Saturday, February 11, 2012

बजार नियन्त्रण बाहिर

काठमाडौ - व्यापारीले मिलेर (कार्टेलिङ) खुद्रा मूल्य प्रतिकेजी ८० पर्‍याएपछि गत वर्ष साल्ट टे्रडिङ र नेसनल टे्रेडिङले २०/२० हजार किलो चिनी किनेर ७२ रुपैयाँमा बेचे । त्यसपछि खुद्रा व्यापारीले प्रतिकेजी चिनी ७० रुपैयाँमा दिन थाले । निजी क्षेत्र र सरकारी संस्थानको प्रतिस्पर्धाका कारण चिनीको मूल्य प्रतिकेजी १२ रुपैयाँसम्म घट्यो । साल्ट टे्रडिङको दरिलो उपस्थितिका कारण उपभोक्ताले वर्षौंसम्म प्रतिकेजी आयोडिन नुन १० रुपैयाँमा पाए । व्यवसायीको आन्दोलन थेग्न नसकेपछि केही वर्षअघि प्रतिकेजी नुनको मूल्य १५ रुपैयाँ पुर्‍याइए पनि त्यसयता स्थिर छ । व्यवसायीले सिन्डिकेट गरी खाने तेलको मूल्य बढाउन खोजेपछि २ वर्षअघि खाद्य संस्थानले २ लाख लिटर खाने तेल किनेको थियो । त्यति मात्र नभएर कार्टेलिङबाटै बढाइएको चामलको भाउ घटाउन २ वर्षअघि संस्थानले माइकिङ गर्दै ट्रकमा राखेर चामल बिक्री वितरण गरेको थियो । त्यसपछि बजार मूल्य केही मात्रामा भए पनि सन्तुलनमा आएको थियो । तर खाना पकाउने ग्यासको चरम अभाव भएर सुत्केरीले समेत चिउरा खानुपर्ने अवस्था आएपछि गत साता भक्तपुरबासीले हिमाल ग्यास नियन्त्रणमा लिए र किने । ग्यास अभाव जारी रहँदा मंगलबार कालोपुलमा स्थानीयले पनि ग्यास कब्जामा लिएका थिए । कानुन विपरीत भएकाले यस्ता कार्य 'अराजक' हुन् । तर यी घटनाले 'आवश्यकताका अगाडि कानुन गौण' बनेको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँको टिप्पणी छ । ग्यास कम आयात भइरहेको भए पनि चरम अभाव हुने गरी आपूर्ति घटेको थिएन । पछिल्लो पटक गरिएका बजार अनुगमनबाट लुकाइएका ग्यास डिपो र घरमा भेटिनुले बिक्रेताले नाफाका लागि ग्यास लुकाएको पुष्टि गरेको छ । सरकारको बजार हस्तक्षेप गर्ने संयन्त्र कमजोर भएकाले यस्तो अवस्था आएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् ।
'अभावका बेला व्यवसायीले नाफाका लागि कालोबजारी गर्छन् भन्ने बुझेर पनि सरकारले आपूर्ति सहज बनाउन बजार हस्तक्षेप गरेन,' अध्यक्ष महर्जन भन्छन्, 'आयल निगमले सरकारी लगानी भएको साल्ट टे्रडिङको ग्यास प्लान्ट र एलपी ग्यास उद्योग संघभन्दा बाहिर रहेको नेपाल ग्यासलाई अभावका बेला बढी ग्यास दिएर बजार हस्तक्षेप गरेको भए कालाबजारी निरुत्साहित हुन्थे र सम्भवतः ग्यासका गाडी लुटिने अवस्था आउने थिएन ।'सरकारले २०५१ सालमा खुला बजार नीति घोषणा गर्‍यो । त्यसको करिब ४ वर्षपछि अत्यावश्यकीय सेवामा समेत प्रवेश गरेको निजी क्षेत्र बलियो बन्दै जाँदा उपभोक्ता महँगीको मारमा पर्दै गएको महर्जन बताउँछन् । 'निजी क्षेत्रले स्वार्थका लागि सिन्डिकेट र कार्टेलिङ गर्छन् भन्ने पुष्टि सञ्चारमाध्यममा छापिएका ग्यास लुटिएका घटनाले गरेका छन्,' महर्जन भन्छन्, 'त्यसका लागि बजार हस्तक्षेप गर्न मजबुत सरकारी संयन्त्र सधैं तयारी हालतमा राखिनुपर्छ ।' निजी क्षेत्रले एकाधिकार लादी मूल्य वृद्धि गर्ने अवस्था नियन्त्रण गर्नकै लागि साल्ट टे्रडिङ, नेसनल टे्रडिङ, खाद्य संस्थानजस्ता संस्थान गठन गरिएका हुन् । उनीहरूको काम नै बजार हस्तक्षेप गर्नु र मूल्य स्थिर राख्नु हो । 