्राधिकरण र विमान कम्पनीहरुबीच राम्रो समन्वय गराउन निरन्तर बैठक सञ्चालन गर्ने, दुर्घटना जाँचबुझ गर्न मन्त्रालयले स्थायी निकाय बनाउने प्रक्रिया थाल्ने र राष्ट्रिय चरा नियन्त्रण समितिलाई सक्रिय बनाउने निर्णय पनि बैठकले गरेको छ ।

ब्रेकर
शव पहिचान हुन एक महिना लाग्ने
काठमाडौं÷रास– सीता एयरको डोर्नियर जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचानमा समस्या भएको छ । सबै शब जलेकाले पहिचानमा समस्या भएको हो ।
पहिचानका लागि डीएनए परीÔण गर्न ती शव अब भारतको कलकत्ता लगिने भएको छ । डीएनए परीÔणपश्चात मात्रै शब आफन्तलाई बुझाइने भएको छ । यसका लागि करिब एक महिना लाग्ने अनुमान गरिएको छ ।
हालसम्म पनि नेपालमा डीएनए परीÔण गर्ने व्यवस्था छैन ।
शुक्रबार एकाबिहानै भएको सीता एयरको डोर्नियर जहाज दुर्घटनामा चालक दलका तीनसहित १९ को ज्यान गएको थियो । मृतक सबैको शव त्रिवि शिÔण अस्पताल महाराजगन्जमा राखिएको छ ।


सीता एयरको जहाज दुर्घटना , १९ जनाको मृत्यु
काठमाडौं,१२असोज –  काठमाडौंबाट लुक्लाका लागि उडेको सीता एयरको ९एन एएचए डी२२८ कलसाइनको डोर्नियर जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित १९ जनाको मृत्यु भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शुक्रवार बिहान ६ बजेर १७ मिनेटमा उडेको सो जहाज करीब २ मिनेटमा नै विमानस्थलबाट ५ सय मिटर पर दुर्घटनामा परेको हो । ‘विमान चरासँग ठोक्कियो भन्ने जानकारी चालकले एयर ट्राफिक कण्ट्रोलर (एटीसी)लाई दिएका थिए,’ विमानस्थलका महाप्रबन्धक रतीशचन्द्रलाल सुमनले भने । तुरुन्त जहाज विमानस्थलमा फर्काउन दिएको निर्देशनलाई चालकले पछ्याउँदै गर्दा जहाज अनियन्त्रित भई दुर्घटनामा परेको उनले बताए । ‘दुर्घटनाको थप कारण थाहा पाउन छानबिन समितिको निष्कर्षलाई नै पर्खनुपर्छ,’ उनले भने । विमान दुर्घटनामा क्याप्टेन विजय तण्डुकार, कोपाइलट ताकाशी थापा र एयरहोष्टेज रूजा शाक्यसहितका सात नेपाली परेका छन् । दुर्घटनामा पर्ने अन्य यात्रुमा ७ जना बेलायती र ५ जना चिनियाँ पर्यटक रहेको बताइएको छ । दुर्घटनामा मृत्यु हुने अन्य नेपालीहरूमा लाक्पानोरु शेर्पा, मदनकुमारी तामाङ, दीपेन राई र कुमार मस्र्याङ्ग्री मगर रहेको सीता एयरले जानकारी दिएको छ । सीताले ९ वर्षअघि उडान शुरू गरेदेखि नै जहाज उडाउँदै आएका तण्डुकारले प्रशिक्षक पाइलटको तयारी गरिरहेको सो एयरले बताएको छ ।

क्याप्टेनले जहाज विमानस्थलमा फर्काउने प्रयास गर्दागर्दै प्राविधक कारणले नभ्याएकाले मनोहरा किनारमा अवतरण भइसकेपछि आगो लागेको थियो । आगो निभाउन झण्डै ४० मिनेट लागेको थियो । जहाजको अवस्था एटीसीमार्फत जानकारी गराइसकेपछि पनि प्राधिकरणले आवश्यक उद्धारको तयारी नगर्दा विमानमा सवार सबै यात्रुको ज्यान गएको एक उड्डयन जानकार बताउँछन् । विमान नियमित जाँचमा रहेको र जहाजको अवस्था ठीक रहेको अवस्थामा चरा ठोकिनुमात्र दुर्घटनाको कारण हुन नसक्ने उनको भनाइ छ । यसको कारण खोजीका लागि संस्कृति, पर्यटन तथा नागरिक  उड्डयन मन्त्रालयले पूर्वपर्यटन सचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ । आयोगका सदस्यहरूमा अग्नि एयरका उपइञ्जिनीयर निर्देशक मेगेन्द्रकुमार श्रेष्ठ, तारा एयरका प्रशिक्षक पाइलट राजेश श्रेष्ठ, उड्डयन प्राधिकरणका मेडिकल उपसंयोजक डा. रञ्जितसिंह बराल र सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन् । आयोगले ९० दिनभित्र दुर्घटना प्रतिवेदन सरकारलाई बुझाउने सदस्यसचिव आचार्यले जानकारी दिए ।

दुर्घटनामा परेको जहाज सीताले ९ वर्षअघि नै खरीद गरेको थियो । यसको हालको बजार मूल्य १५ लाख अमेरीकी डलर रहेको सिता एयरले बताएको छ । जहाज दुर्घटनामा मृ त्यु भएका सबै यात्रुको अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको वार्सा कन्भेन्सन अनुसार प्रतियात्रु २० हजार अमेरीकी डलरको बीमा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

नेपाल वायुसेवा निगमको शुक्रबार निर्धारित थाइल्याण्ड र मलेसियाको उडान रद्द भएको छ । निगमले अन्तरराष्ट्रिय उडानमा प्रयोग गरिरहेको ७५७–९एन एसीए जहाजको जेनेरेटरमा समस्या देखिएकोले तय भइसकेको उडान रद्द भएको हो । शुक्रबार विहान ९ बजेर २० मिनेटमा हुनुपर्ने थाइल्याण्डको बैङ्कक तथा बेलुका ११ बजेर ३० मिनेटमा हुनुपर्ने मलेसियाको क्वालालम्पुर उडान रद्द भएको निगमका प्रवक्ता सरोज कसजुले जानकारी दिए ।

उनका अनुसार जहाजको जेनेरेटरमा देखिएको समस्या शुक्रबार बेलुकासम्म समाधान गरेर शनिवार विहानको उडान गर्न सकिनेगरी निगमले तयारी गरेको छ । निगमको अर्काे जहाज इजरायलमा मर्मतमा रहेकोले पनि जहाज अभाव हुँदा उडान रद्द गर्नुपरेको निगमको भनाई छ । ‘नियमित मर्मत (सिचेक) मा लगिएको जहाज आइतबारसम्ममा काठमाडौं आउने छ,’ कसजुले भने । गत भदौ १२ मा सिचेकका निम्ति इजरायली वायुसेवा कम्पनी इलअल लगिएको सो जहाजको मर्मत भइसकेको उनले जानकारी दिए ।

किन दुर्घटना भयो जहाज?

काठमाडौं, असोज १४ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सीता एयरको शुक्रबार बिहान सबेरैको जहाज दुर्घटना चरा ठोक्किएर भएको औपचारिक घोषणा गर्‍यो। तर, कसरी भन्ने अझै सार्वजनिक नगरे पनि निजी वायुसेवा कम्पनीहरूको छाता संगठनका एक उच्च पदाधिकारीले यसबारे खुलासा गरेका छन्।
वायुसेवाका छाता संगठन वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले शुक्रबार सीता एयरको जहाज दुर्घटना कसरी भयो भन्ने खुलासा गरेका हुन्।
'सीताको जहाज धावनमार्गबाट उड्नासाथ दायाँ पखेटातर्फ रहेको इन्जिनमा चरा (चिल) ठोक्कियो,' क्याप्टेन थापाले शनिबार नागरिकसँग भने, 'चरा ठोक्किएपछि दायाँ इन्जिनमा घुमिरहेको पंखा (प्रोपेलर) को टुक्रा उछिट्टिएर पुच्छरको 'भर्टिकल फिन' (रड्डार) मा प्वाल पार्‍यो।'
उनका अनुसार भर्टिकल फिन जहाजको महत्वपूर्ण भाग हो। यो दायाँ-बायाँ चल्छ। यसले जहाजलाई दायाँ-बायाँ कुन दिशामा लैजाने भन्ने निर्क्याेल गर्छ। यो बायाँ चल्दा जहाज दायाँतिर जान्छ भने दायाँ चल्दा जहाज बायाँतिर जान्छ। यो फाइबरले बनेको हुन्छ। यसको उचाइ करिब १२ फिट हुन्छ।
यही भर्टिकल फिन प्वाल परेपछि (तस्बिरमा रातो घेरा) जहाज अनियन्त्रित हुँदै भक्तपुर मनोहरा खोला किनारमा दुर्घटनाग्रस्त भएको थापाले जानकारी दिए। 'जहाज आगो लाग्दै भुइँमा खसेको भनिए पनि त्यही भर्टिकल फिनबाट धुवाँमात्र निस्किएको थियो,' उनले भने, 'भुइँमा बजारिएपछि मात्र जहाजमा आगलागी भएको थियो। दुर्घटना छानबिन आयोगलाई यो तथ्यले थप सहयोग गर्ने विश्वास छ।'
विमानस्थल टावर स्रोतका अनुसार धावनमार्गबाट उडेर जहाज ५० फिटमाथि पुग्दा चरासँग ठोक्किएको थियो। धावनमार्गबाट १५ मिटर माथि उडेपछि मात्र त्यसलाई 'टेकअफ' भनिन्छ। चरा ठोक्किए पनि जहाज अगाडि गइरह्यो। त्यसपछि चालकदलले जहाजलाई पूरै घुमाएर पुनः विमानस्थलतिरै फर्काउन खोजे पनि ढलपल हुँदै बायाँपट्टि ढल्किँदै जहाज भुइँमा खसेको थियो।
एक वरिष्ठ पाइलटका अनुसार जहाज उडिरहेसम्म दुबै इन्जिन चलाइरहनुपर्छ। निश्चित उचाइमा उडिरहेका बेला जहाजमा चरा ठोक्किएर एउटा इन्जिनले पूर्णरूपमा काम गर्न छाडे पनि अर्को इन्जिनले सहजै अवतरण गराउन सक्छ।
'दुई इन्जिन भएको जहाजलाई एउटैको भरमा पनि अवतरण गराउन सकिन्छ,' उनले भने, 'तर, एउटामात्र इन्जिन भएकामा समस्या आयो भने सकेसम्म चाँडो 'ग्लाइड' गराउँदै नजिकैको खुला चौर वा सम्म बाटो वा खेतमा अवतरण गराउन सकिन्छ।' एउटा (सिंगल) इन्जिन भएका जहाजको तौल कम र बढीमा ६ देखि १० सिट हुने उनले बताए।
हेलिकोप्टर कम्पनी सिमि्रक एयरका अध्यक्ष र क्याप्टेनसमेत रहेका थापाले शुक्रबार बिहान सीताको त्यही जहाजमा लुक्ला जान टिकट बुक गरेका थिए। 'कामका सिलसिलामा लुक्ला जान पहिलो उडानमै टिकट बुक गरेको थिएँ,' उनले भने, 'बिहान विमानस्थल जानुअघि आज नभ्याइएलाजस्तो लाग्यो र सवा ५ बजे टिकट रद्द गराएँ। आफू नगएको जहाज उडेको एक मिनेटमै दुर्घटनाग्रस्त भएको सुनेपछि मुटु नै ढक्क फुल्यो। धन्न, भाग्यले बाँचे।'
सीताको कलसाइन ९ एन एएचए डोर्नियर-२२८ मोडेलको उक्त जहाज शुक्रबार बिहान ६ः१७ बजे त्रिभुवन विमानस्थलबाट उडेको एक मिनेटमै दुर्घटनाग्रस्त हुँदा १९ जनाको मृत्यु भएको थियो। दुर्घटनास्थल मनोहरा नदी किनार विमानस्थल धावनमार्गबाट करिब ५ सय मिटर पूर्वमा पर्छ।
जहाजलाई क्याप्टेन विजय तण्डुकारले कमान्ड गरेका थिए। साथमा को-पाइलट थाकेसी थापा र एयर होस्टेस रुजा शाक्य थिइन्। यात्रुमा चार नेपाली, सात बेलायती, चार चिनियाँ र एक अमेरिकी थिए।

