Sunday, April 5, 2015

निगमको एयरबसले पायो उडानको अनुमति ,शुक्रबारबाट उडाइने

काठमाडौ, १३ फागुन –नेपाल वायु सेवा निगमको नयाँ एयरबसले दिल्ली उडानकालागि अनुमति पाएको छ । बुधबार बेलुकी निगमका कागजात पाएपछि भारतीय महानिर्देशनलयले निगमलाई नयाँ जहाज उडान अनुमति दिएको पत्र उपलब्ध गराएको हो ।
भारतीय विमान नियामक निकाय ‘नागर विमान महानिर्देशनलय (डीजीसीए)’ ले मागेका कागजात पु¥याउन ढिलाई भएका कारण नेपाल वायु सेवा निगमको नया“ एयरबसको बुधबारको पहिलो अन्तर्राष्ट्रिय उडान नै स्थगित भएको थियो ।
आफ्नो सेवा बन्द गरेको तीन वर्È तीन महिनापछि निगमले बुधबारबाट भारतको नया“दिल्ली उडान पुनः सुरु हुन गरेको तयारी अन्तिममा पुरा नभएपछि बुधबार बिहानै निगमको नयाँ जहाजबाट दिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हवाई यात्रु दिनभर विमानस्थलमा अलपत्र परेका थिए । उडान स्थगित भएको सूचना विहान मात्रै थाहा पाएका १ सय ३८ जना यात्रुहरु दिनभर विमानस्थलमा अलपत्र परेका हुन् ।
गत २५ माघमा काठमाडौ ल्याईएको ‘सगरमाथा’ नामक एयरवसबाट बुधबार विहान ८ बजे दिल्लीमा पहिलो उडान भर्ने निगमको व्यवसायीक योजना थियो । सोही अनुसार अग्रिम टिकट बिक्रि भएका थिए । नेपालबाट दिल्ली जानका लागि १ सय ३८ र दिल्लीबाट नेपाल आउनकालागि ६५ ओटा टिकट बिक्रि भएका थिए । अकस्मात उडान स्थगित भएपछि विमानस्थलमा पुगेका यात्रु अलपत्र परेका थिए ।
नया“दिल्ली स्थित नेपाली दुतावासका अनुसार भारतीय महानिर्देशनालयले बुधबारकै मिति देखि निगमलाई दिल्ली उडानको अनुमति दिएको हो । मंगलबार राति दुई बजेसम्म बसेर काम गरेपछि बल्ल बुधबार बेलुका अनुमति पाएको निगमले जनाएको छ ।  निगमले पनि दुतावासलाई नै आधार मानेर सो जानकारी गराएको हो ।
भारतीय महानिर्देशनालायले निगमलाई दिएको उडान अनुमतिको म्याद सन् २०१५को  २८ जुलाई सम्मको छ । दिल्ली विमानस्थलले निगमको जहाजलाई नयाँ जहाजको उड्न ठिक छ’ भनी केही दिनअघि ‘स्लट’ पनि उपलब्ध गराई सकेको थियो । निगमले नयाँ एयरबसबाट दिल्लीकालागि प्रति नेपाली यात्रु एकतर्फी भाडा ७ हजार ८४ र दुईतर्फी १५ हजार १ सय ११ रुपैयाँ तोकिएको छ । निगमले यो सहित १० ओटा श्रेणीका टिकट खुल्ला गरेको छ । सबैभन्दा मंहगोमा एकतर्फी भाडा दर १५ हजार रुपैयाँ छ । भारतले आवश्यक कागजात नपुगेको भन्दै उडान सञ्चालन अनुमति दिन नमानेपछि निगमको दिल्ली उडान बुधबारबाट सरेर आगामी शुक्रबार सम्मकालागि रोक्किएको हो ।
निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसबाट खरिद गरी ल्याएको १ सय ५८ सिट Ôमताको ‘ए३३०–२००’ सिरिजको जहाजबाट दिल्ली उडान गर्न लागेको हो । सो जहाजमा १ सय ५० इकोनोमी र ८ बिजनेस क्लास सिट छन ।  हवाई उड्डयन Ôेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार दिउ“सो मात्र निगमको यस नयाँ जहाजलाई वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) दिएको थियो । त्यसपछि उडान सञ्चालनको बाटो खुलेको थियो। तर, भारतको नागरिक उड्डयन कार्यालयले बुधबार बेलुकीसम्म अनुमति नदिकाले अकस्मात सो उडान रोक्किएको भएको हो ।
निगमका प्रवक्ता रामहरि शर्माले निगमको  अपरेसन अथोरिटी पा“च बर्Èको भएको जानकारी गराउँदै अहिले आएर भारतले केही ढिलाई गरेका कारण यस्तो भएको बताए । उनले  दिनभरको प्रयासमा कागजात मिएर भारतले स्वीकृति दिएकाले अब शुक्रबार उडान भर्ने योजना रहेको  बताए । उनले विमानस्थलमा अलपत्र परेका यात्रुलाई अन्य जहाजबाट मिलाएर पठाईरहेको बताए ।

