Saturday, November 10, 2012

यातायात व्यवस्था सेवा केन्द्रमा सर्भर बिजोग
सेवाग्रहीलाई राजस्व बुझाउनै मुस्किल 

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, २० कात्तिक
यातायत व्यवस्था विभाग,वागमती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्त कुनाबाट तार टाँगेर यहाँ ल्याएको सर्भर (नेटवर्क) को तार बाफलमा चुँडिएको छ, तपाईंहरू लाइन नबस्नुस् र भोलि आउनुस् । 
यातायात व्यवस्था सेवा केन्द्र, सानो भ¥याङ पुगेका सेवाग्रहीलाई भोलिको निम्तो दिंदै केन्द्रका कर्मचारी कराउँदै थिए । तार बनाउने मान्छे भर्खर केन्द्रबाट जाँदै छ रे भन्ने जानकारी पाएका छौं । बिग्रिएको नेटर्वक आज नबन्ने भएको छ । त्यसैले तपाईँहरु घर गए हुन्छ । यदि बनिहाल्यो भनेपनि साढे १ बजेपछि सवारी साधनको बिलबुक नविकरण गर्ने काम बन्द हुन्छ । २ घण्टा भन्दा वढी देखि लाइन बसी राजश्व बुझाउन आएका सर्वसाधारणलाई केन्द्रका कर्मचारी ठुलो स्वरले भन्दै थिए ।
आफ्ना सवारी साधनको बिलबुक नविकरण गर्न राजश्व बुझाउन नपाएका सेवाग्राही सोमबार मध्यान्हसम्म पनि सर्भर नबनेपछि निरास हुँदै फर्के ।
इन्टरनेट सुविधाका लागि नेपालमा विभिन्न प्रविधी भित्रि सकेको भएपनि दैनिक करिब १५ लाख राजश्व संकलन हुने सो सेवा केन्द्र भने अहिले पनि परम्परागत शैलीमा नै ७ किलोमिटर टाढाबाट तार टाँगेर कार्य गरिरहेको छ ।
विहान १० देखि साढे १ बजेसम्म मात्र बिलबुक नविकरणका लागि राजश्व बुझाउने यस सेवा केन्द्रमा कार्यालय खोल्ने बित्तिकै २÷४ जनाको काम सिध्याउन नपाउँदै नेटवर्कको तार बिग्रिएको थियो । 
सेवा केन्द्रका प्रमुख मुक्तिराम अर्यालले एकान्तकुना स्थित केन्द्रको मुख्य कम्प्युटरबाट ल्याएको सर्भरको तार बाफलमा चुँडिएकाले यस्तो समस्या आइपरेको बताए । उनले एउटा भवनभित्रका केही कम्प्युरमा मात्र सञ्चालन हुने सर्भर (नेटवर्क) को एउटै तारबाट हामिले एक जिल्लादेखि अर्को जिल्लाका कार्यालयको कम्प्युटरमा जोडेर काम गरिरहेकाले अहिले यस्तो समस्या भोग्नुपरेको बताए ।
उनले लामो दुरीमा पनि एउटै सर्भरको तारबाटै सवारी साधनको बिलबुक नविकरण गर्न कम्प्युटर प्रणालीबाट राजश्व बुझने गरिएकाले यसअघि पनि धेरैपटक तारको गडबढीका कारण सेवाग्राहीले यस्तै सास्ती खेप्नुपरेको बताए । उनले यहाँका कर्मचारी र सेवाग्राहीले  यस्तो समस्या हरेक साता भोग्दै आएको जानकारी दिए । हाल टेलिकमले एडिएसएल र अन्य प्रविधीबाट तार बिना पनि एक कम्प्युटरको डाटा अर्को कम्प्युटरमा हेर्न सकिने र सोही प्रविधीबाट धेरैओटा कम्प्युटरमा काम गर्न सकिने सुविधा आईसकेको छ ।
उनले यहाँ पनि वायरलेसबाटै सर्भरमा भएका सबै काम इन्टरनेटमा सुविधा मिलाउन सकिएमा यस्तो समस्या नरहने दावी गरे । उनले धेरै पटक भोग्नुपरेको सो समस्या समाधान गर्न पटक पटक केन्द्रमा जानकारी गराए पनि अहिलेसम्म केही नभएको बताए ।
अभावै अभावका बाबजुत पनि आफुहरुले सेवाग्राहीलाई राम्रो सेवा दिईरहेको उनको दावी छ । सेवा केन्द्रका प्रमुख अर्यालले हाल यहाँ पार्किङ र सुरक्षाको अभाव पनि उस्तै समस्याको रुपमा रहेको बताए ।  उनले दैनिक सयौं सेवाग्राही लाइन लाग्ने यस केन्द्रमा हाल एउटा कम्प्युटरबाट मात्र इ–बिलिङको काम भईरहेको बताए । उनले धेरैपटक केन्द्रलाई आवस्यक गाडी माग्दा विभागले नदिएकाले दैनिक संकलन हुने करिब १५ लाख रुपैयाँ बैंकमा जम्मा गर्न जाँदा समेत ट्याक्सी प्रयोग गर्नुपरेकाले निकै असुरक्षित भईरहेको बताए ।    
वार्Èिक साढे ६ अर्ब बढी राजस्व संकलन गर्ने यातायात व्यवस्था विभागले सवारी साधन र अनुमतिपत्रलाई वैज्ञानिक एवं अत्याधुनिक सुविधायुक्त बनाउन कम्प्युटर प्रर्णालीमा राख्ने विधि अपनाइए पनि बिलबुक नविकरण गर्न समेत धेरैपटक सास्ती खेप्नुपरेको अधिकाँश सेवाग्राहीको गुनासो छ । सर्भर विग्रिएकै कारण सोमबार दुई घण्टा लाइनमा बस्दापनि आफ्नो विलबुक नविकरण गर्न नपाएर घर फर्किन बाध्य दिनेश कोइरालाले भने, ‘ मैले यही ठाउँमा अहिलेसम्म तीनपटक यो समस्या भोगेको छु’ ।  
दुई र चारपाङग्रे गरि मुलुकभरका १३ लाख भन्दाबढी सवारी साधनको विस्तृत विवरण राख्ने विभाग अन्तरगतका सेवा केन्द्रको यो हविगतले धेरै सेवाग्राही मारमा परेको उनको भनाई छ ।  हालसम्म ढड्डा प्रणाली पछि अपनाउ“दै आएको विभागको ई–बिलिङ सेवा अन्तर्गत सबै सवारी साधनको कर तिरेको विवरण एसएमएस र वेबसाइटमा हेर्न मिल्ने व्यवस्था २०६६ देखि थालिएको थियो । २०६६ सालको १६ माघमा विभागले बागमती अञ्चलमा बढ्दो सेवाग्राही चापलाई मध्यनजर गर्दै विभागको हल्चोकस्थित सानो भ¥याङमा सो सेवाकेन्द्र भाडामा लिएको थियो । यस सेवा केन्द्रबाट हाल भाडा बाहेकका सबै सवारी प्रदुषण जाँच, सवारी कर नविकरण, रुप परमिट नविकरण र अस्थायी ( पटके) रुट परमिटको कार्य हुँदै आएको छ । 

No comments:

Post a Comment