दुर्घटनामा एक अमेरिकी पनि
सीता एयरको डोर्नियर जहाज दुर्घटनामा एक अमेरिकीको पनि मृत्यु भएको पुष्टि भएको छ।
दुर्घटनापछि सीता एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई उपलब्ध गराएको नाम सार्वजनिक हुँदा चालकदलका तीनसहित यात्रुतर्फ चार नेपाली, सात बेलायती र पाँच चिनियाँ रहेको उल्लेख थियो।
'पाँच चिनियाँको नाम सार्वजनिक भए पनि अहिले तीमध्ये एकजना अमेरिकी नागरिक भएको पत्ता लाग्यो,' सरकारका एक उच्च अधिकारीले शनिबार नागरिकसँग भने, 'पासपोर्टको प्रतिलिपि हेरेपछि उनी अमेरिकी भएको पुष्टि भयो।'

उनका अनुसार दुर्घटनामा ज्यान गुमाएका अमेरिकी नागरिक चिनियाँ मूलका थिए। अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका विद्यार्थी उनको नाम वु हुई थियो। उनको पासपोर्ट नम्बर ४८५२८३७८ हो। उनले सीताबाट पाएको हवाई टिकट नम्बर ७२०६३ थियो।
बेलायती अधिकारी काठमाडौंमा
जहाज दुर्घटनाबारे सत्यतथ्य बुझ्न बेलायतबाट दुई अधिकारी शनिबार काठमाडौं आएका छन्। बेलायत सरकारले खटाएका उनीहरूले यहाँ गठित दुर्घटना छानबिन आयोगसँग मिलेर काम गर्ने आयोगका सदस्य सचिव सुरेश आचार्यले जानकारी दिए।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुरूप बेलायतबाट स्टुआर्ट हकिन्स र जेरेन्ट हार्बर यहाँ आएको आचार्यले जानकारी दिए। कुनै पनि जहाज दुर्घटनापछि मृतकका देश र जहाज निर्माता कम्पनीका प्रतिनिधि सम्बद्ध देश जान पाउने आइकाओको नियम छ।
'बेलायतीहरू दुर्घटनास्थल जान पाउँछन्, यहाँ सम्बद्ध वायुसेवा कम्पनी, विमानस्थल, प्राधिकरणलगायत सबै निकायमा गई दुर्घटनाबारे बुझ्न पनि पाउँछन्,' आचार्यले भने, 'जहाज निर्माता कम्पनी जर्मनीको डोर्नियरका प्रतिनिधि पनि आउने खबर आएको छ। चीनबाट आउने/नआउनेबारे कुरा भइरहेको छ।'
वायुसेवालाई गम्भीर हुन निर्देशन
सीताको जहाज दुर्घटनापछि शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोस्टबहादुर बोगटीले सबै वायुसेवा कम्पनीका सञ्चालकलाई बोलाएर उडान सुरक्षामा 'गम्भीर' हुन निर्देशन दिए।
मन्त्री बोगटीको अध्यक्षतामा शनिबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा झन्डै चार घन्टा भएको बैठकमा उनले सबैखाले वायुसेवा कम्पनीलाई गुणस्तर सुनिश्चितता र उडान सुरक्षामा गम्भीर हुन निर्देशन दिएका हुन्।
त्यसैगरी उनले प्राधिकरणबाट नियमनमा विशेष ध्यान दिइँदै प्राविधिक तथ्यांक अद्यावधिक गरी अनुगमन तथा सुपरिवेक्षण व्यापक गराउन निर्देशन पनि दिए।
'यसमा वायुसेवा कम्पनीमात्र होइन, सम्बद्ध सरकारी निकाय पनि गम्भीर हुनुपर्छ,' मन्त्री बोगटीले भने, 'सीताको जहाज दुर्घटना भएको आधा घन्टामै बेलायती र चिनियाँ दूतावासले आफ्ना नागरिकबारे सोधपुछ गरे, तर दुई दिन बितिसक्दा पनि हामीले सही व्यक्ति पत्ता लगाउन सकेका छैनौं।'
उनका अनुसार दुर्घटनालगत्तै यात्रुको नागरिकता/परिचयपत्र/पासपोर्टको प्रतिलिपि पाउन सकिएन। जहाजमा ब्यागेज हालेको भए पनि 'मेनिफेस्टो' मा आधिकारिक हस्ताक्षर थिएन।

'अझै हामीले मृतक विदेशी यात्रुको पासपोर्टको प्रतिलिपि पाउन सकेका छैनौं। यस्तो पाराले कसरी काम गर्न सकिन्छ? विदेशीलाई के जवाफ दिने? यो गम्भीर विषय हो,' मन्त्री बोगटीले भने, 'यो घटनाबाट सम्बद्ध सबै सतर्क हुन जरुरी छ।'
बैठकमा मन्त्रालयका अधिकारीसहित प्राधिकरण, त्रिभुवन विमानस्थल र नेपाल वायुसेवा निगमका अधिकारीहरू थिए। यसैगरी बैठकले काठमाडौं, पोखरा र नेपालगन्जमा तुरुन्त उडान सुरक्षा निरीक्षक तैनाथ गर्ने निर्णय पनि गरेको छ। विमानस्थल सुरक्षा, प्राधिकरण र वायुसेवा कम्पनीबीच राम्रो समन्वय गराउन निरन्तर बैठक गर्ने निर्णय पनि भएको छ।

Sunday, September 16, 2012

बन्द हिमाल आरोहण सञ्चालनको प्रक्रिया अघि बढ्यो  
काठमाडौ, ३१ भदौ –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले हाल आरोहण बन्द रहेका हिमललाई तत्काल सञ्चालन गर्नेतर्फ सरकारी पहल अघि बढेको बताएका छन् । आइतबार राजधानीमा सम्पन्न नेपाल पर्वतारोहण संघ(एनएमए)को २३औं वार्षिक साधारणसभामा  मन्त्री बोगटीले सो जानकारी गराएका हुन् ।
उनले एनएमएले यसअघि व्यवस्थापनको अख्तियारी पाइसकेका १५ ओटा हिमचुली पुनः नवीकरण र २३ ओटा हिमाल आरोहण सञ्चालनको व्यवस्थापन गर्ने अधिकार उपलब्ध गर्न माग गरे अनुरुप म्याद सिद्धिइसकेका १५ ओटा हिमचुलीको नवीकरण गर्न पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगिसकिएको जानकारी दिए ।
मुलुकभरका ३३ ओटा हिमाल आरोहणको रोयल्टी उठाई सबै व्यवस्थापन गर्ने अख्तियारी प्राप्त पर्वतारोहण संघको आर्थिक स्रोत परिचालनको अवस्थालाई मध्येनजर गर्दै सरकारले २०५९ साल ३१ भदौदेखि लागू हुनेगरी ३३ मध्ये १५ ओटा हिमाल ५ वर्षका लागि परीक्षणको रुपमा उपलब्ध गराएको थियो । ती हिमालको म्याद २०६४ सालमा पुनः ५ वर्षका लागि थप भएकोमा सो म्याद आइतबारदेखि समाप्त भएकाले फेरी थप्न संघले मन्त्रालयसँग माग गरेको थियो । 
एनएमएका अध्यक्ष जिम्बाजाङ्वु शेर्पाले सरकारले कीर्तिमानी आरोहीलाई उचित सम्मान र रोजगारी दिन नसक्दा आरोही विदेश पलायन हुने क्रम बढेकाले त्यसलाई रोक्न सरकार गम्भीर हुनुपर्ने बताए । 
सोही अवसरमा एनएमएले ५० हजार राशीको कुमार खड्गविक्रम साहसिक पर्वतीय पुरस्कारबाट सगरमाथा र लोत्से हिमाल प्रवद्र्धनमा विविध कार्यक्रम सञ्चालन गर्ने दुईजना अमेरिकी नागरिक गुल्लेर्मो बेनेगास र डेमियन बेनेगार, डा. हर्क गुरुङ पुरस्कारबाट स्वर्गीय जीन कौड्रेलाई मरणोपरान्त पुरस्कृत गरेको छ । यसैगरि दावानर्वु पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका पत्रकार राजु सिलवाल र डब्लुडब्लुएफ अवार्डबाट आरोही दावास्टेभन शेर्पालाई  पुरस्कृत गरेको छ ।
सोही अवसरमा संघले वर्षकै सर्वोत्कृष्ठ हिमाल आरोहण गराउन सफल विभिन्न ट्रेकिङ कम्पनीहरुलाई पनि सम्मान गरेको छ ।
निगमको कामु महाप्रबन्धकमा केसी नियक्त
काठमाडौं– सरकारले नेपाल वायुसेवा निगमको कायम मुकायम महाप्रवन्धकमा निगमकै नायब महाप्रवन्धक राजुबहादुर केसीलाई नियुक्त गरेको छ । 
मन्त्रिपरिषदको गत बिहीबारको निर्णय अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार केसीलाई कामु महाप्रबन्धकमा नियुक्त गरेको हो । यसैगरी सरकारले पर्यटन सचिव यज्ञप्रसाद गौतमलाई निगम सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको छ ।
नवनियुक्त कामु महाप्रबन्धक केसीले आइतबारै कार्यभार सम्हालिसकेका छन् । गत २६ भदौबाट निगमका पूर्व कार्यकारी अध्यक्ष एवं महाप्रवन्धक मनरुप शाहीले राजिनामा दिएपछि एकैपटक दुबै पद खाली भएकाले सरकारले नायब महाप्रबन्धक पदमा कार्यरत केसीलाई कामु महाप्रबन्धकको जिम्मेवारी दिएको हो । सरकारले अब निगममा कुनै विवाद नआउने गरी केसीलाई कामु महाप्रवन्धकको जिम्मेवारी दिएको पर्यटन मन्त्रालयले जनाएको छ । 
केसी विगत ३५ वर्षदेखि निगमको सेवामा कार्यरत छन् । व्यवस्थापनमा स्नाकोत्तर केसीले हालसम्म निगममा वाणिज्य विभाग, संस्थागत विभाग, मानब संसाधन विभाग, नायव महाप्रवन्धक र प्रवक्ता लगायतको जिम्मेवारी पूरा गरेको निगमले जनाएको छ । पदभार ग्रहणपछि आयोजित कार्यक्रममा केसीले निगमका कर्मचारीलाई आपसमा मिलेर काम गर्न आह्वान गरे ।