पर्यटन बोर्डको बजेटले निजी क्षेत्रको मागलाई सम्वोधन गरेको दावी

काठमाडौं, १० फागुन –नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य फुर्वाग्याल्जेन शेर्पाले यस वर्ष पर्यटन बोर्डको बजेटले निजी क्षेत्रको मागलाई विगतका वर्षहरुको तुलनामा केही बढि नै सम्वोधन गरेको बताएका छन । सार्वजनीक–निजी साझेदारीको अवधारणा अनूरुप स्थापित बोर्डले निजी क्षेत्रसँगको आपसी सहकार्यलाई अघि बढाउन नसने मुलुकको पर्यटन प्रवद्र्धनका गतिविधी नै अधुरो हुने बताउँदै उनले बोर्डका आगामी कार्यक्रममा प्रत्यक्ष रुपमा निजी क्षेत्रलाई अघि सारेको बताए । 
नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ ) नेपालले आइतबार बोर्डका सञ्चालक समितिलाई भेटेर विभिन्न माग सहितको पाँच बुँदे लिखित ध्यानाकर्षण पत्र बुझाउने क्रममा सञ्चालक समितिका सदस्य शेर्पाले यस्तो बताएका हुन ।  पर्यटन पत्रकारहरुको छाता संस्था मञ्चको ध्यानाकर्षण पत्र बुझ्दै उनले धार्मिक पर्यटन प्रवद्र्धन र विकासमा पनि विगतका वर्षहरुको तुलनामा केही बढी नै बजेट विनियोजन गरेको जानकारी गराए । बोर्डले आर्थिक विनियमावली अनुरुप नै विभिन्न शीर्षकमा विनियोजित रकम खर्च गर्ने जानकारी गराउँदै उनले सार्वजनिक खरिद ऐनले गर्दा अझै बोर्डले राम्रोसग विनियोजित बजेट समयमा खर्च गर्न नसकिरहेको बताए । मुलुकको पर्यटन प्रवद्र्धनमा पर्यटन पत्रकारहरुको भूमिका अतुलनीय रहेको बताउँदै उनले बोर्डको आगामी हरेक गतिविधिमा पर्यटन पत्रकारहरुसँग संस्थागत रुपमा सहकार्यकालागि आफुहरुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विगतमा बोर्डको कार्यक्रममा पत्रकारहरुसँगको सहकार्य व्यक्तिगत रुपमा भएको भन्ने गुनासो आएकाले  अब त्यसलाई ध्यानमा राखेर उचित संयन्त्रको विकास गर्ने प्रतिबद्धता जनाए । उनले क्रियाशिल संस्थाबाट हुने प्रवद्र्धनात्मक गतिविधीमा मात्र बोर्डले सहकार्य गर्ने बताए । संस्थागत सहकार्य भन्ने कुरालाई व्यवहारमा उतार्नु अहिलेको आवश्यकता भएको औल्याउँदै उनले पर्यटन क्षेत्रमा क्रियाशिल र चलायमान संस्थाको हिसाबले मञ्चसँगै सहकार्य गर्न सकिने धारणा राखे । 
बोर्डका अर्का सञ्चालन समिति सदस्य घनेन्द्रबहादुर श्रेष्ठले पर्यटन पत्रकारहरु पर्यटन प्रवद्र्धनको संवाहक भएको उल्लेख गर्दै बोर्डको आगामी कार्यक्रम पर्यटन पत्रकारमैत्री हुनुपर्नेमा जोड दिए । उनले बोर्डको बैठकमा यस मागलाई बहशको विषय बनाएर अघि बढ्ने बताए ।  नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) नन्दिनीलाहे थापाले सार्वजनिक –निजी साझेदारीको अवधारणा अनुरुप सञ्चालित बोर्डले अहिलेसम्म सञ्चारकर्मीहरुका लागि छुट्टै व्यवस्था गरिएपनि त्यसलाई सबैको मर्म र भावनाअनुरुप सञ्चालन गर्न नसकिएको भन्दै आगामी दिनमा त्यसलाई ध्यानमा राखेर थप कार्यक्रम तय गर्ने प्रतिवद्धता व्यक्त गरिन ।
ध्यानाकर्षणपत्र बुझाउँदै मञ्चका अध्यक्ष शिव अधिकारीले बोर्डले विगतमा भएका गल्ति कमजोरीहरु महसुस गर्दै आगामी कार्ययोजना तय गर्नुपर्ने जिकिर गरे । उनले पर्यटन पत्रकारहरुको हकहित र अधिकार सुनिश्चित गर्न पहल गर्दा अनेक बाहानाबाजी गर्दै त्यसलाई निस्तेज पार्न खोजिए पर्यटन पत्रकार आन्दोलित हुन बाध्य हुने समेत चेतावनी दिए । उनले यसअघि मञ्चले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठलाई पनि ध्यानाकर्षण पत्र बुझाइसकेको जानकारी दिए । मञ्चले पर्यटन बोर्ड सञ्चालक समितिलाई बुझाएको पाँच बुदे लिखित ध्यानाकर्षण पत्रमा पर्यटन बोर्डले पर्यटन पत्रकारहरुसँग संस्थागत सहकार्य नगरेको भन्दै आगामी हरेक कार्यक्रमहरुमा संस्थागत सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । यसैगरि, सो ध्यानाकर्षणपत्रमा बोर्डको हरेक कार्यक्रमहरुमा टीजेएफ–नेपालसँग संस्थागत सहकार्य गर्नुपर्ने, पत्रकारसँग गर्नुपर्ने हरेक कामहरु टीजेएफ–नेपालसँगको सहमतिमा मात्रै गर्नुपर्ने, पत्रकारहरुको नाममा विनियोजित बजेट संस्थागत रुपमा खर्चनुपर्ने, स्वदेश तथा विदेशमा हुने पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरुमा पत्रकारको सहभागिता गराउने सन्दर्भमा मञ्चको सिफारिसमा मात्रै पठाउने व्यवस्था गर्नुपर्ने तथा टीजेएफ–नेपालले स्थापना गरेको पर्यटन पत्रकारिता कल्याणकारी कोषलाई प्रभावकारी बनाउनका लागि बोर्डको तर्फबाट छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने लगायतका माग समेटिएका छन् ।
सो कार्यक्रममा संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी)का संयोजक डिबी लिम्बुले पर्यटन पत्रकारहरुको सहयोग बिना  देशको पर्यटन प्रवद्र्धन र विकास हुन नसक्ने जिकिर गरे । उनले जेटीसीसीले बोर्डमा संस्थागत प्रतिनिधित्व गराउनुपर्ने विषयलाई नै उठाएर आन्दोलन गरेपनि अहिलेसम्म निजी क्षेत्रले आफ्ना माघ पूरा गर्न नसकेको बताउँदै त्यसकालागि बोर्ड गम्भिर हुनुपर्नेमा जोड दिए ।

