Monday, September 3, 2012

मलेसियाको आकर्षक गन्तब्य  बातुकेभ
–जहाँ दैनिक एक लाख ३६ हजार पर्यटक पुग्छन
–नेपालको स्वयम्भु, शिवपुरी र रानीवनको डाँडालाई पाए सुनको टुक्रा बनाउंथ्यौ ः मलेसियन
मधुजंग पाण्डे–
मलेसियाको राजधानी क्लालम्पुरको केन्द्रीय भागबाट १३ किमि उत्तर तर्फको गमब्याक जिल्लामा अवस्थीत बातुकेभ मन्दीर हिन्दु र बुद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो । जहाँ हरेक वर्ष विभिन्न मुलुकबाट करिब ५ करोड भन्दाबडी पर्यटकले अवलोकन भ्रमण गरिरहेका छन । दैनिक करिब डेढ लाख पर्यटक पुग्छन ।   अहिले बातुकेभ मन्दीर भ्रमण गर्नकालागि नेपाल, भारत, चीन, जापान, थाइल्याण्ड, म्यानमार, कोरिया लगायत विभिन्न १४ ओटा मुलुकबाट प्याकेज टुरमा हरेक दिन हजार्रौ पर्यटक पुग्ने गर्दछन ।
त्यहाँ पुग्नेहरु मध्ये हिन्दु धर्मालम्बीहरुले शिबजीको दर्शन गर्नाले शारीरिक सुख प्राप्ती र आँटेको लक्ष्य पुरा हुने विश्वस गर्दछन भने बौद्ध एवं अन्य धर्म मान्नेहरुले पनि यस शिवजीको मन्दिरलाई उत्तिकै आस्ताले हेर्ने गर्दछन । बाहिरबाट जानेहरुलाई झट्ट हेर्दा मलेसियाकै दुर्गम गहिरो खोचमा रहेको सो शिबमुर्तिलाई राम्रो गन्तब्यस्थल बनाएको देख्दा आश्चर्य लाग्छ ।
त्यहाँको दृश्य झट्ट हेर्दा बालाजु बाइपास माथीको रानीवनको डाँडो जस्तै देखिन्छ । तर, त्यहाँ मानब निर्मित धेरै आकर्षण छ । शिबमुर्तिबाट पछाडीको वन बुट्यानले भरिएको अग्लो डाँडामा चढ्न सिँढीसहितको बाटो बनाईएको छ । सोही बाटोको खुट्किला चढदै करिब १० मिनेट उक्लिएपछि हरियो बनले छाएको डाँडामुनी आँखाले हेरीनसक्नुको गुफा छ । 
चारैतिर कलात्मक देखिने फराकिलो गुफाभित्र हिन्दु र बौद्ध धर्मालम्बीहरुको आराध्यदेव शिवजीको बेग्लै मन्दीर छ । जंगलमुनि चट्टानभित्रको मनमोहक गुफाभित्रको सो मन्दीरको दर्शन गरेपछि त्यहाँ पुग्नेहरु मानवनिर्मित अचम्म देख्दा  आश्चर्यमा पर्दछन । गत साता काठमाडौबाट मलेसियाको भ्रमणमा पुगेको सञ्चारकर्मीहरु सहभागी  हाम्रो भ्रमण सदस्यहरु पनि त्यहाँको मानवनिर्मित आश्चर्य देख्दा छक्क परेका थिए । आहा । कता राम्रो , कति सुन्दर । यहाँका मान्छेले नेपालको स्वयम्भु र रानीवनको डाँडालाई पाएको भए कस्तो बनाउँथे होला ? सबैको मनमा त्यस्तै प्रस्न उब्जिरहेको थियो । हामी खुमिरहेकै बेला चट्टानभित्रको गुफामा भेट्टिएका मलेसियन नागरिक स्याङ वाङले राजधानीसँग भने, ‘ म धेरैपटक नेपाल गएको छु । मलेसियनले तपाइँहरुको काठमाडौ स्थित स्वयम्भुनाथ, रानीवन र शिवपुरीको डाँडा पाएको भए सुनको डल्ला नै बनाउँथे ’।