Wednesday, September 12, 2012

विचित्रका अनौठा  घर
काठमाडौं, २७ भदौ – घर चाहे महल होस् वा झुपडी त्यो बसोबास गर्ने काम मै प्रयोग हुन्छ ।
झुपडी नै किन नहोस् कतिपय मान्छेले त्यसलाई महल ठानेर सिँगार्छन् र कलात्मक बनाउँछन् ।
कतिपय मान्छे भने चाहे महल जत्रो घरमै किन नबसून् श्रीखण्ड नचिनेर खुर्पाको बिँड बनाएजस्तै आलिशान बंगला पनि कुरुप बनाएर बसेका हुन्छन् ।
घर सिँगार्नु एउटा पाटो हो । तर कतिपय मान्छे भने सामान्य सिँगार भन्दा पनि बेग्लै खालको अनौठो डिजाइनमा घर बनाउन चाहन्छन् ।
हामीले यहाँ त्यस्तै विचित्रका अनौठा घरका तस्वीरहरु प्रस्तुत गरेका छौँ जसलाई हेर्रदा यी संरचनाभित्र मान्छे बस्छन् भन्ने कुरा पत्याउन गाह्रो हुन्छ ।
यी संरचना बसोबासका लागि भन्दा पनि देखाउनका लागि प्लास्टिकबाट बनाइएको हो की भन्ने लाग्छ ।



तर यी साँच्चीकै घर हुन् ।
म्यानपावरले आठ गुणा बढी रकम लिएपछि इजरायलमा पनि इपीएस प्रस्ताव गर्दै सरकार
काठमाडौ, २७ भदौ – म्यानपावर एजेन्सीले तोकिएकोभन्दा आठ गुणा बढी शुल्क लिएपछि सरकारले दक्षिण कोरियामा जस्तै रोजगार अनुमति प्रणाली (इपीएस)बाट कामदार पठाउने प्रस्ताव गर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले इपीएस अनुसार कामदार पठाउने प्रस्तावको तयारी गरिरहेको, वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराइले जानकारी दिए ।
इजरायल सरकारलाई इपीएस अनुसार सरकारकै माध्यमबाट कामदार पठाउन प्रस्ताव गर्दैछौ, भट्टराईको भनाईलाई पुष्टि गर्दै  मन्त्रालयका एक अधिकारीले भने, सरकारले नै इजरायल पठाउन सके कामदार तोकिएकै शुल्कमा जान पाउँछन् । सरकारले इजरायल कामदार पठाउँदा हवाई टिकट वाहेक ७५ हजार रुपैयाँ मात्रै प्रवद्र्धन शुल्क लिन पाउने प्रावधान तोकेको छ । तर म्यानपावर एजेन्सीले कामदारसँग पाँच लाखभन्दा बढी लिएका छन् ।
म्यानपावर एजेन्सीले पाँच लाखभन्दा बढी असुलीरहेको हामीलाई सूचना आउँछ । हामीले इजरायल जाने कामदारसँग रकमको बारेमा सोध्छौ, वैदेशिक रोजगार विभागका उच्च अधिकारीले भने, तर कामदारले ७५ हजार रुपैयाँ मात्रै तिरेको जवाफ दिएपछि कारवाही गर्न सक्दैनौ ।
इजरायलले म्यानपावर एजेन्सीले तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै सरकारी निकायको आलोचना समेत गरेको थियो । केही दिनअघि श्रम तथा रोजगारमन्त्री कुमार वेल्वासे र नेपालका लागि इजरायली राजदूत हनन गोल्डर गोल्डवर्गरबीच भएको छलफलमा न्यूनतम शुल्कमा कामदार पठाउने बारेमा छलफल भएको थियो ।
छलफलमा समेत म्यानपावर एजेन्सीले बढी शुल्क लिइरहेको र त्यसलाई रोक्नुपर्नेमा जोड दिएका थिए । इजरायल नेपाली महिला कामदारको लागि सबैभन्दा राम्रो गन्तब्य हो । इजरायलमा केयरगिभर(सुसारे) कामको बढी सम्भावना छ । इजरायल गएका नेपालीले मासिक एक लाखसम्म कमाउँछन् भने कृषि क्षेत्रमा पुरुष कामदारका लागि राम्रो सम्भावना छ ।
इजरायलले नेपाली कामदारसँग आठ लाख भन्दा बढी रकम उठाएको भन्दै तीन वर्ष नेपालबाट कामदार लिन प्रतिवन्ध लगाएको थियो । इजरायलले एक वर्षअघि निश्चित मापदण्ड र न्यूनतम शुल्क लिएर मात्रै कामदार पठाउनुपर्ने शर्तसहित खुल्ला गरेको थियो । सरकारले यही शर्तलाई मान्दै कडा प्रावधानसहित कामदार पठाउन खुल्ला गरेको थियो ।
तर यो प्रावधानलाई म्यानपावर एजेन्सीले मिच्दै फेरी कामदारसँग बढी शुल्क असुल्न थाले । विभागका अनुसार इजरायलमा अहिले झन्डै ८ हजार नेपाली कार्यरत छन् । प्रतिवन्ध फुकुवा गरेपछि ८ जना नेपाली मात्रै इजरायल गएको विभागको तथ्यांक छ । इजरायल नेपालीका लागि केयरगिभरका लागि मात्रै होइन कृषिमा प्रविधि भित्र्याउन पनि राम्रो मानिन्छ ।
इजरायल कृषि क्षेत्रमा प्रख्यात रहेकोले त्यहाँ काम गरेर फर्किएका नेपालीले नेपालमा व्यवसायिक खेती गरिरहेका छन् । इजरायलबाट फर्किएका नेपालीले ककनीमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह फार्म चलाइरहेका छन् भने ज्योति समूहले परवानीपुरमा समेत यही समूहको साझेदारीमा व्यवसायीक तरकारी खेती गर्दैछ ।
तीन वर्षमा १० एअरक्राफ्ट जोड्ने मेरो महत्वाकांक्षी योजना 

  बीबी एअरवेजका अध्यक्ष भवन भट्टसँगको अर्न्तवार्ता

दश वर्ष अघि गोरखाका भवन भट्ट विद्यार्थीका रुपमा नेपाल एअरलाइन्सको विमानबाट काठमाडौं–साँघाईहुँदै जापानको ओशाका पुगेका थिए, अबको एकाध महिनापछि उनै भवन जापानको टोक्योबाट आफ्नै विमान कम्पनी बीबी एअरवेजहुँदै काठमाडौं आउनेछन् ।  त्यसो त दश वर्षको बीचमा उनले सयौं पटक काठमाडौं–जापान–काठमाडौंको हवाई दुरी नापी सकेका छन्, तर फरक कम्पनी, फरक बाटोबाट । उनी टोक्योबाट–काठमाडौं आउँदा प्रयोग हुने विमानमा नेपालको झण्डा हुनेछ तर त्यो विमान नेपाल वायुसेवा निगमको भने हुनेछैन । किनकी विमान अभावमा निगमको गण्डकी र  कर्णाली नाम गरेको दुई विमानले यो रुटको यात्रामा उहिल्यै ब्रेक लगाइसकेको छ । बीबी एअरवेजको प्रवद्र्धन गर्न काठमाडौं आएका अध्यक्ष भट्टसँगको कुराकानी ।

एअरलाइन्स विजनेश एउटा ‘ट्याक्टिकल’ विजनेश हो, अर्को यो ठूलो पुँजी चाहिने विजनेश पनि हो, नेपाली झण्डाबाहक एअरलाइन्स छैन भन्ने भावनात्मकताले त चल्दैन, तपाईंको रणनीति के हुन्छ ?
– खास भन्ने हो भने प्रत्येक विजनेश, एअरलाइन्स होस् वा नाङ्लो पसल, सबैको एउटै आधार हुन्छ, त्यसमा ग्राहक हुन्छ, त्यसमा प्रडक्ट हुन्छ, त्यसमा म्यानेजमेन्ट हुन्छ । एअरलाइन्स पनि त्यही हो, सानो पसल पनि त्यही । म आफूलाई म्यानेजमेन्टमा स्किलफुल मान्छे ठान्छु, प्रडक्टलाई ह्याण्डल र कस्टमरलाई तान्ने, उचित मान्छे सही ठाउँमा ल्याउनु नै मेरो रणनीति हो ।
एअरलाइन्स सञ्चालनका लागि ५० करोडको चुक्ता पुँजी सानो रकम होइन र ?
– होइन, यो हाम्रो चार सय करोडको परियोजना हो, कम्पनीको क्यापिटल भनेको सानै हुन्छ ।
चार सय करोड इक्वीटी हो की यसमा ऋण पनि हो ?
– यो ऋण पनि हो, पछि हामीले विभिन्न बण्डहरुबाट लगानी ल्याउँछौं, सापटी दुनियाँ छन्, त्यसबाट चार सय करोड पुर्याउने हो ।

अहिले ५० करोड मात्रै हो ?
– अहिले ५० करोड मात्रै हो । कम्पनी बढ्दै जान्छ, पुँजी पनि ठूलो हुँदै जान्छ, अहिले नै ठूलो पुँजी मात्रै हुँदैन ।

तर तपाईले त यही वर्ष दुईवटा प्लेन ल्याउने लक्ष्य राख्नु भएको छ ?
– हामीले अहिले विमान वेट लिजमा लिएका हौं, अर्को विमान पनि वेट लिजमै ल्याउने हो, अहिले एअरलाइन्स कम्पनीको लाइसेन्स र रजिष्ट्रेशन हाम्रो स्वामित्वमा हुन्छ, बडी हाम्रो स्वामित्वमा हुँदैन ।