Sunday, February 15, 2015

सिम्रिकको भ्यालेन्टाइन स्पेशल उडान

काठमाडौ,२ फागुन –आन्तरिक वायुसेवा सञ्चालन  कम्पनी  सिम्रिक एयरलाइन्सले भ्यालेन्टाइन डे को अवसरमा  शनिबार विशेÈ पर्वतीय उडान गरेको छ ।
सो एयरलाइन्सले यसअघि पनि हरेक वर्È भ्यालेन्टाइन डे को अवसरमा यस्तै विÈेश सहुलियत दरमा युवा–युवती लÔित भ्यालेन्टाइन माउन्टेन उडान सेवा प्रदान गर्दै आएको थियो । सोही कार्यक्रमको निरन्तरता रुवरुप सिम्रिक एयरलाइन्सले १४ फेब्रुअरीका दिन (शनिबार) विहान स्वदेशी र विदेशी युवा युवतीको जोडीलाई काठमाडौ र पोखराबाट माउन्टेन उडान गराएर मनोरञ्जन दिलाएको थियो ।
सो कार्यक्रममा सहभागी हरेक जोडीलाई काठमाण्डौबाट सुरु भएको माउन्टेन उडानकालागि अन्य दिनहरुको भन्दा निकै सहुलियत भाडा दर जम्मा १५ हजार ९ सय ९९ रुपैया“मा सहभागी गराएर आनन्दित बनाएको थियो । यसैगरी, भ्यालेनटाइनकै अवसरमा पहिलोपटक गरिएको पोखरा माउन्टेन ङ्खलाइटका हरेक जोडीको भाडा दर पनि जम्मा १० हजार ९ सय ९९ रुपैया“मा उपलब्ध गराईएको सिम्रिक एयरलाइन्सले जनाएको छ । 
सिम्रिक एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाले शनिबार विशेÈ माउन्टेन ङ्खलाइटका जोडी हरुलाई विशेÈ उपहार समेत प्रदान गरेको जानकारी दिए । 
उनले भ्यालेनटाइन डे को अवसरमा आयोजना गरिएको विशेष पर्वतीय उडानमा युवायुवतीलाई लक्षित गरिएको भएपनि अन्य उमेरका भ्यालेनटाइन जोडीहरु समेत सो उडानमा सहभागी भएको बताए । उनले यसपालीको भ्यालेनटाइन डे का दिन बिहान केही मौसम विग्रिएपनि काठमाडौबाट ७ ओटा माउन्टेन उडान र पोखराबाट ७ ओटा स्पेशल पर्वतीय उडान गर्न सफल भएको जानकारी दिए । काठमाडौ र पोखराको आकास राम्रोसँग नखुलेका कारण बिहान काठमाडौबाट ९ ओटा र पोखराबाट ४ ओटा स्पेशल माउन्टेन उडान गराउने तयारी भएपनि लक्ष्य अनुरुपको  सेवा दिन नसकिएको बताए । उनले  सिम्रिक एयरलाइन्सले आगामी दिनमा भ्यालेनटाइन डे लगायत अन्य पर्वहरुका दिनमा पनि यस्तै किसिमको पर्वतीय उडान गराएर थप हवाई यात्रुको आकर्षण बढाउने लक्ष्य लिएको जानकारी गराए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा बाँदर आंतक, धावन मार्गमा कुकुर र बाँदरको परेड

