Saturday, February 4, 2012

सरकारले एक साताभित्र विमानस्थल सुर्धान कडा कदम चाल्ने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २१ माघ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने कार्यले तिब्रता पाउने छ ।
अन्तर्राष्ट्रिय विमानस्थल भित्र भइरहेका समस्या समाधान एवं अस्तव्यस्ततालाई सुधार्न नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका सदस्य एवं ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ( टान) का पूर्वअध्यक्ष ज्योति अधिकारीको संयोजकमा सरकारद्धारा  गठित पा“च सदस्यीय उच्च स्तरीय अनुगमन समितिले गत साता बुझाएको ८८ बुँधे सुझाव अनुरुप विमानस्थल सुधार कार्यले तिब्रता पाउन लागेको हो ।  सो समितिले बुझाएको सुझाव अनुरुप सरकारले आगामी एक साताभित्र विमानस्थल सुधार कार्यमा कडा कदम चाल्ने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार उच्च स्तरीय अनुगमन समितिले बुझाएको विभिन्न सुझाव अनुरुप अब विमानस्थलभित्रका सबै समस्या समाधान हुनेछ ।
विमानस्थल व्यवस्थापन एवं सञ्चालन सुधारका लागि सो समितिले विमानस्थलमा भइरहेका समस्या तत्काल सुधारी चुस्त दुरुस्त बनाउन ८८ बु“दे सुझाव दिएको थियो । पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयलाई  विमानस्थल सुधारका लागि ८८ बु“दे सुझावसहितको प्रारम्भिक प्रतिवेदन समेत दिएको छ । समितिले पर्यटन मन्त्री लोकेन्द्र विष्टमगरलाई प्रतिवेदन बुझाएको थियो । गत १९पुसमा पर्यटन मन्त्री स्तरीय निणर्यबाट गठित सो समितिमा  नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीका तर्फबाट आधिकारिक ट्रेड युनियन संगठनका अध्यक्ष दमन रावल, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष जगत सिंखडा, पर्यटन मन्त्रालयका उपसचिव मातृकाप्रसाद मरासैनी र पत्रकार रमेश लम्साल सदस्य छन् ।
समितिले दिएको सुझाब अनुसार, त्रिभुवन विमानस्थलको वर्तमान चाप सम्बोधन गर्न पर्याप्त मात्रामा शौचालय थप्नुपर्ने, विमानस्थलको आन्तरिक र अन्तर्राष्ट«िय सबै जहाजका चेक इन काउन्टर हालको टमिर्नलबाट बाहिर ल्याउनुपर्ने, ट्रली संकलकलाई ट्रली संकलन गर्ने जिम्मेवारीमात्र दिनुपर्ने, विमानस्थलको संवेदनशील Ôेत्रमा प्रवेश र आवतजावत सम्बन्धित कर्मचारीले मात्र गर्न सक्ने अवस्था तयार गर्नुपर्ने, जहाज कम्पनीहµले नियमित र घोÈित उडानलाई प्राथमिकतामा राख्न अनिवार्य गर्नुपर्ने लगायतका सुझाव दिइएको छ ।
टमिर्नल भवनभित्रको स्टेरिलाइज्ड Ôेत्रमा कुनै पनि किसिमका पसल वा व्यवसाय सञ्चालन गर्न दिन नहुने, एउटै व्यक्ति तोकिएभन्दा अन्य Ôेत्रमा पनि जाने व्यवस्था तत्काल रोक लगाउनुपर्ने, विमानस्थललाई धुम्रपान र मदिरा सेवन निÈेधित Ôेत्र घोÈणा गर्नुपर्ने, अनावश्यक टेलिफोन लाइन र बक्स हटाउनुपर्ने, इन्टरनेट सुविधा र ई–टिकेट प्री्रन्ट गर्न मिल्ने व्यवस्था मिलाउनुपर्ने, अनधिकृत पोस्टर टा“स्न प्रतिबन्ध लगाउनुपर्ने, बा“दर, कुकुर र चराको चहलपहल रोक्न १० किलोमिटर टाढा फोहोर व्यवस्थापन गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।
विमानस्थलमा यत्रतत्र छरिएका जहाज र उपकरणलाई विमानस्थको कुनै भाग, गल्फ एरिया वा पूर्वपट्टि वा सानो ठिमी एवं अन्तै जग्गा व्यवस्था गरी हवाई संग्राहालयका रुपमा विकास गर्नुपर्ने काम तत्काल अगाडि बढाउन सुझाव दिएको  समितिका संयोजक ज्योति अधिकारीले जानकारी दिए ।  उच्चस्तरीय विमानस्थल अनुगमन समितिका संयोजक अधिकारीले अब अन्तर्राष्ट्रिय विमानस्थल भित्रका समस्यामा छिट्टै सुधार आउने दाबी गरे । अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक सबै सुविधा हुँदाहुँदै पनि विविध कारणले विमानस्थलको अवस्था निकै कमजोर रहेको जानकारी गराउँदै संयोजक अधिकारीले राजधानीसँग भने, ‘अब अन्तर्राष्ट्रिय विमानस्थल भित्रका सबै समस्या समाधान हुन्छन् ।’
वायु सेवा सञ्चालकहरूलाई अहिले विमानस्थल भित्र पार्किङमा राखिएको जहाज जोगाउनै मुिस्कल भइरहेको, धावनमार्ग र शौचालयको दूरावस्ता, कमजोर सुरक्षा व्यवस्था एवं कर्मचारी समस्या मुख्य चुनौतीका रूपमा रहेको बताउँदै उनले ती समस्या समाधान गर्न  प्राधिकरण सञ्चालक समितिलाई आवश्यक सुझाव दिएको बताए ।  अधिकारीले भने, ‘अब विमानस्थलको समस्या समाधान गर्ने कार्यले तिब्रता पाउँछ ’। विमानस्थलभित्र अहिलेसम्म सरकारले उपलब्ध गराएका पूर्वाधार एवं जनशक्ति त्यसै खेर गइरहेको दाबी गर्दै उनले हाल भइरहेकै जनशक्ति एवं पूर्वाधारको उचित सदुपयोग गराउने कार्यमा समितिले महŒवपूर्ण भूमिका खेल्ने बताए ।
पर्यटन मन्त्री विष्टले समितिले दिएका सुझावहरु तत्काल कार्यान्वयनमा हुने प्रतिबद्धता व्यक्त गरेका छन । 

No comments:

Post a Comment