'देशलाई आवश्यक पर्ने निर्माण सामग्री, त्यसका कच्चा पदार्थ र उपभोग्य वस्तुको आपूर्ति सहज गरी बजार मूल्य स्थिर राख्नु,' नेसनल टे्रडिङको वेबसाइटमा उल्लिखित पहिलो र दोस्रो उद्देश्यमा छ । साल्ट टे्रडिङ चामल, दाल, धान, गहुँ, तेल, चिनी लगायत अत्यावश्यकीय पदार्थको कारोबार गर्छ । त्यसबाहेक साल्ट ट्रेडिङले सिमेन्ट, कागज, कोइला, खाना पकाउने ग्यास, टायर आदि र संस्थानले धान र खसी/बोकाको कारोबार गर्छ । नेसनल टे्रडिङले औद्योगिक सामग्री, कच्चा पदार्थ, मेसिनरी र गाडीका पाटपुर्जा, सिमेन्ट, रड, पम्प, टेक्स्टाइल/फेबि्रक, हि्वस्की, रम आदि कारोबार गर्छ । यी संस्थानले आपmनो उद्देश्य 'नाफा कमाउनु नरहेको' उल्लेख गरेका छन् जसबाट बजारमा कालाबजारी र व्यवसायीको एकाधिकार निरुत्साहित हुन्छन् ।२०४६ को जनआन्दोलन अघि साधारणतया उपभोग्य सामानको मूल्य सरकारले तोक्ने गथ्र्यो । चामल, दाल, चिनी, तेलजस्ता अत्यावश्यकीय पदार्थको मूल्य सरकारकै दररेटमा चल्थ्यो । त्यसपछि अपनाइएको उदारीकरणसँगै निजी क्षेत्रको प्रवेशले अत्यावश्यकीय वस्तु र सेवामा मूल्य बजारको माग र आपूर्तिको अवस्थाले निर्धारण गर्न थाल्यो । माग र आपूर्तिलाई प्रभावित गरेर व्यापारीले मिलेर मूल्य बढाउन थाले त्यसको व्यवस्थापनका लागि मात्रै सरकारको उपस्थिति आवश्यक ठानिएको हो ।
बजारमा सर्वसाधारणको सेवा र वस्तुसम्म पहुँच भए पनि धेरैमा मेलेमतोका कारण मूल्य निरन्तर आकासिन थालेको अनुभव उपभोक्ताको छ । यातायात लगायत क्षेत्रको सिन्डिकेटसँगै विभिन्न वस्तुको मूल्यमा कार्टेलिङ पनि मौलाउँदै गएको छ । 'निजी क्षेत्रको गैरप्रतिस्पर्धात्मक गतिविधि रोक्न यस्ता क्षेत्रमा सरकारले हस्तक्षेपकारी संयन्त्र मजबुत बनाउनुपर्छ,' महर्जन भन्छन् ।
बानियाको बुझाइमा राजनीतिक हस्तक्षेपका कारण नेसनल टे्रडिङ र खाद्य संस्थानजस्ता निकायले प्रभावकारी बजार हस्तक्षेप गर्न नसकेको हो । 'संस्थान आफैंमा खराब होइनन् र राजनीतिक हस्तक्षेप भएसम्म व्यक्ति जोसुकै भए पनि तिनीहरूले बजार हस्तक्षेप गर्न सक्दैनन्,' उनी भन्छन् ।निगमले सिलिन्डर संख्याको आधारमा मात्र ग्यासको कोटा दिएको साल्ट टे्रडिङकी महाप्रबन्धक उर्मिला श्रेष्ठले बताइन् । अभावका बेला हुने कालाबजारी बजार हस्तक्षेप गरी रोक्न साल्ट ट्रेडिङले निगमसँग बढी ग्यास लिएर बजार पठाउनु पर्दैन ? भन्ने प्रश्नमा उनले भनिन्, 'हामीले पटकपटक पत्र लेखेर ग्यास बढी दिन निगमलाई अनुरोध गरेका छौं । तर उहाँहरू सिलिन्डर संख्याका आधारमा मात्र दिन सकिन्छ भन्नुहुन्छ ।'खाद्य संस्थानका महाप्रबन्धक हरिनारायण शाहले सार्वजनिक खरिद ऐनको प्रावधान, 'टिम वर्क' मा समस्या र विभिन्न कारणले कर्मचारीमा निराशा आउँदा बजार हस्तक्षेप प्रभावकारी नहुने बताए ।
अर्का एक सार्वजनिक संस्थानका महाप्रबन्धकले संस्थानमा हुने राजनीतिक हस्तक्षेप बजार अनियन्त्रित हुनुको मूल कारण रहेको बताए । 'मलाई पनि सर्वोच्च अदालतले पुनःस्थापना गरेको हो,' उनले भने, '४ वटा सार्वजनिक संस्थानमा ७ वटा महाप्रबन्धक भएपछि भनेका बेला कसरी बजार हस्तक्षेप गर्न सकिन्छ ?'