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २८ माघ
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बा“दर आतंक तीब्र बन्दै गइरहेको छ । पशुपति बनकाली क्षेत्रबाट दैनिक हुलका हुल बाँदर छिर्न थालेपछि अहिले विमानस्थलका सुरक्षाकर्मीलाई बाँदर लखेट्न भ्याइ नभ्याई छ । त्यहाँका जनावर एवं चरा धावन मार्गमा जान नदिने कार्यमा खट्टिएका सुरक्षाकर्मी (साप सुटर ) बेला बेलामा विमानस्थलभित्र पस्ने बाँदर लखेट्दा लखेट्दै थाकिसकेका छन । बा“दर आतंककै कारण अहिले वायुसेवा सञ्चालक कम्पनीहरुलाई पनि ह्याङगरमा पार्किङ गरि राखिएका आङ्खना जहाज जोगाउन हम्मे–हम्मे पर्दै गइरहेको छ । गत आइतबार नेपाल वायुसेवा निगमले युुरोपियन जहाज उत्पादक कम्पनी एयरबससँग खरिद गरेको ए ३२०–२०० सिरिजको नयाँ जहाज भित्राउन भईरहेको कार्यक्रममा पनि विमानस्थलको ह्याङगरको छानामा बाँदर पसेर धावन मार्ग छेउमा परेड खेलेको थियो । 
विमानस्थलमा पार्किङ गरिराखेको जहाजभित्र पसेर सिट च्यातिदिने, तार चु“डालिदिने एवं धावनमार्ग नै छेकिदिने जस्ता समस्याले विभिन्न वायुसेवा कम्पनीका सञ्चालकहरु आजित छन् । बा“दरकै कारण कुनै पनि बेला ठूलो दुर्घटना हुने भयले उनीहरु आतंकित छन् ।
बा“दर आंतकको पीडा सबैभन्दा बढी फिस्टेल, डाइनेस्टी, माउन्टेन र सिम्रिक एयरले भोगिरहेको छ । यस्तै आन्तरिक उडानमा सञ्चालित विमानका सञ्चालक पनि पीडित छन् । पशुपति बनकाली Ôेत्रबाट हुलका–हुल आउने बा“दरको बथान धावन मार्गमा जथाभावी कुद्ने गरेकाले विमानस्थलमा कुनै पनि बेला ठूलो दुर्घटना हुने सम्भावना बढेको व्यवसायीहरु बताउ“छन् ।
फिस्टेल एयरलाइन्सका एक अधिकारीले अहिले बा“दर आतंक टाउको दुखाईको विÈय बन्दै गइरहेको बताए । ‘पशुपति बनकाली Ôेत्रबाट आउने गरेका बा“दरको हुलले जहाजको सिट च्यात्ने, तार चु“डाल्ने, पंखामा पिङ खेल्ने लगायतका उपद्रो काम गर्ने गरेकाले जहाज जोगाउनै मुस्किल परिरहेको छ,’ उनले भने, ‘यो समस्या आन्तरिक उडानमा सञ्चालित साना हेलिकोप्टरदेखि ठूला डोर्नियर जहाजसम्मले बेहोरिरहेका छन् ।’ उनले सा“झ पार्किङमा राखेको जहाज विहान सञ्चालन गर्ने अवस्थामा नहुने सम्भावना निकै बढेको बताए ।
नेपाल वायुसेवा सञ्चालक संघका निर्देशक श्रीकान्त बरालले पनि अहिले जहाज पार्किङस्थलमा बाँदर पस्ने गरेको हुनसक्ने बताए ।  यो समस्या पहिले देखिकै भएको भन्दै उनले विमान सञ्चालकले बा“दर आंतक भोग्नु परिरहेको बताए ।
डाइनेस्टी एयरका अर्का क्याप्टेनले पनि नाम उल्लेख नगर्ने सर्तमा भने,  ‘विहान जहाज उडाउने बेला स“धै बा“दरले कुनै तार चु“डालेको छ की भन्ने आशंका भइरहन्छ ’। उनले हाल विशेÈगरि साना हेलिकप्टर र जहाजमा यस्तो समस्या उत्पन्न भइरहेको बताए । वायुसेवा कम्पनीका सञ्चालकहरुले भने विमानस्थल कार्यालयको कमजोरी र सुरÔा हेल्चेक्याईका कारण समस्या बढेको बताएका छन् ।
‘विमानस्थल प्रवेश गर्न नसक्नेगरी बनाइएको तारबार ठाउ“ ठाउ“मा च्यातिएको र विमानस्थल Ôेत्रमा थुपारिका फोहोरका कारण पनि बा“दर आंतक बढेको हो भन्दै उनले विमानस्थल प्रशासनले समयमै काम अघि बढाएको भए यो समस्या नदेखिने बताए ।  उनले यो समस्या समाधान नगरे कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने सम्भावना बढेको बताए । बा“दरकै कारण हेलिप्याडमा राखिएका हेलिकोप्टरको पंखा र विभिन्न उपकरण बिग्रिन थालेपछि अहिले अधिका“श विमान कम्पनीले आङ्खना जहाज बाक्लो कपडाले छोप्न थालेका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक बीरेन्द्रकुमार श्रेष्ठले विमानस्थलको कन्टेनरमा जम्मा गरिएका खाना र फलफूलको फोहोरले विमानस्थलभित्र बा“दर पस्न थालेको बताए । उनले आन्तरिक जहाज पार्किङ गरि राख्ने ह्याङगर क्षेत्रमा दैनिक ४०÷५० ओटा सम्मको हुल भएर बनकाली क्षेत्रका बाँदर पस्ने गरेको बताए ।  सकेसम्म धावन मार्गमा जान नदिनकालागि सुरक्षाकर्मीले हरेक क्षण पहरा दिईरहेको जानकारी गराउँदै उनले यसलाई कसैगर्दा पनि नियन्त्रण गर्न नसकिएको बताए । अहिलेसम्म भित्र छिरेका बाँदरलाई सिधै गोलि हानेर मार्न पनि नमिल्ने अवस्थाका कारण विमानस्थल व्यवस्थापनले समेत बाँदर आतंकको सास्ती भोग्नु परेको बताए ।  विमानस्थलभित्र राखिएका फोहोरका कन्टेनर सबै हटाउन सकिए मात्र बा“दरको समस्या केही हदमा नियन्त्रणमा आउन सक्ने उनले बताए ।  विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले पनि पशुपति बनकालीको जंगलबाट बेला बेलामा आउने बाँदरका कारण यहाँका कार्मचारीले निकै सास्ती खेप्नु परेको बताए । अहिलेसम्म धावनमार्गमा बाँदरकै कारण कुनै दुर्घटना नभएको जानकारी गराउँदै प्रवक्ता सिटौलाले भने, ‘यो प्राकृतिक समस्या नै हो’ । उनले विमानस्थल नजिकै जंगल र फोहोर संकलनको कन्टेनर भएकै कारण यस्तो समस्या उत्पन्न भएको बताए । उनले विमानस्थलभित्रको मुख्य कारण बनकालीको जंगल र वरीपरीका फोहोर फाल्ने ठाउँ नै भएको बताए । उनले कुनै बेला विमानस्थल भित्र पनि केही वायुसेवा सञ्चालक कम्पनीका कर्मचारीले समेत फोहोर फाल्ने गरेकाले यो समस्या आइपरेको बताए । विमानस्थल व्यवस्थापनले भने कहिले पनि जथाभावी फोहोर नफालेको दावी गर्दै उनले आन्तरिक टर्मिनल भवन तर्फ जाने बाटोमा राखिएको फोहोर संकलन कन्टेनरले पनि बाँदर आइरहेको बताए । उनले विमानस्थलभित्र पस्नै नसक्नेगरि बनाईएका तारको जाली समेत नागेर कुनै बेला त टर्मिनल भवनको छानामाथी नै बाँदर चढेर अति सम्बेदनशिल टावरमा समेत पुगेर उपत्रो मच्चाउने गरेको बताए ।  उनले त्यति मात्र नभएर विमानस्थल भित्रका विद्युतका तार समेत बाँदर झुण्डिएर चुडाल्ने गरेको बताए ।
विमानस्थलमा भइरहेका बाँदर, कुकुर र चरा आतंकले अहिले विमानस्थलको आकास निकै असुरक्षित बन्दै गईरहेको छ ।  गत डिसेम्बरमा पनि मुम्बईबाट उडेको जेट एयरवेजको एउटा जहाज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा चरा ठोक्किएर आगो लागेपछि आकस्मिक अवतरण गरिएको थियो  । धन्न समयमै आगो नियन्त्रणमा आएका कारण सो जहाज ठूलो दुर्घटना हुनबाट जोगियो । सम्भाव्य दुर्घटनाबाट जहाजलाई सकुशल अवतरण गर्न नसकिएको भए त्यसमा सवार चालक दलका ७ सदस्यसहित १ सय ३२ जना यात्रुको ज्यान जाने थियो । यस विमानस्थलमा यस्तो खतरापूण अवस्था देखिएको त्यो पहिलोपटक भने थिएन । गत असारमा पनि नेपाल वायुसेवा निगमको चीनबाट ल्याइएको नया“ एमए–६० जहाजमा त्यसैगरि चरा ठोक्किएको थियो ।
यहाँ अहिलेसम्म चरा ठोक्किएर मात्र ३ ओटा ठूला दुर्घटना भइसकेका छन् । सन् १९९६ अक्टोबरमा थाई एयरवेजको एयरबस ए–३०० जहाज चरा ठोक्किएर दुर्घटना भएको थियो । सन् २०१० को सेप्टेम्बरमा बंगलादेशको डीसी १० र २०५९ असोज १२ गते सीता एयरको डोर्नियर जहाज चरा ठोक्किएकै कारण ठुलो दुर्घटनामा परेको थियो । विमानस्थल नजिकै मनोहरा खोलामा दुर्घटना भएको सो जहाजमा सवार चालक दलका सदस्य सहित १९ जनाको ज्यान गएको थियो । काठमाडौबाट लुक्लातर्फ उडेको सो जहाजका चालक बिजय तण्डुकारले धन्न आफु मरेपनि शहरको मानव बस्ती भने छलाएका थिए ।
विमानमा चरा ठोक्कि“दा चालकले विमानको सन्तुलन कायम गर्न नसक्दा दुर्घटनाको जोखिम रहने गर्दछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक वर्Èअघि सार्वजनिक गरेको प्रतिवेदनमा समेत सन् १९९० यता चरा ठोक्किएका घटनामात्रै ८० ओटा पुगेको उल्लेख गरिएको थियो । त्यसपछि बुद्ध एयर, सीता एयर र यती एयरको जहाजमा पनि चरा धेरै पटक ठोक्किएको थियो । अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्दा र उडान भर्दा चरा ठोक्किएका घटना प्रत्यक्ष रुपमा ८५ पुगेको छ ।
विश्वमा भएका विमान दुर्घटनामा पनि चरा ठोक्किनुलाई मुख्य कारक मानिएको छ । नेपालमा विमानस्थल वरपर भएका घटनाको प्रमुख कारण चरा र त्यसपछि बाँदर एवं कुकुर नै देखिएको छ । नेपालमा दुर्घटना भइसकेपछि मात्रै चासो राख्ने परिपाटीले सम्भावित जोखिम बढिरहेको छ । सन् २०१२ को सेप्टेम्बरमा विमानस्थलनजिकै भएको सीता एयरको विमान दुर्घटनापछि सरकारले विमानस्थल र सिनामंगल वरपरका मासु पसल तथा सेकुवा कर्नरहरु सबै बन्द गर्ने भनेको थियो । सो निर्णय कार्यान्वयन नहु“दा दुर्घटनाको जोखिम यथावत् नै छ । विमानस्थल Ôेत्रको तीनकुनेदेखि तिलगंगासम्म सयौ“ सेकुवा कर्नरहरु निर्बाध रुपमा सञ्चालन भइरहेका छन् । ती मासु पसल र सेकुवा कर्नरले फोहोर व्यवस्थापन नगर्दा चराहरु आकर्Èित हुने गरेको चराविद्हरुको भनाई छ । अहिले यस विÈयमा न त सरकार संवेदनशील बन्न सक्यो न त विमानस्थल व्यवस्थापनले नै चासो लिएको छ । मुलुककै गरिमा र प्रतिष्ठास“ग जोडिएको विमानस्थलवरपर फोहोरको व्यवस्थापन गर्न नसक्नु लज्जाको विÈय भएको अधिकाँश सरोकारवालाहरुको भनाई छ ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानहरुले ङ्खया“क्ने खानेकुराको सही व्यवस्थापन र सेकुवा पसलले विसर्जन गर्ने फोहोर नियन्त्रण गर्न थुप्रै पटक विमानस्थल अध्ययन समितिले सरकारलाई सुझाव दिए पनि सो सुझाव अझै कार्यान्वयन हुन सकेको छैन । यो सबैभन्दा ठूलो दुर्भाग्य हो । यस्तो संवेदनशील विÈयमा विमानस्थल व्यवस्थापनले गम्भीरता नदेखाउ“दा  विमानस्थलको आकाश जोखिमपूर्ण नै बनिरहेको छ । विमानस्थलभित्र भईरहेका चरा, बाँदर र कुकुर आतंकका कारण अहिले अन्तर्राष्ट्रिय Ôेत्रमा समेत नेपालको हवाई सुरक्षाप्रति नराम्रो सन्देश प्रवाह भइरहेको छ । हाल यहाँबाट दैनिक २७ ओटा भन्दाबढी विभिन्न अन्तर्राष्टिय विमान कम्पनीका जहाजले उडान भर्ने गर्दछन् । यसैगरि आन्तरिक उडानमा पनि दैनिक  सयौं उडान अवतरण भइरहन्छ ।