तर एअरलाइन्स विजनेश रन गर्न पनि त ठूलै क्यापिटल चाहिन्छ नी ?
– क्यापिटल ठूलो मात्रै गरेर हुँदैन, जस्तो अहिले टिबिआई गु्रप अफ कम्पनी एक हजार करोडको टर्न ओभर गर्छ तर हाम्रो चुक्ता पुँजी त एक करोड मात्रै हो नि ।
अहिले पुँजी कहाँबाट जुटाउनु भएको छ, नेपालबाट कि जापानबाट ?
– अहिले हामीले जापानबाट जुटाइरहेका छौं । मैले महत्वाकांक्षी विचार राखेर यो विजनेशमा आएको छु, तीन वर्ष भित्र १० वटा एअरक्राफ्ट हाम्रो बनाउने लक्ष्य छ । त्यतिवेला स्रोत नेपालबाट पनि जुटाउँछु, जापानबाट पनि जुटाउँछु, त्यति बेला हामी आइपिओमा पनि आउछौं । आइपिओमा आएपछि स्वदेश विदेशबाट लगानी जुटाउन सकिन्छ, अरु लगानीकर्ता थप्न सकिन्छ, मात्र कति हो भने हामीले  कति प्रसितसम्म लिने, कति प्रतिशत अरुलाई दिने ।

गैर आवासिय नेपालीलाई एअरलाइन्समा लगानीका लागि ‘इमोसनल अपिल’ गर्नुभएको छ, प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
– हामी नेपाली लगानीका सम्वन्धमा संधै आफूलाई कम स्केलको मात्र सोच्छौं, मैले आव्हान गरेको छु, एनआरएनहरुले राम्रो प्रतिक्रिया जनाएका छन्, एनआरएन पनि आउँछन् होला । यो मेरो वान अफ द प्राजेक्ट नभई वानली वान प्रोजेक्ट हो । राष्ट्रिय ध्वाजाबाहक बाहिर लैजाउँ, यस्तो मौका जीवनमा एक/दुईपटक मात्र आउँछ । सानो लगानी भए पनि त्यसमा माया हुन्छ, लगानीका लागि अपिल गरेको छु, धेरै राम्रो फिडव्याक छ ।

के तपाईं अहिले एअरलाइन्स चलाउनै पर्ने ट्रयापमा पर्नु भा को हो ?
– म ट्रयापमा छैन, तर तपाईंले कुन एंगलबाट, कुन सेन्सबाट यो प्रश्न राख्नुभयो ?

यसमा दुईवटा कुरा छन्, एउटा तपाईको एअरलाइन्सको वेट लिज छ, यसको  अपरेटिङ कस्ट निक्कै महँगो हुँदैछ, अर्को तपाईहरुले चाइनासँग स्काइको पनि समस्या छ ?
– विजनेशमा समस्या हुन्छ, एउटा विजनेशमा हजार मात्रै होइनन्, लाखौं समस्या हुन्छ, त्यो भैरहन्छ, समाधान हुँदै जान्छ, निक्र्यौल हुँदै जान्छ, त्यसलाई ट्रयापमा पारियो भन्नुहुँदैन्, मलाई कसैले गलहत्याएर यो विजनेश नगरी हुँदैन भनेर ल्याएको त होइन् ।

होइन, पछिल्ला दिनमा तपाईका लागि यो प्रेस्टिज इस्यु पनि बन्यो नि ?
– मैले कुनै पनि विजनेश स्टाइल देखाउन गरदिन, ओहो फलानो छ भन्नका लागि, चर्चामा आउनका लागि मन्दिर बनाए भो, मुर्ती बनाए भो, च्यारिटी गरे भो । समस्या सबैलाई पर्छ, विजय माल्यालाई त समस्या पर्यो, हामीले संसारमा देखेका छौं, पानामा एअरलाइन्स विश्वकै प्रसिद्ध विमान कम्पनी थियो, एउटो साना घटनाले पुरै जिरोमा आयो । म नेशनल पानासोनिकका संस्थापक कोनोसुके मात्सुहितालाई आदर्श मान्छु उहाँ भन्नुहुन्थ्यो, राम्रो भएको बेला त्यसै राम्रो हुन्छ,  नराम्रो भएको अवस्थामा अझै राम्रो गर्ने हो, त्यतिवेला विजनेश गर्ने मान्छे खारिएर आउँछ । पिंधमा पुगेपछि त्यहाँभन्दा तल जान सकिन्न, माथि जाने बाहेक अर्को बाटो हुँदैन । मैले यसलाई ट्रयापभन्दा पनि च्यालेन्ज ठान्छु । कसैले नगरेको भएर गरेको हो, राष्ट्रले गर्नुपर्ने नगरेको हुँदा मैले गर्नुपर्यो त्यो हिसावमा भन्ने हो भने म ट्रयापमा हो । मैले जापानमा मन्दी चलिरहेको बेला रेष्टुरेण्ट उद्योगमा हात हालें, सफल पनि भएँ, डुबेका संस्था चलाएर नाफामा लैजानुमा मज्जा छ । मैले नेपालका हरेक विजनेशलाई पनि त्यस्तै अवस्थाबाट उकासिरहेको छु ।

नेपालमा तपाईंको व्यवसायिक सफलताको विषयमा म पछि प्रश्न गर्ने नै छु, अहिले चीनसँगको खास समस्या के हो ?
– त्यस्तो ठूलै समस्या त छैन ।

बीबी एअरवेजका बिमानले डेढ दुई घण्टा आकासमा बढी विताउनुपर्छ भन्ने कुरा के हो ?
– आकासमा बढी टाइम विताउनुपर्दैन, ताइवानको जुन पाटीसँग विमान लिइरहेका छौं, उनीहरुको कम्बोडियामा रेगुलर फलाइट छ, त्यसैले उनीहरु त्यहाँ जानै पर्दछ, हाम्रो कोडमा उनीहरु उड्ने भनेको कम्बोडिया र नेपाल मात्रै हो, ताइवानमा उड्दैन । त्यसैले हामी झन नजिक छौं ।

यो समस्या समाधान गर्न तपाईहरुले गरेको प्रयास सफल भएन नी ?
– उनीहरुसँग अहिले प्रब्लम पनि छैन, उनीहरुले नो पनि भनेको छैन, हामीले प्रेसर गर्यो भने सुविधा प्राप्त हुन्छ । हामीले त्यसमा टाइम नदिउँ भनेर कम्बोडियाबाट सुरु गरेको हो । समस्या विस्तारै सल्टिँदै जाओस भनेर ।

उनीहरुले किन समस्या क्रियट गरेका ?
– संसारमा जुन इगो छ, त्यै इगो हो, उनीहरुले पनि देख्यो, दिल्ली उडाइरहेका छन्, टोक्यो उडाइरहेका छन्, हवाइ नट वेइजिङ भन्ने हो ।

तपाईंले अहिले जहाँ जहाँ उडानको सेड्युल गर्नुभएको छ, ती सेड्युल  गरेका सबै ठाउँमा ‘टफ कम्पिटिशन छ, जस्तो मलेसियामा गतवर्षसम्म एउटा एअरलाइन्स थियो, अलिहे तपाईहरु आउनुभन्दा पहिले नै एअरएशिया र मलेसियन एअरलान्स थपिएका छन् । कसरी कम्पिट गर्नुहुन्छ ।
– एअर एशियाका मालिक टोनी फर्नान्डेज धेरै चलाख मान्छे हो । बीबी एअर आउँछ भन्ने पहिल्यै चाल पाएको भए उहाँहरुले यो रुटमा विमान नै चलाउनुहुन्नथ्यो । उहाँहरु लोकस्ट क्यारिअर चलाउनुहुन्छ, लोकस्टको समस्या के भने ८५ प्रतिशत अक्युपेन्सी भएन भने चलाउन गाह्रो हुन्छ ।

त्यही भएर होला, नेपालमा एअर एशियाको अहिले पनि चार्टड फ्लाइट छ ?
– हो, उहाँहरुको सेड्युल फलाइट होइन, चार्टड फलाइट हो, हामी आयौं रेगुलर दियो भने उहाँहरु कम्पिट गर्न सकनुहुन्न, हामी नेपालीको एउटा मानसिकता छ, हामी इण्डिया लाहुर जान्छौं, दुख गरेर कमाउँछौं तर फर्कदा चिल्लो भएर सान, ठाँटका साथ आउने । मलेसिया जाँदा पनि ठीकै छ, दुःख गर्न गएको हो, तर केही कमाएर फर्कदा एअर एशिया चढ्न गाह्रो हुन्छ, मलेसियामा एअर एशिया कहाँबाट चढ्ने भनेर पत्तो लगाउन गाह्रो छ, लो कस्टमा खाना छैन, उ छैन । तर हामीले त्यही मूल्यमा फुल फ्ल्जड सर्भिस दिंदै छौं । मलेसियन एअरलाइन्सको जहाँसम्म लाग्छ, डेली फलाइट नेपालमा छैन, साताका एउटा दुईवटा फलाइटले सबै यात्रीलाई ल्याउन पनि भ्याउँदैन, मलेसियामा मात्रै दैनिक दुईवटा फलाइट राम्रोसँग अपरेट गर्न सकिन्छ ।

मासले पनि बीबी एअरवेज आउँदैछ भन्ने क्यालकुलेशन गरेको छ होला नी ?
– उनीहरुले अहिले नेपाली कामदारलाई प्राथमिकतामा राखे, उनीहरुलाई पनि बल्ल थाहा भयो हामी आउँदैछौं भनेर, मास आउने तयारी गर्दा बीबी एअरवेज आउँदैछ भन्ने उनीहरुलाई सुइंको समेत थिएन, सिभिल एभिएशनका अधिकारीहरुलाई पनि दुई महिना अघि मात्रै थाहा भयो ।

त्यही भएर त होला नी उनीहरुले लो यिल्डका प्यासेन्जरलाई प्राथमिकता दिएको, नेपाली कामदारलाई पहिलो प्राथमिकतामा राखेको ?
– त्यो त कस्तो हुन्छ भने हाम्रो अफर पनि आउँछ, स्ट्राटेजी पनि हुन्छ । मलेसियामा उनीहरुले ‘लेट्स गो काठमाण्डू’ भनेर पत्रिकामा ठूलो ठूलो विज्ञापन दिइ राखेका छन्, त्यसले गर्दा उनीहरु मलेसियन लिएर आउँछन्, उनीहरु टुरिष्ट ओसार्ने साधन बन्छन्, भोली उनीहरुले नेपालीलाई टार्गेट गर्छन भन्ने मलाई लाग्दैन । फेरी उनीहरुको र हाम्रो एउटै फेयर, उस्तै सुरक्षा भयो भने तपाई कसलाई छान्नुहुन्छ, आफ्नै छान्नुहुन्छ नी ।

