Saturday, February 11, 2012

होटल संघको अध्यक्षमा कक्षपति

काठमाडौ– होटल एसोसियसन अफ नेपाल ( हान) को अध्यक्षमा श्यामसुन्दरलाल कक्षपति निर्वाचित भएका छन । शुक्रबार राजधानीमा सम्पन्न हानको ४१ औं साधारण सभाबाट कक्षपति अध्यक्ष पदमा निर्वाचित भएका हुन । होटल व्यवसायीबीच भएको सहमतीका आधारमा सो साधारण सभाले रिभरसाइड स्प्रिङ रिसोर्ट र नाङलो रेस्टुरेन्टका सञ्चालक श्यामसुन्दरलाल कक्षपतिलाई अध्यक्षमा निर्वातिच गरेको हो । यसैगरि कक्षपतिसँग  अध्यक्षपदमा उम्मेदवारी हालेका राजधानीको लाजिम्पार्टस्थित पाँचतारे होटल ¥याडिसन होटलका सञ्चालक बिके श्रेष्ठ प्रथम उपाध्यक्षमा निर्वाचित भएका छन । यसैगरि हानको दितीय उपाध्यक्षमा होटल शंकरका विनोद शंकर श्रेष्ठ, महासचिवमा अमर होटलका अमरमान शाक्य, कोषाध्यक्षमा  आइल्यान्ड जंगल रिसोर्टका अभिषेक श्रेष्ठ र्निरबिरोध निर्वाचित भएका छन । सो संघका अन्य सदस्यहरुमा  होटल सांग्रिलाका प्रवीणबहादुर पाण्डे,  अन्नपुर्ण होटलका सृर्जना राणा, सोल्टी होटलका दिनेश विष्ट,होटल हिमालयका दीनेश तुलाधर, बैशाली होटलका प्रवन्ध निर्देशक विशालकुमार कैंथ, होटल मनास्लुका राकेशदास श्रेष्ठ, ग्रिनविच होटलका श्रीधर आचार्य, होटल गरुडाका छितेन नोर्केल, रेड प्लानेट गेस्टहाउसका विनोद खरेल, च्वाइस होटलका घनेन्द्रबहादुर श्रेष्ठ, पश्चिमाञ्चलबाट विप्लव पौडेल, क्षेत्रिय होटल तर्फ विराटनगरबाट राजन श्रेष्ठ र चितवनबाट घनश्याम श्रेष्ठ निर्वाचित भएका छन ।

No comments:

Post a Comment