२७ वर्Èपछि निगमले ल्यायो नयाँ एयरबस

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २५ माघ
नेपाल वायुसेवा निगमले युुरोपियन जहाज उत्पादक कम्पनी एयरबससँग खरिद गरेको १ सय ५८ सिट Ôमताको ए ३२०–२०० सिरिजको नयाँ जहाज आइतबार काठमाडौ आइपुगेको छ । 
लगातार करिब ११ घण्टाको उडानबाट जर्मनीदेखि कतारको राजधानी दोहा हुँदै आइतबार दिउँसो ४.४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सो जहाजलाई निगम, पर्यटन मन्त्रालय र विमानस्थलका कर्मचारीले पञ्चेबाजा एवं पुजापाठ सहित भब्य स्वागत गरेका थिए । १८ जना यात्रु र ९ सदसीय चालकदल सहित पहिलोपटक विमानस्थलमा अवतराण गरेको सो जहाज एयरबसका प्राविधीक पाइलटसँगै निगमका बरिष्ठ चालक श्रवण रिजालले उडाएर ल्याएका थिए ।  कुल १ सय ५८ सिट Ôमताको यस नयाँ जहाजमा भएका सबै सिटहरु मध्ये ८ ओटा विजनेस क्लास र १ सय ५० ओटा इकोनोमी क्लासका रहेका छन । निगमले हाल अन्तर्राष्ट्रिय उडानमा सञ्चालित २ ओटा बोइङ ७५७ जहाज खरिद गरेको २७ वर्Èपछि बल्ल अन्तराष्ट्रिय उडानकालागि सगरमाथा लेखिएको एयरबस जहाज पहिलोपटक काठमाडौं भित्रयाएको हो । यसअघि निगमले अन्तर्राष्ट्रिय उडानमा सञ्चालित बोइङ ७५७ जहाज सन् १९८८ मा खरिद गरेको थियो । 
यस नया“ एयरबस जहाजलाई निगमले सर्बप्रथम भारतको मुम्बइ, बैंगलोर र दिल्लीमा उडान भर्ने छ । त्यसपछि चीनको ग्वाङझाओमा पनि सेवा विस्तार गरिने निगमले बताएको छ । निकै लामो प्रयत्न र पर्खाइपछि काठमाडौ आएको यस जहाजले निगमलाई नया“ उर्जा थपिने अपेक्षा गरिएको छ । अब नया“ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालनकालागि निकै सहज हुने निगमको दावी छ ।
निगम र एयरबसबीच दुई ओटा नयाँ जहाज खरिद–बिक्रीको सम्झौता गतवर्ष मात्र भएको थियो । सोही सम्झौता अनुसार एउटा जहाजको मूल्य ७ अर्ब २० करोड रुपैया“ रहेको छ । अर्को नया“ एयरबस जहाज आगामी दुई महिनापछि नेपाल आइपुग्ने निगमले जनाएको छ । एयरबस नेपाल आएपछि निगमस“ग ३ ओटा ठूला र ५ ओटा सानागरी जम्मा ७ ओटा जहाज हुने छन् । निगमले ल्याएको सगरमाथा ए ३२०–२०० सिरिजको नयाँ जहाज आइतवार बिहान ११ बजे काठमाडौं आइपग्ने समय भएपनि कतारको खराव मौसमाका कारण ढिलो उडेर दिउँसो ४.४५ बजे मात्र विमानस्थलमा अवतरण भएको हो ।  पूर्व निर्धारित समय तालिका अनुसार दोहाबाट स्थानीय समय अनुसार बिहान ४ बजे उड्ने भनिए पनि जर्मनीको ह्यामबर्गबाट दोहासम्म ६ घण्टा उडान गरिसकेकाले बिहानै विमान नउडेको निगमले जनाएको छ ।
निगम व्यवस्थापनले २०७० साल ९ वैशाखमा दुई ओटा एयरबस जहाज खरिद गर्न बैना स्वरुप पा“च लाख अमेरिकी डलर (त्यसबेलाको ४ करोड ३५ लाख रुपैयाँ) एयरबसलाई पठाएको थियो । त्यसपछि गत २९जेठमा निगम र कर्मचारी सञ्चय कोÈबीच  १० अर्ब बराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो ।
सोही सम्झौता अनुसार एउटा जहाजको अङकित मूल्य (क्याटलग प्राइस) ७ करोड ५० लाख अमेरिकी डलर ( ७ अर्ब २० करोड रुपैयाँ ) रहेको छ । निगम र एयरबसबीच करिब पा“च वर्È (सन् २००८) अघिको अङकित मूल्यमा लागत मूल्य जोडेर त्यसैअनुसार जहाज लिने–दिने सम्झौता भएको थियो । पा“च वर्Èअघि एयरबसले ४ करोड १२ लाख ८९ हजार डलर ( तीन अर्ब ८ करोड ४२ लाख ८८ हजार ३ सय रुपैयाँ) मा एउटा जहाज दिने गरी निगमको टेन्डर जितेको थियो । त्यसमा लागत रकम थप गरेर जहाज उपलब्ध गराइएको हो ।
निगमलाई सो जहाज किन्न कर्मचारी सञ्चय कोÈले एकमुष्ठ  १० अर्ब रुपैयाँ ऋण दिएको थियो । कोÈलाई जहाज सञ्चालनमा आएपछि तीन÷तीन महिने किस्ताबन्दीमा तिर्दै जाने गरी सम्झौता गरिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि निगमलाई दुईओटा एयरबस ए ३२०–२०० सिरिजका जहाज किन्न दिएको ऋणका लागि वार्Èिक १२ प्रतिशत ब्याजदर तोकेको छ  भने चुक्ता अवधि १५ वर्È राखिएको छ । अहिले  निगमको जहाज यहा“बाट दोहा, हङकङ, बैंकक र क्वालालम्पुरको उडान गरिरहेको छ । दुबई उडान स्थगीत गरेको छ भने भारतको नया“दिल्ली उडान पूर्ण रुपमा बन्द छ ।  निगमका प्रवत्ता रामहरी शर्माले ५० घन्टाको उडानपछि मात्र एयरबसले उडानको जिम्मा सम्पूर्ण रुपमा नेपाली पाइलट टोलीलाई दिने बताए । उनले यस नयाँ एयरबसले आगामी १३ फागुनबाट नियमित नयाँदिल्ली उडान भर्ने बताए । यस नया“ जहाज लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यको नेतृत्वमा निगमका महाप्रवन्धक मदन खरेल लगायतका उच्च सरकारी टोली जर्मन पुगेको थियो । पर्यटन मन्त्री सहितको सरकारी टोली नया“ एयरबसमा चढेर काठमाडौं आएका हुन ।

Wednesday, December 24, 2014

निगमले ल्याउन लागेको एयरबस जहाज निर्माण कार्य अन्तिम चरणमा, पहिलो विमान फेब्रुअरीमा आउने