हङकङमा त ड्रागनसँग प्रतिश्पर्धा हुन्छ, टोकियोमा पनि सिल्क र थाइसँग राम्रै प्रतिश्पर्धा भोग्नुपर्ला पर्दैन ?
– टोकियो हाम्रो मात्रै डाइरेक्ट फ्लाइट हुन्छ, नेपाल एअरलाइन्सले पनि पहिले काठमाडौं, साँघाई ओशाका नाफामै चलाएको थियो, म पनि जापान पहिलोपटक त्यही फलाइटमा गएको हो । अर्को कुनै कम्पिटिटर नै छैन । थाइ र सिंगापुरले ५/६ घण्टा ट्रान्जिट गर्छन, सुविधा, सेवा उस्तै भएपछि, बीबी सबै नेपालीको रोजाइ हुन्छ । हङकङमा पनि हामीलाई प्रतिश्पर्धा गर्न गाह्रो हुँदैन् । सेडुयुल वेगर नै उडेको आरएलाई त नेपालीले माया गरेका छन्, एनआरआनको इन्सियसिटिभ, हाम्रो स्ट्राटेजी, सुरक्षा लगायतका कारणले सबै गन्तब्यमा हामी धेरै स्ट्रङग छौं । त्यसमाथि मसँग जापानमा होटल विजनेश सक्सेस बनाएको अनुभव पनि छ ।

अघि मैले छोडेको प्रसङ्ग यहाँ आएर जोड्छु, जापानको होटल, रेष्टुरेण्ट लाइनमा जुन म्याजिक तपाईंले क्रियट गर्नुभएको नी त्यो त नेपालमा छैन, मोमेण्टोमा समस्या छ, युनाइटेड बु्रअरीको ग्रोथ सुस्त छ, तपाईंका नेपालका ठूला भेञ्चर यिनै होइनन् ?
– हामी नेपालीको तातै खाउँ जल्दी मरौं भन्ने भावना छ, लगानी गर्न पाएको छैन, नाफा खान खोज्छ । कति वर्षको प्रोजेक्ट हो, पञ्च वर्षीय, दश वर्षीय, कुन कुन पूर्वाधार बनाउनुपर्दछ, त्यो सबै तयार गरे पछि बल्ल नाफाको कुरा हुन्छ । मोमेण्टो, युनाइटेड बु्रअरीमा मेरो नाफाको एउटा सेड्युल छ, मेरो सेड्युल र टार्गेट अनुसार म मुनाफामा छु ।
अख्तियारले प्रमाणपत्र छानविन थालेपछि निगम कार्यकारी अध्यक्ष  शाहीको राजिनामा
काठमाडौ, २७ भदौ –शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताकेता गरेपछि नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष तथा महाप्रवन्धक मनरुप शाहीले राजीनामा दिएका छन् ।उनले आइतबारनै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोस्टबहादुर बोगटीलाई राजीनामा बुझाएका थिए । शाहीले नक्कली प्रमाणपत्र पेस गरेको उजुरी आयोगमा परेपछि सक्कली प्रमाणपत्र बुझाउन निर्देशन दिएको थियो । तर उनले सक्कली प्रमाणपत्र पेस गर्न नसकेपछि राजीनामा दिन बाध्य भएको स्रोतले बतायो ।
निगम अध्यक्ष हुन कुनै विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने वा हवाई उड्डयन क्षेत्रमा एक दशक लामो अनुभव भएको हुनुपर्ने प्रावधान छ । कार्यकारी अध्यक्ष नियुक्त हुँदा शाहीले पर्यटन मन्त्रालयमा बुझाएको शैक्षिक योग्यताको प्रमाणपत्रमा भारतको बहराइज विश्वविद्यालयबाट स्नातक गरेको पेस गरेका थिए ।

Monday, September 10, 2012


वैदेशिक रोजगारीमा जाने कामदारलाई सास्ती 
वार्षिक साढे दुई खर्ब भित्रयाउनेहरु प्रति विमानस्थलमै दुव्र्यवहार
मधुजंग पाण्डे÷राजधानी
काठमाडौ,२५ भदौ
गाउँको घरबारी र गरगहना बन्दकी राखि वैदेशिक रोजगारीमा विभिन्न मुलुक पुगेर फर्कने कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनेक दुव्र्यबहार भईरहेका छन ।
उनीहरुलाई विमानस्थल भित्र कार्यरत भन्सार र अध्यागमनका कर्मचारीदेखि विमानस्थल बाहिर सञ्चालित भाडाका ट्याक्सी र भ्यानका चालकसम्मले अनेक दुव्र्यवहार गरिरहँदा पनि सम्वन्धित निकाय मौन छ ।
 विमानस्थल भित्र कार्यरत कर्मचारीका छुद्र बचनले निरास हुँदै विदेशबाट ल्याएको सामानको झोला घिसार्दै निस्किएका ति कामदारलाई विमानस्थलको बाहिरी भागमा भाडाका ट्याक्सी चालकले पनि वढी भाडा लिइ ठगिरहेका छन ।
विमानस्थलका कालो नम्बर प्लेटका भाडामा ट्याक्सीहरुले विदेशबाट आएका मान्छे देख्ने वित्तिकै पाखुरामा समातेर तानिहाल्छन र उनीहरुका व्याग गाडीमा राखिहाल्छन् । गन्तव्यमा पुगेपछि चल्तिको भाडाभन्दा चार गुणासम्म असुल्ने गर्दछन् ।  सोमबार कतारबाट तीनवर्षे कार्यकाल पुरा गरि घर फर्किएका बुटवलका कृष्ण न्यौपाने र नुवाकोटका राजाराम कार्कीलाई पनि विमानस्थलका भाडाका ट्याक्सी चालकहरुले बालाजु पुग्न २२ सय रुपैयाँ भाडा मागे । तर, नेपाल वायुसेवा निगमको जहाजबाट विमानस्थल झरेका कार्कीले निकैबेर बार्गेनिङ गरेपछि ६ सय रुपैयाँमा बालाजुमा उम्किन पाए ।
 विमानस्थल कार्यालयका महाप्रवन्धक रतिशचन्द्रलाल सुमनले पनि विमानस्थलमा सँधै यस्तै दृश्य देखिएको स्वीकार्दै कालो नम्बर प्लेटका ट्याक्सी चालकमाथि विमानस्थल व्यवस्थापनले केही गर्न नसक्ने बताए । विमानस्थल व्यवस्थापन कार्यालयले त हरियो प्लेटका पर्यटक बोक्ने सवारी साधनलाई मात्र नियमन गरिरहेको जानकारी गराउँदै उनी वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथी विमानस्थलमै भईरहेका यस्तो कार्यबाट पन्छिए । उनले पर्यटकलाई सेवा दिन सञ्चालित पुराना ट्याक्सी अब छिट्टै हट्ने बताए ।  उनले विमानस्थलमा सञ्चालित भाडाको ट्याक्सीको भाडा नियन्त्रण र व्यवस्थापन सबै जिम्मा यायायात व्यवस्था विभागले गर्नुपर्ने जानकारी दिए ।
यातायात व्यवस्था विभागले पनि अहिलेसम्म विमानस्थल भित्रका भाडाका सवारी नियन्त्रण एवं व्यवस्थापनको प्रयास थालेकै छैन । जसका कारण दैनिक हजारौंको संख्यामा ओहोर– दोहोर गर्ने यात्रुहरुले यस्तै सास्ती खेप्न बाध्य छन । नेपाल वैदेशिक रोजगारी व्यवसायी संघको तथ्याङक अनुसार विदेशमा काम गर्ने नेपालीहरुले हरेक वर्È करिब २ खर्ब ५० अर्ब रुपैया“ बराबरको रेमिट्यान्स नेपाल भित्राईरहेका छन । सो तथ्याङकमा उल्लेखीत रकम नेपालमा लगानीको रुपमा विदेशीहरुले भित्रयाउने भन्दा यो करिब पा“च गुणाले बढी हुन आउ“छ । यिनै ठूला लगानीकर्ताहरुबाट नेपालको करिब एक तिहाइ अर्थतन्त्र धानिएको छ।  तैपनि गाउँको घरबारी बन्दकी राखेर वैदेशिक रोजगारीमा गएर फर्कने कामदारलाई विमानस्थलमा अनेक दुव्र्यबहार हुन्छ । एक नेपाली  अर्काको भूमिमा रगत पसिना बगाएर आङ्खनो परिवारलाई भेट्न बल्लतल्ल एक महिनाको छुट्टी लिएर घर फर्कन्छन्।
जब उसको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रन्छ । अनि लामो लाइनमा धेरै समयको लागि कुर्छ। पालो आएपछि सेवा दिन बसेको कर्मचारीबाट नानाथरिको बेइज्जति प्रश्नको सामना गर्छ। वैदेशिक रोजगारबाट फर्केका कामदारहरु भन्छन्– विदेशबाट फर्कंदा अपराध गरेर फर्केको भान पारिदिन्छन, कर्मचारी ।  टाई सुट लगाएर पर्यटकीय र बिज्नेस भिसामा युरोप जानेहरुलाई आउनुहोला, कागजपत्र हेर्न सकिन्छ जस्ता निकै नम्र र सभ्य व्यवहार हामीलाई भने जथाभावी बोल्छन अर्का कामदार बालकृष्ण सापकोटाले भने ।  भन्सारको कर्मचारीले आङ्खनो परिवारलाई ल्याएको सरसामानहरु एक–एक गरी खोजतलास गरी मानसिक यातना दिने र केही सामान वा पैसा दिनु पर्ने व्यवहार गर्ने गरेको वैदेशिक रोजगारमा फर्कनेको गुनासो रहेको छ ।  उता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारी भने भन्सार नछलुन् भनेर मात्र कडाइ गरेको बताउँछन् ।  
अग्नि एयर दुर्घटनाको कारण चालकको कमजोरी
 दुर्घटना जाँच आयोगको प्रतिवेदन
मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २४ भदौ
सरकारद्वारा गठित उच्च स्तरीय दुर्घटना जाँच आयोगले गत १ जेठमा पोखराबाट मुस्ताङको जोमसोम जाँदै गरेको अग्नि एअरको डोर्नियर जहाज दुर्घटनाको कारण मानविय कमजोरी भएको ठहर गरेको छ ।
 नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक मेदिनी प्रसाद शर्माको संयोजकत्वमा गठित ५ सदस्य दुर्घटना जाँच आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै अग्नि एयरको जहाज दुर्घटनाको सम्भाव्य कारण मानविय त्रुटि नै भएको दावी गरिएको हो ।
सो दुर्घटनामा १३ जना यात्रु र २ सदस्यीय चालक दलसहित १५ जनाको ज्यान गएको थियो । आयोगका अध्यक्ष शर्माले आइतबार  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीलाई बुझाएको प्रतिवेदनमा प्राधिकरणका बरिष्ठ चालक प्रभुशरण पाठकले जोमसोङ विमानस्थलमा अवतरण गर्नुपर्ने अग्नीको जहाज सामान्य इण्डिकेटर देखिएकै भरमा अवतरण नगरि पुनः पोखरातर्फ फर्काउन हतारमा बायाँतर्फ मोड्न खोज्दा भित्तामा ठोकिएर दुर्घटना भएको दावी गरिएको छ ।  
सो प्रतिवेदनमा दुर्घटनामा ज्यान गुमाएका चालक  प्रभुशरण पाठक र सह चालक सुमन डंगोलले आफ्नो वास्तविक अवस्था पहिचान गर्न नसकेकै कारण दुर्घटना भएको ठहर आयोगको रहेको छ । 
प्रतिवेदनले विहानैदेखि निकै तनावमा रहेका चालकले वायुयानलाई मोड दिन आवश्यक अर्धब्यास र देब्रेतर्फ रहेको अग्लो डाँडाको ख्याल नगरी साँघुरो भागबाट जर्वरजस्ती जहाज नै ढल्क्याएर मोड्न खोज्दा दुर्घटना भएको ठहर गरेको छ ।    प्रतिवेदन सार्वजनिक गर्दै आयोगका अध्यक्ष शर्माले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( आइकाओ) ले जारी गरेको प्रावधान अनुसार आफुहरुले सो प्रतिवेदन प्रस्तुत गरि सरकारलाई बुझाएको बताए ।
सरकारले दिएको ९० दिने समय र पुन आगामी २५ असोजसम्मका लागि थप भएको समयभित्र नै प्रतिवेदन तयार पार्ने काम पुरा गरेको जनाकारी गराउँदै उनले आगामी दिनमा यस्ता दुःखद दुर्घटना नदोहोरियोस् भनेर जहाज दुर्घटना हुने सहायक कारणहरुका बारेमा समेत ज्ञान हासिल गर्ने प्रतिवेदन बुझाएको बताए ।  प्रतिवेदनमा दुर्घटना भएको स्थलको निरीक्षण, फ्लाइअवे किटबक्सबाट पत्ता लागेका प्रमाण, सुरक्षाकर्मी, सम्बन्धित प्राविधिक एवं अन्य समकक्षी पाइलटहरुसँग लिएको जानकारी, मृतकको पोष्टमार्टम रिपोर्ट र क्यानको उडान तालिका लगायतका प्रमाण संकलन गरि गम्भिर अध्ययन गरेर मानवीय त्रुटी दोषी देखिएको ठहर गरेको पनि उनले जानकारी गराए ।
उनले छानविन गर्न यहाँ सबै भरपर्दो उपकरण नभएकाले दुर्घटनाग्रस्त जहाजको प्रविधिक उपकरण जर्मन पु¥याएर त्यहाँबाट प्राप्त रिर्पोट र यहाँको सबै संयन्त्र अपनाएर सो प्रतिवेदन तयार पारेको दावी गरे । 
सो दुर्घटनामा ६ जनाको जीवितै उद्धार गरिएको थियो ।  सो दुर्घटनामा घाइते परिचालिका रोशनी हायजुको स्वास्थ्य अहिले राम्रो भईसकेको छ ।
सो जहाजमा सवार १८ यात्रुमध्ये १६ जना भारतीय र २ अन्य मुलुकका थिए । मुक्तिनाथ दर्शनका लागि यात्रुहरुले सो विमान चार्टर गरेर त्यसतर्फ लगेका थिए ।
शर्माको अध्यक्षतामा सरकारद्धारा गठित सो आयोगमा आयोगमा बुद्ध एयरका सिनियर पाइलट सुनिल प्रधान, तारा एयरका सिनियर इन्जीनियर असोक मानन्धर रहेका छन । यसैगरि अन्य सदस्यहरुमा नागरिक उड्डयन प्राधिकरण अन्र्तरगतका एभिएसन मेडिकल बोर्ड संयोजक डा. रन्जितसिँह बराल र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव सुरेश आचार्य रहेका छन ।
 प्रतिवेदन सार्वजनिक गर्ने क्रममा क्याप्टेन दिपुराज जुहारचनले अनुसन्धानको क्रममा दुर्घटना भएको अग्निको जहान नियमित मर्मत संभार गरिएको र इन्जिनमा पनि कुनै समस्या नदेखिएको बताए । आयोगका सदस्य सिनियर इन्जीनियर मानन्धरले अध्ययनको क्रममा आफुहरुले दुर्घटनामा परेको जहाजको हाड्रोलिक सिस्टम , व्याट्रीमा पनि कुनै खराबी नभएको देखिएपनि चालकले अतालिएर सो दुर्घटना भएको बताए ।
आयोगका सदस्य पाइलट सुनिल प्रधानले जहाज दुर्घटनाको कारण मानवीय त्रुटी भएको दावी गर्दै  यदि चालकले विमानस्थल नजिकैबाट भन्दा कागबेनी पु¥याएर जहाज मोडेको भए सो दुर्घटना नहुने बताए ।

