Sunday, September 30, 2012

हवाई सुरक्षा संयन्त्र थप कडा बनाइने
मधुजंग पाण्डे
काठमाडांै, १३ असोज–
सरकारले हवाई सुरक्षा संयन्त्रलाई थप कडा पार्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सीता एयरको डोर्नियर जहाज काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटना भएको भोलिपल्ट शनिबार सरोकारवाला निकायसँगको छलफलपछि हवाई सुरक्षा संयन्त्र थप कडा पार्ने निर्णय गरेको हो ।
छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरण र आन्तरिक उडानमा संलग्न हवाई कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीको अध्यक्षतामा भएको छलफलले मुलुकको हवाई सुरक्षा संयन्त्र थप व्यवस्थित र कडा बनाउन ९ बुँदे निर्णय गरेको छ । सो निर्णयलाई मन्त्रीस्तरीय बैठकले पारितसमेत गरेको छ ।
प्राधिकरणका निमित्त महानिर्देशक मीनराज उपाध्यायका अनुसार, बैठकले मुलुकको हवाई सुरक्षा संयन्त्रलाई थप कडा बनाउन सरकार र वायुसेवा सञ्चालक कम्पनीहरुबीच समन्वय गरी उच्चस्तरीय वायुसेवा सुरक्षा समन्वय बनाउने निर्णय गरेको छ ।
यसैगरी, बढ्दो हवाई दुर्घटना न्युनीकरण गर्दै जाने उपायस्वरुप हाल सञ्चालित हवाई उड्डयन सुरक्षासम्बन्धी आवश्यक पूर्वाधार क्रमशः विस्तार गर्दै जाने, हवाई नीतिलाई समय अनुकुल परिमार्जन गरी जहाज र विमानमा प्रयोग हुने पार्टस् तथा उपकरण खरिदमा सहुलियत दिन सिफारिस गर्ने निर्णय गरेको छ ।
यसैगरी, सुरक्षा संयन्त्रलाई समय अनुकुल थप व्यवस्थित पार्न आगामी दिनमा सबै वायुसेवा कम्पनीले मर्मत सम्भार र उडान सुरक्षामा थप ध्यान दिनुपर्ने, प्राधिकरणले पनि नियमित अनुगमन कार्यलाई जोड दिने, काठमाडौं, पोखरा र नेपालगञ्ज विमानस्थलमा सुरक्षा निरीक्षक तत्काल तैनाथ गर्ने, उडान सुरक्षा अधिकारीको संख्या बढाउने र विमानस्थलमा अपुग जनशक्ति थप गर्ने निर्णय गरिएको छ ।
विमानस्थलको सुरक्षा व्यवस्थालाई थप मजबुद पार्न प्राधिकरण र विमान कम्पनीहरुबीच राम्रो समन्वय गराउन निरन्तर बैठक सञ्चालन गर्ने, दुर्घटना जाँचबुझ गर्न मन्त्रालयले स्थायी निकाय बनाउने प्रक्रिया थाल्ने र राष्ट्रिय चरा नियन्त्रण समितिलाई सक्रिय बनाउने निर्णय पनि बैठकले गरेको छ ।

ब्रेकर
शव पहिचान हुन एक महिना लाग्ने
काठमाडौं÷रास– सीता एयरको डोर्नियर जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचानमा समस्या भएको छ । सबै शब जलेकाले पहिचानमा समस्या भएको हो ।
पहिचानका लागि डीएनए परीÔण गर्न ती शव अब भारतको कलकत्ता लगिने भएको छ । डीएनए परीÔणपश्चात मात्रै शब आफन्तलाई बुझाइने भएको छ । यसका लागि करिब एक महिना लाग्ने अनुमान गरिएको छ ।
हालसम्म पनि नेपालमा डीएनए परीÔण गर्ने व्यवस्था छैन ।
शुक्रबार एकाबिहानै भएको सीता एयरको डोर्नियर जहाज दुर्घटनामा चालक दलका तीनसहित १९ को ज्यान गएको थियो । मृतक सबैको शव त्रिवि शिÔण अस्पताल महाराजगन्जमा राखिएको छ ।


No comments:

Post a Comment