काठमाडौ–नेपाल वायुसेवा निगमले फ्रान्सबाट ल्याउन लागेको २ ओटा एयसबस ए ३२० –२०० मध्ये पहिलोको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।
अन्तर्राष्ट्रिय उडान भर्नकालागि ल्याउन लागेको पहिलो विमानको बडी बनाउने काम पुरा भइसकेको छ भने लिवेरी सहित अन्य रंगरोहन गर्ने काम समेत अन्तिम चरणमा पुगेको निगमले बुधबार विज्ञप्ति जारी गरि जानकारी गराएको हो । यसैगरि, सो विमानमा इन्जिन जडान गर्ने र सीट राख्ने काम पनि करिब अन्तिम अवस्थामा पुगेको निगमले बताएको छ ।
सो विमानको परीक्षण उडान आगामी जनवरीको अन्त्य एवं फेब्रुअरीमा गरिने तालिका राखिएकाले अहिले पुर्व निर्धारित कार्य तालिका अनुसार नै निर्माणको काम भइरहेको सो विज्ञप्तिमा उल्लेख छ । युुरोपियन जहाज उत्पादक कम्पनी एयरबसले निगमलाई फेब्रुअरीमा पहिलो विमान उपलब्ध गराउने छ भने दोश्रो विमान अप्रिलमा आउने बताईएको छ ।निगमले आफ्नो सेवामा लगाउने एयरबस ३२० –२०० सिरिजको हरेक जहाजमा १ सय ५८ सिट हुने छ । त्यसमध्ये ८ ओटा विजनेस क्लास र १ सय ५० ओटा इकोनोमी क्लासका सिट हुने र ती विमानहरुमा इन्टरनेशनल एरोइन्जिनका इन्जिनहरु जडित हुने निगमले जनाएको छ ।

होटलमा मात्र करिब ४ खर्ब ८६ अर्बभन्दा बढी लगानी, उच्च गुणस्तरीय सेवा सुविधाले बैशाली होटलमा पर्यटकको अकर्षण बढ्यो