होटल संघको अध्यक्षमा कक्षपति

काठमाडौ– होटल एसोसियसन अफ नेपाल ( हान) को अध्यक्षमा श्यामसुन्दरलाल कक्षपति निर्वाचित भएका छन । शुक्रबार राजधानीमा सम्पन्न हानको ४१ औं साधारण सभाबाट कक्षपति अध्यक्ष पदमा निर्वाचित भएका हुन । होटल व्यवसायीबीच भएको सहमतीका आधारमा सो साधारण सभाले रिभरसाइड स्प्रिङ रिसोर्ट र नाङलो रेस्टुरेन्टका सञ्चालक श्यामसुन्दरलाल कक्षपतिलाई अध्यक्षमा निर्वातिच गरेको हो । यसैगरि कक्षपतिसँग  अध्यक्षपदमा उम्मेदवारी हालेका राजधानीको लाजिम्पार्टस्थित पाँचतारे होटल ¥याडिसन होटलका सञ्चालक बिके श्रेष्ठ प्रथम उपाध्यक्षमा निर्वाचित भएका छन । यसैगरि हानको दितीय उपाध्यक्षमा होटल शंकरका विनोद शंकर श्रेष्ठ, महासचिवमा अमर होटलका अमरमान शाक्य, कोषाध्यक्षमा  आइल्यान्ड जंगल रिसोर्टका अभिषेक श्रेष्ठ र्निरबिरोध निर्वाचित भएका छन । सो संघका अन्य सदस्यहरुमा  होटल सांग्रिलाका प्रवीणबहादुर पाण्डे,  अन्नपुर्ण होटलका सृर्जना राणा, सोल्टी होटलका दिनेश विष्ट,होटल हिमालयका दीनेश तुलाधर, बैशाली होटलका प्रवन्ध निर्देशक विशालकुमार कैंथ, होटल मनास्लुका राकेशदास श्रेष्ठ, ग्रिनविच होटलका श्रीधर आचार्य, होटल गरुडाका छितेन नोर्केल, रेड प्लानेट गेस्टहाउसका विनोद खरेल, च्वाइस होटलका घनेन्द्रबहादुर श्रेष्ठ, पश्चिमाञ्चलबाट विप्लव पौडेल, क्षेत्रिय होटल तर्फ विराटनगरबाट राजन श्रेष्ठ र चितवनबाट घनश्याम श्रेष्ठ निर्वाचित भएका छन ।

Tuesday, February 7, 2012

अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आगलागीले हवाई उडान डेढ घन्टा प्रभावित

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २४ माघ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अकस्मात् लागेको आगजनी नियन्त्रणमा आएको छ । मंगलबार अपराह्न ५ बजेर ४५ मिनेटमा विमानस्थलको धावनमार्गबाट पूर्वपट्टिको घाँसे मैदानमा लागेको आगो विमानस्थलका आकस्मिक दमकलले नियन्त्रणमा लिएका हुन् । सो आगलागीबाट विमानस्थलको हवाई उडान करिब डेढ घन्टा प्रभावित भएको थियो । धावनमार्गमाथि आकासमा धुवाँको मुस्लो देखेपछि विमानस्थलको हवाई उडान प्रभावित भएको थियो । सो समय अन्तर्राष्ट्रिय एवं आन्तरिक उडान केही समय ठप्पझैं भएका थिए । विमानस्थल कार्यालयले सो आगलागीबाट हवाई उडानमा केही प्रभावित भएको जनाएको छ। विमानस्थल कार्यालयका महाप्रबन्धक रतीशचन्द्रलाल सुमनले सो आगोलागी विमानस्थलको धावनमार्ग क्षेत्रभन्दा निकै टाढा भएकाले नियमित जहाज अवतरण तथा उडानमा केही सामान्य प्रभाव परेको बताए । उनले आगलागीको खबर पाउनासाथ आफूले तत्काल सुरक्षा संयन्त्र तैनाथ गरी दमकल नियन्त्रणमा लिएकाले विमानस्थलमा कुनै क्षति नभएको बताए । उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए । साँझ ५ बजेर ४५ मिनेटमा लागेको आगो सवा ७ मा नियन्त्रणमा आएको थियो । सरकारले सो आगलागीका बारेमा छानबिन गर्न एक अनुसन्धान कमिटी बनाएको छ । छानविन कमिटीले आगलागीको कारण पत्तो लगाई सम्बन्धीत निकाएमा कारबाहीका लागि सिफारिस गर्ने छ । 
धावनमार्गभन्दा पूर्वपट्टिको घाँसे मैदानमा लागेको सो आगजनी नियन्त्रणमा नआएको भए विमानस्थलभित्र ह्याङ्गरमा पार्किङ गरी राखिएका विमानमा समेत ठूलो क्षति हुने थियो । सो आगलागीको खबर पाउनासाथ पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगर तत्काल विमानस्थल पुगी घटनाको बारेमा जानकारी लिएका थिए । उनले मुलुककै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आगलागीले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश गएको भन्दै दोषीलाई तत्काल कारबाही गर्नै दाबी गरेका छन् । यसअघि विमानस्थलको सुरक्षा अवस्थाका बारेमा नेपालको भ्रमण सकेर फर्केका विदेशीले  अन्तर्राष्ट्रिय विमानस्थललाई संसारकै १० रद्धी विमानस्थलमध्ये आठौं स्थानमा राखेको थियो । यसैगरी, विमानस्थलमा कहिले राडार मेसिन बिग्रिने र धावनमार्ग भासिनेलगायतका समस्याले पटक–पटक हवाई उडान प्रभावित हुँदै आएको छ ।