Sunday, September 9, 2012


मालपोतमै छैन जग्गाधनी लिखत
मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २२ भदौ
मालपोत कार्यालय सर्वसाधारणको घर–जग्गासम्बन्धी सबै लिखत एवं कागजपत्र सुरक्षित राख्ने अख्तियारीप्राप्त सरकारी निकाय हो । तर, डिल्लीबजार चारखालस्थित मालपोत कार्यालयको हबिगत देख्दा राजधानीवासीले आङ्खनो घरजग्गाको कानुनी प्रमाणबाट समेत वञ्चित हुने अवस्था छ । सो कार्यालयमा २०५२ सालअघिका जग्गा खरिद–बिक्रीसम्बन्धी लिखत र कागजपत्र भेट्नै सकिँदैन । पुराना कागजपत्र राख्ने प्रणाली व्यवस्थित नभएकाले यस्तो समस्या आएको हो ।
दैनिक लाखौं रुपैयाँको कारोबार हुने सो मालपोत कार्यालयमा पुराना कागजपत्र र अभिलेख राख्ने ठाउँ भने एकदमै अव्यवस्थित छ । मालपोत कार्यालय नयाँ ६ तले ठूलो भवनमा रहे पनि तामेली शाखाका पुराना फाइल भने सदरखोरको प्रवेशद्वारसँगैको पुरानो घरमा लथालिंग अवस्थामा राखिएका छन् ।
फाइल राखिएको कोठाबाहिर ताला झुन्ड्याइएको छ तर अकासेपानी चुहिनबाट रोक्न भने मालपोत कार्यालयले कुनै ध्यान दिएको छैन । फलस्वरूप, पुराना कागजपत्र भने भिजेर र कुहिएर नष्ट भइरहेका छन् ।
यति मात्र होइन, जीर्ण भवनका कारण कर्मचारीहरू पनि सो कोठाभित्र पस्न डराउँछन् । जग्गाधनीका समस्यालाई लिएर त्यहाँभित्र छिर्ने जोकोही कर्मचारी कतिखेर भत्केर ज्यान जाने हो भन्ने त्रासमा हुन्छन् । सो कोठाभित्र जग्गाधनीले मागेको कागजात फेला पार्नुलाई युद्ध जितेसरह ठान्नुपर्ने अवस्था छ ।
धर्मस्थलीका सुदर्शन कोइराला मालपोत कार्यालयको दुरावस्थाका कारण पीडित बनेका एक प्रतिनिधि पात्र हुन् । उनले २०५१ सालमा खरिद गरेको पाँच आना जग्गाको लिखत खोजेको एक महिना बितिसकेको छ । तर पनि फेला पार्न सकेका छैनन् । आङ्खनो जग्गामा छिमेकीसँग किचलो परेपछि अदालतले उनीसँग प्रमाण माग्यो । तर, मालपोतले उनलाई कुनै प्रमाण दिन सकिरहेको छैन । ‘महिना दिन बितिसक्यो तर आङ्खनो जग्गाको प्रमाणसम्बन्धी कागजपत्र पाउन सकिरहेको छैनँ, यसले मलाई मानसिक तनाव भइरहेको छ,’ कोइरालाले राजधानीसँग भने ।
मातहतको अभिलेख शाखाको यस्तो अवस्था हुँदा पनि मालपोत प्रशासन भने मौन छ । लाखौं सर्वसाधारणको अर्बौं रुपैयाँबराबरको धन–सम्पत्तिसम्बन्धी पुराना कागजात दिन–प्रतिदिन नष्ट भइरहँदा पनि मालपोत प्रशासनले कुनै चासो दिएको पाइँदैन । बरु, पुरानो र जीर्ण घर भएकाले नष्ट हुने गरेको मालपोत प्रशासन स्वयं स्वीकार गर्छ ।
सो मालपोत कार्यालयका उपसचिव पर्शुराम अधिकारीले पुराना अभिलेख व्यवस्थित रूपमा राख्न ठाउँ अभाव भएकाले समस्या भएको बताए । उनले पुरानो भवनमा तामेली शाखाका पुराना कागजपत्र राखेको ठाउँमा पानी चुहिएकाले केही लिखत र स्रेस्ता नष्ट भएको हुन सक्ने बताए ।
‘चिसोले सडेका पुराना फाइल कीरा र धमिराले पनि खाएका हुन सक्छन्,’ उपसचिव अधिकारीले भने, ‘पुराना कागजपत्र राखिएको ठाउँ पनि डरलाग्दो देखिन्छ ।’
सो मालपोत कार्यालयले २०६०÷०६१ सालयताका अभिलेख भने कम्प्युटरकृत गरेको छ । ‘०६०÷६१ पछिका फाइल फेला पार्न भने कुनै समस्या छैन,’ अधिकारीले भने । उनले तत्कालका महŒवपूर्ण सबै जग्गाधनी स्रेस्ता नयाँ भवनको दराजमा सुरक्षित राखिएको बताए ।
सो मालपोत कार्यालयले अदालत, जग्गाधनी वा अरू कुनै व्यक्तिले आवश्यक कागजात मागेको खण्डमा रजिस्ट्रेसन भिडाएर हेर्न सकिने भएकाले नआत्तिन पनि आग्रह गरेको छ । ‘जग्गाधनीसँग कुनै प्रमाण नभए जग्गाधनीको भोगचलन हेर्ने सम्बन्धित गाविस र वडाको सिफारिसमा प्रमाण माग्ने र आवेदकले दिएको निवेदनको आधारमा मालपोतका कर्मचारी फिल्डमा नै पुगेर अनुसन्धान गरी नयाँ प्रमाण जुटाइदिने गरिएको छ,’ अधिकारीले भने ।

