Tuesday, July 30, 2013

टर्किस एयरलाई उडान अनुमति

काठमाडौ, २७असार - पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टर्किस एयरलाइन्सलाई उडान सञ्चालन अनुमति दिएको छ । अनुमतिका आधारमा विमान कम्पनीले सेप्टेम्बर १ देखि काठमाडौं-स्तानबुलको सीधा उडान गर्ने छ ।
सचिवस्तरीय निर्णयद्वारा मंगलबार विमान कम्पनीलाई उडान अनुमति दिइएको हो । गन्तव्यका आधारमा विश्वको चौथो ठूलो विमान कम्पनी मानिने टर्किसले नेपालका लागि साताको चार उडान गर्ने भएको छ । नेपाल र टर्कीबीच सन् २०१० मा भएको हवाई सेवा सम्झौताका आधारमा भने दुवै देशका विमान कम्पनीले काठमाडौं-स्तानबुलका लागि साताको १४ उडान गर्न पाउने व्यवस्था छ । वाइड बडी एयरबस ३३०-२०० बाट उडान गर्ने यो विमान कम्पनी नेपालबाट सबैभन्दा लामो व्यापारिक उडान गर्ने पहिलो भएको छ । जसको उडान अवधि साढे ७ घन्टा हुने मन्त्रालयले जनाएको छ ।
हाल काठमाडौंबाट युरोपका लागि सेड्युल उडान छैन । सन् २००७ को मेदेखि अस्टि्रयन एयरलाइन्सले सेवा बन्द गरेपछि युरोप-नेपाल हवाई मार्गमा सीधा उडान नभएको हो । अहिले डच एयरलाइन्स आर्के फ्लाईले काठमाडौं-आम्स्टर्डमका लागि चार्टर सेवा दिन्छ

No comments:

Post a Comment