Saturday, February 4, 2012

सरकारले एक साताभित्र विमानस्थल सुर्धान कडा कदम चाल्ने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २१ माघ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने कार्यले तिब्रता पाउने छ ।
अन्तर्राष्ट्रिय विमानस्थल भित्र भइरहेका समस्या समाधान एवं अस्तव्यस्ततालाई सुधार्न नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका सदस्य एवं ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ( टान) का पूर्वअध्यक्ष ज्योति अधिकारीको संयोजकमा सरकारद्धारा  गठित पा“च सदस्यीय उच्च स्तरीय अनुगमन समितिले गत साता बुझाएको ८८ बुँधे सुझाव अनुरुप विमानस्थल सुधार कार्यले तिब्रता पाउन लागेको हो ।  सो समितिले बुझाएको सुझाव अनुरुप सरकारले आगामी एक साताभित्र विमानस्थल सुधार कार्यमा कडा कदम चाल्ने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार उच्च स्तरीय अनुगमन समितिले बुझाएको विभिन्न सुझाव अनुरुप अब विमानस्थलभित्रका सबै समस्या समाधान हुनेछ ।
विमानस्थल व्यवस्थापन एवं सञ्चालन सुधारका लागि सो समितिले विमानस्थलमा भइरहेका समस्या तत्काल सुधारी चुस्त दुरुस्त बनाउन ८८ बु“दे सुझाव दिएको थियो । पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयलाई  विमानस्थल सुधारका लागि ८८ बु“दे सुझावसहितको प्रारम्भिक प्रतिवेदन समेत दिएको छ । समितिले पर्यटन मन्त्री लोकेन्द्र विष्टमगरलाई प्रतिवेदन बुझाएको थियो । गत १९पुसमा पर्यटन मन्त्री स्तरीय निणर्यबाट गठित सो समितिमा  नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीका तर्फबाट आधिकारिक ट्रेड युनियन संगठनका अध्यक्ष दमन रावल, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष जगत सिंखडा, पर्यटन मन्त्रालयका उपसचिव मातृकाप्रसाद मरासैनी र पत्रकार रमेश लम्साल सदस्य छन् ।
समितिले दिएको सुझाब अनुसार, त्रिभुवन विमानस्थलको वर्तमान चाप सम्बोधन गर्न पर्याप्त मात्रामा शौचालय थप्नुपर्ने, विमानस्थलको आन्तरिक र अन्तर्राष्ट«िय सबै जहाजका चेक इन काउन्टर हालको टमिर्नलबाट बाहिर ल्याउनुपर्ने, ट्रली संकलकलाई ट्रली संकलन गर्ने जिम्मेवारीमात्र दिनुपर्ने, विमानस्थलको संवेदनशील Ôेत्रमा प्रवेश र आवतजावत सम्बन्धित कर्मचारीले मात्र गर्न सक्ने अवस्था तयार गर्नुपर्ने, जहाज कम्पनीहµले नियमित र घोÈित उडानलाई प्राथमिकतामा राख्न अनिवार्य गर्नुपर्ने लगायतका सुझाव दिइएको छ ।
टमिर्नल भवनभित्रको स्टेरिलाइज्ड Ôेत्रमा कुनै पनि किसिमका पसल वा व्यवसाय सञ्चालन गर्न दिन नहुने, एउटै व्यक्ति तोकिएभन्दा अन्य Ôेत्रमा पनि जाने व्यवस्था तत्काल रोक लगाउनुपर्ने, विमानस्थललाई धुम्रपान र मदिरा सेवन निÈेधित Ôेत्र घोÈणा गर्नुपर्ने, अनावश्यक टेलिफोन लाइन र बक्स हटाउनुपर्ने, इन्टरनेट सुविधा र ई–टिकेट प्री्रन्ट गर्न मिल्ने व्यवस्था मिलाउनुपर्ने, अनधिकृत पोस्टर टा“स्न प्रतिबन्ध लगाउनुपर्ने, बा“दर, कुकुर र चराको चहलपहल रोक्न १० किलोमिटर टाढा फोहोर व्यवस्थापन गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।
विमानस्थलमा यत्रतत्र छरिएका जहाज र उपकरणलाई विमानस्थको कुनै भाग, गल्फ एरिया वा पूर्वपट्टि वा सानो ठिमी एवं अन्तै जग्गा व्यवस्था गरी हवाई संग्राहालयका रुपमा विकास गर्नुपर्ने काम तत्काल अगाडि बढाउन सुझाव दिएको  समितिका संयोजक ज्योति अधिकारीले जानकारी दिए ।  उच्चस्तरीय विमानस्थल अनुगमन समितिका संयोजक अधिकारीले अब अन्तर्राष्ट्रिय विमानस्थल भित्रका समस्यामा छिट्टै सुधार आउने दाबी गरे । अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक सबै सुविधा हुँदाहुँदै पनि विविध कारणले विमानस्थलको अवस्था निकै कमजोर रहेको जानकारी गराउँदै संयोजक अधिकारीले राजधानीसँग भने, ‘अब अन्तर्राष्ट्रिय विमानस्थल भित्रका सबै समस्या समाधान हुन्छन् ।’
वायु सेवा सञ्चालकहरूलाई अहिले विमानस्थल भित्र पार्किङमा राखिएको जहाज जोगाउनै मुिस्कल भइरहेको, धावनमार्ग र शौचालयको दूरावस्ता, कमजोर सुरक्षा व्यवस्था एवं कर्मचारी समस्या मुख्य चुनौतीका रूपमा रहेको बताउँदै उनले ती समस्या समाधान गर्न  प्राधिकरण सञ्चालक समितिलाई आवश्यक सुझाव दिएको बताए ।  अधिकारीले भने, ‘अब विमानस्थलको समस्या समाधान गर्ने कार्यले तिब्रता पाउँछ ’। विमानस्थलभित्र अहिलेसम्म सरकारले उपलब्ध गराएका पूर्वाधार एवं जनशक्ति त्यसै खेर गइरहेको दाबी गर्दै उनले हाल भइरहेकै जनशक्ति एवं पूर्वाधारको उचित सदुपयोग गराउने कार्यमा समितिले महŒवपूर्ण भूमिका खेल्ने बताए ।
पर्यटन मन्त्री विष्टले समितिले दिएका सुझावहरु तत्काल कार्यान्वयनमा हुने प्रतिबद्धता व्यक्त गरेका छन । 