Saturday, September 8, 2012

मालपोतमै छैन जग्गाधनी लिखत
मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २२ भदौ
मालपोत कार्यालय सर्वसाधारणको घर–जग्गासम्बन्धी सबै लिखत एवं कागजपत्र सुरक्षित राख्ने अख्तियारीप्राप्त सरकारी निकाय हो । तर, डिल्लीबजार चारखालस्थित मालपोत कार्यालयको हबिगत देख्दा राजधानीवासीले आङ्खनो घरजग्गाको कानुनी प्रमाणबाट समेत वञ्चित हुने अवस्था छ । सो कार्यालयमा २०५२ सालअघिका जग्गा खरिद–बिक्रीसम्बन्धी लिखत र कागजपत्र भेट्नै सकिँदैन । पुराना कागजपत्र राख्ने प्रणाली व्यवस्थित नभएकाले यस्तो समस्या आएको हो ।
दैनिक लाखौं रुपैयाँको कारोबार हुने सो मालपोत कार्यालयमा पुराना कागजपत्र र अभिलेख राख्ने ठाउँ भने एकदमै अव्यवस्थित छ । मालपोत कार्यालय नयाँ ६ तले ठूलो भवनमा रहे पनि तामेली शाखाका पुराना फाइल भने सदरखोरको प्रवेशद्वारसँगैको पुरानो घरमा लथालिंग अवस्थामा राखिएका छन् ।
फाइल राखिएको कोठाबाहिर ताला झुन्ड्याइएको छ तर अकासेपानी चुहिनबाट रोक्न भने मालपोत कार्यालयले कुनै ध्यान दिएको छैन । फलस्वरूप, पुराना कागजपत्र भने भिजेर र कुहिएर नष्ट भइरहेका छन् ।
यति मात्र होइन, जीर्ण भवनका कारण कर्मचारीहरू पनि सो कोठाभित्र पस्न डराउँछन् । जग्गाधनीका समस्यालाई लिएर त्यहाँभित्र छिर्ने जोकोही कर्मचारी कतिखेर भत्केर ज्यान जाने हो भन्ने त्रासमा हुन्छन् । सो कोठाभित्र जग्गाधनीले मागेको कागजात फेला पार्नुलाई युद्ध जितेसरह ठान्नुपर्ने अवस्था छ ।
धर्मस्थलीका सुदर्शन कोइराला मालपोत कार्यालयको दुरावस्थाका कारण पीडित बनेका एक प्रतिनिधि पात्र हुन् । उनले २०५१ सालमा खरिद गरेको पाँच आना जग्गाको लिखत खोजेको एक महिना बितिसकेको छ । तर पनि फेला पार्न सकेका छैनन् । आङ्खनो जग्गामा छिमेकीसँग किचलो परेपछि अदालतले उनीसँग प्रमाण माग्यो । तर, मालपोतले उनलाई कुनै प्रमाण दिन सकिरहेको छैन । ‘महिना दिन बितिसक्यो तर आङ्खनो जग्गाको प्रमाणसम्बन्धी कागजपत्र पाउन सकिरहेको छैनँ, यसले मलाई मानसिक तनाव भइरहेको छ,’ कोइरालाले राजधानीसँग भने ।
मातहतको अभिलेख शाखाको यस्तो अवस्था हुँदा पनि मालपोत प्रशासन भने मौन छ । लाखौं सर्वसाधारणको अर्बौं रुपैयाँबराबरको धन–सम्पत्तिसम्बन्धी पुराना कागजात दिन–प्रतिदिन नष्ट भइरहँदा पनि मालपोत प्रशासनले कुनै चासो दिएको पाइँदैन । बरु, पुरानो र जीर्ण घर भएकाले नष्ट हुने गरेको मालपोत प्रशासन स्वयं स्वीकार गर्छ ।
सो मालपोत कार्यालयका उपसचिव पर्शुराम अधिकारीले पुराना अभिलेख व्यवस्थित रूपमा राख्न ठाउँ अभाव भएकाले समस्या भएको बताए । उनले पुरानो भवनमा तामेली शाखाका पुराना कागजपत्र राखेको ठाउँमा पानी चुहिएकाले केही लिखत र स्रेस्ता नष्ट भएको हुन सक्ने बताए ।
‘चिसोले सडेका पुराना फाइल कीरा र धमिराले पनि खाएका हुन सक्छन्,’ उपसचिव अधिकारीले भने, ‘पुराना कागजपत्र राखिएको ठाउँ पनि डरलाग्दो देखिन्छ ।’
सो मालपोत कार्यालयले २०६०÷०६१ सालयताका अभिलेख भने कम्प्युटरकृत गरेको छ । ‘०६०÷६१ पछिका फाइल फेला पार्न भने कुनै समस्या छैन,’ अधिकारीले भने । उनले तत्कालका महŒवपूर्ण सबै जग्गाधनी स्रेस्ता नयाँ भवनको दराजमा सुरक्षित राखिएको बताए ।
सो मालपोत कार्यालयले अदालत, जग्गाधनी वा अरू कुनै व्यक्तिले आवश्यक कागजात मागेको खण्डमा रजिस्ट्रेसन भिडाएर हेर्न सकिने भएकाले नआत्तिन पनि आग्रह गरेको छ । ‘जग्गाधनीसँग कुनै प्रमाण नभए जग्गाधनीको भोगचलन हेर्ने सम्बन्धित गाविस र वडाको सिफारिसमा प्रमाण माग्ने र आवेदकले दिएको निवेदनको आधारमा मालपोतका कर्मचारी फिल्डमा नै पुगेर अनुसन्धान गरी नयाँ प्रमाण जुटाइदिने गरिएको छ,’ अधिकारीले भने ।

Wednesday, September 5, 2012


होटल बुकिङ  उच्च
अक्टोवर र नोवेम्वरकालागि ९० प्रतिशत कोठा भरियो 
मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २० भदौ
विगतका वर्षहरुको तुलनामा यस वर्ष राजधानीका होटलमा पर्यटकको बुकिङ उच्च बृद्धि भएको छ ।
वार्षिक १० लाख पर्यटक भित्राउने अभियानकासाथ गत वर्ष मनाएकोे पर्यटन वर्ष २०११ र लुम्बिनी भ्रमण वर्ष–२०१२ को प्रचार– प्रसारका कारण अहिले राजधानीका होटल एवं गेष्ट हाउसमा बुकिङ उच्च बृद्धि भएको हो । विभिन्न मुलुकबाट आउने विदेशी पर्यटकको संख्या बढ्न थालेपछि अहिले राजधानीका ठुला तारे होटलको बुकिङ ९० प्रतिशत भन्दा बढी भएको व्यवसायीहरुले बताएका छन ।
होटल एसोसियसन अफ नेपाल ( हान) का अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले अहिले काठमाडौ लगायत सबै गन्तव्यस्थलका पर्यटकीय होटल र गेष्टहाउसको कोठा बुकिङ ९० प्रतिशत रहेको बताए । सो बुकिङ आगामी अक्टोबर र नोवेम्भरसम्मको भएको जानकारी दिँदै कक्षपतिले भने, ‘ मुलुकले भोग्नुपरेको संक्रमणको अवस्थामा पनि यस्तो चाप देखिएकाले व्यवसायी निरास छैनन’।
उनले हाल बढ्दो पर्यटकको चापलाई मध्यनजर गर्दै निजि लगानीमा राजधानी लगायत मोफसलमा पनि ठुला तारे होटल थपिने क्रम बढेको बताए । उनले हाल सञ्चालित पुराना होटलहरुले पनि कसरी आफ्ना पाहुनालाई बढी सुविधा दिने भनेर भौतिक पूर्वाधार विस्तारमा लगानी बढाईरहेको बताए ।
साँग्रिला होटलको एक्जुकेटिभ असिस्टेन्ड मेनेजर सन्तोषबिक्रम शाहले पनि आगामी अक्टोबरकालागि साग्रिला होटलको कोठा बुकिङ ९० प्रतिशत भन्दा बढी रहेको बताए ।
आगामी अक्टोबर– नोवेम्वरकालागि नै उच्च बुकिङ रहेको जानकारी गराउँदै उनले विगतका वर्षहरुको तुलनामा यसपाली होटल बुकिङ निकै राम्रो भएको बताए ।
गत अगष्ट र  सेक्टेम्वरमा पनि होटल बुकिङको चाप उच्च रहेको जानकारी गराउँदै उनले अहिले पनि राजधानीका धेरै होटल भरिएको बताए ।
शाहले गत वर्ष साँग्रिला होटलले पनि मलेसियबाट उच्च गुणस्तरीय फर्निचर ल्याएर थप पूर्वाधार विस्तार गरेको बताए । 
यसैगरि राजधानीका अन्य पाँचतारे होटलहरु सोल्टी , ¥यायाडिसन, अन्नपूर्ण, याकएण्ड यति, मल्ल र हायात रिजेन्सीले पनि पर्यटक आकर्षण बढाउन लगानी विस्तार गरेका छन । 
ती होटलका व्यवसायीहरुले पनि  पर्यटकीय सिजन सुरु नहुँदै होटलकोे बुकिङ बढ्न थालेको बताए ।
वर्षकै सबैभन्दा राम्रो पर्यटकीय मौसम सेक्टेम्बर, अक्टोबर र नोबेम्बरका लागि आवस्यक भौतिक पूर्वाधार विस्तार गरेको अधिकाँश  व्यवसायीहरुले बताएका छन ।
होटल एसोसियसन अफ नेपाल (हान) ले जानकारी गराए अनुसार गत वर्षको भन्दा अहिलेको वर्ष  राजधानीका ठुला तारे होटल लगायत सम्पूर्ण पर्यटकीय होटलको बुकिङमा ९० प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।  
   यसैगरि पर्यटकीय गन्तब्यस्थल ठमेल, पोखरा र धुलिखेल एवं नगरकोट क्षेत्रका होटल एवं गेष्ट हाउसमा पनि आगामी दुई महिना सम्मका लागि कोठा बुकिङ भईसकेको व्यवसायीहरुले बताएका छन्  । 
 ‘इमेल र इन्टरनेटबाट पनि कोठा बुकिङ गर्न सकिन्थ्यो, यसपाली बढ्दो पर्यटक चापले इमेलबाट कोठा खोज्न सकिएन’ आगामी १० अक्टोबर देखि १५ दिनसम्म ५० जना पर्यटकलाई होटलको व्यवस्था मिलाउन होटल खोज्दै गरेका  हेरिटेजकनेक्सन
टुर एण्ड ट्राभलका प्रवन्धक एवं नाट्टाका सदस्य श्याममदन केसीले राजधानीसित भने, ‘ अहिले देनि नै पाहुना राख्ने कोठा पाउनै मुस्किल भईसकेछ ’।         
 सबैलाई एउटै होटलमा राख्ने सोचकासाथ होटल बुकिङ गर्न लागेका केसीले भने , ‘यदि भेटिहाले पनि आफुलाई आवस्यक कोठा पाउन सकिएकै छैन ’।
अहिले पर्यटन मौसम सुरु भइसकेको  छ । यसको मौका छोपेर आ– आफ्ना व्यवसाय बृद्धि गर्न व्यवसायीहरु धमाधम क्षमता बिस्तार अभियानमा जुटेका छन् । नाम चलेका ठुला तारे होटलहरु देखि स– साना गेष्ट हाउससम्म सबैले क्षमता विस्तारको क्रममा कोठा थप्ने र सजावटका सामाग्री बढाउन थालेका छन् ।
सिजनको दुई महिनामा मात्र केसीले १० ग्रुप पर्यटकलाई राजधानी ल्याउँदै छन् । उनले ल्याउन लागेको एउटा ग्रुपमा २५ देखि ४० जनासम्म विदेशी पर्यटक हुने छन् । आफुले ल्याउन लागेका मध्ये धेरै जसो बंगाली र अन्य पश्चिमा मुलुकहरुका हुने पनि उनले बताए ।
अहिलेको सिजनमा  काठमाडौ उपत्यका भित्रका ठमेल, नगरकोट, धुलिखेल, चितवन , पोखरा, लुम्बिनी, पाल्पा र मुक्तिनाथसम्म  विदेशी पर्यटकको भिड लाग्ने अनुमान अधिकाँश व्यवसायीहरुको छ ।
केसी जस्तै अहिले राजधानी लगायत मुलुकभरका विभिन्न गन्तब्यस्थलमा पर्यटक भित्राउने छिमेकी मुलुक भारतको कोलकत्ता र थाइल्याण्डमा बसेर नेपाललाई प्याकेज बेच्ने करिब तीन दर्जन ट्राभल  एजेन्सी छन् ।
उनीहरुको यो व्यवसायीक कार्यले आगामी सिजनको दुई महिनामा मात्र करिब २० हजार भन्दाबढी बंगाली र बुद्ध मार्गी नेपाल भित्रिने गर्दछन ।
केसीले भने , ‘ काठमाडौमा त जेनतेन पाहिएला, तर मोफसलमा कोठा पाउनै मुस्कील छ ’ ।
पर्यटकको  चप सँगै अहिले व्यवसायीले  होटलको क्षमता बृद्धि गर्न थालेका छन ।  ठुला तारे होटलहरुले आगामी सिजनका लागि एकैपटक लाखौं रुपैयाँको लगानी थपिरहेका छन ।  
होटल व्यवसायीले आगामी दिनमा पर्यटक आगमन बढ्ने आशाले यस वर्ष सेवा सुविधा थप्नका लागि मात्र लाखौं रुपैयाँ खर्च गरेका हुन ।
पर्यटकलाई नयाँ आकर्षण दिन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नका लागि लगानी बढाउनुपरेको उनीहरुको भनाई छ ।
हानको तथ्याङक अनुसार यहाँका होटल उद्योगमा अहिलेसम्म १ खर्ब ६० अर्ब रुपैयाँको लगानी छ ।
जसमा १ खर्ब भन्दाबढी निजी क्षेत्रको र ५० अर्ब बैंक ऋण भएको पनि हानले जनाएको छ । ५ तारे होटलमा आउने पर्यटकलाई लबीबाट कोठाभित्र प्रबेश गर्दासम्मको आन्तरिक सजावटमा नयाँ पन दिन होटलले लगानी बृद्धि गरेका हुन ।
आन्तरिक सजावटले नै पर्यटकले आनन्द पाउने अधिकाँश व्यवसायीको कथन छ । 
अहिलेको वर्ष सिजन सुरु नहुँदैे राजधानीका ८ ओटा पाँच तारे र अन्य पर्यटकीय होटल गरि करिब २ सय ८३ ओटा होटलका करिव २२ हजार बेड मध्ये ८० प्रतिशत भन्दा बढी बुकिङ फुल भईसकेको हानले जनाएको छ । 
हानका पूर्व अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले  अहिलेसम्म विग्रिएको असुरक्षाको स्थितीलाई सुधार्न नीजि व्यवसायीले गरेको योगदानले नै यसपाली सिजन सुरु नहुँदै होटल बुकिङको चाप बढेको बताए ।