काठमाडौ,२ पुस –नयाँ संविधान जारी हुने अन्तिम समय ८ माघ नजिकिएसँगै अहिले होटलमा लगानी थप्पिने क्रम बढेको छ । निकै लामो समय देखि पर्ख र हेरको अवस्थामा रहेका व्यवसायीलाई अहिले राजनीतिक दलहरुबीच भएका विगतकै सहमतीका आधारमा नयाँ संविधान आउने अपेक्षाका कारण होटल व्यवसायमा पछिल्लो समय स्वदेशी एवं अन्तर्राष्ट्रिय लगानी थप्पिने क्रम बढेको हो ।
पहिले विभिन्न बहानामा हुने गरेका बन्द हड्ताल एवं अवरोधका गतिविधीहरु पनि नयाँ संविधान जारी हुने अपेक्षासँगै अब लगानीको सुरक्षा हुने भन्दै अहिले पर्यटन व्यवसायीबीच थप नयाँ लगानी गर्ने आकर्Èण बढेको देखिन्छ । जसका कारण अहिले होटल क्षेत्रमा थप लगानी भित्रिने क्रम बढेको सम्बन्धीत होटल व्यवसायीहरुले बताएका छन् । व्यवसायीका अनुसार होटल क्षेत्रमा स्वदेश र विदेशबाट समेत नयाँ लगानी भित्रिने क्रमसँगै अहिले हाल सञ्चालित पुराना तारे होटलहरुले पनि पहिलेका संरचना भत्काएर पुनः थप लगानी विस्तार गरिरहेका छन । 
गत वर्ष मात्र काठमाडौको ठमेल स्थित बैशाली होटलले पुराना कोठाको संरचना फेरेर नयाँ सुविधासम्पन्न बनाउनका लागि मात्र करिब २ करोड रुपैयाँ भन्दाबढी खर्च गरेको थियो । थप लगानी बृद्धि गरि सम्पूर्ण सेवा सुविधा आकर्षक एवं उच्च गुणस्तरीय बनाएपछि अहिले बैशाली होटलमा पर्यटकको बाक्लो भीड लागेको छ । यहाँको उच्च गुणस्तरीय खाना लगायत सबै सेवामा आकर्षित भएकै कारण अहिले यस होटलका कोठा दैनिक विभिन्न मुलुकका पर्यटकले भरिएका छन । 
बैशाली होटलका आवासिय व्यवस्थापक अरुण पुरीले गत वर्षदेखि थप गरिएको लगानी बृद्धि र यहाँको उच्च गुणस्तरीय सेवा सुविधाका कारण अहिलेसम्म यस होटलको बुकिङ निकै राम्रो भएको बताए ।  उनले क्रिसमस चार्ड सुरु हुन अब केही दिन बाँकी रहँदा पनि यस होटलमा विभिन्न मुलुकबाट आउने पाहुनाको बाक्लो भीड लागिरहेको जानकारी दिए । यस होटलले दिएको अन्तर्राष्ट्रिय स्तरको उच्च गुणस्तरीय सेवा सुविधाकै कारण अहिले यस होटलमा विदेशी पर्यटकको थप आकर्षण बढिरहेको उनको दावी छ । उनल गत वर्ष  मात्र यस होटलले पुराना कोठाको संरचना फेरेर नयाँ सुविधासम्पन्न बनाउनकालागि करिब २ करोड रुपैयाँ भन्दाबढी खर्च गरेको बताए । उनले पुराना फर्निचर सबै हटाएर अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सुविधासम्पन्न डिलक्स र स्वीट कोठा बनाउनकालागि होटलले एकैपटक यतिधेरै रुपैयाँ खर्च गरेको बताए । हाल ९५ ओटा रहेको यस होटलमा विशेषगरि अमेरिकी, युरोपियन, जापानी, चिनियाँ र भारतीय पाहुनाहरु बढी आउने गरेको जानकारी गराउँदै पुरीले भने, ‘ अहिले यस होटलले मात्र होइन, धरै होटलले थप लगानी गरेर कोठा विस्तार गरिरहेका छन । उनले बैशाली होटलले हाल डिलक्स सिंगल र स्वीट सिंगल कोठामा बसेका  पाहुनालाई थप आकर्षणको उच्च गुणस्तरीय सेवा दिईरहेको बताए ।  उनले अहिले आफ्नो होटलमा मात्र नभएर अन्य पर्यटकीय Ôेत्रमा पनि निकै लगानी बढिरहेको बताए । 
नेपाल राष्ट्र बैंकले अहिले होटल क्षेत्रमा मात्र करिब ४ खर्ब ८६ अर्ब भन्दाबढी लगानी भएको जनाएको छ ।  नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार गत आर्थिक वर्È २०७०÷७१ मा होटल Ôेत्रमा मात्रै बैंक तथा वित्तिय संस्थाको लगानी ४२ अर्ब ८६ करोड रुपैया“ छ । यो लगानी अघिल्लो वर्Èको तुलनामा करिब ४० प्रतिशतले बढी हो । सोही तथ्याङक  अनुसार गत आव २०७०÷७१ को तुलनामा चालू आव २०७१÷७२ को वितेका ५ महिनामा होटल लगायत अन्य पर्यटन Ôेत्रमा करिब ४३ प्रतिशतले लगानी बढेको देखिएको छ । चालू आवको वितेका ५ महिनाको अवधीमा होटल लगायत अन्य पर्यटन Ôेत्रमा करिब २९ अर्ब  रुपैया“ थप लगानी भएको देखिन्छ । योे लगानी गत वर्Èको सोही अवधिमा करिब १२ अर्ब रुपैया“ रहेको नेपाल राष्ट्रबैंकको तथ्याङकमा उल्लेख छ । सो तथ्याङक अनुसार पर्यटन Ôेत्रमध्ये होटलमा सबैभन्दा धेरै लगानी भएको छ । चालू आवको वितेका महिनामा बैंक तथा वित्तीय संस्थाले सेवा Ôेत्रमा गरेको ८८ अर्ब लगानी मध्ये पर्यटन Ôेत्रमा मात्रै १० प्रतिशत रहेको सो तथ्याङकमा उल्लेख छ । पर्यटनमा देखिएको सकारात्मक वृद्धिबाट लिन सकिने लाभलाई मध्येनजर गरि लगानी बढेको होटल एशोसियसन अफ नेपाल (हान) ले जनाएको छ । हानका अध्यÔ बिके श्रेष्ठले राजधानीमा मात्र नभएर अहिले मुलुकभर नै होटल Ôेत्रमा थप लगानी वृद्धि भइरहेको बताए ।
सांग्रिला होटलका कार्यकारी प्रमुख प्रवीण पाण्डेले पछिल्लो समय ठूला होटलसँगै पर्यटकीय स्तरका र साना तारे होटल निर्माण गर्ने क्रम ब्यापक रुपमा बढेको बताए । उनले साना होटलबाट प्रतिफल छिट्टै आउने आशाले अहिले पर्यटकीय स्तरका ठुला देखि साना होटल सञ्चालनप्रति व्यावसायिक आकर्Èण बढेको हुन सक्ने बताए । हानका अनुसार आगामी तीन वर्Èभित्र राजधानी लगायत मुलुकभरका विभिन्न स्थानमा करिब आधा दर्जन भन्दाबढी  पा“चतारे स्तरका होटल तथा रिसोर्ट खुल्ने छ । पा“चतारे होटलमा पर्यटन Ôेत्रकै सबैभन्दा ठूलो लगानी हुने भएकाले पनि पछिल्लो समय पर्यटनका अन्य व्यवसायको तुलनामा होटलमा लगानी बढेको देखिएको हानको भनाइ छ । हानका अनुसार नेपालमा हालसम्म होटल Ôेत्रमा करिब २ खर्ब ७५ अर्बभन्दा बढी लगानी भइसकेको छ ।
अहिले पर्यटन उद्योग अन्र्तरगतका ट्राभल, ट्रेकिङ, यातायातसहितमा वार्Èिक ४० प्रतिशतसम्म र साना होटल तथा रेस्टुरेन्टमा ३० प्रतिशतसम्म लगानी बढेको पर्यटन विभागको अनुमान छ ।
पर्यटन विभागले अहिले काठमाडौ उपत्यका लगायत मुलुकभरका धेरै ठाउँमा होटलनमा नयाँ लगानी थप्पिने क्रम बढेको बताएको छ । सो विभाग अन्र्तरगत होटल शाखाका अनुसार हाल मुलुकभर ठुला ५ तारे होटल १० ओटा सञ्चालित छ । जसमा काठमाडौमा ८ र पोखरामा २ ओटा छन । ४ तारे होटल संख्या २ छन । यसैगरि, ३ तारे ३०, २ तारे ४६, १ तारे ३५ र अन्य पर्यटकीय स्तरका रिसोर्ट, लज, गेष्टहाउस एवं होटल संख्या ३ सय ७३ ओटा यहाँ दर्ता भएर सञ्चालन भईरहेका छन । होटल शाखाका शाखाले अब नयाँ सञ्चालन हुँदै गरेका नयाँ ठुला होटलहरुमा काठमाडौको बत्तिसपुतली स्थित थ्रिजी होटलको योजना स्वीकृत भईसकेको र जाउलाखेल स्थित सामसिङ प्रालिको नाममा निर्माण हुँदै गरेको होटल दर्ताको प्रक्रियामा आईरहेको जानकारी दिएको छ । विभागमा अझै दर्ताका लागि नपुगेका धेरै होटल धमाधम निर्माण भईरहेका छन । जसमा गैर आवासीय नेपाली संघ ( एनआरएन) का अध्यक्ष शेष घलेको लगानीमा निर्माण हुँदै गरेको ठमेल केशरमहल स्थित शेराटन चेनको ५ तारे होटल , केशरमहलकै छायाँ सेन्टर, सिनामंगल क्षेत्रमा नयाँ खोल्ने भनिएको वैद्य समुह र  अम्मानी समुहको ठुला होटल राजधानीमै नयाँ सञ्चालन हुँदै छन भने चौधरी समुहले चितवनमा ठुलो होटल सञ्चालन गर्न अहिले धमाधम निर्माण गरिरहेको छ ।  विश्व पर्यटन संगठनका अनुसार अहिले संसारमै अन्तर्राष्ट्रिय पर्यटक पा“च प्रतिशतले बढ्नाले पर्यटन व्यवसायीलाई यस Ôेत्रमा लगानी गर्न थप अभिप्रेरित गराएको हो । नेपालमा एकजना विदेशी पर्यटक आउ“दा प्रत्यÔ तथा अप्रत्यÔ रुपमा १४ जनाले रोजगारी पाउने अवस्थाका कारण पनि यो Ôेत्रले बिस्तारै उचाइ लिन थालेको सम्बन्धीत व्यवसायी एवं सरोकारवालाहरुको भनाई छ ।