¥याक एयरवेजले काठमाडौ उडान भर्ने

काठमाडौ– युएईको राष्ट्रिय वायुसेवा  सेवा कम्पनी ¥याक एयरवेजले’ले आगामी १५ फेब्रुअरी देखि काठमाडौं उडान भर्ने भएको छ ।  आफ्नो उडान आरम्भ गरी ११ ओटा गन्तब्यमा सेवा विस्तार गर्न सफल सो एयरलाइन्सले
साताको ३ ओटा उडान भर्ने जनाएको छ । ¥याक एयरवेजले’ ले जिद्दा, केएसए र भारतको कोलकतामा दोहोरो रुटको साथ सन् २०१० देखि आफ्नो सेवा पुनः सुचारु गरेको थियो । त्यसपछि ¥याकले भारतीय उप–महाद्वपहरु र उत्तरी अफ्रीका भरी आफ्नो सञ्जाल विस्तार गर्दै गयो ।  
¥याक एयरवेजका प्रमुख कार्यकारी अधिकृत ओमर जाहमेहले खाली समयमा घुम्न रुचाउने र व्यावसायिक यात्रुहरुका लागि काठमाडौं उचित गन्तव्य स्थल रहेकाले काठमाडौ उडान सुरु गर्न लागेको बताए । नेपालका अधिकाँश क्षेत्रमा प्राकृतिक दृश्यहरु र पदयात्रा एवं क्लाम्बिङका लागि थुप्रै अवसरहरु प्राप्त गरिने भएकोले आफ्नो कम्पनीले नेपालको उडान भर्न लागेको जानकारी गराउँदै उनले नेपाल एउटा आकर्षक पर्यटक स्थल बन्न सफल भएको बताए । नेपाल सरकारले ध्यान दिनु पर्ने मुख्य क्षेत्र भनेकै पर्यटन उद्योग हो भन्दै जाहमेहले भने,  ‘गएको वर्षमा गरिएको राम्रो पर्यटकीय प्रवद्र्धनात्मक अभियानले गर्दा २० प्रतिशतले पर्यटक बढेको रहेछ । विदा मनाउने र व्यापारिक भ्रमणमा निस्कने यात्रेलाई लक्षित गरि काठमाडौ उडान भर्न लागेको सो कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सो एइरलाइन्सको नेपालकालागि आधिकारिक जनसल सेल्स एजेन्ट( जिएसए) नेपाली  सोसाइटी ट्राभल रहेको छ । ¥याक एयरवेजले काठमाडौंकालागि प्रति यात्रु भाडादर ४ सय ९९ दिराम ( १० हजार ६ सय रुपैया) दबैतर्फीमा ८ सय ९९ दिराम ( १९ हजार २ सय ६५ रुपैयाँ निर्धारण गरेको छ ।  सोही भाडादरमै खाना र पेय पदार्थ निशुल्क एवं ३० केजीको ब्यागेजमा थप साधारण हाते ब्यागेजहरु ल्याउने सुविधा प्रदान गर्ने छ । 