Monday, September 3, 2012

मलेसियाको आकर्षक गन्तब्य  बातुकेभ
–जहाँ दैनिक एक लाख ३६ हजार पर्यटक पुग्छन
–नेपालको स्वयम्भु, शिवपुरी र रानीवनको डाँडालाई पाए सुनको टुक्रा बनाउंथ्यौ ः मलेसियन
मधुजंग पाण्डे–
मलेसियाको राजधानी क्लालम्पुरको केन्द्रीय भागबाट १३ किमि उत्तर तर्फको गमब्याक जिल्लामा अवस्थीत बातुकेभ मन्दीर हिन्दु र बुद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो । जहाँ हरेक वर्ष विभिन्न मुलुकबाट करिब ५ करोड भन्दाबडी पर्यटकले अवलोकन भ्रमण गरिरहेका छन । दैनिक करिब डेढ लाख पर्यटक पुग्छन ।   अहिले बातुकेभ मन्दीर भ्रमण गर्नकालागि नेपाल, भारत, चीन, जापान, थाइल्याण्ड, म्यानमार, कोरिया लगायत विभिन्न १४ ओटा मुलुकबाट प्याकेज टुरमा हरेक दिन हजार्रौ पर्यटक पुग्ने गर्दछन ।
त्यहाँ पुग्नेहरु मध्ये हिन्दु धर्मालम्बीहरुले शिबजीको दर्शन गर्नाले शारीरिक सुख प्राप्ती र आँटेको लक्ष्य पुरा हुने विश्वस गर्दछन भने बौद्ध एवं अन्य धर्म मान्नेहरुले पनि यस शिवजीको मन्दिरलाई उत्तिकै आस्ताले हेर्ने गर्दछन । बाहिरबाट जानेहरुलाई झट्ट हेर्दा मलेसियाकै दुर्गम गहिरो खोचमा रहेको सो शिबमुर्तिलाई राम्रो गन्तब्यस्थल बनाएको देख्दा आश्चर्य लाग्छ ।
त्यहाँको दृश्य झट्ट हेर्दा बालाजु बाइपास माथीको रानीवनको डाँडो जस्तै देखिन्छ । तर, त्यहाँ मानब निर्मित धेरै आकर्षण छ । शिबमुर्तिबाट पछाडीको वन बुट्यानले भरिएको अग्लो डाँडामा चढ्न सिँढीसहितको बाटो बनाईएको छ । सोही बाटोको खुट्किला चढदै करिब १० मिनेट उक्लिएपछि हरियो बनले छाएको डाँडामुनी आँखाले हेरीनसक्नुको गुफा छ । 
चारैतिर कलात्मक देखिने फराकिलो गुफाभित्र हिन्दु र बौद्ध धर्मालम्बीहरुको आराध्यदेव शिवजीको बेग्लै मन्दीर छ । जंगलमुनि चट्टानभित्रको मनमोहक गुफाभित्रको सो मन्दीरको दर्शन गरेपछि त्यहाँ पुग्नेहरु मानवनिर्मित अचम्म देख्दा  आश्चर्यमा पर्दछन । गत साता काठमाडौबाट मलेसियाको भ्रमणमा पुगेको सञ्चारकर्मीहरु सहभागी  हाम्रो भ्रमण सदस्यहरु पनि त्यहाँको मानवनिर्मित आश्चर्य देख्दा छक्क परेका थिए । आहा । कता राम्रो , कति सुन्दर । यहाँका मान्छेले नेपालको स्वयम्भु र रानीवनको डाँडालाई पाएको भए कस्तो बनाउँथे होला ? सबैको मनमा त्यस्तै प्रस्न उब्जिरहेको थियो । हामी खुमिरहेकै बेला चट्टानभित्रको गुफामा भेट्टिएका मलेसियन नागरिक स्याङ वाङले राजधानीसँग भने, ‘ म धेरैपटक नेपाल गएको छु । मलेसियनले तपाइँहरुको काठमाडौ स्थित स्वयम्भुनाथ, रानीवन र शिवपुरीको डाँडा पाएको भए सुनको डल्ला नै बनाउँथे ’।
यहाँ नेपालमा जस्तो भुगोल भइदिएको भए अझ कस्तो बनाउँथ्यौं भन्दै उनले फेरी भने , ‘ नेपालमा धेरै प्राकृतिक दृश्य छन, तर अहिलेसम्म केही विकास भएकै छैन ’ । बातुकेभ उक्लनेक्रममा गुफाभित्र भेट्टिएका अर्का मलेसियन लिङ वाङले बुद्ध जन्मिएको देश नेपालमा थुप्र्रै प्राकृतिक सौन्दर्य भएपनि अझै नेपाल सरकारले केही विकास गर्न नसकेको बताए ।
उनले बुद्धको देशमा लुम्बिनी दर्शनलाई मात्र व्यवीस्थत ढंगले प्रचार ग¥यो भनेपनि मलेसिया लगायत संसारका धेरै देशबाट वार्षिक करोडौं पर्यटकको ओइरो लाग्ने सम्भावना रहेको बताए । उनले अहिलेसम्म नेपाल सरकारले सगरमाथा र लुम्बिनी बेच्ने पुरानै सैली बाहेक पर्यटक आकर्षण गर्ने नयाँ कार्यक्रम नल्याएकोमा दुःख लागेको बताए ।
विगत डेढ दशकदेखि टुर गाइडको काम गर्दै आएकी मलेसियन पथप्रर्दशक नुरुलले मलेसिया भौगोलिक हिसावले सानो मुलुक भएपनि अहिले यहाँ संसारका धेरै मान्छेको आकर्षण बढेको बताइन । उनले कुल २ करोड ७० लाख जनसंख्या रहेको एसियाली मुलुक मलेसियामा अहिले करिब ५ लाख नेपाली कार्यरत रहेको बताइन ।  नेपालबाट वैदेशिक रोजगारीको शिलशिलामा आउनेहरु मध्ये अधिकाँश सुरक्षा गार्ड, होटल तथा रेस्टुरेन्ट सम्बन्धी काम, इलेक्ट्रोनिक र अन्य कम्पनीमा कार्यरत रहेको जानकारी दिँदै उनले हाल नेपाली सुरक्षा गार्डले बीर गोर्खालीको लोकप्रियता कमाईसकेको बताइन ।
कुल २ करोड ७० लाख जनसंख्या रहेको मलेसियामा बौद्धमार्गि २५ प्रतिशत चिनियाँ, ५५ प्रतिशत स्थानीय मलेसियन मुस्लीम र हिन्दुधर्म मान्ने १० प्रतिशत भारतीय एवं नेपाली रहेको उनको भनाई छ । त्यसले यहाँ मुस्लीम, हिन्दु र बौद्ध मार्गिकोको आस्था छ । सबै धर्मप्रति आस्ता भएका मान्छेहरुको जमघट नै मलेसियाको विविधता एवं सुन्दरता भएको उनको भनाई छ ।
एयर एसियाको नेपालस्थित आधिकारिक जिएसए इन्सेटिभ टुर एण्ड ट्राभलको क्लालम्पुरका बजार प्रवन्धक युवराज प्रसाइँले पनि मलेसियनहरुले स्वयम्भुनाथ र रानीबनको डाँडालाई पाएको भए गजबको सुनको डल्ला जस्तै बनाउँछौं भन्ने गरेको बताए । उनले आफु धेरैपटक बातुकेभ आउँदा अधिकाँश मलेसियनले बुद्ध जन्मिएको देश नेपालको स्वयम्भुलाई पाए कस्तो बनाउँछौं भन्ने गरेको बताए । उनले छोटो समयमा धेरै आर्थिक विकासको फ्ड्को मार्न सफल मलेसियाले हाल बातुकेभ जस्तै आकर्षक मानवनिर्मित गन्तब्य बनाएर वार्षिक कुल जनसंख्या भन्दा दोब्बर पर्यटक भित्राईरहेको जानकारी गराए । अहिले बातुकेभको अवलोकन भ्रमणकै लागि नेपाल, भारत लगायत विभिन्न मुलुकका ५ करोड पर्यटक आउने गरेको उनको दावी छ ।