Saturday, July 20, 2013

पर्यटनमा बजेट , विमानस्थल निर्माण र विस्तारकालागि १ अर्ब ८१ करोड बजेट

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ३१ आसर
सरकारले आर्थिक वर्È २०७०÷०७१ का लागि सार्वजनिक गरेको बजेटमा नयाँ विमानस्थलहरुको सम्भाव्यता अध्ययन, निर्माण, स्तरोन्नती र जग्गा अधिग्रहण लगायतका लागि १ अर्ब ८१ करोड रुपैयाँ  बजेट विनियोजन गरेको छ । सो रकम विगतका वर्षहरुमा भन्दा केही बढी हो । आन्तरिक तथा वाह्य पर्यटन विकासमा विशेÈ जोड दिने उदेस्यले ल्याईएको बजेटमा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले पर्यटकलाई आकर्षण गर्ने मुख्य आधार पूर्वाधार नै भएकाले विमानस्थल निर्माण र विस्तारका कार्यक्रमलाई विशेष जोड दिएको बताएका छन ।  उनले यस बजेटमा पर्यटन Ôेत्रको विकास गर्न सरकारले सबैभन्दा बढी जोड विमानस्थल निर्माण र स्तरोन्नतीमा जोड दिने लक्ष्य लिएको दावी गरेका छन ।   मुलुकलाई आकर्Èक र सुरÔित पर्यटकीय गन्तव्यस्थलको रुपमा विस्तार गर्ने प्रतिबद्धता सरकारले लिएको बताउँदै उनले टीकापुर, डोल्पा, रुकुम, इलाम, लामीडा“डा र भोजपुर विमानस्थलको निर्माण र स्तरोन्नती गर्ने र रारा सिमीकोट र लुक्ला विमानस्थललाई साधन सम्पन्न बनाउने लक्ष्य बजेटमा उल्लेख गरिएको बताए । विमानस्थल सुधार र विस्तारकालागि विशेष जोड दिने लक्ष्यकासाथ सार्वजनिक भएको बजेटमा जनकपुर विमानस्थलको टर्मिनल भवन तथा टावर निर्माण कार्यलाई निरन्तरता दिने, पाल्पा तानसेनमा पर्यटकीय विमानस्थल र उदयपुरमा त्रियुगा विमानस्थलको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ । यसैगरि त्रिभुवन अन्तराृष्ट्रिय विमानस्थलको हवाई उडान सुरÔा अभिवृद्धि गर्न नया“ राडार मेसिन जडान गर्ने लगायतका अत्याधुनिक प्रर्णाली जडान गरिने छ । यसैगरि विराटनगर, जनकपुर, नेपालगञ्ज र सुर्खेत विमानस्थललाई पर्यटकीय हव विमानस्थलको रुपमा स्तरोन्नती गरिने लक्ष्य लिएको छ । 
पर्यटक पदमार्ग र हरियाली क्षेत्र विकास लगायतका पूर्वाधार निर्माण गरी हरित र वातावरणमैत्री पर्यटन प्रवद्र्धन गरिने कार्यलाई पनि प्राथमिक्तामा राखेको देखिन्छ । जसका लागि  ६३ करोड रुपैयाँको बजेट व्यवस्था गरिएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न प्रथम चरणमा नाफामा सञ्चालित सबै सार्वजनिक संस्थानहरु र ‘क’ तथा ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीलाई हरेक वर्ष एक पटकमा सात दिनमा लागि मुलुकभित्रका पर्यटकीयस्थलमा अनिवार्य भ्रमर्ण गर्ने व्यवस्था गरिएको छ । विगतका वर्षहरुमा झैं यसवर्षपनि बिदा पर्यटनको अवधारणालाई निरन्तरता दिन यसअघि होटल एसोसियसन अफ नेपाल ( हान) ले माग गरे अनुरुप यो बजेटमा व्यवसायीको सो मागलाई सम्वोधन गर्ने प्रयास भएको अर्थमन्त्री कोइरालाको भनाई छ । जसले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिने अपेक्षा गरिएको उनले स्पष्ट पारे ।  सो भ्रमणकालागि नाफामा सञ्चालित संस्थान र बैंक तथा वित्तीय संस्थाकै खर्चमा अनिवार्य भ्रमण गर्ने व्ययवस्था मिलाएको छ । यसैगरि पा“चवटै विकास Ôेत्रलाई समेट्ने गरि श्रीअन्तु, टिस्टुङ, ढोरपाटन, रानीमहल, रारा, खप्तड, रामारोशन, चिसापानी, Ôेत्रमा पर्यटन पूर्वाधार विकास गर्न बजेट विनियोजन गरिएको छ ।  पुरातात्वीक दृष्टीले महत्वपर्ण धार्मिक तथा सा“स्कृतिक स्थलहरुको जिणर््ँोद्धार, संरÔण र सम्वद्र्धनका लागि १३ करोड रुपैया“ बजेट विनियोजन गरिएको छ । मुस्ताङ जिल्लाको लोमान्थाङलाई विश्व सम्पता सूचीमा सूचिकृत गर्न पूर्वाधार निर्माण गरिने छ । यसैगरि सांस्कृति प्रतिष्ठान र संग्रहालयहरुको सुदृढिकरणका लागि ४३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । जसले पर्यटन क्षेत्रमा केही उत्साह थपेको सम्बद्ध व्यवसायीहरुको भनाई छ ।  