Friday, February 3, 2012

निगममा बढी उमेरका परिचारिका

काठमाडौ,१७ माघ  - अन्तर्राष्ट्रिय प्रचलन विपीरत नेपाल वायु सेवा निगमले बढी उमेरका परिचारिकालाई यात्रुको स्वागतमा खटाउने गरेको पाइएको छ । यसले गर्दा निगमको व्यापारमा समेत असर परिरहेको छ ।
विमानमा यात्रुलाई मुस्कानका साथ सुमधुर स्वरले स्वागत गर्ने र उडान अवधि सकिएपछि बिदाइ गर्ने परिचारिका अविवाहित हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । मापदण्ड अनुसार १९ देखि २६ वर्ष उमेर समूहकाले मात्र यो सेवामा प्रवेश पाउँछन् । परिचारिकाले विवाह गरे वा ३५ वर्ष उमेर नाघेपछि उनीहरूलाई अरू काममा लगाइन्छ ।
निगममा भने ८५ प्रतिशत परिचारिका विवाहित वा ३५ वर्षभन्दा माथिका छन् । निगममा ८० परिचारिका कार्यरत छन् । उनीहरूले ५८ वर्षको उमेरसम्म काम गर्न पाउनुपर्ने माग गर्दै आएका छन् ।
बढी उमेरका र विवाहित भएर व्यावहारिक झमेलामा फसेका परिचारिकाले रूखो व्यवहार गर्ने गरेको यात्रुले गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय उडानमा यस्तो गुनासो अझ बढी छ । वैदेशिक रोजगारीका लागि जानेहरू अधिकांश टिकट पाएसम्म निगमबाट यात्रा गर्छन् ।
निगमले यात्रुलाई दिने सेवा मीठो बोलीले नपाइने गरेको काठमाडौं-दुबई यात्रा गरेर फर्केका बुटवलका रितेन केसीले बताए । 'डेढ घन्टा ढिलो उडान, समय कटाउन पत्रपत्रिका समेत निकै कम थियो,' उनले भने 'त्यसमाथि परिचारिकाले राम्रो रेस्पोन्स नगर्दा नरमाइलो लाग्यो ।' विश्वकै विमान कम्पनीहरूको सेवासम्बन्धी समीक्षा गर्ने ठूलो वेबसाइट स्काई ट्रक्यासको गुणस्तर वर्गीकरणमा निगमले '२ स्टार' मात्र पाएको छ । यसको अर्थ निगमको सेवा अनुपयुक्त/कमसल छ भन्ने हो । साइटले यात्रुको अनुरोधलाई परिचारिकाले दिने प्रतिक्रियालाई समेत मात्र २ स्टार दिएको छ ।
निगमकै कर्मचारी यो अवस्था स्वीकार गर्छन् । निगमको ट्रेड युनियनका अध्यक्ष तारणी दाहालले यात्रुको यस्तो गुनासो आउनु सामान्य जस्तै भइसकेको बताए । 'अन्तर्राष्ट्रिय उडानमा धेरै समस्या छ,' उनले भने । विमान परिचारिकाको उमेर बढी, विवाहित हुनु र उनीहरूले व्यक्तिगत समस्याका कारण यात्रुलाई रूखो व्यवहार गर्नु मुख्य समस्या रहेको उनको भनाइ छ ।
नेपालमा आन्तरिक उडान गर्ने निजी कम्पनीले समेत अविवाहित महिलालाई मात्र परिचारिकाका रूपमा राख्ने गरेका छन् । उमेर हद नतोके पनि विवाहपछि उनीहरूलाई 'ग्राउन्ड सर्भिस' को जिम्मेवारी तोकिने गरी कम्पनीहरूले करार गर्ने गरेका छन् ।
परिचारिकाको उमेर, रूप, उचाइ र व्यवहारलाई महत्त्वपूर्ण मानिने हुँदा निश्चित अवधिपछि 'ग्राउन्ड सर्भिस' मा जानेबारे विवाद गर्न नमिल्ने एक निजी कम्पनीका अधिकारीले बताए । 'पदपूर्तिको विज्ञापन दिँदा यी सबै कुरा सार्वजनिक गरिएको हुन्छ,' उनले भने, 'अरूको तुलनामा निगमले धेरै उमेरसम्म परिचारिकाको काम दिइरहेको छ । सेवालाई यसले प्रभावित पार्छ ।' परिचारिकाहरूले ५८ वर्षसम्म काम गर्न पाऊँ भनेर माग राख्नु अनुचित भएको उनले बताए । भारतमा परिचारिकाहरूले ३५ वर्षपछि ग्राउन्ड सर्भिसमा लगेर या अवकाश दिएर लैंगिक विभेद गरेको भन्दै सन् २००३ मा दायर गरेको मुद्दा बम्बई हाई कोर्टले बदर गरेको थियो । कोर्टले 'यस्तो प्रावधान सेवाको प्रकृति अनुसार भएकाले लैंगिक विभेद मान्न सकिँदैन' भन्दै परिचारिकाको सेवाका हकमा रहेका नियमलाई मान्नुपर्ने उल्लेख गरेको छ ।
परिचारिका व्यवहारबारे यात्रुको गुनासो बढेपछि निगम व्यवस्थापनले नियमावली संशोधन गरी उमेर हद र सेवाबारे नयाँ व्यवस्था गर्न खोजेको छ । 'संशोधित मस्यौदा सञ्चालक समितिमा लान बाँकी छ,' युनियन अध्यक्ष दाहालले भने, 'धेरै परिचारिका यसको विरोधमा छन् ।' उनका अनुसार निगमले पहिले परिचारिकाहरू करारमै राख्ने गरेकामा २०४७ तिर महाप्रबन्धक बोधविक्रम शाहले उनीहरूलाई स्थायी गर्ने व्यवस्था गरेपछि समस्या आएको हो ।