यहाँ नेपालमा जस्तो भुगोल भइदिएको भए अझ कस्तो बनाउँथ्यौं भन्दै उनले फेरी भने , ‘ नेपालमा धेरै प्राकृतिक दृश्य छन, तर अहिलेसम्म केही विकास भएकै छैन ’ । बातुकेभ उक्लनेक्रममा गुफाभित्र भेट्टिएका अर्का मलेसियन लिङ वाङले बुद्ध जन्मिएको देश नेपालमा थुप्र्रै प्राकृतिक सौन्दर्य भएपनि अझै नेपाल सरकारले केही विकास गर्न नसकेको बताए ।
उनले बुद्धको देशमा लुम्बिनी दर्शनलाई मात्र व्यवीस्थत ढंगले प्रचार ग¥यो भनेपनि मलेसिया लगायत संसारका धेरै देशबाट वार्षिक करोडौं पर्यटकको ओइरो लाग्ने सम्भावना रहेको बताए । उनले अहिलेसम्म नेपाल सरकारले सगरमाथा र लुम्बिनी बेच्ने पुरानै सैली बाहेक पर्यटक आकर्षण गर्ने नयाँ कार्यक्रम नल्याएकोमा दुःख लागेको बताए ।
विगत डेढ दशकदेखि टुर गाइडको काम गर्दै आएकी मलेसियन पथप्रर्दशक नुरुलले मलेसिया भौगोलिक हिसावले सानो मुलुक भएपनि अहिले यहाँ संसारका धेरै मान्छेको आकर्षण बढेको बताइन । उनले कुल २ करोड ७० लाख जनसंख्या रहेको एसियाली मुलुक मलेसियामा अहिले करिब ५ लाख नेपाली कार्यरत रहेको बताइन ।  नेपालबाट वैदेशिक रोजगारीको शिलशिलामा आउनेहरु मध्ये अधिकाँश सुरक्षा गार्ड, होटल तथा रेस्टुरेन्ट सम्बन्धी काम, इलेक्ट्रोनिक र अन्य कम्पनीमा कार्यरत रहेको जानकारी दिँदै उनले हाल नेपाली सुरक्षा गार्डले बीर गोर्खालीको लोकप्रियता कमाईसकेको बताइन ।
कुल २ करोड ७० लाख जनसंख्या रहेको मलेसियामा बौद्धमार्गि २५ प्रतिशत चिनियाँ, ५५ प्रतिशत स्थानीय मलेसियन मुस्लीम र हिन्दुधर्म मान्ने १० प्रतिशत भारतीय एवं नेपाली रहेको उनको भनाई छ । त्यसले यहाँ मुस्लीम, हिन्दु र बौद्ध मार्गिकोको आस्था छ । सबै धर्मप्रति आस्ता भएका मान्छेहरुको जमघट नै मलेसियाको विविधता एवं सुन्दरता भएको उनको भनाई छ ।
एयर एसियाको नेपालस्थित आधिकारिक जिएसए इन्सेटिभ टुर एण्ड ट्राभलको क्लालम्पुरका बजार प्रवन्धक युवराज प्रसाइँले पनि मलेसियनहरुले स्वयम्भुनाथ र रानीबनको डाँडालाई पाएको भए गजबको सुनको डल्ला जस्तै बनाउँछौं भन्ने गरेको बताए । उनले आफु धेरैपटक बातुकेभ आउँदा अधिकाँश मलेसियनले बुद्ध जन्मिएको देश नेपालको स्वयम्भुलाई पाए कस्तो बनाउँछौं भन्ने गरेको बताए । उनले छोटो समयमा धेरै आर्थिक विकासको फ्ड्को मार्न सफल मलेसियाले हाल बातुकेभ जस्तै आकर्षक मानवनिर्मित गन्तब्य बनाएर वार्षिक कुल जनसंख्या भन्दा दोब्बर पर्यटक भित्राईरहेको जानकारी गराए । अहिले बातुकेभको अवलोकन भ्रमणकै लागि नेपाल, भारत लगायत विभिन्न मुलुकका ५ करोड पर्यटक आउने गरेको उनको दावी छ ।
   

No comments:

Post a Comment