पर्यटन तथा संस्कृति सम्बद्र्धन्
नेपाललाई आकर्षक र सुरक्षित पर्यटन गन्तव्यस्थलको रुपमा विस्तार गरिनेछ । देशका पाँच वटै विकास क्षेत्रलाई समेट्ने गरी श्रीअन्तु, टिष्टुङ, ढोरपाटन, रानीमहल, रारा, खप्तड, रामारोशन र् चिसापानी क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्न बजेट व्यवस्था गरेको छु । विमानस्थलहरुको सम्भाव्यता अध्ययन, निर्माण, स्तरोन्नति र जग्गा अधिग्रहणका लागि रु. १ अर्ब ८१ करोड विनियोजन गरेको छु । टीकापुर, डोल्पा, रुकुम, इलाम, लामीडाँडा र भोजपुर विमानस्थलहरुको निर्माण र स्तरोन्नति गरिनेछ । रारा, सिमीकोट र लुक्ला विमानस्थललार्य साधन सम्पनन बनाइनेछ । नकपुर विमानस्थलको टर्मिनल भवन तथा टावर निर्माण कार्यलाई निरनतरता दिइनेछ । पाल्पा तानसेनमा पर्यटकीय विमानस्थल र त्रियुगा विमानस्थल, उदयपुरको सम्भाव्यता अध्ययन गरिनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान सुरक्षा अभिवृद्धि गर्न नयाँ राडार लगायतका अन्य अत्याधुनिक प्रणाली जडान गरिनुका साथै यसको क्षमता विस्तारमा जोड दिइनेछ । विराटनगर, जनकपरु , नपे ालगन्जर सखु र्ते विमानस्थलहरुलाई हब विमानस्थलको रुपमा स्तरोन्नति गर्न बजेट व्यवस्थ गरेको छु । पर्यटक पदमार्ग र हरियाली क्षेत्र विकास लगायतका पूर्वाधार निर्माण गरी हरित र वातावरणमैत्री पर्यटन प्रवद्धृन गरिनेछ । यसका लागि रु. ६३ करोड बजेटको व्यवस्था गरेको छु । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न प्रथम चरणमा नाफामा सञ्चालित सबै सार्वजनिक संस्थानहरु र ‘क’ तथा ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई प्रत्येक वर्ष एक पटकमा सात दिनमा लागि नेपालभित्रका पर्यटकीयस्थलहरुमा तयस्ता संस्थाहरुकै खर्चमा अनिवायणर्् भ्रमण गर्ने व्ययवस्था मिलाएको छु । पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक स्थलहरु प्यूठानको स्वगद्र्व ारी, गारे खाका ेमनकामना, सखु र्ते का े काँक्रेबिहार, पाल्लाको भैरहवस्थान तथा अषिकेश, सुनसरीको बराहक्षेत्र, गुल्मीको रेसङ्गा, धनुषाधाम, देवघाट र खोटाङको हलसे ी महादवे का े जिणाद्र्वे ार, सरं क्षण र संवद्र्धनका लागि रु. १३ करोड  विनियोजन गरेको छु । मुस्ताङ जिल्लाको लोमान्थाङ्गलाई विशव सम्पदा सूचीमा सूचीकृत गर्न पूर्वाधार निर्माण कार्यलाई अगाडि बढाइनेछ । ऐतिहासिक, धार्मिक र पूरातात्विक सम्पदाहरु एवम् विभिन्न जातजाति र भाषाभाषीहरुको पहिचान झल्किने कला, संस्कृति, सीप र सामग्रीहरुको खोज, संरक्षण एवम् प्रवद्धृन गरिनेछ । सांस्कृतिक प्रतिष्ठान र संग्रहालयहरुको सुदृढीकरणका लागि रु. ४३ करोड बजेट छुट्याएको छु । आगामी आर्थिक वर्ष अमूर्त सांस्कृतिक सम्पदाहरुको जिल्लागत प्रोफाइल तयारीको कार्य सुरु गरिनेछ । सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गरिनेछ । भाषा, साहित्य, कला संस्कृतिको संरक्षण, संवद्र्धन एवम् प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षमा थप लगानी गर्ने नीति लिएको छु । आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी र वीपी कोइरालाके शतवार्षिकी समारोह मनाउनका लागि रु. १÷१ करोड छुट्याएको छु ।

No comments:

Post a Comment