Saturday, November 10, 2012

जहाज किन्न पुरानै प्रक्रिया अघि बढाउने सहमति 
मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २२ कात्तिक
नेपाल वायुसेवा निगम र युरोपेली जहाज उत्पादक कम्पनी एयरबसका प्रतिनीधिबीच मंगलबारबाट जारी वार्ता बुधबार साँझ सम्पन्न भएको छ ।
सो वार्ता एयरबससँगको पुरानै सम्झौता अनुरुप नयाँ जहाज खरिद प्रक्रिया तत्काल अघि बढाउने सहमतिका साथ टुंगिएको बताइएको छ । दुई दिनसम्म चलेको वार्ता निकै सौहार्दपूर्ण रहेको निगमले जनाएको छ । 
राष्ट्रिय ध्वजाबाहक निगमले नयाँ जहाज किन्ने प्रक्रिया अघि बढाउन युरोपेली जहाज उत्पादक एयरबसका प्रतिनिधिलाई उसले बिक्री गर्ने जहाजको मूल्य र नेपाल ल्याउन लाग्ने सबै खर्चबारे विस्तृत जानकारी लिन मंगलबारबाट वार्ता थालेको थियो ।
निगमको निमन्त्रणामा फ्रान्सेली उत्पादक एयरबसका तीन सदस्यीय प्रतिनिधि मंगलबार विहान काठमाडौं आइपुगेका थिए । उनीहरुले वार्तामा निगमसँगको पुरानै सम्झौता अघि बढाउन सहमति जनाएको निगमका कामु महाप्रवन्धक राजुबहादुर केसीले बताए । वार्तामा निगम टोलीको नेतृत्व उनलै गरेका थिए । 
एयरबस र निगमका तीन÷तीनजना उच्च अधिकारीबीच निगमलाई आवश्यक २ ओटा जहाज खरिद–बिक्रिबारे विस्तृत छलफल भएको थियो । वार्तामा एयरबस टोलीको नेतृत्व वरिष्ठ बिक्री तथा बजार निर्देशक शील शुक्लले गरेका थिए । वार्तामा निगमबाट सञ्चालक समितिका सदस्य अशोक पोखरेल र कर्पोरेट डाइरेक्टर एवं प्रवक्ता सरोज कसजु पनि सहभागी थिए ।
कामु महाप्रबन्धक केसीले दुई दिनसम्म चलेको वार्ता एयरबससँगको पुरानै सम्झौता अनुरुप नयाँ जहाज खरिद प्रक्रिया तत्काल अघि बढाउने सहमतिका साथ सम्पन्न भएको बताए ।
एयरबसका प्रतिनिधि निगमलाई ३२ करोड रुपैयाँभन्दा बढी घाटा खाएरै भए पनि पुरानै सम्झौता अनुरुप जहाज बेच्न सकारात्मक देखिएकाले वार्ता निकै फलदायी भएको केसीले बताए ।
पहिले उनीहरुको कुरा सुनेर आफूहरुले पनि यहाँको अवस्था र कानुनी प्रक्रियाबारे जानकारी गराएको बताउँदै केसीले भने, ‘उनीहरु विगतकै खरिद समझदारी अनुसार पुरानै भाउमा जहाज दिन निकै लचकदार थिए । अब हामी वार्ताको निष्कर्Èबारे सरकारलाई जानकारी दिन्छौं र सरकारबाट आउने निर्देशन अनुसार काम गर्छौं ।’ केसीले खरिद प्रक्रिया छिट्टै अघि बढ्ने पनि बताए ।
एयरबसस“ग १ सय ५० सिट Ôमताका दुईओटा ए–३२० मोडेलका जहाज किन्नेबारे दुई दिनसम्म वार्ता गर्ने कार्यक्रम तय भएको निगमले जनाएको छ ।

No comments:

Post a Comment