Thursday, February 2, 2012

विमानस्थल व्यवस्थापन तथा सञ्चालन चुस्त दुरुस्त बनाउन ८८ बुँदे सुझाव


काठमाडौं, माघ १९- एक उच्च स्तरीय समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन तथा सञ्चालन चुस्त दुरुस्त बनाउन ८८ बुँदे सुझाव दिएको छ। यी बुँदा तत्काल सम्बोधन हुनुपर्ने समितिले ठहर गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका सदस्य ज्योति अधिकारी संयोजक रहेको पाँच सदस्यीय प्रभावकारी अनुगमन समितिले पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयलाई त्रिभुवन विमानस्थल सुधारका लागि ८८ बुँदे सुझावसहितको प्रारम्भिक प्रतिवेदन बुझाएको हो। त्रिभुवन विमानस्थलको वर्तमान चाप सम्बोधन गर्न पर्याप्त मात्रामा शैचालय थप्नुपर्ने, अस्थायी प्रकृतिका स्थानान्तर गर्न मिल्ने आधा दर्जन शौचालय तत्काल निर्माण गर्न समितिले सुझाव दिएको छ। समितिले पर्यटन मन्त्री लोकेन्द्र विष्टलाई मंगलबार प्रतिवेदन बुझाएको हो।
'विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय सबै जहाजका चेक इन काउन्टर हालको टर्मिनलबाट बाहिर ल्याउनुपर्छ,' प्रतिवेदन उद्धृत गर्दै मन्त्रालय स्रोतले बुधबार नागरिकसँग भन्यो, 'ट्रली संकलकलाई ट्रली संकलन गर्ने जिम्मेवारीमात्र दिनुपर्छ र यात्रुसँग सम्बन्ध राखेर अतिरिक्त आम्दानी गर्ने खोज्ने प्रवत्ति तुरुन्त हटाउनुपर्छ।' स्रोतका अनुसार प्रतिवदेनमा विमानस्थलका संवेदनशील क्षेत्रमा प्रवेश र आवतजावत सम्बन्धित कर्मचारीले मात्र गर्न सक्ने अवस्था तयार गर्न र जहाज कम्पनीहरूले नियमित र घोषित उडानलाई प्राथमिकतामा राख्न अनिवार्य गर्नुपर्ने सुझाव दिइएको छ। सम्बद्ध जहाज कम्पनीले ब्यागेज र टिकट चेकइन गराएपछि सबैखाले जिम्मेवारी लिन लगाउने, उडान तालिकामा ठूलो परिवर्तन गराउँदा यात्रुलाई खानपिनको व्यवस्था जहाज कम्पनीले नै अनिवार्य गर्नुपर्ने सुझाव पनि दिइएको छ। 'सबै यात्रुको परिचयपत्र अनिवार्य चेक गर्नुपर्छ,' स्रोतले भन्यो, 'उडानअघि नै यात्रु चार्ट प्राधिकरणका सम्बद्ध अधिकारीलाई उपलब्ध गराउनुपर्छ।' टर्मिनल भवनभित्रको स्टेरिलाइज्ड क्षेत्रमा कुनै पनि किसिमका पसल वा व्यवसाय सञ्चालन गर्न दिन नहुने प्रतिवेदनमा उल्लेख छ। गरेको भए तत्काल रोक्ने र दिनैपर्ने भए 'भेन्डर' मेसिनबाट प्याकेट खाना र बोतल किन्न मिल्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ। एउटै व्यक्ति तोकिएभन्दा अन्य क्षेत्रमा पनि जाने व्यवस्था तत्काल रोक लगाउन सुझाव दिएको छ। पास होल्डर सबै खालका सरकारी वा गैरसरकारी कर्मचारी तोकिएको समय, क्षेत्र र पोसाकमा मात्र उपस्थित हुन पाउने नियम बनाउन पनि समितिले सुझाएको छ। 'तस्बिर भएका पासमा मात्र प्रवेश गराउनुपर्छ,' प्रतिवेदन उद्धृत गर्दै स्रोतले भन्यो। प्रतिवेदनका अनुसार प्रयोग हुन छाडेका सामान तत्काल हटाउनुपर्ने, विमानस्थललाई धुमपान र मदिरा सेवन निषेधित क्षेत्र घोषणा गर्नुपर्ने, अनावश्यक टेलिफोन लाइन र बक्स हटाउनुपर्ने, इन्टरनेट सुविधा र ई-टिकेट प्रिन्ट गर्न मिल्ने व्यवस्था मिलाउनुपर्ने, अनधिकृत पोस्टर टाँस्न प्रतिबन्ध लगाउनुपर्ने, बाँदर, कुकुर र चराको चहलपहल रोक्न १० किलोमिटर टाढा फोहोर व्यवस्थापन गर्नुपर्छ। 