Sunday, April 5, 2015

निगमको एयरबसले पायो उडानको अनुमति ,शुक्रबारबाट उडाइने

काठमाडौ, १३ फागुन –नेपाल वायु सेवा निगमको नयाँ एयरबसले दिल्ली उडानकालागि अनुमति पाएको छ । बुधबार बेलुकी निगमका कागजात पाएपछि भारतीय महानिर्देशनलयले निगमलाई नयाँ जहाज उडान अनुमति दिएको पत्र उपलब्ध गराएको हो ।
भारतीय विमान नियामक निकाय ‘नागर विमान महानिर्देशनलय (डीजीसीए)’ ले मागेका कागजात पु¥याउन ढिलाई भएका कारण नेपाल वायु सेवा निगमको नया“ एयरबसको बुधबारको पहिलो अन्तर्राष्ट्रिय उडान नै स्थगित भएको थियो ।
आफ्नो सेवा बन्द गरेको तीन वर्È तीन महिनापछि निगमले बुधबारबाट भारतको नया“दिल्ली उडान पुनः सुरु हुन गरेको तयारी अन्तिममा पुरा नभएपछि बुधबार बिहानै निगमको नयाँ जहाजबाट दिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हवाई यात्रु दिनभर विमानस्थलमा अलपत्र परेका थिए । उडान स्थगित भएको सूचना विहान मात्रै थाहा पाएका १ सय ३८ जना यात्रुहरु दिनभर विमानस्थलमा अलपत्र परेका हुन् ।
गत २५ माघमा काठमाडौ ल्याईएको ‘सगरमाथा’ नामक एयरवसबाट बुधबार विहान ८ बजे दिल्लीमा पहिलो उडान भर्ने निगमको व्यवसायीक योजना थियो । सोही अनुसार अग्रिम टिकट बिक्रि भएका थिए । नेपालबाट दिल्ली जानका लागि १ सय ३८ र दिल्लीबाट नेपाल आउनकालागि ६५ ओटा टिकट बिक्रि भएका थिए । अकस्मात उडान स्थगित भएपछि विमानस्थलमा पुगेका यात्रु अलपत्र परेका थिए ।
नया“दिल्ली स्थित नेपाली दुतावासका अनुसार भारतीय महानिर्देशनालयले बुधबारकै मिति देखि निगमलाई दिल्ली उडानको अनुमति दिएको हो । मंगलबार राति दुई बजेसम्म बसेर काम गरेपछि बल्ल बुधबार बेलुका अनुमति पाएको निगमले जनाएको छ ।  निगमले पनि दुतावासलाई नै आधार मानेर सो जानकारी गराएको हो ।
भारतीय महानिर्देशनालायले निगमलाई दिएको उडान अनुमतिको म्याद सन् २०१५को  २८ जुलाई सम्मको छ । दिल्ली विमानस्थलले निगमको जहाजलाई नयाँ जहाजको उड्न ठिक छ’ भनी केही दिनअघि ‘स्लट’ पनि उपलब्ध गराई सकेको थियो । निगमले नयाँ एयरबसबाट दिल्लीकालागि प्रति नेपाली यात्रु एकतर्फी भाडा ७ हजार ८४ र दुईतर्फी १५ हजार १ सय ११ रुपैयाँ तोकिएको छ । निगमले यो सहित १० ओटा श्रेणीका टिकट खुल्ला गरेको छ । सबैभन्दा मंहगोमा एकतर्फी भाडा दर १५ हजार रुपैयाँ छ । भारतले आवश्यक कागजात नपुगेको भन्दै उडान सञ्चालन अनुमति दिन नमानेपछि निगमको दिल्ली उडान बुधबारबाट सरेर आगामी शुक्रबार सम्मकालागि रोक्किएको हो ।
निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसबाट खरिद गरी ल्याएको १ सय ५८ सिट Ôमताको ‘ए३३०–२००’ सिरिजको जहाजबाट दिल्ली उडान गर्न लागेको हो । सो जहाजमा १ सय ५० इकोनोमी र ८ बिजनेस क्लास सिट छन ।  हवाई उड्डयन Ôेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार दिउ“सो मात्र निगमको यस नयाँ जहाजलाई वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) दिएको थियो । त्यसपछि उडान सञ्चालनको बाटो खुलेको थियो। तर, भारतको नागरिक उड्डयन कार्यालयले बुधबार बेलुकीसम्म अनुमति नदिकाले अकस्मात सो उडान रोक्किएको भएको हो ।
निगमका प्रवक्ता रामहरि शर्माले निगमको  अपरेसन अथोरिटी पा“च बर्Èको भएको जानकारी गराउँदै अहिले आएर भारतले केही ढिलाई गरेका कारण यस्तो भएको बताए । उनले  दिनभरको प्रयासमा कागजात मिएर भारतले स्वीकृति दिएकाले अब शुक्रबार उडान भर्ने योजना रहेको  बताए । उनले विमानस्थलमा अलपत्र परेका यात्रुलाई अन्य जहाजबाट मिलाएर पठाईरहेको बताए ।

No comments:

Post a Comment