'उडान सूचना सबैले बु‰ने भाषामार्फत् प्रवाह गर्नुपर्छ,' प्रतिवेदनमा छ, 'विमानस्थललाई यात्रुमैत्री बनाउन व्यवस्थापनमा ध्यान दिनुपर्छ।' विमानस्थलको अत्यधिक भार कम गर्न स्नातक अध्ययनरत विद्यार्थी करिब १ सयलाई छात्रवृत्तिका रूपमा प्रतिमहिना ५ हजार रुपैयाँका दरले दिनुपर्ने सुझाव दिएको छ। अध्यागमन र अन्य जटिल समस्या सम्बोधन गर्न भिन्नै डेस्कको व्यवस्था गर्नुपर्ने, अध्यागमन फारम सरल र वहुभाषी खालका हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ। यसै गरी राष्ट्रभक्ति जगाउने वाणी आगमन र वहिर्गमन कक्षमा राख्नुपर्ने, पहिरन र सामान प्रयोगबारे चेतना जगाउने, विमानस्थल प्रवेश गरी सुरक्षा जाँच गरिएका यात्रुले कुनै पनि नोक्सानी व्यक्तिगत वहन गर्नु नपर्ने व्यवस्था तत्काल गर्नुपर्ने, ढिला आएका ब्यागेज स्पष्ट देखिने गरी सबैको पहुँच हुने स्थानमा भण्डार गर्नुपर्ने, एक्सरे मेसिन पर्याप्त हुनुपर्ने, कसैको ब्यागेजमा एक्सरे मेसिन नलगाइने र कसैलाई बोलाई-बोलाई चेक गर्ने अवस्था तत्काल अन्त्य हुुनुपर्ने प्रतिवेदनले सझाव दिएको छ। 'घन्टौं ट्रान्जिटमा रहनुपर्ने अवस्था हटाउन उचित खालको ट्रान्जिट लाउन्ज तत्काल तयार गर्नुपर्छ,' प्रतिवेदनमा छ, 'भिआइपी र सिआइपीलाई भिभिआइपी लाउन्जमै स्थानान्तरण गरी बहुउपयोगी नीति लिनुपर्छ।' विमानस्थलमा मात्र प्रयोग हुने ट्याक्सी एउटै रङ र सुविधासम्पन्न हुनुपर्ने र तिनबाट काठमाडौंभित्र यात्रा गर्दा एउटा घोषित मूल्य राख्नुपर्ने, असभ्य र गलत आचरण भएकालाई कालोसूचीमा राखी विमानस्थल प्रवेशमा स्थायी रोक लगान पनि प्रतिवेदनले सुझाव दिएको छ। त्यसै गरी अन्य सबै काम रोकेर भए पनि राडारलगायत उपकरण आधुनिक र समस्याबिहीन अवस्थामा राख्ने काम तत्काल र निरन्तर गर्नुपर्ने, जहाज होल्ड गराउँदा पूर्वनिर्धारित समयमा आउने जानेलाई प्राथमिकता दिनुपर्ने, सामान चोरी तत्काल रोक्नुपर्ने, संवेदनशील क्षेत्रका विदेशी मुद्रा सटही काउन्टर राष्ट्रिय स्तरका बैंकलाई मात्र उपलब्ध गराउनुपर्ने सुझाव पनि दिएको छ। उचित र सहुलियत मूल्यमा उपल्लो स्तरको खाना खुवाउने चमेना गृह तत्काल सञ्चालनमा ल्याउनुपर्ने, उडान अवधिभर सबै खालका पसल खुला राख्नुपर्ने, ड्युटी फ्री सप पुनः सञ्चालन गर्नुपर्ने, स्तरहीन सामान दिएर चर्को मूल्य लिने प्रवृत्तिमा रोक लगाउनुपर्ने सुझाव प्रतिवेदनमा छन्। 'विमानस्थलमा यत्रतत्र छरिएका जहाज र उपकरणलाई विमानस्थको कुनै भाग, गल्फ एरिया वा पूर्वपट्टि वा सानो ठिमी वा अन्तै जग्गा व्यवस्था गरी हवाई संग्रहालयका रूपमा विकास गर्नुपर्ने काम तत्काल अगाडि बढाउनुपर्छ,' प्रतिवेदनमा छ। गत पुस १९ मा पर्यटन मन्त्री स्तरीय निर्णयबाट गठित उक्त समितिमा पर्यटन उपसचिव मातृकाप्रसाद मरासेनी, उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियनका अध्यक्ष दमन रावल तथा पर्यटन मन्त्री विष्टका राजनीतिक सल्लाहकार जगत सिंखडा र प्रेस सल्लाहकार रमेश लम्साल सदस्य छन्।